
रुपन्देही प्रहरीले उनीहरुविरुद्ध शुक्रबार वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो । प्रहरीले पडसरी गाविस-१ र मधवलिया गाविस-३ बाट १७ हजार लिटर चोरीको डिजलसहित १९ वटा ट्यांकर र २१ जना व्यक्तिहरुलाई मंगलबार पक्राउ गरेपछि तेल चुहावटमा संगठित गिरोहको संलग्नता रहेको तथ्य खुलेको थियो ।
पक्राउ गरिएकाहरुले बयानमा तेल चोरीमा ट्यांकर मालिकहरुको प्रत्यक्ष संग्लनता रहेको खुलाएपछि प्रहरीको कारबाहीको तिर मालिकहरुतर्फ सोझिएको हो । पक्राउ परेका २१ जनाको बयानअनुसार १८ जना व्यक्तिहरुको नाममा पक्राउपूर्जी जारी गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाले अनलाइनखबरलाई बताए ।
घटनालगत्तै फरार डिजेल चोरीका नाइके मानिएका पडसरी-१ का विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलिया-३ का विक्की भन्ने विकास क्षेत्रीको नाममासमेत पक्राउ पुर्जी जारी गरिएको एसपी थापाले बताए ।
उनीहरु तीनजनासहित पेट्रोलियम व्यवसायीसहित केही बरिष्ठ व्यक्तिहरुको नाममा पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी गरिएकाहरुमा पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीसमेत रहेका छन् ।
त्यस्तै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवंम पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ बुटवलका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, अध्यक्ष राकेशकुमार कशौधन, बरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे र निवर्तमान अध्यक्ष हरिबहादुर कुवँरको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको एसपी थापाले बताए ।
त्यसैगरी बुटवल नगरपालिका-२ का दयाशंकर यादव, तौलिहावाका वृजेन्द्रकुमारी चौधरी, प्रेमराज गैरेको नाममा पक्राउ पुर्जी भएको एसपी थापाले बताए । यस्तै बुटवल-८ की पि्रती जयसवाल, पिंकी कलवार जयसवाल, राजेश कुमार अग्रवाल, पुशपतिनाथ कशौधन, रुद्र शर्मा, बुटवल मिलनचोकका श्रवण कुमार श्रेष्ठ, पप्पु कुमार कशौधनको नामामा पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरी उपरीक्षक थापाले तेल चोरीका नाइकेहरुलाई माफियाको संज्ञा दिँदै उनीहरुलाई कुनैपनि हालतमा नछोड्ने बताए । ‘तेल चोरीमा प्रत्यक्ष संलग्नता देखिएका विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलिया-३ का बिक्की भन्ने विकास क्षेत्री लगायत १५ जनालाई जहाँ जस्तोसुकै अवस्थामा पक्राउ गरी कारबाही चलाउँछौ’ एसपी थापाले भने ।
उनले फरार सबैलाई पानीमुनिबाट भए पनि पक्राउ गरेर कानुनी दायरामा ल्याएरै छाड्ने बताए । ‘फरार तेल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न २ वटा प्रहरी टोली खटाइसकेका छौ’, एसपी थापाले भने, ‘चोरीमा सरकारी कर्मचारीको संग्लनता खुलेमा उनीहरुलाई पनि छाडिने छैन ।’ घटनामा संलग्नविरुद्ध प्रहरीले चोरीको मुद्दा दर्ता गरी अनुसन्धान तीब्र पारेको छ ।
अनलाइन खबर
रमाइलो भिडियो हेर्न को लागि यो साइट पनि भिजिट गर्नुहोला >>> जानिराखौ . कम
'' Download |
No comments:
Post a Comment