रहमानकै कमेन्टमा लाइक गरेको भन्दै सप्तरीका दुई जना पत्रकारलाई सप्तरीका प्रहरी प्रमुख दिनेश अमात्यले दुःख दिएको पत्रकारहरुले बताएका छन् ।
रहमानले लेखेको कमेन्टलाई लाइक गरेका कारण क्रियाशिल पत्रकार महिलाका सचिव पुनम पोखरेल तथा पत्रकार महासंघका पार्षद मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालयमा हाजिर गराई तनाब दिइएको छ ।
पुनम पोखरेलसँग जिल्ला प्रहरी कार्यालय सप्तरीले बयान लिएको र पार्षद मनोहरकुमारलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन दबाब दिएपछि नेपाल पत्रकार महासंघ सप्तरीको टोलीले यसबारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
फेसबुकमा कमेन्ट लेख्ने युवालाई काठमाडौं पुर्याइयो
प्रजिअको पनि गुनासो
फेसबुकमा कमेन्ट लेख्ने युवालाई काठमाडौं पुर्याइयो
प्रजिअको पनि गुनासो
प्रहरीले फेसबुकमा सामान्य कमेन्ट गरेका अब्दुल रहमानलाई थुन्ने र उक्त कमेन्टमा लाइक गर्नेहरुलाई बोलाएर बयान लिई अनावश्यक दुख दिने गरेको बारे प्रमुख जिल्ला अधिकारी नरहरी बराललालई पत्रकारहरुले ध्यानाकर्षण गराएपछि बरालले त्यसबारे ‘बुझ्ने’ जवाफ दिएका छन् ।
प्रजिअ बरालका अनुसार अब्दुल रहमानलाई पनि हिरासतमा नराख्न र मुद्दा नचलाउन उनले प्रहरीलाई भनेका थिए । “त्यस बेला मैले एसपीलाई सामान्य कुरा हो, कागज गराएर छाडिदिनुस भनेका थिएँ,” प्रजिअ बरालले भने, ‘‘त्यसपछि एसपीले कसरी मुद्दा चलाएको हो, त्यसबारे आफूलाई जानकारी भएन् ।’’
पत्रकारको टोलीले प्रहरीले समाचारको बिषयलाई लिएर पत्रकारको निगरानी गर्ने, प्रशंसाका समाचार लेखाउने प्रयत्न गर्ने र असहमत हुनेसँग बदनियत राख्ने जस्ता काम गरिरहेको भन्दै प्रजिअको ध्यानाकर्षण गराएको थियो
|
'' Download |




No comments:
Post a Comment