ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 19 March 2014

चार्टर्ड विमान लिएर विदेशी किन आउँछन् नेपाल ?

काठमाडौ, चैत्र ५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १० वटा चार्टर्ड विमान अवतरण भए, ६ फागुनमा। बौद्धस्थित हायात रिजेन्सी होटलमा याक एन्ड यती होटलका संस्थापक राधेश्याम सर्राफकी नातिनीको बिहेको निम्तो मान्न त्यति धेरै चार्टर्ड विमान उत्रेका रहेछन्। तीमध्ये विश्वका ४१औँ र भारतका दोस्रा धनाढ्य लक्ष्मी मित्तलदेखि उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसम्म थिए।
चार्टर्ड विमानको अवतरण भएको यो नै पहिलो र अन्तिम घटना थिएन। नागरकि उड्डयन प्राधिकरणका अनुसार झन्डै पाँच वर्षअघि विश्वयात्रामा निस्केका पाइलटहरूले एक दर्जन विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए। विमानस्थलमा दैनिक अवतरण र उडान गर्ने विमानको संख्या सरदर चार सय हो।
त्यसमा आउने सबै सामान्य यात्रु मात्रै हुँदैनन्। विश्वप्रसिद्ध औद्योगिक घरानाका मालिकहरू, नेपालमा व्यवसाय प्रवर्द्धन गर्न चाहने व्यापारीहरू र कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरू चार्टर्ड फ्लाइटमा नेपाल भित्रिन्छन्।

पछिल्ला तीन महिनामा मात्रै काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ वटा अन्तर्राष्ट्रिय चार्टर्ड विमान अवतरण गरसिकेछन्। जबकि, सन् २०१३ मा यो संख्या २ सय ७५ थियो। सोही वर्ष नेपालमा ३७ वटा एयरएम्बुलेन्स आएका थिए भने पछिल्लो तीन महिनामा मात्रै नौवटा एयर एम्बुलेन्स आएका छन्। यो तथ्यले सरदर मासिक तीनवटा एयर एम्बुलेन्स काठमाडौँमा अवतरण हुने गरेको देखिन्छ।
०६४ सालमा सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनका बेला अनुगमन गर्न आएका पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टर पनि प्राइभेट चार्टर्ड विमानबाटै नेपाल आएका थिए। तर, दोस्रो संविधानसभा निर्वाचनमा भने उनी नियमित उडानबाटै आएका थिए।
एक महिनाअघि मात्रै अमेरकिन लाइफ इन्स्योरेन्स कम्पनी (एलिको)का प्रमुख कार्यकारी अधिकृत आफ्नै चार्टर्ड विमानमा हङ्कङ्बाट नेपाल आएर दुई दिन बसी फर्केका थिए। त्यसै गरी बहुराष्ट्रिय कम्पनी केन्टकी फ्राइड चिकेन (केएफसी)का प्रमुख कार्यकारी अधिकृत जेभियर विनिटो पनि आफ्नै पाँचदेखि सात जनासम्म अट्ने सानो चार्टर्ड विमानमा नेपाल आउनेमा पर्छन्। केही महिनाअघि मात्रै फिनल्यान्डबाट दूरसञ्चार कम्पनीका मालिक र हाइड्रोपावरका व्यापारीहरू चार्टर्ड फ्लाइटमा काठमाडौँ आएका थिए। तर, तिनीहरूको नाम भने खुल्न सकेको छैन।

