ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label sahitya. Show all posts
Showing posts with label sahitya. Show all posts

Saturday, 26 April 2014

अधुरो प्रेम एक सत्य प्रेम काहानी

                                   अधुरो प्रेम

                                                           भाग - ३



               
बिहान को घाम को किरण संगै मेरो निन्द्रा खुल्यो अनि म आफ्नो पढाइ को तयारि मा जुटे अनि लागे कलेज मन मस्तिक मा हिजै को झाजल्को ले बास गरि रहेको थियो मन स्थिर थिएन जति बेला पनि उनि को बोलि र उनीले भनेको कुरा हरु मात्र यो मानस पाताल मा घुमी रहन्थे | नघुमोस पनि कसरि पहिलो भेट मै हाम्रो आखा जुधेको थियो अनि परिचय पनि भएको थियो हुन त त्यहाँ सयौ जान संग परिचय भए पनि उनि संग मात्र मेरो आखा र मन मस्तिक अड्कनु मेरो लागि नौलो थियो | भनिन्छ भगवान ले नै हाम्रो जोडी माथि देखि नै बनाएर पठाएका हुन्छन रे !!!! मलाई पनि यो कुरा सहि जस्तो लाग्यो जवानी को १९  औ बसन्त पार गर्दा सम्म प
नि महसुस नगरेको अचम्म का घटना हरु घटिरहेका थिय |
       येस्तई गर्दा गर्दै मेरा केहि तड्पाई का दिन हरु पोखराको फेवा ताल को समिप मा बिती रहेको थिए  लगभग १ हप्ता पछाडी म जब बाहिर बाट कोठा मा आउदै थिय त्यहाँ त घरबेटी  भाउजु र २ जना छोरी हरु मेरो बाटो हेरेर बसी रहेका थिय  अनि मलाई देख्ने बितिकै सबै मुख मा हेर्दै हास्न थाले म अचम्म मा परे सबै जना मलाई हेर्दै हास्न थाले किन हास्नु भएको भनेर सोध्ने हिम्मत पानि आएन मलाई पनि अनौठो लाग्न थाल्यो म बाट कुनै गल्ति अथवा कुनै बिगार भयो कि भन्ने आभास मेरो मुटु मा धड्कियो | केहि समय को हेरा हेर पछी म हिम्मत जुटाएर सोधे होइन भाउजु अनि नानि मलाइ अगिन देखि हेर्दै हास्नु भएको छ कारण के हो भने अनि भाउजु ले भन्नु भो बाबु तिमि लाइ त मैले सोजो सम्जेको थिय तर ,,,,,,,,,,,, एती भन्ना साथ् म अजै भयेभित भए जस्तो अनुभूति गर्न थाले मेरा मुख लाज ले हो कि खै के ले रातो भयो बोल्न खोज्थे तर बोल्ने बाटो पाइरहेको थिइन | केहि बेर पछी सोधे भाउजु म बाट के गल्ति भयो र ????? तर एती भन्दा उहा हरु झन् हास्न थाल्नु भो म त के गरु के नगरु भए र फेरी सोधे कुरा के भन्नुस न भाउजु मलाई धेरै न अल्मलाउनुस न एती मात्र के भनेको थिय तेती नै बेला सानु नानी भाउजु कि छोरी कता बाट आइपुगिन र भनिन अंकल अंकल तपाइको लभ लेटर आको छ अनि मैले एकासी खुसि का साथ भने हो र ...................................  येत्रो बेर पछी २ जना ले लुकाई राखेको खुल्दुली नानु आएर मेटाई दिन |
              मलाई पूर्ण बिश्वास थियो कि पक्कै पनि यो चिठी उही सबिना को हुनु पर्छ येस्तई मन मनै सोच्दै अनि भाउजु संग भने अनि खोइ त चिठी ?? अनि भाजु ले भन्नु भो हेर्नु न बाबु लाइ हतार भएको नानि जाउ अंकल को चिठी लयेदेउ अनि नानु हुन्छ भन्दै भित्र गइ न  मलाई कति खेर हात मा पर्ला जस्तो भैरहेको थियो र केहि छिन मै नानु ले मेरो हात मा चिठी थमाई दी इन अनि म हात मा चिठी अथवा उही सबिना को पहिलो माया ले भरिएको पत्र लिएर कोठा भित्र पसे .....|
                                                                                                          क्रमस ......

