काठमाडौं, चैत्र १९ । बुधबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले सस्तिएर ५३ हजार १ मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलामा ४ सयले ओरालो लागेर ५३ हजार ३ सयमा झरेको थियो ।
यस दिन तेजाबी सुनको
मूल्य तोलाको ५२ हजार ८ सय ५० तोकिएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले कमी आएर ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय डलरको हाराहारीमा कारोबार भएको थियो
इमेज खबर
अघिल्लो दिन तोलामा ४ सयले ओरालो लागेर ५३ हजार ३ सयमा झरेको थियो ।
यस दिन तेजाबी सुनको

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय डलरको हाराहारीमा कारोबार भएको थियो
इमेज खबर
No comments:
Post a Comment