
प्रहरीले बालिग नभएको भन्दै उनीहरुलाई छुटाइदियो। तर राती फेरि उनी फर्केर सरितालाई भेट्न गए। यसपटक सरिताको घर पक्षले नवीनलाई समातेर कुटपीट गरे। प्रहरीलाई बुझाए। प्रहरीले फेरि दोहो:याएर भेटेमा कडा कारबाही गर्ने चेतावनी दिएर छाडिदियो ।
गोरखा नगरपालिका ५ मान्द्रेढुंगाकी १५ बर्षे नवीना श्रेष्ठ(नाम परिवर्तित) र गोरखा नगरपालिका ९ बीरेन्चोकका १६ बर्षे बर्षिया ढकालको फेसबुक च्याटबाटै मायाप्रिती बस्यो। ११ महिनापछि गत पुस महिनामा उनीहरुको बिहे पनि भयो। केही समय मायाप्रितीमा रमे। तर एक महिनायता झगडा हुन थाल्यो।
निरन्तरको झगडापछि नवीनाले गत आइतबार विषादी पिएर आत्माहत्याको प्रयास गरिन्। तर परिवारले तत्कालै उपचार गरेर उनलाई बचायो। 'पहिले तिमी नभई म बाँच्न सक्दिन भन्थ्यो अहिले दिनदिनै लखेट्छ' नवीना भन्छिन् 'तँ सानो जातकी भनेर हेप्छ। तेरो माइती यस्तो, तँ उस्तो भनेर कुटपीट गरेर बस्नै दिदैन ।' बिहे भएको प्रमाण नभएको भन्दै श्रीमानले लखेट्ने गरेको उनी दु:खेसो गर्छिन्। माइतीको असहमतिमा बिहे गरेकाले अब माइत फर्कन पनि नसकेर आत्माहत्या गर्न खोजेको उनले बताइन्।
रोजगारीका लागि बिदेशिएका नाम्जुङ ७ का नबराज काप्रीले पनी फेसबुकबाटै अर्कीसंग प्रिती गाँसे। बिदेशबाट फर्केर उनले घरकी श्रीमती छाडेर नयाँ बिहे गरे। बिना कसुर जेठी श्रीमतीले आफ्ना श्रीमानलाई छोड्नु प:यो।
फेसबुकले एकअर्कामा संपर्क गर्न, सम्बन्ध स्थापित गर्न सहज बनाएको छ। तर यसकै कारण दुख पाउनेको संख्या पनी अहिले बढ्न थालेको छ। त्यसैले फेसबुक जस्ता सामाजिक सञ्जाल सञ्चारका लागी बरदान भएजस्तै बरबादको साधन पनी बनेको गोरखाका प्रहरी प्रमुख डीएसपी रमेश थापा टिप्पणी गर्छन्। उनका अनुसार अहिले प्रहरीमा आउने धेरै झै-झगडाका मुद्दाहरु केलाउँदै जाँदा फेसबुक एउटा कारक बन्ने गरेको पाइएको छ।
'फेसबुक एक सञ्चार सुबिधा त हो' उनी भन्छन् 'सदुपयोग गरे यो बरदान हो। दुरुपयोग गरे बरबाद पनि हो ।' राम्ररी नबुझीकन फेसबुकको भरमा सम्बन्ध कायम गर्नेले दुख पाउने उनले बताए। 'यौवनका बेला विपरीत लिंगीसंग सम्बन्ध कायम गराउन फेसबुक एउटा गतिलो माध्यम बनेको छ। यसको फन्दामा परेपछि बाहिर निस्कन सक्दैनन्। नबुझीकन फेसबुक च्याटकै आधारमा सम्बन्ध कायम गर्नेहरु धेरैले दुख पाएका छन्' डीएसपी थापाले बताए। आर्थिक, सामाजिक, सांस्कृतिक पृष्ठभुमी सशक्त नबनिसकेको हाम्रो जस्तो देशमा फेसबुककै भरमा सम्बन्ध कायम गर्नुअघी सोचबिचार गर्नुपर्ने उनको सुझाब छ।
'' Download |
No comments:
Post a Comment