ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 5 September 2014

आफ्नै बुहारीको अश्लिल भिडियो बनाएर यौन शोषण

२० भदौ, एजेन्सी ।भारतमा एउटा लज्जाजनक घटना भएको छ । भारतको एक गाउँमा एक पुरुषले आफ्नै बुहारीलाई बलात्कार गरी अश्लिल भिडियो बनाएर निरन्तर यौन शोषण गरेको खुलासा भएको हो । 
कोतवाली क्षेत्रमा पर्ने एक गाउँमा सात महिनाकी गर्भवती महिलाले डिएनए परीक्षण गराउन माग गर्दै उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।

श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् ।
 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

''
Download

Wednesday, 3 September 2014

सेक्सका लागि उत्तेजित पारेर ब्लू फिल्म बनाउँदै ब्ल्याकमेल गर्दथिन् यी नायिका

बैंगलोर (एजेन्सी)– दक्षिण भारतको थपै्र फिल्ममा काम गरिसकेकी र अहिले टेलिसिरियलसँग जोडिएकी अभिनेत्री नयाना कृष्णालाई धनी पुरुषहरुलाई फसाएर उनीहरुलाई ब्ल्याकमेल गरि मोटो रकम असुल्ने गरेको आरोप लागेको छ । यसै आरोपमा पुलिसले उनलाई पक्राउ गरेपनि उनी पुलिसको पञ्जाबाट फुस्किन सफल 
भइन् । यो घटनामा पुलिसले तीनजना मानिसहरुलाई पक्राउ गरेको छ र नयानाको पक्राउका लागि सम्भावित ठाउँहरुमा खोजतलास जारी राखेको छ । यो पुरै घटनामा अचम्मको कुरा के छ भने यो काण्डमा नायनासँग दुईजना पुलिस र केहि न्यूज च्यानलका मानिसहरुको पनि संलग्नता पाइएको छ । प्राप्त जानकारीका अनुसार उक्त घटनाको खुलासा त्यतिबेला भयो जब एक डाक्टरले पुलिसलाई नयानाले उनलाई ब्ल्याकमेल गरिरहेको उजुरी दिए । एक स्थानिय न्यूज च्यानलमा भिडियो सम्पादकको रुपमा काम गर्ने हेमन्त कुमार र अर्का न्यूज च्यानलका ट्रान्सपोर्ट कोओर्डिनेटर सुनिल कुमार, पुलिस कन्सटेबल मलेश र रघुसँगको सहकार्यमा नयानाले मानिसहरुलाई ब्ल्याकमेल गर्दै आएकी बताइएको छ । मलेश, हेमन्त र सुनिललाई पुलिसले पक्राउ गरिसकेको जानकारीमा उल्लेख छ । पुलिसले बताए अनुसार घटना १६ जुनको हो जब यी मानिसहरुले ६८ वर्षीय चिकित्सकको क्लिनिकमा नयानालाई पठाए । चिकित्सकले बताए कि नयानाले उनलाई सेक्सको लागि उत्तेजित गराइन् र पूरै दृश्यलाई रेकर्ड गरिन् । उक्त घटना भएको दुई दिनपछि फोन आयो जसमा आरोपीले उनीसँग एक करोड मागिन् । पैसा नदिएको खण्डमा उक्त भिडियो टिभि च्यानलमार्फत सार्वजनिक गरिने धम्कीसमेत दिइयो । मलेशले एक करोडलाई कम गरेर २५ लाख रुपैयाँमा झारिदिएको बताइएको छ । आरोपीहरुलाई एक लाख रपैँया दिइसकेपछि डाक्टरले पुलिसलाई यो घटनाको जानकारी दिएको पुलिसले बताए ।रातो पाटि 

''
Download

१८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

मान्छेले मान्छेसँगै बिहे गर्छ । हिन्दु परम्परामा बेलसँग पनि बिहे गर्ने चलन छ । तर के मान्छेको विवाह कुकुरसँग भएको सुन्नुभएको छ ?भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ । मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो ।

