ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 31 March 2014

विवाह गर्न अस्वीकार गर्दा अहेवमाथि खुकुरी प्रहार


गम्भीर घाइते भएकी उनलाई हेलिकप्टरबाट राजधानीमा

खोटाङ, चैत १७ । खुकुरी प्रहारबाट जिल्ला अस्पताल खोटाङका महिला अहेब गम्भीर घाइते भएकी छिन् ।

खाल्ले–८ का २२ वर्षीय अशोक खतिवडाको खुकुरी प्रहारबाट १९ वर्षीया अहेब कविता दाहाल गम्भीर घाइते भएकी हुन् । खुकुरी प्रहारबाट अहेब दाहालको घाँटी, टाउको र देब्रे हातमा गहिरो चोट लागेको छ ।

दिक्तेल–९ सोल्माकी दाहाललाई खतिवडाले अस्पतालको आकस्मिक कक्षमै गएर आइतबार दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा रहेकी दाहाललाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

वर्ष दिन अघिदेखिको प्रेम सम्बन्धलाई दाहालले अस्वीकार गरेका कारण खतिवडाले खुकुरी प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयो । 

विवाहका लागि गरिएको प्रस्तावलाई अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण भएको साहले बताए। खतिवडाले प्रेमिकाको हत्या गरेर आफूले आत्महत्या गर्ने मनसाय राखेको बयान दिएको प्रहरीले बताएको छ । 

खुकुरी प्रहार गर्ने खतिवडालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनको साथमा रहेको झोलाबाट डोरी समेत बरामद गरिएको जिप्रकाले जनाएको छ । रासस

No comments:

Post a Comment