ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 4 April 2014

रमेश खरेलले कार्यकक्षबाट पूर्वएआईजीलाई घोक्रे ठ्याक गरेर निकाले

२१ चैत, काठमाडौँ । महानगरीय प्रहरी परिसर हुनमानढोकाका प्रमुख बरिष्ठ अपरीक्षक एसएसपी रमेश खरेलले ठगी आरोप लागेका एक पूर्वएआइजीलाई आफ्नो कार्यकक्षबाट निकालेका छन् । खरेलले पूर्वमहानगरीय प्रहरी आयुक्त अतिरिक्त महानिरीक्षक एआईजी रमेश श्रेष्ठलाई ‘यू आर गेट लस्ट’ भन्दै बाहिर निकालेका हुन् ।
श्रेष्ठले भने कसैले निकालेको नभई आफैँ बाहिरिएको वताएका छन् । ‘मविरुद्ध उजुरी परेपछि छलफलका लागि परिसर गएको हुँ । एसएसपीले मर्यादा नराखेपछि म आफैँ निस्किएर हिँडेको हुँ, कसैले निकालेको होइन, श्रेष्ठले भने । ‘ आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
किर्तै र ठगी उजुरीमा अनुसन्धानका लागि डाकिएका श्रेष्ठले रबाफ खोजेपछि खरेल कठोर बनेका हुन् । काठमाडौँ बुद्धनगरका केशवराज जोशीले घर बेचेबापत पाउनु पर्ने रकम नदिएको भन्दै परिसरमा श्रेष्ठ विरुद्ध उजुरी दिएका थिए । जोशीको उजुरीमा २०५७ बैशाखमा घर बेचे पनि श्रेष्ठले दिनु पर्ने १६ लाख रुपैयाँ नदिएको उल्लेख छ । उजुरीमा छलफल गर्न दुवै पक्ष र परिसरका तीन डीएसपी खरेलको कार्यकक्षमा बसेका थिए । ‘टोलछिमेकमा बुझ्दा पैसा दिनु पर्ने देखियो । तर घटना लामो समय भएका कारण कारबाही चलाउन कानुनी आधार देखिएन, खरेलले पूर्वएआईजी श्रेष्ठलाई भनेका थिए ।
श्रेष्ठले तपाईले मलाई उजुरीका भरमा कारबाही गर्ने खरेल साप भन्दै जंगिएर पूर्वएआईजीलाई समान नगर्ने, भनेपछि खरेलले ठाडो शब्दमा ,’तपाईले ३२ वर्ष प्रहरी सेवामा लुटेकाले मे समान गर्ने भन्दै पीडितलाई अख्तियार जान् सुझाएका थिए । तर श्रेष्ठले विवाद गर्न थालेपछि तपाई एआइजी भएर चोरीको गाडी चढ्ने अनि सम्मान खोज्ने ? बाहिर निस्किनुस् भनेका थिए । श्रेष्ठलाई डिएसपीत्रय अर्जुन चन्द, पोष्राज पोखरेल र रमेश बस्नेतले बाहिर निकालेका थिए ।

No comments:

Post a Comment