श्री राम श्रेष्ठ (टेन्सन पासा )

                      हाल : दम्माम  साउदी अरबिया 

''
Download

Sunday, 29 December 2013

अधुरो प्रेम एक सत्य प्रेम कहानी

           अधुरो प्रेम

                                भाग – १
       जिन्दगीको अमुल्ल्य यात्रा को दौरान मा विभिन्न बाधा हरु संग मित्रता गासि पढाई को सिल सिला मा तनहुँ जिल्ला को सामुंग भगबती पुर् – २ वान्तेंग खोला मा जन्मी हुर्की श्री दीपक माध्यमिक बिद्यालय मा  १० कक्षा सम्म र तेस पछी SLC मा असफल भए पछी  तेतिकै घर मै फाल्तु दिन हरु बित्दै थिय यसै बेला मा हाम्रो नेपाल को स्थिति पनि ठिक नभाको कारण मलाई आफ्नो जन्म भुमि छोडेर सहर मा बस्न बाध्य हुनु पर्यो त्यो बाध्यता को कारण थियो तत्कालिन जन युध्ह मा होमिएका एकिकृत माओबादी  र नेपाल सरकारको  दोहोरो भिडन्त म एक नेपाली सेनाको परिवार भएको कारण तेतिबेला को दोंद्कारी कारी को नजर मा म पर्न पुगे र सरिर को माया ले गर्दा घर भन्दा केहि पर नेपालको अति सुन्दर नगरी पोखरा लाइ मैले आफ्नो अस्थाई बसोबास बनाए र तेस पछि को दिन हरु रमाइलो र खुसि का साथ् बित्न थाले कहिले कहिँ घर मा आउदा बेलुकी पख आउने र बिहानै त्यो ठाउ छोडी पोखरा जाने गर्न थालियो पोखरा मा पहिला पहिला आफुलाई घुलमिल गर्न निकै गारो भए पनि केहि समय मा नै त्याहा धेरै साथी हरु बनाए अनि तेही बसेर मैले असफलता हात परेको SLC को परिक्षा को लागि तयारी गर्न थाले .
     पढाइ  संगै हाम्रो अतिरिक्त काम काज पनि हुन् थाल्यो  तेती बेला बिशेष गरेर पोखराको अति सुन्दर मानिएको सुन्दर अनि नेपलको मात्र नभई बिश्व को प्रयेटक को जमघट स्थल मानिएको फेवा ताल मा बोटिंग गर्ने अनि फेवा ताल मा पौडी खेल्दै बिदेशी नागरिक संग चिन जान गर्दै अनि उनीहरु संग बोटिंग गर्दाको क्षद् अजि पनि मेरो मानसपटल मा ताजा नै छ येसरी दिन बित्दै गैरहेको थियो र एक दिन बिशेष म साहित्य को विधा मा अलि बधी  चासो दिने भएको कारण म हाम्रो तनहु जिल्ला को सदरमुकाम दमौली बाट प्रकासित हुने साहितिय्क पत्रिका “ हरफ “ पत्रिका को  बिशेस स्थान मा थिय  येही हाम्रो सहितिय्क अभियान को पहिलो बार्षिक उत्सोब मा म बिहानै पोखरा बाट दमौली प्रस्थान गरे लगभग म १:३० मिनेट को बस यात्रा पछि दमौली पुगियो अनि बार्षिक उत्सब को काम लाइ अगी बढाउन हामि सबै साहित्य प्रेमी को मिलो मतो मा तयारि पुरा गरि कार्यक्रम सुरु गरियो हाम्रो यो सहितिय्क अभियान मा तनहु जिल्लाको हरेक क्षेत्र बाट साथी हरु को उपस्थिति थियो र छिमेकि जिल्ला बाट पनि धेरै हाम्रा साहित्य प्रेमी मित्र हरु पनि उपस्थित हुनुहुन्थ्यो . कार्यक्रम को उधघाटन संगै प्रधान सम्पादक जी ले पानस मा दियो प्रोज्लन गरि मिठो २ टुक्का गजल सुनाउनु भयो  येसरी नै विभिन्न साथी हरु को साहित्य को बिभिन्न गजल कविता लेख रचना हरु अनि बीच बीच मा हास्य ठात्योउली जोक्स हरु पनि आय तेस पछी मेरो पालो आयो अनि म पनि पहिलो पटक मंच मा गएर dअर्सक सामु उभिएर बोल्नु अलि कस्तो कस्तो लागि रहेको थियो तै पनि हिम्मत जुटाएर मंच मा गएर अभिबादन सहि आफ्नो परिचय अनि आफ्नो बारेमा केहि बताय र तेती बेला मैले पनि केहि न केहि साहित्य पेस गर्नु पर्ने भएको कारण आफु संग जिबन मा घटेको सानो कविता बाचन गरे जसको सिर्शक थियो ( युध्ह बिराम ) जब म यो कबिता बाचन गर्दै थिय सबै को अनुहार एक दम मनिल भै रहेको थियो जुन रचना मैले बास्तबिक परिप्रेक्ष लाइ लक्षित गरि लेखिएको थियो जुन २ हरफ मा भन्नु पर्दा ....
गौतम बुध्ह जन्मेको सान्ति भुमि नेपाल मा
आज किन एस्तो दोन्ध चल्दै छ II
आफ्नै घरको दाजु भाइ आपस मा लडी
किन रगत को खोलो बगौदै छ II
यो कविता ले सबै को मन मा चिन्तापूर्ण भाव झल्काइ दियो अनि जब मेरो पालो सकियो र अरु  साथी हरु को पालो आयो एबम रित ले कार्यक्रम अगाडी बडी रहेको थियो  यसै बीच मा कार्यक्रम प्रोस्ताता ज्यु ले अर्का सहभागी लाइ निम्तो दिनु भो उहा हुनुहुन्थ्यो बन्दीपुर बाट नाम परिबर्तन (सबिना जोशी ) उहा ले पनि मेरो प्रस्तुति लाइ निकै मन पराउनु भएछ र उहा ले पनि आफ्ना प्रस्तुति लाइ अगाडी बढाउनु भयो र अन्त मा जोड दार तालि ले उहा को प्रस्तुति लाइ सम्मान गरियो I   दिन भरि को थकान पछी बेलुकी हामी सबै जना आफ्नो गन्तब्य तिर जान तयारि गरेउ म सबिना जोसी संग सामान्य परिचय अनि बोल चा ल भयो र बस पार्क सम्म बोल्दै आयोउ जब बस पार्क आइपुगियो मेरो मन मा कता कता नमजा लागिरहेको थियो त्यो किन भने भर्खर परिचित सहितिय्क मित्र सबिना जी संग अलग हुनु पर्ने थियो एस्तो मन मा सोच्दा सोच्दै दमौली बाट डुम्रे हुदै बन्दीपुर जाने बस आइ पुग्यो र सबिना जी ले पनि म लगाएत सम्पूर्ण साथि संग बिदा बादी भइ बस मा चद्नु भयो अनि केहि समय मा नै बस ले आफ्नो गन्तब्य को बाटो ततायो अनि उनि जाने बाटो तिर धेरै बेर सम्म हेरी रहे मन भरि भिन्न कौतुहलता पूर्ण भाबना हरु बोकेर हेरिरहे ........ हेरिरहे ....... टाडा सम्म ...... टाडा सम्म ..... हेरी रहे .... क्रमस ..........
                      श्री राम श्रेष्ठ (टेन्सन पासा )

