ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label helth. Show all posts
Showing posts with label helth. Show all posts

Friday, 4 July 2014

महिलाहरूको लागि सेक्स धेरै फाईदै फाइदा हेर्नुस्...

एजेन्सी–महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः

१. दुखाईबाट मुक्तिः-


दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

२. स्वस्थ छालाः-


डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।

३. पाठेघरको क्यान्सरः-


पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

४. तनाव कम गर्ने माध्यमः-


तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

५. मिठो निन्द्राः

सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

६. रोग प्रतिरोधात्मक क्षमताः-


कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

७. मुटुको रोगः-


धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।

८. रक्त संचारः-


सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।

९. तौल घटाउनुहोस्ः-


सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

१०. मेटाबोलिजम बढाउने गर्दछः-


सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।

११. शरिरलाई सुगठित बनाउँछः-


थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।

१२. यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः-


सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

''
Download

Wednesday, 2 July 2014

मेरा यौन सम्बन्धहरु किन सन्तोषजनक हुन सकेनन् ?

म २९ वर्षीय युवक हुँ। अहिलेसम्म तीन जना युवतीसँग यौनसम्पर्क भैसकेको छ। उनीहरूसँग यौनसम्बन्ध लगभग एक-एक वर्षको अन्तरालमा भएको छ। ती तीनै जनासँगको यौनसम्बन्ध भने सन्तोषजनक थिएन। तीनै जनासँग यौनसम्बन्धमा सन्तुष्टि प्राप्त नहुनु म आफैंमा कुनै खराबी
भएर हो कि भनेर चिन्ता लाग्न थालेको छ। अब म नयाँ तर स्थायी सम्बन्ध गाँस्न चाहन्छु तर पहिले जस्तै यौनसम्बन्ध राम्रो नभएका कारण सम्बन्ध टुट्ने हो कि भनेर डर लाग्न थालेको छ। मेरा सम्बन्ध किन सन्तोषजनक हुन सकेनन्, ममा केही समस्या भएर हो कि ?

रोमान्टिक सम्बन्धले यौनलाई सन्तोषजनक बनाउँछ। कुनै व्यक्तिको सम्बन्ध रोमान्टिक छ र सम्बन्धका लागि समर्पित छ भने यौनसम्बन्ध सन्तुष्टिदायक हुन्छ। यदि सम्बन्धका बारेमा व्यक्ति आफंै दुविधामा छ र यौनलाई क्षणिक रूपमा लिइएको छ भने यौनसम्बन्धमा असन्तुष्टि हुनु स्वाभाविक हो। यौनसम्बन्ध क्षणिक छ र सन्तोषजनक छैन भने आफ्नै यौनचाहना र इच्छामा शंका गर्न थालिन्छ, जसका कारण पछि आफूप्रति पूर्णरूपमा समर्पित जीवन साथी हुँदा पनि यौनसम्बन्धमा सन्तुष्टि कम हुन थाल्छ।


