१९ चैत- ब्रिटिश वेबसाइट डेलीमेलले छापेको खबर अनुसार १७ बर्षिया यि कम्बोडियन किशोरीको नाम दारा कियो हो। बालापनमा उनका पिता निकै ऋण परिवारमाथी छोडेर गएका थिए। यो ऋण चुकाउनको लागि आमासँग कुनै वस्तु थिएन। बाध्यतावश १२ बर्षको उमेरमा नै आफ्नै छोरी कियोलाई नै बेचिदिइन्। ऋण तिर्न कियोले परपुरुषसँग यौन सम्पर्क राख्नुपर्ने संझौता भएको थियो। ‘साहुले मार्ने-पिट्ने धम्की दिन्थे।त्यसताका मैले दिनमा एक डलर भन्दा कमाउन सक्दिनथेँ। ऋणकै चिन्ताले म बिरामी पर्न गएँ। आखिरीमा मैले हार मान्नैपर्ने भयो’ कियो की आमा रोताना यतिबेला ६२ बर्षकी भईन्। यति भन्दाभन्दै रोतानाका आँखामा आँशु आउन थाल्छन्। जे भयो त्यसको बयान गर्न गाह्रो छ। ज्यादै डरलाग्दो कुरा यो छ की कंबोडियामा यो बिल्कुल असामान्य छैन। त्यहाँको पुरानो ताओइस्ट संस्कृतिमा यो मानिन्छ की पुरुषले धेरै भर्जिन कन्यासँग यौनसम्बन्ध राख्दा आयु लामो हुन्छ। कियोलाई सुरुमा एक भ्रष्ट डाक्टरको सामु लगियो जसले उनको मेडिकल जाँच गरि कियो भर्जिन रहेको निश्चित गर्योक। कियो भन्छिन्, ‘त्यसपछि मलाई त्यो व्यक्तिकोमा लगियो जसले मलाई किनेको थियो। मलाई उसका साथ एक हप्ता रहनुपर्ने थियो। एक हप्तामा उसले मसँग धेरैपटक असुरक्षित यौन सम्बन्ध राख्यो’।
अचम्मको कुरा त यो छ की कियोका भर्जिनिटी खरिद गर्ने व्यक्ति कम्बोडियाका एक प्रमुख राजनेता हुन्। कियो र उनकी आमाले उसको नाम बताउन अस्विकार गरेका छन्। उसले कियोलाई एक हप्तासम्म होटलमा राखेको थियो। दिनमा दुई तीन पटक कियोसँग यौन सम्बन्धको लागि आउँथ्यो। कियोले सम्झन्छिन्, ‘उसले निकै जबरजस्ती गर्थ्यो। सबै क्षण दर्दनाक थियो’। उक्त कष्टकारी हप्ता सकिएपछि उसले कियोलाई घरमा लगेर छोडेको थियो। हिडडुल गर्न र पिसाब गर्न समेत कियोलाई दुई हप्तासम्म निकै गाह्रो भएको थियो।




No comments:
Post a Comment