उनको भाग्य खराब रहेको र सुरुमा कुनै पुरुषसँग बिहे गरेमा ग्रहदशाले निकै नराम्रो फल दिने भनेर एक गुरुले भविष्यवाणी गरेपछि उनले नै दिएको सल्लाह बमोजिम पूर्वी भारतको एक गाउँकी ती युवतीको कुकुरसँग बिहे गराइयो ।कुकुरसँग बिहे भैरहँदा विवाह मण्डपमा बेहुली मंगली खुसी देखिन्नथिन् तर विचरो कुकुर भने मस्त थियो । उसलाई कारमा चढाएर विवाह मण्डपमा ल्याइएको थियो र केटी पक्षका मानिसले स्वागत समेत गरेका थिए फूलमाला लगाइदिएर ।

अहिलेसम्म स्कुल नगएकी निरक्षर मंगलीले आफुलाई कुकुरसँग बिहे गर्दा खुसी नलागेको भएपनि अब आफ्नो भाग्य बदलिने विश्वास व्यक्त गरेकी छिन् ।‘गाउँका बुढापाकाकै सल्लाह अनुसार मैले कुकुरसँग बिहे गरेकी हुँ र मेरो खराब दशा अब कुकुरमा सर्नेछ’ उनले भनेकी छिन् ।

कुकुरसँग बिहे गरेपछि अब आफुले बिहे गर्ने मान्छेको लामो आयु हुने उनको विश्वास छ ।मंगलीका बुवा श्री अमुन्दा पनि यो कुरामा सहमत छन् । उनले आफ्नी छोरीका लागि सुहाउने भुस्याहा कुकुर शेरु खोजेर ल्याएका थिए । छोरीलाई खराब दशाबाट जोगाउने एकमात्र उपाय भनेको कुकुरसँग बिहे गर्नु रहेको उनको ठम्याइ छ । आफ्नी छोरीसँग बिहे गरेको त्यो ज्वाइँ कुकुरलाई अब मंगलीका बाउआमाले ज्वाइँलाई जस्तै गरी सम्मान र स्याहार गर्नेछन् । अबका केही महिनासम्म मंगली आफैले त्यो कुकुरको स्याहार गर्नुपर्नेछ, स्वामीका रुपमा ।

उक्त गाउँमा यसअघि पनि खराब दशा भएका किशोरीहरुको कुकुरसँग बिहे गरिदिएर ग्रहशान्ती गर्ने चलन रहेछ । कुकुरसँग बिहे गर्ने केटीहरुलाई झनै राम्रो मानिँदो रहेछ ।मंगली भन्छिन्, ‘मैले एक दिन कुनै पुरुषसँग बिहे गर्नेछु । आफ्नो मन परेको राजकुमारसँग बिहे गर्ने सबै केटीहरुको सपना हुन्छ । त्यसैले मैले पनि मेरो राजकुमारलाई पर्खिरहेकी छु ।’
भिडियो हेर्न तल को बिज्ञापन मा क्लिक गर्नु होला

''
Download

Saturday, 23 August 2014

आँपको रुखमा राजकुमारी चौधरीका २६ घण्टा !

गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए । रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्:
आपतमा परेपछि लाज पनि हराउँदो रहेछ, दिशा-पिसाब आउँदा रुखबाटै छाडिदिन्थ्यौं, तल्लो हाँगामा बसेकालाई लाग्थ्यो ।
बिहानको ५ बजेको हुँदो हो, बबई नदी बढेर आयो । एकै छिनमा घरको छाप्रो भत्कायो । भागौं, कता जाउँ ? जतात्यतै पानी नै पानी । घर नजिकैको सिसमको रुखमा लोग्ने र तीन छोरीसहित चढेर बस्यौं ।
दिनभरि बसेपछि साँझमा त्यो रुख पनि बगाउँछ जस्तो डर लाग्यो । त्यसपछि बाढीमा बगाएर ल्याएको रुखको सहाराले नजिकै रहेको आँपको रुखमा सर्‍यौं र त्यही रुखमा रात कटायौं । त्यो रुखमा हामी ११ जना थियौं । त्यहाँ रहेकी गर्भी थारु ७० वर्षकी थिइन् ।
छिमेकी कमला गुरुङ्ग आफ्नो ६ महिनाको नानी लिएर रुखमा हामीसँगै बसेकी थिइन् । कमला बेलाबखत बेहोस हुने र बान्ता गर्ने गरेपछि उनलाई र उनको बच्चालाई बचाउन गाह्रो भयो । कमलाका पति विजय गुरुङ्ग भारतको दिल्लीमा कमाउन गएका थिए । बाढीका कारणले उनी बाटैमा थुनिएका थिए ।
अहिले कमला र बच्चा दुबै बिरामी छन् । उनी भुरीगाउँमा देवरका घरमा आश्रय लिइरहेकी छन् । गर्भी पनि विरामी भएर उपचार गराइरहेकी छन् ।
रुखमा हामी ११ जनाले ज्यान जोगाउन झण्डै २६ घण्टा बसेका हौं । शुक्रबार बिहानै ५ बजे रुख चढेका हामी शनिबार बिहान ६ बजे मात्र ओर्लिएका  हौं ।
रुखमा बस्दा आपतमाथि आपत थपियो । जतात्यतै पानी नै पानी थियो । दिसा-पिसाव लाग्दा जहाँ बसेका थियौं, त्यहीँबाट गरिदिन्थ्यौं । यसो गर्दा तल बस्नेको जिउभरि हुन्थ्यो ।
बाढीले बगाउने डर त छँदै थियो, अर्कोतिर बाढीले बगाएर ल्याएका विषालु सर्पले कतिबेला डस्ने हो, भनेर त्राहीत्राही भइयो । कतिपटक त सर्प टिपेरै फालियो । कतिपटक सर्पसँगै एउटै हाँगामा बसियो ।
विपद र बाढीमा पर्दा राज्यले खोजेर उद्धार गर्छ भन्ने सुनेका थियौं । रेडियोमा हेलीकोप्टरले उद्धार गर्छ भन्ने पनि सुनेका थियौं । तर, २६ घण्टासम्म रुखमा बसेका बेला न त हामीलाई बचाउन कोही आयो, न त हामीले खानका लागि नै केही पायौं ।
रुखबाट ओर्लिएपछि नजिकै रहेको आफन्तको घरमा पुगेर झण्डै ४८ घण्टापछि मात्रै केही खानेकुरा खान पाएको हौं । हामी विपन्न र गरिबका लागि राज्यले उद्धारमा लागि न चासो देखायो, न त राहत लिएर नै आयो ।
विपतमा परेकालाई बचाउन हेलिकोप्टर आउने यसअघि रेडियोबाट सुन्ने गरेका थियौं । तर, हामीलाई बचाउन कोही न कोही त आउलान् कि भन्दै आशैआशमा दिन र रात बिताइयो । हामीजस्ता गरिवको उद्धार गर्न कोही आएन ।
तस्बिर/समाचार अनलाइनखबर साभार

''
Download

Sunday, 17 August 2014

पति बिदेशिएका पत्नीहरुको नेपालमा रमिता,यसरी डुब्दैछन् खाडीका 'लाहुरेहरु'

संखुवासभा, मादी मूलखर्कका रत्नमणि अधिकारी पैसा कमाउने सपना बोकेर कतार हानिए। त्यहाँ खटेर कमाएको पैसा घरमा रहेकी श्रीमती निर्मलाका नाममा पठाइदिन्थे। त्यो पैसाले घर फर्किएर सुखका दिन काट्ने सपना थियो उनको। गत वैशाखमा घर आइपुगेका रत्नमणिको त्यो सपना छिनभरमै टुट्यो। पैसा र गहना गरी पाँच लाख रुपैयाँभन्दा बढी कुम्ल्याएर निर्मला हिडिँछन्। त्यसपछि विक्षिप्त बनेका रत्नमणिले घर आएकै रात आत्महत्या गरे। श्रीमतीले ढुकुटी खेलाएर १ करोड ५० लाख रुपैयाँ डुबाएपछि इटहरीका मधु राई पागलजस्तो भएका छन्। इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेपछि मधु दम्पती प्रहरी कार्यालय धाउँदै छ। आफूले थाहै नपाई श्रीमतीले गरेको खर्च तिर्न बाध्य छन् मधु। कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्। पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए। पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्। धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ।’ (शुक्रबार साप्ताहिकबाट साभार)

