
ती महिला गर्भवती भएपछि भने दाम्पत्य जीवनमा संकट उत्पन्न भएको हो। पतिलाई शंका लागेर सोधपुछ गर्दा ती महिलाले आफू गर्भवती भएको स्वीकार त गरिन् तर अस्पतालमा गएर चिकित्सकीय पद्धतिबाट गरिएको गर्भाधानबाट गर्भवती नभएको रहस्योद्घाटन पनि गरिन्। आफूलाई वीर्यदान गर्ने उही पुरुषसँग शारीरिक सम्बन्धबाट आफू गर्भवती भएको उनले बताएपछि पतिले गर्भपातका लागि दबाब दिएका थिए। त्यसयता पति–पत्नीबीच शारीरिक सम्बन्ध नभए पनि पुनः ती महिला गर्भवती भएपछि दाम्पत्य जीवनमा अझ ठूलो संकट आयो।
यस पटक ती महिलाले खुलेरै आफूले उही वीर्यदातासँग शारीरिक सम्बन्ध बनाएको स्वीकार गरिन्। उनको यो भनाइले ती दम्पत्तीको सम्बन्ध विच्छेदका लागि आधार निर्माण गरिदियो। तर पछि वीर्यदाता पुरुषले ती महिलाको बच्चा स्वीकार गर्न मानेनन्। आफूले जन्माएको छोराका लागि उनले कानुनी लडाइँ थालिन्। अन्ततः अदालतले ती महिलाबाट जन्मिएको बच्चाको पिता उही वीर्यदातालाई नै ठहर गरिदियो। यतिमात्र होइन, बच्चाको लालनपालनको जिम्मेवारी पनि वीर्यदातामै सुम्पियो तर उनीहरू दाम्पत्य जीवनमा बाँधिन भने सकेनन्। आज प्रकाशित नेपाल समाचारपत्रमा खबर छ ।
No comments:
Post a Comment