रोमान्टिक यौनसाथी वा लामो समयका लागि समर्पित जोडी र क्षणिक सम्बन्ध राख्न चाहनेहरूबीच हुने यौनसन्तुष्टिमा खासै ठूलो फरक नपर्ने तथ्य अध्ययनहरूले उजागर गरेका छन्। उनीहरूबीचको यौनसम्बन्धका विषयमा गरिएका अनुसन्धानहरूअनुसार औसतमा दुवै खालको सम्बन्धमा यौनसन्तुष्टि भएको पाइयो। रोमान्टिक सम्बन्धमा अझ बढी यौनसन्तुष्टि भएको पाइयो। केही समयका लागि राखिएको सम्बन्धमा यौनसन्तुष्टि भए पनि रोमाञ्चकता कम हुने पाइएको छ। यसले मानिसमा कम उत्साह दिने एवं त्यसको असर मानसिक र स्वास्थ्य स्थितिमा पर्न गएको पनि पाइयो। रोमान्टिक यौनसाथीहरूले एक अर्काबीच हुने यौनइच्छा, चाहनाका बारेमा खुलेर कुरा गर्नर्े र एकअर्काबीचको समानता र भिन्नताका विषयमा पनि कुरा गर्ने हुँदा यौनसन्तुष्टि केही बढी भएको पाइयो । जब व्यक्ति मायामा डुब्छ, धेरै कुरामा फरक आइहाल्छ। यसको प्रभाव यौन व्यवहारमा मात्र होइन, समग्र सामाजिक व्यवहारमा समेत पर्छ। मायामा डुब्नेहरूका बारेमा साहित्यकार एवं कविहरूले चर्चा गरेका छन। वैज्ञानिकहरूले पनि विभिन्न अनुसन्धानमार्फत प्रेम व्यवहारको चर्चा गरेका छन्। उनीहरूका अनुसार जब व्यक्ति गहिरो मायामा हुन्छ, उसले आफ्नो यौनसाथीलाई तुलना गर्दैन। राम्रो-नराम्रो पनि हेर्दैन। सही गलत छुट्याउने जिम्मा लिएको दिमागको फ्रन्टल करटेक्स बन्द हुन्छ। यसले गर्दा कतिपयले मायामा पर्दा सही के ? गलत के ? छुट्याउन नै गाह्रो भएको बताउँछन्, जब व्यक्ति मायामा पर्छ मस्तिष्कमा डोपामाइन भन्ने रसायन निस्कन्छ र यसलेे आनन्द महसुस गराउँछ। यो क्षणमा मानिसले के सही ? के गलत ? भन्नेसम्म पनि छुट्याउन सक्दैन। यस्तो समयमा राखिएको यौनसम्बन्ध सन्तुष्टिजनक हुन्छ। युवकहरूको तुलनामा युवतीहरूले क्षणिक रूपमा लिएको यौनसाथीसँग भन्दा रोमान्टिक यौनसाथीसँग बढी यौनसन्तुष्टि भएको अनुभव व्यक्त गरेका छन्।

धेरैजसो युवतीले कसैलाई छिटो विश्वास गरेर यौनसम्पर्क गरेकामा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कुमारित्व गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू अनौपचारिक यौनसम्बन्ध मन पराउँछन्, अल्पकालीन सम्बन्ध मन पराउँछन्। केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू यौनसम्पर्कपछि प्रेम गर्ने खालका हुन्छन् भने केटीहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन्। केटीहरू यौनसम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मान्छेका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन्। तपाईंको प्रश्न पढ्दा तपाईंले सम्बन्ध राख्नुभएको यौनसाथीसँग तपाईंको प्रतिबद्धता छैन कि जस्तो देखिन्छ। तपाईंको उमेर र अनुभवका आधारमा अब तपाईं प्रतिबद्ध र समर्पित सम्बन्धमा जानु नै बेस हुन्छ। तपाईंले चाहना गरेअनुसार यौनसम्बन्धलाई उत्कृष्ट बनाउन सकिन्छ।  साभार : साप्ताहिक

''
Download

Sunday, 8 June 2014

महिलाहरुको यौन सुख बारे केहि रोचक जानकारी....

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् ।
कतिपय महिलाले कहिल्यै पनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् ।
तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।
 महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् ।
न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार रहेका छन् ।
१. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।
 २.चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।
३.धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।

४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौन सुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।
 ५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।
 ६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।

''
Download

Wednesday, 4 June 2014

योनि कसिलो बनाउन के गर्न सकिन्छ

यौनसम्पर्क र गुप्ताङ्ग कसिलो बनाउने तरिका जानी राखौ नलाजाउ ... महत्व कुरा हो <<>>>
हामी सबैलाई थाहा भएकै कुरा हो, व्यक्तिअनुसार नै शरीर र अङ्ग-प्रत्यङ्गका नाप र स्वरूपमा केही विविधता हुन्छ। यो कुरा योनिको सन्दर्भमा पनि लागू हुन्छ। तसर्थ योनिका बारेमा केही चर्चा परिचर्चा

केही कुरा -:
योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र यो भित्रबाट पाठेघरको मुखसँग जोडिएको हुन्छ। यसले यौनसम्पर्कका बेला पुरुषको लिङ्ग ग्रहण गर्छ र पुरुषको वीर्य पनि यसैमा जम्मा हुन्छ। यो मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो।

