काठमाडौं । निर्वाचन आयोगले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय गरेको छ । गृह मन्त्रालयले खरेलको काज सरुवाका लागि सहमति माग्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । आयोगको शुक्रबार बसेेको बैठकले निर्वाचन आचार संहिता लागू भइसकेकाले खरेलको काज सरुवाका लागि सहमति नलिने निर्णय गरेको आयुक्त अयोधिप्रसाद यादवले अनलाइनखबरसँग बताए ।खरेलले एआईजीमा बढुवाका लागि डीआईजीहरु ब्रिफकेस बोकेर नेता शक्ति केन्द्र धाइरहेका भन्दै भ्रष्टहरुलाई बढुवा नगर्न आग्रह गरेका थिए । लगतै संगठनको मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको थियो । साथै खरेललाई हेडक्वाटरमा तानेर सीआईबीका निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने तयारी भएको थियो ।
थप जानकारी को लागि
|
'' Download |




No comments:
Post a Comment