
पर्वतको शंकरपोखरी गाविस वडा न ९ की २२ वर्षीया विमला सुवेदीको शव पाङ्गराङ्ग गाउँ बिकास समिति -७ लुवाखोला दोभानमा कालीगण्डकी नदीमा भेटिएको हो ।
कालीगण्डकी नदीमा ढुंगाको बिचमा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । शरीरमा रहेको चोलो र कानमा लगाएको मुन्द्रीका आधारमा शबको घरपरिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
सुुवेदीको मृत्युको कारण खुल्न नसकेको र पोष्टर्माटमपछि अनुसन्धान गरिने प्रहरी प्रहरी प्रमुख अधिकारीको भनाई छ । ‘अहिलेनै मृत्युको कारण यकिन गर्न सकिने अवस्था छैन’ उहाँले भन्नुभयो ‘थप अनुसन्धानपछि केही भन्न सकिन्छ ।’
घरपरिवारले दाइजोको निहुँमा पटक पटक यातना दिदै आएका कारण बिमला बेपत्ता भएको आरोप माइती पक्षले लगाउँदै आएका थिए ।
No comments:
Post a Comment