नली आकारको अङ्ग भए पनि यसमा पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थाको कुरा गर्दा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएका हुन्छन्। यौन उत्तेजना हुँदा लिङ्ग प्रवेश सजिलो होस् भनेर यो केही मात्रामा खुल्छ जुन स्वाभाविक प्रक्रिया हो।

अर्को बुझ्नुपर्ने तथ्य के पनि हो भने योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग भएकाले कसिलो पनि हुन सक्छ। एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र? पक्कै हुँदैन। योनिका हकमा पनि यही कुरा लागू हुन्छ।

योनि किन टाइट पार्नुपर्ने?

यौनसम्पर्क गरेका कारणले नै योनि खुकुलो भैहाल्ने होइन। त्यसैले योनिलाई कसिलो बनाउन अनावश्यक रूपमा प्रयास गर्नुपर्ने आवश्यकता हुँदैन, तै पनि सामान्य रूपमा योनिलाई कसिलो बनाउने प्रयास गर्नु राम्रै कुरा हो।

यौन उत्तेजना हुँदा स्वाभाविक रूपमै योनि केही मात्रामा खुल्छ जसले गर्दा लिङ्गको प्रवेश सहज हुन्छ। यौन उत्तेजना हुँदा योनिरस पर्याप्त मात्रामा निस्कनु राम्रो हो तर अलि धेरै निस्किएको अवस्थामा पुरुषले आफ्नो लिङ्गलाई पर्याप्त मात्रामा अँठयाएको वा समातेको अनुभव नगर्न सक्छ, जसलाई उसले योनि खुकुलो भएको भनेर अर्थ लगाउन सक्छ।

योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ। योनिको मांसपेशीलाई कडा राख्न सके यौन सम्पर्कका बेला खुकुलोपन महसुस गर्नु पर्दैन। यसका लागि केगेल कसरत एउटा राम्रो उपाय हो।



यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegal) कसरत भनिन्छ। योनिमा औंला पसाई औंलालाई अँठयाउने अर्थात् खुम्च्याउने गर्दा उक्त मांसपेशीलाई महसुस गर्न सकिन्छ। उक्त मांसपेशीको पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ।

सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याखउनुपर्छ। बिस्तारै त्यसलाई बढाएर १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा २० पल्टसम्म पुर्यााउनुपर्छ। यसरी यस्तै ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ। यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला केटा साथीको लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसले तपाईंलाई मात्र होइन, तपाईंका केटासाथीलाई पनि यौनसुख प्राप्त गर्न मद्धत मिल्छ।

मेरो विचारमा तपाईंले केगेल कसरत गर्नु नै उत्तम उपाय हो। जानकारीका लागि मात्र अहिले संसारमा उपलब्ध अन्य केही विधिका बारेमा उल्लेख गर्न चाहन्छु।

निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनाङ्गको मांसपेशी बलियो हुन्छ। त्यसैगरी, विद्युतीय उत्तेजना अर्थात् योनिमा एक किसिमको यन्त्र राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनाङ्ग क्षेत्रका मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ।
Neocontrol व्यापारिक नाम भएको यो साधन एक विशेष किसिमको कुर्सी हो। यसमा विशेष किसिमले चुम्बक प्रयोग गरेर यौनाङ्ग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ। यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुई पटक यस्तै आठ हप्ताका लागि गरिन्छ। योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ। यस्ता शल्यचिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ। अचेल त यसमा लेजर प्रविधि पनि प्रयोग हुन थालेको छ।

भिडियो हेर्नुहोस 

''
Download

Tuesday, 3 June 2014

यौनमा चरम सन्तुष्टीका लागि यी १० खाना खानुस्

मानिसहरु यौनका बारेमा अरु धेरै कुरा भन्दा बढी सोंच्ने मनोविद्हरुको भनाइ छ । बयस्कमा मात्र होइन केटाकेटी देखि वृद्ध वृद्धा सम्म पनि यो समस्या हुने उनीहरु बताउँछन् ।
जामुनः
जामुन कालो वा रातो दुवै महिलाको स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर यो महिलाको निजी खानेकुरा होइन । यसले रगतमा भिटामिन बीलाई बढाउँछ र पुरुषको स्वस्थ विर्य उत्पादनमा सहयोग गर्छ ।


