लहान ज्येष्ठ १७ – गृहमन्त्री बामदेव गौतमका बारेमा गम्भीर प्रकृतिको कमेन्ट लेखेको भन्दै इलाका प्रसाशन कार्यालय लहानका प्रमुख ९प्रशासकीय अधिकृत० राजुप्रसाद साह पक्राउ परेका छन्। उनलाई वीरगञ्जस्थित घन्टाघर एरियाबाट पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय श्रोतले बताएको छ ।गृहमन्त्रीको जेब्राक्रसबारे नयाँ पत्रिका दैनिकमा केहि दिन अघि छापिएको तस्बिरमा फेसबुकमार्फत प्रशासक साहले ‘उनलाई पिछुवाडामा गोली ठोकिदिनुपर्छु’ भनेर कमेन्ट गरेका थिए।
‘उनले ‘गृहमन्त्रीले जे पनि गर्न हुने, मैले लेख्न पनि नहुने?’. एक स्थानीय पत्रकारसँग लिएको प्रतिक्रियाको अडियो रेकर्डमा उनले भनेका छन्, ‘गोली हानी त दिएको छैन नि!’ यो प्रतिक्रिया सहितको समाचार स्थानीय पत्रिका ‘साक्षी पोस्ट’मा छापिएपछि प्रशासकीय अधिकृत पत्रकारहरू विरुद्ध खनिएका थिए।
शुक्रबार उनी कार्यालयमा बिदा लिई घर गएका थिए। शनिबार उनलाई गृहको आदेशमा वीरगञ्ज प्रहरीले पक्राउ गरेको हो।
थप भिडियो हेर्नुहोस
|
'' Download |




No comments:
Post a Comment