
जनकपुर, वैशाख १७ - आफूभन्दा तीन वर्ष जेठी किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा १० वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबारदेखि बालक जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठामा छन् ।
आफ्नी दिदी सुत्केरी भएपछि सहयोग गर्न मानसिंहपट्टी ६, भगवानपट्टी गएकी जनकपुर ३ की १३ वषिर्या किशोरीलाई बलात्कार गरी पासो लगाएर हत्या गर्ने प्रयास गरेको आरोपमा स्थानीय १० वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका बालक निर्दोष भएको उल्लेख गर्दै गाउलेको समूह गत तीन दिनदेखि जिल्ला प्रहरी धाइरहेको छ । गाउलेकाअनुसार गत ९ गते विहान करिब ११ बजे किशोरी आफ्नो दिदीकै भान्छाकोठामा झुण्डिइरहेको अवस्थामा फेला परेकी थिइन् । स्थानीयवासीको सहयोगमा उनलाई सकुशल उद्धार गरिएको थियो ।
यसै विषयमा गाउँमा 'जातीय पञ्चायती' पनि भएको थियो । किशोरीका आफन्त पनि सहभागी भएका थिए । पञ्चायतीबाट फर्केपछि किशोरीका आफन्तले जिल्ला प्रहरीमा उजुरी हालेका थिए । उजुरीकै आधारमा बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । किशोरीका पिता वैदेशिक रोजगारीमा छन् भन्ने थुनामा रहेका बालकका पिताको निधन भइसकेको छ ।
१० वषिर्य बालकलाई थुनामा राखिएको विषयलाई अधिकारकर्मीले गंभीरतापूर्वक लिएका छन् । भूमिजा मानव अधिकार संघ अध्यक्ष विजय दत्तको नेतृत्वमा गएका अधिकारकर्मीको टोलीले यस विषयमा प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई ध्यानकर्षण गराएका थिए ।
सुवेदीले भने बालकलाई सुरक्षाका दृष्टिले निगरानीमा राखिएको बताए । उनले भने, 'गाउको तनावपूर्ण वातावरणमा बालकलाई सुरक्षा दिने हिसावले यहा राखिएको हो । बालकलाई थुनुवासग राखिएको छैन ।'
|
'' Download |




No comments:
Post a Comment