बन्दाकोबीः

बन्दाकोबी सबैलाई मन पर्दैन तर यो निक्कै लाभदायक छ । यसले पुरुषको यौन क्षमतामा वृद्धी गर्छ ।
सुपारीसँग कफीः
हुन त सामान्यतया कफीमा कसैले पनि सुपारी मिसाएर खाँदैन । तर यदि तपाइँ यौन क्षमता वृद्धी गरेर ओच्यानको रोमान्सलाई लम्बाउन चाहनु हुन्छ भने विहानको कफीमा एक अलिकति सुपारीको पेष्ट हाल्न नबिसर्नुस् । यसले नसामा तन्तु र रक्त सञ्चार बढाउने हुँदा यौन इच्छा बढी हुन्छ ।
छोडा, घाँजी र काजुः

यी ३ खानेकुरा यौन क्षमता वृद्धीका लागि निक्कै महत्वपूर्ण मानिन्छन् । यसले पुरुष र महिलाको यौनाङ्गलाई स्वस्थ राख्नुका साथै यौन इच्छालाई कायम राख्छ ।
फर्सीको वियोंः

फर्सीको वियों यतिधेरै लाभदायक भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर यसमा जिङ्कको मात्रा उच्च हुने हुँदा महिलाहरुलाई यौनिकरुपमा निक्कै तन्दुरुस्त राख्छ । यसले यौन इच्छा मात्र बढाउँदैन यसले यौन संसर्गका बेला लामो समय सम्म टिक्न पनि सहयोग पुर्याउँछ ।
साल्मोन माछा र निहुरोः

साल्मोन माछा र निहुरोको साग पनि यौनवर्द्धक खानामा पर्छन् । साल्मोन माछा खाँदा यौन क्षमता मात्र बढ्दैन यसले लामो समय सम्मको लागि आवश्यक पर्ने शक्ति प्रदान गर्दछ । यसले महिलाको भंगाकुरमा हुने उत्तेजनालाई झनै बढाइदिन्छ भने सेक्स हर्मोनमा पनि वृद्धी गर्छ ।
अनारको जुसः

दिनको १ गिलास अनारको जुस खाँदा यसले स्वास्थ्य मात्र राम्रो गर्दैन यसले पुरुषमा हुने उत्तेजनाविहिनताको समस्यालाई पनि समाधान गरिदिन्छ । यसले महिलाको योनीलाई पनि स्वस्थ राख्न मद्दत पुग्छ ।
खरभुजाः
खरभुजा पनि यौन स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ । यो फलले यौनाङ्गमा रक्त सञ्चार बढाउँछ ।
रातो आलुः
गुलियो बढी हुने रातो आलु पनि रक्त सञ्चारका लागि निक्कै महत्वपूर्ण छ यसले यौन क्षमतामा वृद्धी गर्छ । यसले महिला र पुरुषमा उत्पादनशिलता पनि बढाउँछ ।
केराः

केरा पनि यौन क्षमता वृद्धीका लागि निक्कै महत्वपूर्ण फल हो । यसले यौन सम्बन्धको चरम अवस्थामा माँसपेसीमा देखिने समस्या यसले समाधान गरिदिन्छ ।
थप भिडियो हेर्नुहोस

