ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 17 April 2014

दक्षिण कोरियामा पानीजहाज डुब्दा ९ को मृत्यु, २ सय ८७ अझै बेपत्ता (भिडियोसहित)

काठमाडौं, वैशाख ४ । दक्षिण कोरियाको दक्षिण पश्चिमी समुद्री क्षेत्रमा हिजो डुबेको पानीजहाजमा फसेकाहरुको खोजी कार्य खराब मौसमका कारण प्रभावित भएको छ । आपत्कालीन सेवाका कर्मचारीहरुले पानीजहाजमा रहेका मध्ये २ सय ८७ जना अझै हराइरहेको जनाएका छन् ।

तर, जहाजमा रहेका यात्रु र हराइरहेकाहरुको संख्या भने पटक–पटक फेरिने गरेको छ । दुर्घटनामा परेका
१ सय ७९ जनाको उद्धार गरिएको छ ।

उत्तर पश्चिमी इन्छन बन्दरगाहबाट दक्षिणी क्षेत्रको रिसोर्टतर्फ ४ सय ७५ जना यात्रु लिएर गइरहेको पानी जहाजमा धेरै जसो स्कूले विद्यार्थी थिए । नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु धेरै घाइते भएका छन् । हराइरहेकाहरु जीवित हुने सम्भावना अत्यन्तै कम रहेको बताइएको छ ।

उद्धारमा विभिन्न जहाज, हेलिकप्टर, तटीय सुरक्षागार्डहरु सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् । यात्रुका आफन्तहरुले दुर्घटनापछि उद्धार गरिएका जहाजका क्याप्टेनको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन् । (एजेन्सी) 


''
Download

No comments:

Post a Comment