                      हाल : दम्माम  साउदी अरबिया 


Friday, 16 August 2013

स्काईपले गर्दा भएको कन्त बिजोक==>



म काठमाण्डौबाट भैरहवाको बसमा चढे । मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन् । ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन । ती दुबै बच्चा राम्रा भए पनि सफा थिएनन् त्यसैले काखमा लिउ-लिउ जस्तो लागेको थिएन । तर पनि बिबश भएँ म ।

‘यो सिटकी छोरीलाई तपाई काखमा लिनुस् त्यो सानो छोरो मलाई दिनुस् त्यसो गर्दा ठीक होला एउटै सिटमा परिएछ’ मैले भने। मलाई त्यो बच्चा लिएपछि “मेरो सानू साथी” कथा को याद आयो अनि मैले रूमाल ले सबै भन्दा पहिला त्यो बच्चाको सिगान पुछिदिएँ । मिनिरल वाटरको बोटलमा भएको पानीले हल्का रूमाल भिजाएर बच्चाको शरीरको अन्य ठाउँमा भएको फोहोर सफा गरिदिएँ । झोलाबाट सेन्ट झिकेर थोरै बच्चाको कपडामा र आफूले पनि हाले । अब भने त्यो बच्चा काखमा लिएर खेलाई रहूँ झै लाग्ने भयो। मैले कुरकुरे खोले र बच्चालाई एकदुई पिस खुवाएँ । उसका अगाडिका दाँत मात्र उम्रेका थिएँ । अरू गिजाले मेरो औला किलिकिलि पारेर टोकि दिदाको अपूर्व आनन्दले म रोमान्चित थिएँ ।