भदौको अन्तिम साता काठमाडौँमा आयोजित साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न अफगानिस्तानका चार मन्त्री, ३० उच्चपदस्थ अधिकारीहरू केएफएम ३३३ विमान चार्टर गरेर काठमाडौँ आइपुगेका थिए। त्यस्तै गत ४ र ५ वैशाखमा रसियन एयरलाइन्सको आईएल-७६ चार्टर्ड विमान पानपराग, गुटखा र पान मसलालगायत सामान लिन काठमाडौँमा अवतरण गरेको थियो, जसले अमृतसरका लागि उडान भरेको थियो। भारतमा उत्पादनमा प्रतिबन्ध लागेपछि गुटखाजन्य पदार्थ नेपालबाट ओसारँिदै आएको छ। यो तथ्यले व्यापारकि प्रयोजनका लागि समेत नेपालमा चार्टर्ड विमान आउने गरेको पुष्टि गर्छ।
फ्रिडम एरो सर्भिसका सुदर्शन शर्माका अनुसार चार्टर्ड विमानमा आउने सबै जना भीआईपी मात्रै हुँदैनन्। भन्छन्, "युरोप र अमेरकिामा रहेका कतिपय ट्राभल एजेन्सी आफ्ना सेवाग्राहीलाई चार्टर्ड विमानमै घुम्न ल्याउँछन्।"
उनका अनुसार युरोपमा रहेको थोमसोम एयरवेज त्यस्तै एक हो, जसले नेपालका लागि मात्रै वर्षमा तीन-चारवटा चार्टर्ड फ्लाइट गर्छ। त्यस्तै कतिपय विदेशी भने नेपालमा सिकार खेल्नकै लागि विमान चार्टर गरेर आउँछन्। जस्तो कि, गत चैतको अन्तिम साता दुई रसियन र एक अस्ट्रेलियन नागरकि ढोरपाटन सिकार आरक्षमा सिकारका लागि बि्रटिस विमान बम्बार्डियर चार्टर गरेर आएका थिए।
फ्रिडम एरो सर्भिसले आगामी २३ मार्चमा नेपाल आउन लागेको मलेसियन विमान कम्पनी बर्जैया एयरका लागि नागरकि उड्डयन प्राधिकरणबाट आवश्यक कागजात मिलाइसकेको छ। सर्भिसका प्रतिनिधिसमेत रहेका शर्माका अनुसार चार्टर्ड विमानमा आउनेमध्ये कतिपयको आफ्नै निजी विमानसमेत हुने गरेको छ। तीमध्ये कतिपय खाडी राष्ट्रका नागरकि पनि छन्। तीन वर्षअघि साउदी अरबबाट चार्टर्ड विमानमा आएका आमिरका बारेमा शर्मा भन्छन्, "उनीहरूको उद्देश्य विशुद्ध रूपमा नेपाल घुम्नु थियो।"
साढे तीन वर्षअघि साउदी अरबका राजकुमार अल वालिद विन तलाल पनि बोइङ् ७४७ लिएर नेपाल घुम्न आएका थिए। हिमालयन एडभेन्चर्स कम्पनीका निर्देशक राजेन्द्र बजगाईँ केही वर्षअघि खाडी राष्ट्र दुबईको फतिमा गल्र्स स्कुल र रसिद ब्याइज स्कुलका विद्यार्थीहरू दुईवटा ७३७ बोइङ्मा नेपाल घुम्न आएको सम्झन्छन्।
विदेशी चार्टर्ड विमानहरूका निम्ति नेपालमा बसेर एजेन्टको काम गर्दै आएको सूर्य एयर सपोर्ट त्यस्तो संस्था हो, जसले नेपाल आउने अधिकांश संयुक्त राष्ट्र संघीय विमानका निम्ति व्यवस्थापनको काम गर्छ। उक्त संस्थाका अनुसार वाषिर्क झन्डै २५ देखि ३० वटासम्म संयुक्त राष्ट्र संघका चार्टर्ड विमान नेपाल आउँछन्। तिनीहरूमध्ये अधिकांश यात्रु भीआईपी हुन्छन्, जसको जानकारी अक्सर सार्वजनिक गरिँदैन।
नागरकि उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार सन् २०१३ मा मात्रै संयुक्त राष्ट्र संघका ५८ वटा चार्टर्ड विमान नेपालमा अवतरण भएका थिए। पछिल्लो तीन महिनामा यसको संख्या १८ रहेको छ। नेपालमा आउने चार्टर्ड विमानमा अमेरिकी सेनाका विमानको संख्या पनि उल्लेख्य छ। बर्सेनि अमेरिकी सेनाका झन्डै २० वटासम्म चार्टर्ड विमान काठमाडौँमा अवतरण हुन्छन्। स्रोतका अनुसार नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास, नेपाली सेनाको स्तरोन्नतिका निम्ति हुने अभ्यास र अन्य सहयोगका सामग्री बोकेर ती विमान नेपाल आउँछन्। जस्तो ः नेपाली सेनासँगको मानवीय सहयोग र विपत्ति व्यवस्थापनसम्बन्धी तालिमलाई सहयोग पुर्‍याउन सी-थर्टी टू बी कल साइनको विमान १२ चैतमा दुई दिनका लागि काठमाडौँ आउँदै छ। त्यसको अनुमतिका लागि परराष्ट्र र रक्षा मन्त्रालय हुँदै कन्सुलर विभागमा आएको पत्र १४ फागुनमा नागरकि उड्डयन मन्त्रालय पुगिसक्यो।
