
मलेसियाली सेनाको रडारबाट बेपत्ता भएको केही क्षणमै विमान थाइल्याण्ड सेनाको रडारमा देखिएको थाइल्याण्डका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।थाइल्याण्ड सेनाका प्रवक्ता मोन्टोल सुचुकोनले विमान स्ट्रेट अफ मलाक्का नजिक रहेको बेला रडारमा देखिएको जानकारी दिए ।
७० लाख वर्ग किलोमिटर क्षेत्रमा विमान खोज्दा पनि अहिलेसम्म विमान फेला पर्न सकेको छैन । यो क्षेत्रफल अष्ट्रेलियाको क्षेत्रफलसँग बराबर हो ।भारत हैदरावादका एक इन्जिनियरले आफूले स्याटेलाइटमार्फत एमएच ३७० विमान देखेको भन्दै तस्बिरसमेत सार्वजनिक गरेका छन् ।
२९ वर्षीय अनुप माधव योग्गिनाले अन्डमाण्ड नजिकैबाट उडिरहेको विमानको तस्बिर सार्वजनिक गरेका हुन् । उक्त तस्बिरमा विमानको छाँयासमेत देखिएकोले विमान कम उचाइमा उडिरहेको हुन सक्ने ती इन्जिनियरले बताएका छन् ।एजेन्सीको सहयोगमा:
No comments:
Post a Comment