ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 4 April 2014

सिराहा मा ४० लाखको गाजा बरामद

सिरहा, चैत २१ - सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प गोलबजारको गस्ती टोलीले सिरहाको विष्णुपुरकट्टी–३ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
विष्णुपुरकट्टी–३ रैनीखोलागाउँ नजीकैको जंगल क्षेत्रमा लुकाएर राखेको अवस्थामा करिव ४० लाख रुपैयाँ बराबरको ६ क्विन्टल ५० किलो गाजा शुक्रबार विहान बरामद भएको प्रहरी निरीक्षक लिलाबहादुर कार्कीले जानकारी दिनुभयो ।


प्रहरी निरीक्षक कार्कीका अनुसार विशेष सुराकीको आधारमा गस्तीटोलीले रैनीखोला गाउँ नजिकैको जंगलमा खहरेले बनाएको खोचमा पतकरले छोपेर लुकाई राखेको ९ बोरा गाजा बराद भएको हो ।
प्रहरीले गाजा प्याक गर्ने मेसिन र ठूलो परिमाणमा गाजा लुकाई राखेको सूचना पाएपछि खोजी गरेको भएपनि मेसिन भने फेला पार्न नसकिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । प्रहरीले ३ दिन अघि मात्र विष्णुपुरकट्टी गाविसकै भोर्लेलनी र सर्रेअम्वासबाट दुई थान भरुवा बन्दुक बरामद गरेको थियो । त्यो बन्दुक पनि गाजा तस्कहरुकै रहेको अनुमान गरिएको छ ।

No comments:

Post a Comment