ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 7 May 2014

बाबुराम लगायतले पदत्याग गर्नु पार्टी पुनःनिर्माणको महान् अभियान : दाहाल (भिडियोसहित)


विराटनगर, वैशाख २४ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनसँगै पार्टी पुनर्निर्माणको दिशामा अघि बढेको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेता डा. बाबुराम भट्टराईलगायतका नेताले केन्द्रीय नेतृत्वको पद हाललाई त्याग गर्नुलाई पार्टी पुनःनिर्माणको महान् अभियानको संज्ञा दिए ।

अरु
नेताले विरोध गर्दागर्दै पनि आफूले सदासयताका साथ भट्टराई जस्ता बुद्धिजीवीलाई नेतृत्वमा ल्याएको दाहालले प्रष्ट गरे । भट्टराईसँगको आफ्नो सम्बन्ध २४ वर्ष पुरानो रहेको भन्दै दाहालले उनीहरुले पार्टी नछाडेकाले यसलाई पार्टी विभाजनको रुपमा हेर्न नहुने बताए ।

भट्टराईले भने जस्तो गरी आफूले आफ्ना मान्छे मात्रै नखोजेको जिकिर गर्दै उनले त्यस्तो चाहेको भए केन्द्रीय कमिटीमा भट्टराईलाई दुई नम्बरमा प्रस्ताव किन गर्थे भने ।

यसअघि, हिजो बाबुराम भट्टराई पक्षको बहिष्कारबीच सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाललाई फेरि चुनेको थियो । दाहालले ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेपनि भट्टराई र उनी पक्षीय नेताहरुले भने केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका थिए ।

दाहालद्वारा प्रस्तावित समितिमा आफ्ना मान्छे कम परेको तथा आफ्नै भन्नेहरुले पनि कित्ता परिवर्तन गरेर दाहालतिर लागेपछि भट्टराई पक्षले बन्दसत्र नै बहिष्कार गरेको थियो ।

भट्टराईले बन्दसत्र बहिष्कार गरेपछि नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा पोष्टबहादुर बोगटीको समर्थनमा दाहाल अध्यक्ष बनेका थिए ।
image khabar

''
Download

No comments:

Post a Comment