काठमाडौं, वैशाख १ । बाग्मती नदी सफाइ अभियानको नेतृत्व गरेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारीले आज बाग्मती नदीमा नुहाएर नयाँ सुरुवात गरेका छन् । उनीहरुले लगातार बाग्मती नदी सफाइमा सहभागी भइ नयाँ वर्षसम्ममा बाग्मती नुहाउन योग्य बनाउने अठोट गरेका थिए ।
पौडेलसहितका अधिकारीहरुले आज बिहान गुह्येश्वरी घाटमा नुहाएर बाग्मती सफा हुँदै
गएको सन्देश दिएका हुन् । नुहाउनुअघि मुख्य सचिव पौडेलले सहभागीहरु सबैलाई नियमित रुपमा बाग्मती सफाइमा सक्रिय रहन सपथ समेत खुवाएका थिए ।
बाग्मतीलाई नुहाउन योग्य बनाउन मलमूत्रसहितको ढल मिसिने बाग्मतीको गुह्येश्वरीखण्डको पानी नियमित परीक्षण गरिएको छ । पानीलाई करिब दुई सय मिटर दुरीमा दुईतिहाइबाट थुनेर राखिएको छ ।
गुह्येश्वरी घाटको माथिल्लो र तल्लो तटमा सिमेन्टका बोरामा माटो र बालुवा भरेर बाँध बनाइएको छ । बाग्मती नदी सफा हुँदै गएपछि यसै वर्षभित्र पुशपति क्षेत्रमा पनि नुहाउन योग्य पानी नदीमा उपलब्ध हुनसक्ने आशा बढेको छ ।
काठमाडौं उपत्यकाको सभ्यताको धरोहर बाग्मतीमा फोहर तथा ढल विसर्जन गर्ने प्रवृत्ति हुँदा जताततै दुर्गन्ध फैलिएको थियो ।
२५ वर्ष अघिसम्म बाग्मतीको पानी खान योग्य रहेको थियो । तर, त्यसपछि बढ्दो जनसंख्या र फोहर फाल्ने प्रवृत्तिका कारण बाग्मती दुर्गन्धित भयो । अहिले बाग्मती क्रमश सफा हुँदै गएपछि पशुपति क्षेत्रमा धार्मिक प्रयोजनमा समेत यहाँको जल उपयोगमा आउने वातावरण बन्नत थालेको छ ।
image khabar

'' Download |
No comments:
Post a Comment