''
Download

Thursday, 29 May 2014

मलद्वारमा यौनसम्पर्क गर्दा यस्ता समस्या हुनसक्छन्ः

२६ बैशाख- धेरैजसोले यौनसम्पर्क भन्नाले योनि-लिङ्ग मैथुनलाई मात्र बुझछन्। यौनसम्पर्क योनि-लिङ्ग मात्र नभई मुख-मैथुन वा गुदा-मैथुन पनि हुनसक्छ। सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदा- मैथुन भनिन्छ। धेरै मानिस गुदामैथुनलाई समलिङ्गी यौन व्यवहार मान्छन् तर वास्तविकता के हो भने यो समानलिङ्गी व्यक्ति तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाबीच पनि हुन सक्छ। वैवाहिक जोडीको बीचमा पनि यस्तो यौनव्यवहार देखिन्छ। मानिसहरू किन गुदामैथन गर्छन् ? यो कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भन्ने मान्यता छ। फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन्। योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्। अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक अगाडि हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ। यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ। गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई बलब भिचयतष्अष्sm भनिन्छ। लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई बलब यिचनबsm भनिन्छ। अर्कातिर, कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन्। गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनेर मानसिक रूपमा रोमाञ्च लिने चलन पनि छ। गुदामैथुन गर्दा पर्ने असर ? यदि आफ्नो साथीमा कुनै संक्रमण छ भने कुनै पनि यौनसम्पर्कमा जस्तै रोग सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुनबाट पनि सर्न सक्छन्। एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि-लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमपूर्ण मानिन्छ। त्यसो हुनुको कारण गुदानलीबाट योनिको जस्तो रस निस्कँदैन र त्यसको भित्री छालापनि पातलो र कमलो हुने भएकाले यौनसम्पर्कले चोट पुर्‍याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ। यौन रोगका अतिरिक्त मलाशयमा अन्य रोगका जीवाणु पनि हुन्छन्। यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदामैथुन पछि लिङ्ग-योनि मैथुन गरे योनि वा मूत्र प्रणालीको संक्रमण हुनसक्छ। तपाईंले सोध्नु भएको कतै दिसा रोक्न गाह्रो हुन्छ कि प्रश्नमा केही सत्यता छ। तपाईंलाई थाहै होला, ठूलो आन्द्रा वा मलाशयमा भएको दिसा रोक्ने किसिमको संरचना नै मलद्वारमा हुन्छ। मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ जुन खुम्चिएको अवस्थामा त्यसले मलद्वारलाई पूर्ण रूपमा बन्द गर्छ। यही मांसपेशी प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा रोक्छौं। उक्त मांसपेशी बन्द भएका बेला दिसा बाहिर आउन नसक्ने मात्र होइन, बाहिरबाट भित्र कुनै पनि कुरा सजिलै पस्न सक्दैन। यस्तो बेलामा लिङ्ग पसाउन गाह्रो हुन्छ र पसाउन खोजे पनि पीडा हुन्छ। मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जबरजस्ती लिङ्ग, औंला वा अन्य वस्तु वारम्बार पसाइरहँदा उक्त मांसपेशी कमजोर हुने सम्भावना रहन्छ। त्यस्तो भए दिसा रोकेर राख्न केही गाह्रो हुन्छ। उक्त मांसपेशीको कसरत गरेर त्यसलाई बलियो बनाउन सकिन्छ, जसले गर्दा समस्या कम हुनसक्छ। तपाइर्ंले प्राकृतिकता हराउने कुरा गर्नुभएको छ। यहाँ के भनौं भने गुदद्वार प्राकृतिक रूपमा यौनसम्पर्कका लागि बनेको अङ्ग होइन। त्यसका अतिरिक्त यसको छाला पनि योनिको तुलनामा निकै पातलो हुन्छ। त्यसैले चोटपटक लाग्न सक्छ। के-कस्ता सावधानी अपनाउनुपर्ला ? गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ। बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित गर्न वा खोल्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन। लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ। गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे उक्त मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ। गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक छ। यस्तो स्थितिमा गुदा-मैथुनलाई पीडारहित बनाउन सकिन्छ। कतिपय व्यक्तिले गुदाक्षेत्रमा आफ्नो साथीले खेल्दा वा भनौं सुमसुम्याउँदा औंला वा लिङ्गलाई गुदद्वारमा पसाउँदैन भन्ने कुरामा ढुक्क छ भने तनाव कम हुनुका साथै मांसपेशीको संकुचन पनि कम हुन्छ र यौनआनन्द प्राप्त गर्न मद्दत मिल्छ। योनिमा जस्तो रस नआउने भएकाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ। गुदद्वारमा बढी हानिकारक किटाणु हुने भएकाले संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोग गर्नुपर्छ। योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुनसक्छ। गुदद्वारमा प्रवेश गराइएको लिङ्ग कन्डम नफेरी त्यसै योनिमा प्रवेश गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुबाट संक्रमण हुनसक्छ। जीवाणुहरूलाई कम गर्न गुदद्वार वरिपरी मात्र सफा गरेर पुग्दैन, भित्रतिर सफा गर्ने डूसकै आवश्यकता पर्छ। त्यसो गर्दा पनि जीवाणुरहित बनाउन भने सकिँदैन। यौन प्रसाधन प्रयोग गरे पनि विशेष सावधानी अपनाउनुपर्छ। आफ्ना यौनअंगहरूमा चोट नलागोस् भनेर पर्याप्तमात्रामा चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ, साथै ती प्रसाधनको सतह चिल्लो र सम्म परेको (घोच्ने, काट्ने सम्भावना नभएको) हुनुपर्छ। गुदद्वार, मलाशयमा केही समस्या भएजस्तो लाग्यो, पीडा भैरह्यो वा दिसा गर्दा रगत आयो भने चिकित्सकबाट जँचाउनु बेस हुन्छ। 

