.jpg)
काभ्रे क्षेत्र नम्बर ३ बाट निर्वाचित बादे आज बिहान बनेपाबाट काठमाडौं आउँदै गर्दा भक्तपुरको चेकपोष्टमा उनी चढेको बा८च ३८१ नम्बरको प्राइभेट गाडी छाडेर हिडेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनले सवारी चलाइरहेका बेला मोवाइलमा कुरा गरेको र सिट बेल्टसमेत नबानेको पाइएपछि ट्राफिक प्रहरीले रोकेको थियो । ‘कारबाहीको लागि कागजत्रप माग्दा छैन भनेर दिएनन् । त्यसपछि साइड लगाउन भन्यौ,’ चेकपोष्टमा रहेका एक प्रहरीले भने,’उहाँले साइड पनि लगाउनु भएन, उल्टै गाडीको साँचो छाडेर जानुभयो ।’
गाडी महानगरीय प्रहरी बृत जगातीमा राखिएको छ । उनी काठमाडौं आएपछि प्रहरी कार्यालयमा रहेको गाडी पठाइदिनु भन्दै सरकारी निकायबाट दबाब दिन थालेको प्रहरी स्रोतले जनाएको छ । ‘गल्ती गर्ने, बिलबुक लाइसेन्स माग्दा नदिने ? बेइज्जत हुने भएपछि गाडी छाडेर गएपछि भनसुन गरेपछि उसले भनेकै ठाउँमा लैजानु पर्ने कस्तो नियम आयो ?,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक उच्च प्रहरी अधिकारीले भने,’कानुन सबैलाई समान हुन्छ । सभाषद्ले गल्ती गरेपनि कारबाही नहुने भन्ने हुँदैन ।’ प्रहरी कार्यालयमा रहेको गाडी सिंहदरबार ल्याइदिन भन्दै दबाब दिन थालेको प्रहरीले जनाएको छ ।
सभाषद् बादेले आफनो बिलबुक र लाइसेन्स बग्गीखानामा रहेको प्रमाण ‘२४ घण्टे पूर्जी’ ट्राफिक प्रहरीलाई देखाउदा पनि नमानेपछि गाडी छाडेर हिडेको बताए । आफूले फोनमा कुरा गरेको देखेपछि ट्राफिकले रोकेको उनले बताए । आफनो लाइसेन्स, बिलबुक ट्राफिक कार्यालयमा रहेको प्रमाण देखाए पनि ट्राफिक प्रहरीले गाडीको साँचो थुतेको उनको आरोप छ । ‘सभाषद्को लोगो लगाएको देख्दा देख्दै गाडीको साँचो थुतेर बिलबुक र लाइसेन्स मागेर किचकिच गर्न थाल्यो,’ उनले भने,’गाडीको साचो लुटेपछि ए भाई मेरो कुरा त सुन भने तर, एकहोरो भएपछि मेरो गाडी छाडेर साथीको गाडी काठमाडौं आए ।’
बग्गीखानामा बिलबुक र लाइसेन्स लिन लिन बैकमा पैसा तिरेपनि ट्राफिकको कम्प्यूटर बिग्रिएकाले लिन गएको दिन नपाएको उनले बताए ।
'' Download |
No comments:
Post a Comment