विराटनगर, चैत्र १५ । मोरङको टाडी गाविसमा एक पुरुषले एक महिलाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । इलाम बाझौ ८ का २८ वर्षीय कुमार लिम्बुले ३१ वर्षीया पुष्पा लिम्बुलाई पेटमा खुकुरी प्रहार गरी हत्या गरेपछि आफूले पनि खुकुरी प्रहार गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।मोरङका प्रहरी नायव उपरीक्षक दीपक पोख्रेललेटाडी १ स्थित दिपेन्द्र खड्काको घरमा पुष्पालाई कुमारले खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट सख्त घाइते दुबै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको बताएको छ ।
इमेज खबर




No comments:
Post a Comment