''
Download

Thursday, 17 July 2014

युक्रेनमा मलेसियन एयरलाईन्सको विमान दुर्घटना २९५ को मृत्यु

एजेन्सी । एम्सर्टडमबाट मलेसियाको राजधानी क्वालालम्पुर जाँदै गरेको मलेसियन एयरलाईन्सको बोइगं ७७७ विमान दुरघटना ग्रस्त भएको छ ।
बिहीबार बेलुकी रुस र युक्रेनको सिमानामा विमान दुर्घटनामा परेको हो । विमानमा चालकदलका १५ सदस्य सहित २९५ जना सवार रहेका थिए । विमानमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको युक्रेन सरकारले जनाएको छ ।
विमानलाई मिसाइल आक्रमण गरि खसालीएको आशंका गरिएको छ । तर रसियाले भने मलेसियन विमान आफ्नो भू-भागमा प्रवेश नगरेको दावी गरेको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

 थप भिडियो हेर्नु होस्

''
Download

Sunday, 6 July 2014

विश्वकपमा बुधवार विहान ब्राजिल र जर्मनी तथा विहिवार अर्जेन्टिना र नेदरल्याण्ड भिड्ने

काठमाडौं, आषाढ २२ । ब्राजिलमा जारी विश्वकप फुटबलको सेमीफाईनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमीफाईनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् । उक्त खेल आगामी बुधवार विहान पौने २ वजे बेलो होरीजोन्तेमा हुनेछ ।
यो खेललाई जारी विश्वकपको अघोषित फाईनलमा रुपमा हेरिएको छ । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शूटआउटमा हराएको ब्राजिल क्वाटरफाईनलमा कोलम्बियालाई हराउँदै सेमीफाईनलमा पुगेको हो । यसअघि समूह चरणमा ब्राजिलले क्रोएसीया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।
उता जर्मनीले भने प्रतियोगिताको क्वाटरफाईनलमा फ्रान्सलाई पाखा लगाएको थियो । राउण्ड अफ सिक्सटीनमा अल्जेरीयालाई हराउँदै जर्मनी क्वाटरफाईनलमा पुगेको थियो । जर्मनीले समुह चरणमा पोर्चुगल र अमेरीकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।
५ पटकको विश्व विजेता ब्राजिल आप्mनै भूमिमा छैटौं उपाधिको खोजीमा रहेको छ भने तीन पटकको विश्व विजेता जर्मनी पनि सन् १९९० पछि पहिलो पटक विश्वकप उचाल्ने प्रयासमा छ । तर कोलम्बियाविरुद्धको खेलमा घाईते भएका नेईमारको अनुपस्थिति ब्राजिलका लागि भारी पर्न सक्छ ।
ढाडको हड्डी भाँचिएपछि नेईमारले अब विश्वकपमा बाँकी खेलहरु गुमाउनेछन् । ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेईमारको अनुपस्थितीले ब्राजिललाई विश्वकपमा कमजोर बनाउनेछ भने जर्मनीका डिफेन्डरहरुलाई केही राहत हुनेछ ।
विश्वकप फुटबलको दोस्रो सेमीफाईनल खेल विहिवार विहान पौने २ वजे नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुनेछ । दक्षिण अमेरिकी र युरोपियन टोलीहरुबीचको यो भिडन्तलाई पनि निकै महत्व दिईएको छ ।
अघिल्लो विश्वकपको उपविजेता नेदरल्याण्ड्स यसपटक विश्वकपको पहिलो उपाधि जित्ने सुरमा छ । त्यसो गर्न सके नेदरल्याण्ड्स लेटिन अमेरीकी भूमिमा विश्वकप उचाल्ने पहिलो युरोपियन राष्ट्र बन्नेछ । तर उसको बाटोमा अर्जेन्टिनाको तगारो छ । १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको अर्जेन्टिना यसपटक निकै बलियो छ ।
त्यतिबेला म्याराडोनाले उपाधि दिलाएको अर्जेन्टिनाको लागि यतिबेला लियोनल मेस्सी उती नैं चर्चामा छन् । मेस्सीकै बलमा अर्जेन्टिना सेमीफाईनलसम्म पुगेको छ ।
 समूह चरणमा नाईजेरीया, ईरान र बोस्नियालाई हराएको अर्जेन्टिनाले राउण्ड अफ सिक्सटिनमा स्विट्जरल्याण्डलाई तथा क्वाटरफाईनलमा बेल्जियमलाई हराएको हो ।
उता नेदरल्याण्ड्सले समुह चरणमा स्पेन, चिली र अष्ट्रेलियालाई हराएको थियो भने राउण्ड अफ सिक्सटिनमा मेक्सिको तथा क्वाटरफाईनलमा कोष्टारिकालाई हराएको थियो ।
 नेदरल्याण्ड्स र अर्जेन्टिना तथा ब्राजिल र जर्मनीबीचको सेमीफाईनल भिडन्तलाई विश्व फुटबलमा युरोप र लेटिन अमेरीकाबीचको सदावहार भिडन्तको रुपमा हेरिएको छ ।

''
Download

Friday, 4 July 2014

महिलाहरूको लागि सेक्स धेरै फाईदै फाइदा हेर्नुस्...

