
दुई घण्टाको अवधिमा लगातार पांच वटा गित गाउनुका साथै दर्शकसंगै नाचेकी ओलीले पहिलो गीत वांझो खेतमा गाउंदा आयोजक संस्थाका अध्यक्ष राजनलाल श्रेष्ठ, उपाध्यक्ष तारावहादुर कार्की र गायक उज्ववलजंग ठकुरीलाई मञ्चमै नचाइन भने त्यसपछिको चारवटा गित दर्शकदीर्घामा गएर दर्शकसंग नाच्दै ए नानी गाजले म त मरे लाजले भने कम्मर मर्काइ मर्काइ नाच्दै गाइन् । उनलाई सयौं दर्शकले नाचेर साथ दिए । तेश्रो प्रस्तुतीका रुपमा ओलीले म छु त चिटिक्क परेकी कुमारी गाउंदा उनलाई सयौं युवाहरुले आइ लभ यु भने । उनले पनि आइ लभ यु नुवाकोट भन्दै जवाफ फर्काइन् । त्यसपछि कोमलले चौथो प्रस्तुती माया वस्यो मुटुमा मायाको मिठास छुट्टै गाएर मायाको महत्व दशाइन् । हजारौं दर्शकको वन्स मोरलाई साथ दिदै विश्राम नगरि लगातार गाएकी कोमलले अन्तिम तथा पांचौ प्रस्तुतीका रुपमा आफ्नो निकै चर्चित गीत पोइल जान पाउं शिव पाएद जान पाम भन्दै गाएर आफुलाई लैजानका लागी तयार हुन नुवाकोटका लुरेहरुलाई आग्रह गर्दै भरपुर मनोरञ्जन दिलाइन् । उनले विभिन्न सन्देशमुलक भनाइहरु पनि राखेर नेपाल एकिकरणको मुहान ऐतिहासिक नुवाकोट सदा मुटुमा वसिरहने वताइन् ।
‘व्यवसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना’ भन्ने मुख्य नाराको साथ फागुन १४ गतेदे िखजारी तेस्रो नुवाकोट महोत्सवका अवसरमा शुक्रवार कोमल ओलीका साथमा अर्का चर्चित गायक हेमन्त शर्माले थाप न थाप हातैमा मायाको चिनो मायालु जाडा उडेर उडेर जाली रुमाल, माया त यस्तो होस, नजिक टाढा जता भएनीलगायतका आधुनिक गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनका साथमा लोकगायक घमेश दुलाल, सुगम पोखरेल, डिजराज पौडेल, ऋतु कणेललगायत एक दर्नन गायक गायिकाहरुले हजारौ दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । महोत्सवका अवसरमा प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गरिदै आएको गोरु जुधाई पनि महोत्सवस्थमै देखाएर हजारौं दर्शकलाई मनोरञ्जन दिलाइयो ।
'' Download |
No comments:
Post a Comment