आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ ! तर पनि चरम सुखको बिषयमा केहि फरक देखिन्छ ! पहिलो त चरम सुख पछि स्त्रीमा पुरुषको जस्तो वीर्य स्खलन हुदैन ! केहि स्त्रीमा योनिमा रहेका ग्रन्थीहरुबाट पानी वा पिसाब जस्तो संग्लो रस निस्किन्छ भने केहीमा मांसपेशीमा थामिनसक्नु तनाव पछि पूर्ण पूर्णशिथिलता र मिठो थकानको अनुभव हुन सक्छ ! दोस्रो यदि चरम सुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तर रुपमा भैरह्यो भने यौटै बसाइमा कतिपय महिलाहरुले एक पल्ट भन्दा बढी पटक पटक चरम सुखको अनुभूति गर्न सक्छन ! पुरुषहरुमा त्यस्तो हुदैन र सम्पूर्ण चक्र फेरी शुरु भएर मात्र फेरी चरम सुखको अनुभूति हुन्छ !यो बिचको समयलाई रिफ्र्याकट्री पिरियड भनिन्छ ! यो पुरुष र स्त्री बिचको यौन चक्रको प्रमुख फरक हो !
'' Download |
No comments:
Post a Comment