एजेन्सी–महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः

१. दुखाईबाट मुक्तिः-


दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

२. स्वस्थ छालाः-


डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।

३. पाठेघरको क्यान्सरः-


पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

४. तनाव कम गर्ने माध्यमः-


तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

५. मिठो निन्द्राः

सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

६. रोग प्रतिरोधात्मक क्षमताः-


कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

७. मुटुको रोगः-


धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।

८. रक्त संचारः-


सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।

९. तौल घटाउनुहोस्ः-


सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

१०. मेटाबोलिजम बढाउने गर्दछः-


सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।

११. शरिरलाई सुगठित बनाउँछः-


थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।

१२. यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः-


सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

''
Download

बेहुलाको खरिद बिक्री हुने भव्य मेला सुरु

जनकपुरधाम : परम्परागत रूपमा प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा सुरु हुने बेहुला खरिद बिक्री हुने सौराठ सभा सीमावर्ती विहारको मिथिलाञ्चलमा सुरु भएको छ ।

खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी यस प्रथा सीमावर्ती मिथिलाञ्चलअन्तर्गत भारत मधुवनीको सौराठ गाउँमा देख्न पाइन्छ। यहाँ प्रत्येक वर्ष बेहुलाको भव्य मेला लाग्छ र दलालको माध्यमबाट सार्वजनिक रूपमा बेहुला खरिद बिक्री हुने गर्छ।

सौराठ सभाको सुरुवात १४औँ शताब्दीतिर कर्नाटक वंशका राजा हरिसिंह देवले गरेका हुन्।सन् १३२६ इस्वीमा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए। लामो समयसम्म चल्ने त्यो प्रतियोगितामा वेद, वेदान्त, योग, न्याय आदि विषयमा गहन चर्चा परिचर्चा हुने गर्दथ्यो।

त्यस प्रतियोगितामा भाग लिएका मैथिल ब्राह्मणको विद्वता देखेर राजा निकै प्रभावित भई सहभागी सबै ब्राह्मण युवकलाई उपहारस्वरूप एक–एक कन्या दिए। भनिन्छ, त्यही बेलादेखि प्रत्येक वर्ष सौराठ सभाको आयोजनाले निरन्तरता पाइआएको छ ।

केटी पक्षका मानिसहरू आफ्ना छोरीका लागि योग्य बरको खोजीमा सौराठ सभामा आउने गर्दछन्। केटाको योग्यताअनुसार बर–बधुको मेल यहाँ हुन्छ। तर समयको परिवर्तनसँगै यो परम्परामा रूपान्तरण भई सौराठ सभा अब मैथिल कन्याका लागि बेहुला खोजी गर्ने एउटा प्रमुख केन्द्र बनेको छ।

सौराठ गाउँमा पोखरी किनारमा रहेको प्राचीन पिपलको रुखमुनि मेला लाग्दछ। पोखरी नजिकै महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ। सौराठ सभामा विवाह गर्न चाहने बेहुला मैथिली वेशभूषा धोती, चन्दन, टीका, गाजल तथा रातो टोपी (पाग) लगाएर अभिभावकसँगै भूइँमा ओछ्याएको दरीमा बसेका हुन्छन्।

यदि कुनै केटी पक्षले केटा मन परायो भने बेहुलाको खानदान, उमेर, आर्थिक हैसियत र सम्भावित (दाइजो) बारे कुराकानी हुने गर्दछ।समयसँगै पञ्जिकार (केटाकेटी दुवै पक्षबीच कुरा मिलाउने मुख्य व्यक्ति)को भूमिकामा परिवर्तन आएको छ। केटा र केटी पक्षबीच दाइजोका लागि हुने सौदाबाजीमा उनको प्रमुख भूमिका हुन्छ। पञ्जिकारले रकम पाए कुरूप केटीलाई बत्तीस लक्षणले युक्त रहेको कन्या र केटालाई महापण्डित बनाएर सौदाबाजी गर्ने गर्दछन्।

