ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 23 March 2014

भिख मागेरै करोडपति, मृत्युपछि रहस्य खुल्यो

सडकमा हात फैलाउँदै भिख माग्नेहरु करोडपति हुन सक्छन भनेर तपाईले कहिल्यै कल्पना गर्नुहुन्न होला । त्यसैले त मानिसमा उनीहरुको दुःख देखेर दया र करुण पलाउँछ, अनि खल्तीबाट पैसा निकाल्दै उनीहरुलाई दिन्छन, ता कि एक छान खान पुगोस् ।
यिनै सडकमा भिख माग्नेहरु करोडपति पनि हुन्छन भन्ने हालै आएर खुलेको छ । घटना साउदी अरबको जेद्धाहको हो । जहाँ, झण्डै ५० बर्ष सडकमा भिख मागेर बिताएकी अन्दाजी एक सय बर्षकी एक बृद्धाको हालै निधन भयो ।
यी पपुलर बृद्धाको निधन त्यतिखेर संसारभरका मानिसलाई आँखा तिरमिर बनाउने भयो, जब उनी करोडपति भएको खुलासा भयो ।
१० करोडको सम्पत्ति

साउदी गजेट पत्रिकाका अनुसार यी बृद्धाको मृत्युपछि उनको सम्पत्तिको नालीबेली खुलेपछि जिब्रो टोक्ने अबस्थामा पुगेका छन् । स्थानीय बासिन्दाका अनुसार यी बृद्धासँग झण्डै ३० लाख रियाल बराबराको सम्पत्ति र झण्डै १ लाख रियाल बराबरको गरगहना रहेको पत्ता लागेको छ । आइतवारको बिनिमय दरअनुसार यो झण्डै १० करोड रुपैयाँको सम्पत्ति हो ।
उनी माग्दै आएको जिल्लामा मात्र उनका चारवटा घर रहेको पाइएको छ । इसाका बाल्यकालका साथी एवं उनलाई निकै लामो समय हेरबिचार गरेका अहमद अल सेदीका अनुसार उनी लामो समयदेखि सडकमा भिख माग्दै आएकी थिइन् । उनकी आमा र बहिनीबाहेक अरु कोही पनि नातेदार थिएनन् । उनका आमा र बहिनी पनि मगन्ते नै थिए । उनीहरु सवै मिलेर मागेको पैसाबाट यो सम्पत्ति जोडन सफल भएको उनले सुनाए ।
‘उनीहरुले चाडपर्वका बेला, बिशेषगरी इदका बेला निकै ठूलो धनराशी पाउँथे’ अहमदले सम्भिmए- आमा र बहिनीको मृत्युपछि पनि इसाले माग्ने कर्म छाडिनन् ।’ निकै धेरै पैसा कमाइसक्यौ अब माग्न छाडिदेऊ भनेर निकैपटक सम्झाए पनि इसाले १ सय बर्षको उमेरसम्म पनि सडकमै बसेर मागेको उनले सम्भिmए ।
इसाले सइदलाई १५ बर्षअघि थुप्रै सुनका गरगहना दिएकी थिइन् । अप्ठेरो परेका बेला यो काम लाग्ने उनले आफुले नभन्दासम्म नबेच्न आग्रह गरेकी थिइन् ।
अहिले ती सवै गरगहना उनले प्रहरीलाई जिम्मा लगाएका छन् भने स्थानीय अदालतलाई पनि इसाको बेबारिसे सम्पत्तिबारे जानकारी गराएका छन् । कानुन बमोजिम उनको सम्पत्ति हस्तान्तरण गर्ने उनले बताए ।
जग्गाको भाडा लिइनन्
इसा जति अरुबाट लिन्थिन, त्यति नै दानी पनि थिइन् । उनको घरमा भाडामा बस्नेहरुसँग उनले कहिल्यै पनि भाडा लिइनन् ।
अहिले उनका ती चारवटा घरमा बस्ने मानिसले पुलिसलाई पुरा भाडा दिनुपर्ने या घर छोड्नुपर्नेबारे केही बताइएको छैन । इशाका साथी सइदीले अब इशाको सबै सम्पत्ति गरिबलाई बाँडिदिए उचित हुने बताउँछन् ।

No comments:

Post a Comment