भिडियो हेर्नुहोस

''
Download

Tuesday, 20 May 2014

सम्भोग गर्ने नयाँ तरीका : जानी राखौ

सेक्सका नयाँ पोजिसन, नयाँ स्टाइलहरुका बारेमा जान्न तपाई पनि उत्सुक हुनुहुन्छ होला हैन त ।
सेक्सकाबारेमा गरिएका नयाँ सर्वेक्षणहरुका परिणाम आउना साथ सबैलाई चासो हुन्छ कि कस्तो रैछ त वास्तविकता भन्नेबारेमा ।
हालै अस्ट्रेलियामा गरिएको एक सर्वेले बताए अनुसार,  कपल्सलाइ ९० मिनेटको लेट नाइट डेटिङका लागी प्रोत्साहित गरिएको थियो ।  यसको नतिजा निकै राम्रो निस्किएको छ ।
सर्वे पछि करिब ५०० जना महिलाहरूसंग उनको डेटिङ एक्सपेरिएन्स र उनीहरूको एडभेन्चरका बारेमा सोधिएको थियो । यस क्रममा महिलाहरूसंग २० सेक्सुअल प्रश्नहरू सोधिएको थियो, जसमा महिलाहरूलाइ ६ वटा अप्सन्सहरू दिइएको थियो ।

यी ६ वटा अप्‍शन्समा महिलाहरूलाइ मल्टीपल अप्‍शन्स छान्न सक्नेथिए । यि सेक्सुअल फेन्टेसी प्रस्नहरूमा इन्टरेस्टिङ्ग, सेक्सी, रोमान्टिक, एडभेन्चर, अनौठो र स्पान्टेनियस जस्ता जवाफहरू दिनु पर्ने थियो ।
पुरुषहरूको प‌‌‌त्रिका मेन्स हेल्‍थमा छापिएको यस सर्वे मार्फत महिलाहरूको अनुभव र उनीहरूको जुन फेन्टेसी अगाडी आयो, जुन निकै अचम्मित पार्ने खालको थियो ।
के चिजले महिलालार्इ धेरै आकर्षक र सेक्सुअली सन्तुष्ट बनाउने गर्दछ  त ?

 सर्वेमा प्रयोग गरिएका प्रश्नहरूलार्इ लिएर वैकल्पिक जवाफ मागिएको थियो :

– तीन दिन सम्म तीन फरक–फरक ठाउँमा सेक्स गर्नु
–  आफ्नो सेक्सुअल फेन्टेसीलाइ पार्टनरसंग साट्नु
–  नयाँ सेक्स पोजिशन ट्राई गर्नु
–  नयाँ सेक्स टोयजलाइ ट्राई गर्नु
–  पार्टनरका साथमा बबल बाथ लिनु
–  नयाँ लन्‍जरी लगाउनु
–  सेक्सका क्रममा रोल प्ले गर्नु
–  नहाउने बेला टवेल बाहिर भूल्नु
–  पार्टनरका साथमा इरोटिक नोवेल पढनु
–  पार्टनरका साथमा मसाज लिनु–दिनु
–  पार्टनरलाइ कुनै कारण बिना फूल दिनु
–  पार्टनरका साथमा सरप्राइज डेटमा जानु
–  पार्टनरको लन्चमा लव नोट राख्नु
–  साथमा शहरमा घुम्नु
–  पार्टनरका साथमा नयाँ शहरमा घुम्नु
–  स्काईडाइविङ
–  रक क्लाइम्बिङ
–  पार्टनरका साथमा डान्स गर्नु
–  पार्टनरका साथमा पिकनिक जानु
–  पार्टनरका साथमा डिनर बनाउनु
थप जानकारी