परापूर्वकालमा सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिबबीचको भेदभाव हटाउने प्रथाका रूपमा रहेको थियो तर कालान्तरमा आएर यो अहिले दुलहा बिक्री केन्द्र र दाइजो प्रथालाई संस्थागत गर्ने थलोका रूपमा विकसित हुन थालेको छ।

केटाको मोल उनको पारिवारिक हैसियत, शैक्षिक योग्यता र पेसाअनुरूप लाग्ने गर्दछन्। सरकारी जागिर भएका, डाक्टर र इन्जिनियर रहेका केटाको मोल रु १५ लाखदेखि रु २० लाखसम्म हुने गर्दछ। बेहुला खरिद बिक्रीमा लमीको भूमिका निर्वाह गर्ने पञ्जिकारको कमिसन भने सुरक्षित रहने गर्दछ।

आषाढको द्वितीयदेखि दशमी तिथिसम्म नौ दिन चल्ने यो सौराठ सभाको आकर्षण अहिले केवल गरिब ब्राह्मण परिवारमा सीमित हुन पुगेको छ। केही वर्षअघिसम्म हजारौँको सङ्ख्यामा मैथिली ब्राह्मणहरूले भाग लिने यो सभामा अहिले सहभागीहरूको सङ्ख्या घटेर गएको छ।

प्रतिष्ठित ब्राह्मण समाजका अगुवाहरू भन्दछन् – सभा अविवाहित मैथिल युवकको बिक्री केन्द्रका रूपमा बदनाम भएकाले यसलाई परिवर्तन गर्न र विशुद्ध सांस्कृतिक रङ्ग दिन आवश्यक भएको छ । - रासस
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

''
Download

Wednesday, 2 July 2014

मेरा यौन सम्बन्धहरु किन सन्तोषजनक हुन सकेनन् ?

म २९ वर्षीय युवक हुँ। अहिलेसम्म तीन जना युवतीसँग यौनसम्पर्क भैसकेको छ। उनीहरूसँग यौनसम्बन्ध लगभग एक-एक वर्षको अन्तरालमा भएको छ। ती तीनै जनासँगको यौनसम्बन्ध भने सन्तोषजनक थिएन। तीनै जनासँग यौनसम्बन्धमा सन्तुष्टि प्राप्त नहुनु म आफैंमा कुनै खराबी
भएर हो कि भनेर चिन्ता लाग्न थालेको छ। अब म नयाँ तर स्थायी सम्बन्ध गाँस्न चाहन्छु तर पहिले जस्तै यौनसम्बन्ध राम्रो नभएका कारण सम्बन्ध टुट्ने हो कि भनेर डर लाग्न थालेको छ। मेरा सम्बन्ध किन सन्तोषजनक हुन सकेनन्, ममा केही समस्या भएर हो कि ?

रोमान्टिक सम्बन्धले यौनलाई सन्तोषजनक बनाउँछ। कुनै व्यक्तिको सम्बन्ध रोमान्टिक छ र सम्बन्धका लागि समर्पित छ भने यौनसम्बन्ध सन्तुष्टिदायक हुन्छ। यदि सम्बन्धका बारेमा व्यक्ति आफंै दुविधामा छ र यौनलाई क्षणिक रूपमा लिइएको छ भने यौनसम्बन्धमा असन्तुष्टि हुनु स्वाभाविक हो। यौनसम्बन्ध क्षणिक छ र सन्तोषजनक छैन भने आफ्नै यौनचाहना र इच्छामा शंका गर्न थालिन्छ, जसका कारण पछि आफूप्रति पूर्णरूपमा समर्पित जीवन साथी हुँदा पनि यौनसम्बन्धमा सन्तुष्टि कम हुन थाल्छ।


