ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 2 July 2014

सार्बजनिक स्थानमा बुर्का लगाउन नपाइने

फ्रान्स 
युरोपेली मानब अधिकार अदालतले, फ्रान्समा महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाइने कानुनलाई यथावत राख्ने निर्णय गरेको छ । २४ बर्षिया फ्रान्सेली महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाउने ब्यबस्था खारेज गर्न माग गर्दै दर्ता गरेको मुद्धामा युरोपेली मानब अधिकार अदालतले कायमै राख्ने निर्णय गरेको हो । 
फ्रान्सेली महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाउने नियमले आफनो धार्मिक र अभिब्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै मुद्धा दायर गरेकी थिइन । फ्रान्सेली कानुनमा सार्बजनिक स्थानमा अनुहार छोप्ने गरी बुर्का लगाएमा १ सय ५० युरो जरिवाना तिर्नुपर्ने ब्यबस्था रहेको छ । फ्रान्सले बुर्का सम्बन्धि नियम सन २०१० मा पुर्व राष्ट्रपति निकोलास सार्कोजीको शासनकालमा ल्याएको थियो । फ्रान्समा करिब ५ लाख मुस्लिम धर्मावलम्बिको बसोबास रहेको छ । तर मुस्किलले  २ हजार मुस्लिम महिलाले मात्र पुर्ण रुपमा बुर्का लगाउने गरेका छन । फ्रान्स बुर्का माथि प्रतिबन्ध लगाउने पहिलो राष्ट्र हो । २०११ मा बेल्जियमले पनि फ्रान्सकै सिको गर्दै बुर्कामा प्रतिबन्ध लगाएको थियो । स्पेनको बार्सिलोना र अन्य केही शरहमा पनि बुर्का माथि प्रतिबन्ध लगाइएको छ । इटालीका केही शरहमा पनि महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाउने ब्यस्था रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

''
Download

No comments:

Post a Comment