ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 27 April 2014

वायु सेवा निगमको नयाँ जहाज काठमाडौंमा, पन्चेबाजाले स्वागत

१४ बैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमको नयाँ जहाज काठमाडौं आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ५६ सिटको जहाज केहीबेर अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानस्थलमा अवतरणपछि विमानलार्इ पण्डितको मन्त्रोचारणसहित पूजा गरिएको छ भने पन्चेबाजा
बजाएर स्वागत गरिएको छ ।

राष्ट्रिय ध्वजाबहाक वायु सेवा नियमले २८ वर्षमा पहिलो पटक नयाँ जहाज ल्याएको हो । चीन सरकारले आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ ।प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले सो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए । गत फागुन ४ मा निगमसँग रहेको टि्वनअटर जहाज दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । निगमको साख धानेको अर्को सोही ढाँचाको जहाजसमेत गत चैतमा समस्या उत्पन्न भएपछि निगम जहाजविहीन बन्न पुगेको थियो । 

''
Download

No comments:

Post a Comment