सिक्रेट सर्विसका प्रवक्ता एडविन डोनोवानका अनुसार, एउटा सवारिले व्हाइटहाउसको सुरक्षा घेरा भन्दा बाहिर करीब २०० मीटर सम्म राष्ट्रपतिका छोरिहरुलाई पछ्याएको थियो।
त्यस कारका ५५ वर्षीय ड्राइभरलाई गिरफ्तार गरिएको छ।एडविनका अनुसार, उक्त सवारिलाई यूनिफर्म डिभिजनका अधिकारिहरुले रोकेका थिए।उक्त सवारी अनुसन्धानको प्रक्रियामा रहेको छ।
घटना थाहा पाउने लगत्तै व्हाइटहाउस केहि समय बन्द गरिएको राष्ट्रपति भवनमा रहेका सञ्चारकर्मिहरुले जानकारि दिएका थिए।
यस घटनाको सम्बनधमा व्हाइटहाउसका अधिकारिले आधिकारिक जानकारी भने दिएका छैन तर विधि प्रवर्तन विभागका एक अधिकारीका अनुसार काफिलेमा ओबामाका छोरीहरु मालिया र साशा दुवै सँगै रहेको बताएका थिए।
'' Download |
No comments:
Post a Comment