ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 21 May 2014

एप्पललाई पछार्दै गुगल बन्यो बिश्वकै मूल्यवान ब्राण्ड (फोटो फिचर )

अमेरिकी सर्च इन्जिन गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बनेको छ । तीन बर्षदेखि यो ताज कब्जा गर्दै आएको आइफोन निर्माता एप्पललाई पछार्दै गुगल पहिलोपटक शीर्षस्थानमा पुगेको हो ।ग्लोवल मार्केट रिर्सच एजेन्सी मेलवर्ड ब्राउनका अनुसार गुगलको ब्राण्ड मूल्य एकै बर्षमा ४० प्रतिशतले बढेको छ ।
२०१४ को टप १०० ब्राण्ड रिपोर्टका अनुसार गुगलको ब्राण्ड मूल्य १५८.८४ अर्ब अमेरिकी डलर छ । गुगलको मूल्य बढनुमा ‘गुगल ग्लास’को महत्वपूर्ण भूमिका छ । इन्टरनेट लिंक भएको गुगल ग्लासले रेबनसहितका ब्राण्डलाई पछि पारेको छ ।

पछिल्लो तीन वर्ष सूचीको शीर्ष स्थानमा रहेको एप्पल भने दोस्रोमा झरेको छ । उसको ब्राण्ड मूल्य १४७.८८ अर्ब डलर रहेको छ । एप्पलको ब्राण्ड मूल्यमा २० प्रतिशतले गिराबट आएको अनुसन्धानमा देखिएको छ ।
टप ब्राण्ड मूल्यको शीर्ष १० मा अमेरिकी कम्पनीको दबदबा छ । आईबीएम १०७.५४ अर्बसहित तेस्रो स्थानमा छ भने २९ प्रतिशत बृद्धिसँगै माइक्रोसफ्ट चौथो स्थानमा छ ।

उसको ब्राण्ड मूल्य ९९.१९ अर्ब डलर छ ।
म्यान डोनल ८५.७१ अर्ब, कोका कोला ८०.६८ अर्बसहित क्रमश पाँचौ र छैटौं स्थानमा छन् ।
सूचीमा एमाजोन दशौं नम्बरमा छ भने फेसबुक आफ्नो मूल्याङ्कनलाई ६८ प्रतिशत बृद्धि गर्दै ३५ अर्ब डलर मूल्याङ्कनसहित २१ औं नम्बरमा छ । उत्कृष्ट एक सयको सूचीमा ट्वीटर र लिङ्डइन पहिलोपटक प्रवेश गरेका छन् । ट्वीटर १४ अर्ब डलर मूल्याङ्कनसहित ७१ औं स्थानमा र १२ अर्ब डलरसहित लिङ्डइन ७८ औं नम्बरमा छन् ।

यो साल प्रबिधि बिधाका कम्पनीहरुको मूल्य निकै बढेको र यो क्रम आगामी बर्षहरुमा अझ बढ्ने देखिएको रिपोर्टमा उल्लेख छ । तल हेर्नुस ..
थप समाचार

''
Download

No comments:

Post a Comment