ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 30 April 2014

अर्घाखाँची दुर्घटनामा १९ जनाको मृत्यु, २७ जना घाइते (अपडेट)

अर्घाखाँची, वैशाख १७ । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको बस दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । नरपानी ५ जगत भन्ने स्थानमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १३ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धीखर्कमा मृत्यु भएको हो ।

दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन् । मृतक मध्ये जिल्ला अस्पताल अर्घाखाँचीमा
कार्यरत वाङ्लाका डा. विष्णु आचार्य, उनका बुबा जनार्दन आचार्य, खाडास्थित ज्योति माध्यामिक बिद्यालयका प्रमुख गणेश बेलबासे, खाडाकै अनिता बेलबासे, धारापानीका नरेन्द्र बन्जाडे र बुटबलका कृष्ण श्रेष्ठ, नरपानी ९ की धनसरी बगाले मगर, डाडावाङका जनक खनाल, जुकेनाकी तिनकला बेलवासे, बुटवल ७ की छमी श्रेष्ठ, भारत विहारका नुर आलम, यामासुदिन र मुगत लाहा लम्बुकोे मात्र सनाखत भएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये २३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ भने अन्यको अर्घाखाँचीमा उपचार भइरहेको छ ।

अर्घाखाँचीबाट बुटवल जाँदै गरेको बस विपरित दिशाबाट आएको ट्रकसँग ठोक्किएको थियो । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए । सांँघुरो सडकमा दुबैतर्पmबाट गाडी तीव्र गतिमा आउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएर बस सडकबाट डेढ सय मिटर तल खसेको थियो ।

उता, सोही दुर्घटनाका घाइतेलाई लिन जाने क्रममा लु१ज १३२९ नम्बरको जिप सन्धीखर्क ६ स्यालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनाका मृतकहरुको पनि सनाखत हुन सकेको छैन । 

इमेज खबर

''
Download

No comments:

Post a Comment