
स्थानीय रुद्रपुरकी ११ वर्षीया बालिका तेरिया फौजा मगर उक्त टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर– ३ मा करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी छिन् ।
प्रतियोगितामा भाग लिन आवेदन दिएका १४ वर्ष मुनिका तीन लाख बालबालिकामध्ये ४० हजार जना छनोटमा परेका थिए । तीमध्ये तेरिया नेपालबाट छनोटमा पर्ने एक्ली हुन् । भारतीय टेलिभिजनबाट प्रसारित हुने विभिन्न कार्यक्रममा नेपालीमूलका भारतीय सहभागी भएर प्रतियोगिता जित्न सफल भए पनि डिआइडी प्रतियोगितामा सहभागी हुने र उत्कृष्ट १० भित्र पर्ने उनी पहिलो हुन् ।
भारतको मुम्बईमा भएका तीन वटा प्रतियोगिताका चरण र नयाँ दिल्लीमा भएका प्रतियोगिताका विभिन्न चरण पार गर्दै उनी टप टेनमा छनोटमा पर्न सफल भएकी हुन् ।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन भने बाबु रोजगारीका लागि विदेशमा छन् । -रासस
थप जानकारी
थप जानकारी
'' Download |
No comments:
Post a Comment