ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 22 March 2014

लौ हेर्नोस, पुराण सुन्ने ९३ किलोको खसी

८ चैत, (उर्लाबारी), मोरङ । मोरङको सिसवनी-१ का विनोदकुमार महतोेले ५ वर्ष अघिदेखि पालेको एउटै खसीको तौल ९३ किलो छ । अनौठो ब्यबहार देखाएपछि महतोले सो खसी विक्री नगरी पाल्दै आएका छन् ।
राँगोजत्रै खसीको ब्यबहारले जो कोहीलाई आचश्र्यचकित बनाउने गरेको छ । खसीको ब्यबहारबा प्रभावित भएर स्थानीय तथा बटुवाले समेत खानेकुरा दिने र पूजा गर्ने गरेका छन् ।
बडेमानको खसीको ब्यबहार विचित्रको छ । गाउँमा हुने धार्मिक कार्यक्रमको भक्तिसंगीत सुन्नासाथ खसी कार्यक्रमस्थलमा जाने गर्छ । विराटनगर-रंगेली सडकखण्डको रामचौकका महतोले खुल्ला छोडेको खसी ५ किलोमिटर वरपर हुने सबै धार्मिक अनुष्ठानमा पुग्ने गरेको छिमेकी रामेश्वरदेव मण्डलले बताए ।
०६४ मा सप्तरीको माहुलीबाट किनेर ल्याएको जमुनापारी जातको खसीले ०६८ चैत १३ देखि १८ सम्म आयोजित यज्ञमा पहलोपटक चमात्कारिक ब्यवहार देखायो । ‘यज्ञ सुरु भएदेखि नसकिएसम्म खसीले यज्ञस्थल छोडेन’, महतो भन्छन्, ‘यज्ञको विसर्जन गर्न मानिससँगै नदीसम्म गयो, खसीले धार्मिक ब्यबहार देखाएपछि आमाले खसी बिक्री गर्न दिनुभएन ।
पटक पटक खसी बेच्ने जमर्काे गरेका महतोकी आमाको ०६८ चैत २५ गते मृत्यु भएपछि दाहसंस्कार गर्न पनि खसी मलामीको अघि-अघि लाग्यो । त्यस घटनादेखि महतोले खसी बेच्ने निर्णयमा परिवर्तन गरे ।
‘जनावर हो, तर मानिसको भन्दा सभ्य र संस्कारयुक्त ब्यवहार गर्छ, त्यसैले बेच्ने निर्णय बदलें’, महतोले भने । ०६९ जेठमा पनि गाउँमा भएको ठूलो यज्ञमा पनि खसीले यज्ञमासमेत यज्ञस्थल नछाडेको स्थानीय बताउँछन् ।
सात वर्ष लागेको खसी हाल ९३ किलोको भएको छ । छिमेकी गाविस नोचाका शैयद आलमले गत वर्षको रमजानमा खसीलाई एक लाख ५० रुपैयाँ दिएपनि खसी नबेचेको महतोको भनाई छ । ‘ठूलो खसी पालेर के गर्छस ? खसीले दाईँ गर्दैन, गाडा र हलो तान्दैन भनेर धेरैले बेच्ने सल्लाह दिए’, महतोले भने, ‘तर,पैसा भन्दा संस्कार र धर्म ठूलो भनेर खसी बेचेको छैन ।’
(अनलाइन खबर )

No comments:

Post a Comment