रोमान्टिक यौनसाथी वा लामो समयका लागि समर्पित जोडी र क्षणिक सम्बन्ध राख्न चाहनेहरूबीच हुने यौनसन्तुष्टिमा खासै ठूलो फरक नपर्ने तथ्य अध्ययनहरूले उजागर गरेका छन्। उनीहरूबीचको यौनसम्बन्धका विषयमा गरिएका अनुसन्धानहरूअनुसार औसतमा दुवै खालको सम्बन्धमा यौनसन्तुष्टि भएको पाइयो। रोमान्टिक सम्बन्धमा अझ बढी यौनसन्तुष्टि भएको पाइयो। केही समयका लागि राखिएको सम्बन्धमा यौनसन्तुष्टि भए पनि रोमाञ्चकता कम हुने पाइएको छ। यसले मानिसमा कम उत्साह दिने एवं त्यसको असर मानसिक र स्वास्थ्य स्थितिमा पर्न गएको पनि पाइयो। रोमान्टिक यौनसाथीहरूले एक अर्काबीच हुने यौनइच्छा, चाहनाका बारेमा खुलेर कुरा गर्नर्े र एकअर्काबीचको समानता र भिन्नताका विषयमा पनि कुरा गर्ने हुँदा यौनसन्तुष्टि केही बढी भएको पाइयो । जब व्यक्ति मायामा डुब्छ, धेरै कुरामा फरक आइहाल्छ। यसको प्रभाव यौन व्यवहारमा मात्र होइन, समग्र सामाजिक व्यवहारमा समेत पर्छ। मायामा डुब्नेहरूका बारेमा साहित्यकार एवं कविहरूले चर्चा गरेका छन। वैज्ञानिकहरूले पनि विभिन्न अनुसन्धानमार्फत प्रेम व्यवहारको चर्चा गरेका छन्। उनीहरूका अनुसार जब व्यक्ति गहिरो मायामा हुन्छ, उसले आफ्नो यौनसाथीलाई तुलना गर्दैन। राम्रो-नराम्रो पनि हेर्दैन। सही गलत छुट्याउने जिम्मा लिएको दिमागको फ्रन्टल करटेक्स बन्द हुन्छ। यसले गर्दा कतिपयले मायामा पर्दा सही के ? गलत के ? छुट्याउन नै गाह्रो भएको बताउँछन्, जब व्यक्ति मायामा पर्छ मस्तिष्कमा डोपामाइन भन्ने रसायन निस्कन्छ र यसलेे आनन्द महसुस गराउँछ। यो क्षणमा मानिसले के सही ? के गलत ? भन्नेसम्म पनि छुट्याउन सक्दैन। यस्तो समयमा राखिएको यौनसम्बन्ध सन्तुष्टिजनक हुन्छ। युवकहरूको तुलनामा युवतीहरूले क्षणिक रूपमा लिएको यौनसाथीसँग भन्दा रोमान्टिक यौनसाथीसँग बढी यौनसन्तुष्टि भएको अनुभव व्यक्त गरेका छन्।

धेरैजसो युवतीले कसैलाई छिटो विश्वास गरेर यौनसम्पर्क गरेकामा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कुमारित्व गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू अनौपचारिक यौनसम्बन्ध मन पराउँछन्, अल्पकालीन सम्बन्ध मन पराउँछन्। केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू यौनसम्पर्कपछि प्रेम गर्ने खालका हुन्छन् भने केटीहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन्। केटीहरू यौनसम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मान्छेका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन्। तपाईंको प्रश्न पढ्दा तपाईंले सम्बन्ध राख्नुभएको यौनसाथीसँग तपाईंको प्रतिबद्धता छैन कि जस्तो देखिन्छ। तपाईंको उमेर र अनुभवका आधारमा अब तपाईं प्रतिबद्ध र समर्पित सम्बन्धमा जानु नै बेस हुन्छ। तपाईंले चाहना गरेअनुसार यौनसम्बन्धलाई उत्कृष्ट बनाउन सकिन्छ।  साभार : साप्ताहिक

