ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 16 May 2014

वीर अस्पतालमा डाक्टरबाटै बिरामी महिलामाथि बलात्कार प्रयास

२ जेठ, काठमाडौं । वीर अस्पतालमा कार्यरत एक भारतीय  चिकित्सकले  अल्ट्रासाउण्ड गर्न आएकी  विवाहित महिलामाथि यौनदुव्र्यवहार  गरेका छन् ।  पीडित महिलाका श्रीमानले न्याय पाउन माग गर्दे  अस्पताल प्रशासनमा लिखित उजुरी दिएका छन् ।

 सिन्धुपाल्चोक  घर भई इन्द्रचोक  बस्दै आएकी  २३ वर्षीया  महिलालाई  वीर अस्पताल रेडियोलोजी विभागका  रेजिडेन्ट डाक्टर  अरविन्द ठाकुरले यौन दुवर्यबहार  गरेका हुन् ।  ठाकुर भारत झारखण्ड  स्थायी घर भई चिकित्सा विज्ञान प्रतिष्ठान  (न्याम्स) बाट  रेडियोलोजीमा  एमडी गरिरहेका छन् ।

 महिलालाई बुधबार साँझदेखि  असैह्य पेट दुख्न थालेपछि  उनका श्रीमानले राती  साढे १० बजे वीर अस्पतालको इमर्जेन्सीमा  पु¥याएका थिए ।  त्यहाँ कार्यरत  चिकित्सकले  विरामीलाई ऐपेन्डिसाइटिसको  आशंकामा तत्काल अल्ट्रसाउण्ड  गर्न रेडियोलोजी  विभाग पठाए । विभागमा रात्रि ड्युटीमा थिए डा. ठाकुर । उनले महिलालाई अल्ट्रासाउण्डको साटो संवेदनशील अंगमा  हातपात गरेर  थप पीडा दिए ।

 महिलाका श्रीमानले  आफ्नी  बिरामी  श्रीमाती माथि डाक्टरले  बलात्कार प्रयास गरेको  भन्दै कारबाहीको माग  गरेको आजको नयाँपत्रिकाले लेखेको छ ।   पीडितका श्रीमानले भने “यस्ता विदेशी  डाक्टरलाई देश निकाला गर्नुपर्छ ।”  उनले विहिबार  दिउँसो अस्पताल  प्रशासन समक्ष  लिखित तथा मौखिक उजुरी दिएका छन् ।

अस्पतालका निर्देशकलाई  सम्बोधन  गरिएको दर्ता नं ५२३२ को उजुरीमा पीडित महिलाका श्रीमानले अल्ट्रासाउण्डका बेला आफूलाई बाहिर निकालेर  श्रीमतीमाथि दुव्र्यबहार  गरिएको उल्लेख  गरेका छन् ।  डाक्टरले  आफ्नी श्रीमतीको गालामो टोकेको,  स्तन समाएको,  चुसेकोदेखि योनीमा औला घुर्साने  काम सम्म गरेको उजुरीमा छ । उजुरमिा उनले लेखेका छन् “भित्र लगेपछि  सुरुमा श्रीमतीको फोन नम्बर मागेछ, नदिएपछि  गालामा टोकेछ । श्रीमान  बोलाउँछु भन्दा  तेरो काम गर्दिन भनेछ  । अनि अलिअलि चेक गरेजस्तो  गर्दै स्तन  समातेछ, चुसेछ र सलवार घुडामुनिसम्म  पु¥याएर योनिमा  औला घुसारेछ ।”

आँखा पिलपिल गर्दे बाहिर आएकी श्रीमतीले सो कुरा सुनाएको र तत्कालै नजिकै ड्युटीमा रहेका  प्रहरीलाई खबर गरेको उनले बताए ।  प्रहरीकै सल्लाहमा  आफूले प्रशासनमा  उजुरी दिएको  उनको भनाइ छ ।  “निकै रिस उठेको थियो, तर श्रीमतीको  अप्रेशन गर्नु परेको थियो ।  त्यसैले रिस  कन्ट्रोल गर्दै  अप्रेसनको  सामान जुटाउन लागेँ ।  बिहान अप्रेसन सफल भयो । त्यसपछि  मैले उजुरी  दिएको हुँ । निर्देशकले  त्यसलाई  कारबाही गर्छु भन्नु भएको छ” पीडित महिलाका श्रीमानले बताए ।
थप जानकारी को लागि यहाँ हेर्नुहोस >>> जानिराखौ . कम

''
Download

No comments:

Post a Comment