ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 4 April 2014

द्धन्द्धकालको मुद्दामा कसैसँग सम्झौता गरिंदैन : दाहाल (भिडियोसहित)

सत्य निरुपण तथा बेपत्ता आयोग बनाए संविधान लेखन अवरुद्ध हुने चेतावनीः
काठमाडौं, चैत्र २१ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे सम्झदारी र शान्ति प्रक्रिया भन्दा बाहिर गएर सरकार या अदालतले निर्णय गर्न खोजे त्यो आफूहरुलाई मान्य नहुने र त्यसले देशमा ठूलो द्धन्द्धको सिर्जना गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल
राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलनको आज काठमाडौको कीर्तिपुरमा उद्घाटन गर्दै अध्यक्ष दाहालले द्धन्द्धकालको मुद्दामा कसैसँग सम्झौता नगरिने स्पष्ट पारे ।

दाहालले अदालतलाई पनि कानुन विपरित गएर शान्ति प्रक्रिया भाँड्ने निर्णय गर्ने सुपर पावर नभएको तर्क गरे । सर्वोच्च अदालतले द्धन्द्धकालीन मुद्दाहरुमा मौजुदा फौजदारी कानुन अनुसार कारबाही चलाउन सकिने फैसला गरेकोतर्फ उनको अभिव्यक्ति लक्षित थियो ।

सरकार र केही राजनीतिक पार्टीका नेताहरु द्धन्द्धकालको मुद्दा उचालेर एमाओवादीका नेताहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने षड्यन्त्रमा लागेको आरोप उनले लगाए ।

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग बनाउने क्रममा सरकारले गल्ती गरे संविधान निर्माण प्रक्रिया अवरुद्ध हुने चेतावनी पनि उनले दिए ।

सोही कार्यक्रममा नेता डा. बाबुराम भट्टराईले पार्टीलाई नयाँ शक्तिको रुपमा अगाडि बढाउन आफ्नो पार्टीले नयाँ ढंगले बहस सुरु गरिरहेको बताए ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. हिराबहादुर मर्हजनले शिक्षा नीतिमा सुधारको खाँचो रहेको औंल्याए । 

इमेज खबर

No comments:

Post a Comment