चार्टर्ड विमानमा नेपाल आउनेमा कूटनीतिक नियोगका उच्च अधिकारीहरूको संख्या उल्लेख्य छ। त्यसमध्ये अमेरिकी र बेलायती कूटनीतिक नियोगका अधिकारीहरू धेरैजसो चार्टर्ड विमानमा नेपाल आउँछन्। सन् २०१३ मा मात्रै ३९ वटा चार्टर्ड विमानमा कूटनीतिक उडान भएका थिए। पछिल्लो तीन महिनामा मात्रै दुई चार्टर्ड फ्लाइटमा उच्च कूटनीतिक पदाधिकारीहरू नेपाल आइसकेका छन्।
अधिकांश चार्टर्ड फ्लाइट भारतबाट आउँछन्। त्यसबाहेक फिनल्यान्ड, इटाली र अरब मुलुकबाट पनि चार्टर्ड फ्लाइट आउने गरेका छन्। चार्टर्ड फ्लाइट नियमित उडानमा यात्रु बोकेर आउनेभन्दा फरक हुन्छन्। जस्तो ः एकैचोटि दुई सय यात्रु बोक्न सक्ने जापान एयरलाइन्सको बोइङ् ७७७ ले पछिल्लो एक महिनामा सात विभिन्न उडानका लागि नागरकि उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ। त्यसमध्ये उसले तीनवटा उडान गरसिक्यो।
खास गरी ट्राभल एजेन्सीले विभिन्न स्किम ल्याएर आफैँले यात्रु जम्मा गरेर विमान चार्टर्ड गर्ने गर्छन्। नेपालमा हुने चार्टर्ड फ्लाइटमा विदेशी हेलिकप्टरको उडान भएको रेकर्ड भने नागरकि उड्डयन प्राधिकरणसँग छैन।
व्यक्तिगत प्रयोजनका चार्टर्ड विमान नेपाल आउनुअघि नागरकि उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिनुपर्ने हुन्छ। यस्तो अनुमति लिँदा विमानको प्रकार, कलसाइन र मुख्य पाइलटको नाम र नेपाल बस्ने समय खुलाउनुपर्ने हुन्छ। यस्तो कामको जिम्मा अक्सर नेपालमा रहेका एजेन्टलाई दिइन्छ।
कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूले गर्ने चार्टर्ड फ्लाइटको अनुमति भने नेपालस्थित सम्बन्धित देशका दूतावासले परराष्ट्र मन्त्रालयमा औपचारकि पत्र लेखेपछि सुरु हुन्छ। त्यस्तो पत्र परराष्ट्र मन्त्रालयले रक्षा मन्त्रालयमा पठाउँछ र त्यहाँबाट कन्सुलर शाखा हुँदै पर्यटन तथा नागरकि उड्डयन मन्त्रालय हुँदै नागरकि उड्डयन विभागमा आइपुग्छ र अनुमति प्राप्त हुन्छ। जस्तो ः १० चैतमा विकेडीपी एस १४ कल साइनको बेलायती गल्फ स्टि्रम विमान लिएर पाइलट माइकल डेभिड काठमाडौँ आउँदै छन्। तीन दिन नेपालमा बसेर भुटानको पारो विमानस्थल जाने उक्त विमानका लागि काठमाडौँस्थित बेलायती दूतावासले कूटनीतिक सुविधासहितको अवतरण र उडान अनुमति लिइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कूटनीतिक नियोगका चार्टर्ड विमानका निम्ति शुल्क नलिए पनि अन्यले भने विमानको तौलका आधारमा शुल्क तिर्नुपर्छ। २५ देखि ५० हजार किलोसम्मका विमानले एकचोटि अवतरण गरेबापत विमानस्थललाई ४ सय ३७ डलर र २५ हजारभन्दा कम तौलका विमानले १ सय ७१ डलर शुल्क तिर्नुपर्छ। नियमित उडानबाहेक मनग्य पैसा खर्चेर चार्टर्ड विमानमा आउनेहरूको संख्याले नेपाल धनाढ्यहरूको समेत गन्तव्य रहेको मात्रै पुष्टि गर्दैन, त्यस्ता विमानबाट विमानस्थललाई समेत आर्थिक रूपमा फाइदा पुग्छ।
kantipur 

No comments:

Post a Comment