''
Download

Sunday, 18 May 2014

पुरुषसँग यौनसुख प्राप्त नगरे के गर्ने ?

सबैभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला। मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन्। ती हुन् : १ उत्तेजनाको चरण (एक्साइटमेन्ट फेज), २ प्लाटो फेज, ३. चरमसुख (अर्गाज्म फेज) र ४. रिजोलुसन फेज हो। प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ। यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यो चरणको विशेष महत्त्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुखको अनुभव गर्छ। यसैलाई चरमसुख भनिन्छ। यसका लागि स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कैयौं शब्द प्रयोग हुन्छन्। चरमसुखको चरणमा मांसपेशीहरूमा तनाव बढ्छ र आफै खुम्चने तथा खुल्ने हुन्छ। श्वास-प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप पनि वृद्धि हुन्छ। महिलाहरूमा पाठेघर तथा योनिको बाहिwomen-upset-after-sexरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन्। पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने फुक्ने क्रम १० देेखि १५ पटकसम्म हुन्छ। यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं। पुरुषहरूको हकमा चरमसुख प्राप्त गर्ने कुरा दुई चरणमा पूरा हुन्छ। सुरुमा आन्तरिक अङ्गहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ। यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return (प्वाइन्ट अफ नो रिटर्न) पनि भनिन्छ। त्यसपछि मूत्रनली, लिङ्ग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम शुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ। वीर्य लिङ्गबाट वाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भन्छौं। यही बेला नै पुरुषहरूले चरम सुख पनि पाउँछन्। आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। यदि चरमसुखको चरण पछि पनि यौन stimulation (स्टिमुलेसन) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख(multiple orgasm) प्राप्त गर्न सक्छन्। पुरुषहरूमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक Refractory Period हो। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिंदैन, तर महिलाले यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन्। महिलाले यौन सन्तुष्टि प्राप्त गर्न के गर्न सक्छन् ? तपाईले प्रयोग गर्नु सम्भोग शब्द ‘सम’ तथा ‘भोग’ शब्दको योगबाट बनेको छ। त्यसको अर्थ दुवैले समान रूपमा भोग गर्ने हो। पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यो सम्भव हुन सजिलो छैन। कुनै पुरुषको त कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर यौन क्रियाकलापमा संलग्न हुन सके महिलाले यौन सम्पर्कबाट सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ। यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान दिनुपर्छ। तपाईंलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिरै हुन्छ। सामान्यत: पुरुषमाथि र महिला तल रहेर गरिने यौन सम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन। महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ। तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। योनि, स्तन तथा अन्य संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक अन्य अनेक नयाँ प्रयोग गर्न सकिन्छ। पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि परिकल्पनाबाट उत्तेजित हुन्छन्। यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रिडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौन चरमसुख प्राप्त गर्न मद्दत गर्छ। लिङ्ग केही छोटो नै भए पनि यौनसुख पर्याप्त हुन्छ भगांकुर बाहिरतिरै हुने र योनिको पनि बाहिरतिरको भाग नै यौन संवेदनशील हुने भएको हुनाले लिङ्ग केही छोटो नै भए पनि पर्याप्त हुन्छ। अर्को महत्वपूर्ण कुरा, केटा होस् वा केटी, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो। जसरी राम्रो दृश्य हेर्न वा मिठो सङ्गति सुन्न अरूले सहयोग गर्न सक्छन् तर त्यसको आनन्द आफैले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ। तपाईंको केटा साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैले यौन आनन्द प्राप्त गर्नुपर्छ
थप जानकारी

''
Download