ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 31 March 2014

बेचिन लागेका दुई युवती दुतावास आश्रयबाटै बेपत्ता

नयाँ दिल्ली, चैत्र १७ - दिल्लीको कोठीमा बुझाउन लागिएका दुई नेपाली युवतीलाई स्थानीय सामाजिक संघसंस्थाले उद्धार गर्दै नेपाली दुतावासको संरक्षणमा जिम्मा लगाइएको दुई दिनमैं आइतबार बिहान यी युवती आश्रयस्थलबाटै बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोक, इचोक गाउँबाट झुक्याएर दिल्ली घुमाउन ल्याइएका १५ र १६ बर्षका तामाङ थरका युवतीलाई मञ्जुकटिलास्थित एक गेष्ट हाउसबाट उद्धार गरेर गत शुक्रबार दुतावास पदाधिकारीको रोहवरमा जिम्मा लगाइएको थियो । यी दुइ युवतीलाई रक्सौलको बाटो हुँदै चैत १ गते दिल्ली ल्याइएको र ४ लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको थाहा पाएर दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्च, हेल्प नेपाली मिसन र प्रवासी नेपाली जनकल्याण समितिका पदाधिकारीको पहलमा युवतीहरुको उद्धार गरिएको थियो ।

इचोक गाउँबाट बेपत्ता बनेका दुईमध्ये एकका दाजु सोमबहादुर तामाङले काठमाडौं प्रहरीको बौद्ध प्रभागमा पनि बाहिनीहरु खोजतलासका निम्ति आवेदन दिंदै दिल्ली आइपुगेका थिए । उनै सोमबहादुरले दिएको जानकारीमा इचोक गाउँका फूलमाया तामाङ र कालु लामाले दुई युवती लुकाएर राखेको प्रमाणमा नेपाली समाजका प्रतिनिधिले छापा मारेका थिए ।   

‘गेष्ट हाउसबाट उद्धार गर्ने क्रममा यी तामाङ बहिनीलाई फकाएर गाउँबाट ल्याउने फूलमायाँ तामाङ पनि साथै भएकाले तीनैजनालाई दूतावासमा ल्याएका हौं,’एकता मञ्चका राज्य सचिव जीवन शर्माले भने । दुतावासका जिम्मेवार अधिकारीसहितको रोहबरमा शुक्रबारदेखि दुतावास परिसरको आश्रयस्थलमा बेचिएका र बिक्री गर्ने तीनैजनालाई राखिएको थियो । भारत छिर्न सजिलो होस् भनी गाउँबाट युवती ल्याउने फूलमायाले आफ्नी ३ बर्षकी बच्चीलाई पनि साथै ल्याएकी छिन् । बेचिएका दुई युवतीले ३ र १ कक्षा मात्रै पढेको बताए ।

‘अरुभन्दा पनि दुतावासको रोहवरमा छाडिएका नेपाली चेलीबेटी आश्रयस्थलबाटै बेपत्ता भएको खबरले अर्को तनाव जन्माएको छ,’एकता मञ्चका अर्का प्रतिनिधि आरबी खड्काले भने । दुतावासको त्यही परिसरमा चार्ज डे अफेयर्स, काउन्सेलरसहितका एक दर्जनभन्दा बढी कर्मचारीको बसोबास छ । त्यो परिसरमा २४ घण्टै सुरक्षागार्ड तैनाथ रहने गरेको छ । दुतावासका चार्ज डे अफेयर्स खगनाथ अधिकारीले दुतावास परिसरमा आश्रित युवतीहरु यहाँ नरहेकोबारे जानकारी आफूले पाएको र यसबारे सोधपुछ हुने प्रतिक्रिया दिए ।
- कान्तिपुर

No comments:

Post a Comment