
शुक्रबार दिउँसो साढे १ बजेदेखि थुनिएका उनीहरुलाई शनिवार बिहान सवा ३ बजे उद्दार गरिएको कास्की प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले बताए ।
डोजरले पहिरो हटाएर निकालिएको थियो । पहिरोले एक एक्साभेटर पुरिएको र त्यसका चालक सुजन गुरुङसहित ३ जना सम्पर्कबाहिर रहेका आयोजनाका सुपरभाईजर गंगादत्त सापकोटाले बताए । उनीहरुको खोजी कार्य भैरहेको छ ।
सुरुङ प्रवेशद्वारमा करिब एकसय मिटर माथिबाट पहिरो खसेको थियो । ठूलो ढुंगासहितको पहिरोले सुरुङ सुरक्षार्थ बनाइएको फलामे रड (रिप) भाँचेर प्रवेशद्वार भन्दा करीब १५ मिटर माथि सुरुङ अबरुद्ध बनाएपछि उनीहरु फँसेका थिए ।
पहिरोले भित्र हावा छिराउन प्रयोग गरिएको बुलर पाईप नष्ट भएपछि बैकल्पिकरुपमा राखिएका फलामे पाइपबाट पानी र हावा भित्र पठाइएको थियो । एअर कम्प्रेसरमार्फत हावा भित्र पठाइएको थियो । फसेकाहरु १ सय २५ मिटर भित्र थिए । हावा र पानी पठाइएको पाईपको माध्ययमबाट बेलाबेलामा सम्पर्क भैरहेको थियो ।
२५ मेगावाट क्षमताको आयोजना नेपाली र चीनको चाईना थ्री गर्जेज कर्पोरेशनसंग आबद्ध चाईना ईन्टरनेशनल वाटर एन्ड ईलेक्टि्रक कर्पोरेशन (सीडब्लुई) को संयुक्त लगानीमा निर्माणाधीन छ ।
आयोजना करिब ५ अर्ब २८ करोड रुपैयाँ लागतमा आयोजना बन्न लागेको हो । ४ हजार २ सय मिटर लामो सुरुङ बनाउनुपर्नेमा अहिलेसम्म १ हजार ५ सय मिटर निर्माण भैसकेको छ ।
KANTIPUR
'' Download |
No comments:
Post a Comment