''
Download

सार्बजनिक स्थानमा बुर्का लगाउन नपाइने

फ्रान्स 
युरोपेली मानब अधिकार अदालतले, फ्रान्समा महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाइने कानुनलाई यथावत राख्ने निर्णय गरेको छ । २४ बर्षिया फ्रान्सेली महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाउने ब्यबस्था खारेज गर्न माग गर्दै दर्ता गरेको मुद्धामा युरोपेली मानब अधिकार अदालतले कायमै राख्ने निर्णय गरेको हो । 
फ्रान्सेली महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाउने नियमले आफनो धार्मिक र अभिब्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै मुद्धा दायर गरेकी थिइन । फ्रान्सेली कानुनमा सार्बजनिक स्थानमा अनुहार छोप्ने गरी बुर्का लगाएमा १ सय ५० युरो जरिवाना तिर्नुपर्ने ब्यबस्था रहेको छ । फ्रान्सले बुर्का सम्बन्धि नियम सन २०१० मा पुर्व राष्ट्रपति निकोलास सार्कोजीको शासनकालमा ल्याएको थियो । फ्रान्समा करिब ५ लाख मुस्लिम धर्मावलम्बिको बसोबास रहेको छ । तर मुस्किलले  २ हजार मुस्लिम महिलाले मात्र पुर्ण रुपमा बुर्का लगाउने गरेका छन । फ्रान्स बुर्का माथि प्रतिबन्ध लगाउने पहिलो राष्ट्र हो । २०११ मा बेल्जियमले पनि फ्रान्सकै सिको गर्दै बुर्कामा प्रतिबन्ध लगाएको थियो । स्पेनको बार्सिलोना र अन्य केही शरहमा पनि बुर्का माथि प्रतिबन्ध लगाइएको छ । इटालीका केही शरहमा पनि महिलाले सार्बजनिक स्थानमा बुर्का लगाउन नपाउने ब्यस्था रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

''
Download

Saturday, 28 June 2014

फेसबुक कमेन्टमा लाइक गर्ने पत्रकारलाई प्रहरीको सास्ती

रहमानकै कमेन्टमा लाइक गरेको भन्दै सप्तरीका दुई जना पत्रकारलाई सप्तरीका प्रहरी प्रमुख दिनेश अमात्यले दुःख दिएको पत्रकारहरुले बताएका छन् ।
रहमानले लेखेको कमेन्टलाई लाइक गरेका कारण क्रियाशिल पत्रकार महिलाका सचिव पुनम पोखरेल तथा पत्रकार महासंघका पार्षद मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालयमा हाजिर गराई तनाब दिइएको छ ।
पुनम पोखरेलसँग जिल्ला प्रहरी कार्यालय सप्तरीले बयान लिएको र पार्षद मनोहरकुमारलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन दबाब दिएपछि नेपाल पत्रकार महासंघ सप्तरीको टोलीले यसबारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
फेसबुकमा कमेन्ट लेख्ने युवालाई काठमाडौं पुर्‍याइयो
प्रजिअको पनि गुनासो
प्रहरीले फेसबुकमा सामान्य कमेन्ट गरेका अब्दुल रहमानलाई थुन्ने र उक्त कमेन्टमा लाइक गर्नेहरुलाई बोलाएर बयान लिई अनावश्यक दुख दिने गरेको बारे प्रमुख जिल्ला अधिकारी नरहरी बराललालई पत्रकारहरुले ध्यानाकर्षण गराएपछि बरालले त्यसबारे ‘बुझ्ने’ जवाफ दिएका छन् ।
प्रजिअ बरालका अनुसार अब्दुल रहमानलाई पनि हिरासतमा नराख्न र मुद्दा नचलाउन उनले प्रहरीलाई भनेका थिए । “त्यस बेला मैले एसपीलाई सामान्य कुरा हो, कागज गराएर छाडिदिनुस भनेका थिएँ,” प्रजिअ बरालले भने, ‘‘त्यसपछि एसपीले कसरी मुद्दा चलाएको हो, त्यसबारे आफूलाई जानकारी भएन् ।’’
पत्रकारको टोलीले प्रहरीले समाचारको बिषयलाई लिएर पत्रकारको निगरानी गर्ने, प्रशंसाका समाचार लेखाउने प्रयत्न गर्ने र असहमत हुनेसँग बदनियत राख्ने जस्ता काम गरिरहेको भन्दै प्रजिअको ध्यानाकर्षण गराएको थियो 

''
Download

Friday, 27 June 2014

यौन व्यवसायमा संलग्न १३ जना प्रक्राउ

र्खेत, असार १३ – यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्रनगरका विभिन्न होटलबाट १३ जनालाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीन जना होटेल सञ्चालकसहित ८ जना महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीय बासिन्दाको गुनासोको आधारमा गीता, शिव र बागलुड होटलमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका प्रहरी प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
होटलको कोठाबाट आपत्तिजनक अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने एसपी अधिकारीले बताउनुभयो ।
भिडियो समाचार हेर्न यहाँ जानुहोस

''
Download