एप्पललाई १२ करोड डलर जरिवाना तिर्न सामसुङ्गलाई अदालतको आदेश
अमेरीकाको एक अदालतले मोबाइल प्रदायक कम्पनी सामसुङ्गलाई अर्को कम्पनी एप्पललाई ११ करोड ९६ लाख अमेरीकी डलर जरिवाना तिर्न आदेश दिएको छ । सामसुङ्गले एप्पलका दुईवटा मोडेल चोरी गरेको प्रमाणित भएपछि सो रकम तिर्न क्यालिफोर्नियास्थित एक अदालतले आदेश दिएको हो ।
एप्पलले आफ्नो स्मार्टफोनका मोडल सामसुङ्गले नक्कल गरेको आरोप लगाएको थियो । एप्पलले आफ्ना ५ वटा मोडल सामसुङ्गले चोरी गरेको भन्दै २ अर्ब २० करोड डलर क्षतिपूर्ति माग गरेको थियो ।
यता, सामसुङ्गले भने आफूले नभइ एप्पलले आफ्नो पेटेन्ट उल्लंघन गरेको भन्दै उल्टो ६० लाख अमेरीकी डलर माग दावि गरेको छ ।
Recent Updates
Recomment to Your Friends
No comments:
Post a Comment