एजेन्सी–
भनिन्छ, बाँच्नु मात्र पर्छ संसारमा के–के देख्न र सुन्न पाइन्छ । दुई,
तीन अथवा चार बच्चाहरु एकै साथ जन्मेको कुरा त सुन्नुभएकै होला तर कहिले
जुडुवा बच्चाहरु एक महिनाभन्दा बढिको अन्तरमा जन्मिएको सुन्नु भएको छ ?
अमेरिकाको क्यानसस शहरमा केहि समय पहिले एलन कोवन नामकी महिलाले जुडुवा
बच्चालाई जन्म दिइन् ।
तपाईंलाई
यो कुरा सुनेर अचम्म लाग्यो होला कि ती जुडुवा बच्चाहरु ३९ दिनको
अन्तरालमा जन्मिए । एलन जब २३ हप्ताकी गर्भवती थिइन् तब उनलाई पेट दुख्न
सुरु भयो र उनले जुडुवा बच्चामध्ये एकजनालाई मात्र जन्म दिइन् । त्यसपछि
डाक्टरले उनलाई आराम गर्ने सल्लाह दिए र उनले ३९ दिनपछि मा त्र अर्को
बच्चालाई जन्म दिइन् ।एलन कोवन र उनका श्रीमान डेविड साउदी अरबमा बस्ने गर्दछन् तर उनीहरुले आफ्नो सन्तानलाई अमेरिकामा जन्म दिने इच्छा राखेका कारण उनीहरु त्यहाँ गए । अमेरिकामा प्लेन ल्याण्ड हुने बित्तिकै कोवनलाई पेट दुख्न सुरु भयो जसका कारण उनलाई हस्पिटलमा भर्ती गराइयो र त्यहाँ उनले एकजनालाई मात्र जन्म दिइन्
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
|
'' Download |




No comments:
Post a Comment