गाडी थानकोटको ओरालो लाग्यो । पहिलो घुम्तिमै मोड्न लाग्दा दुर्भाग्यवस स्टेयरिङ त फुक्लेर ड्राईभरको हातमा पो आयो । झ्याप्प ब्रेकलाग्दा बच्चाको चिउडो र ओठ अगाडिको सिटमा ठोकिन पुग्यो मैले हातले सेफ्टि दिएँ उसको अगाडिको दाँतले मेरो औला थोरै काटियो; उसको मुखबाट रगत आयो । धन्न फेरी खप्प राख्दा पहिलाको जस्तै भएर स्टेयरिङ मिल्यो र फेरी मोडेर बस अगाडि बढ्यो । ‘हत्तेरिका झण्डै खसेन नि बस’ मैले भने । ति नारीले बल्ल मुख खोलिन्’ मरे पनि के हुन्छ र उसै पनि मर्नै हिँडेको हो हामी त’ भनिन्, म अचम्ममा परे । ‘क् के भन्नु भयो, मर्न हिँडेको अरे के भयो र ? तिनले भनिन् ‘ के हुनु र हजुर त्यो स्काइपको ठाडाले बर्बातै पार्यो नि ।’ मतलब ? मैले सोधे । उनले आफ्नो कहानी सुनाउन थालिन् । ‘ म चितवनमा जन्मेर हुर्केकी थिएँ । एक पटक पारी निकुञ्जको एक जना सिपाहीसंग प्रेम भयो उसले विवाह गर्ने बाचा पनि गर्यो मैले पनि विस्वास गरे उसले मेरो सबै कुरा लुट्यो । मैले पनि सुम्पिदिए । परिणाम हाम्रो प्रेमको निशानी रह्यो । त्यो कुरा थाहापाए पछि उ अन्तै सरूवा भएर गएछ मैले कति खोजे । भेटिन। आखिरमा म कुमारी आमा बने । यो छोरी त्यसैको निशानी हो ।

त्यसको डेढवर्षपछि फेरी आर्को एक जना हवल्दार आयो र मलाई फकाउन थाल्यो मैले वास्तै गरिन । उसले यो छोरीलाई पनि मै पाल्छु । तिमीलाई पनि माया गर्छु भनेर प्राण हत्य गर्यो । तलब पनि मलाई नै ल्याएर दिने छुट्टिमा हाम्रै घरमा आएर बस्ने गर्न थाल्यो । बुबा आमालाई पनि छोरी मानीदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो र मैले पनि स्वीकार गरे । त्यसपछि मलाई र छोरीलाई जहाँ जहाँ सरूवा भयो त्यही त्यही लिएर जानु भयो । अति नै माया गर्नु भयो । उमेरले म भन्दा आधै जेठो भए पनि लायकको हट्टा कट्टा भएकोले हेर्दा त्यस्तो फरक देखिन्थेन । यो छोरो गर्भमा थियो उहाँ जागिर छोडेर इराक जानु भयो । म चावाहिलमा डेरा गरेर बसेकी थिएँ । यो छोरो जन्मिएको खबर पाएपछि । घरमा नेट जोडन छोरालाई स्काईपमा हेर्न पर्यो भन्नु भयो । मलाई त्यस्तो केही थाहा थिएन । त्यो केवलवालाले नै आएर सबै सिकाईदियो । घरमै भाँडो भएपछि त चलाउँदा चलाउँदै जानिदो रहेछ । छोरो जन्मिए पछित बुढाले पैसा पठाएको पठायै गरिरहे । पैसाले मेरो बैंस मातिएछ हजुर सबै कुरा भयो पोई साथमा भएन अनि जे साथमा छैन त्यसैको बढी चाहना हुने रहेछ । काम केही थिएन दिन रातै नेटमा झुण्डीन थाले म । अनेकका मान्छे अन लाईनमा आउन थाले होलो हाई गर्न थाले । गर्दा गर्दै मेरो त बानीनै बिग्रेछ । एक दिन एउटा राम्रो अनुहारको केटाले जिस्कोयो तनि मैले पनि मनै थाम्न नसकेर गफ गरिदिए । उ पनि बिदेशमै रहेछ । दिनदिनै त्यसले त मेरो मनपेट आन्द्राभुडि जम्मै छाम्यो । खै उसको पनि कस्तो काम जति बेला पनि अनलाईनमै भै रहन्थ्यो मेरो बुढो त समय नै पाएको छैन भनि रहन्थ्यो । बिस्तारै त्यस्ले मलाई त नङ्ग्याएरै छोड्यो । हेर्ने नहेर्ने सबै कुरा स्काईपबाटै हेर्यो ।

एक रात त्यसरीनै छोराछोरी सुतेपछि नेट खोलेर स्काईपमा त्यो र म आ- आफ्ना अवयवहरू देखाएर गफगरिरहेका थियौँ फ्याट्ट बुढाले पनि स्काईपमा घण्टी हान्यो म त आत्तिएर फ्यट्टै रिसिभ गर्न पुगेछु । उसले मेरो र उसको दुबैको चर्तीकला थाहापायो । त्यस पछि त आर्मीन भयो सनक्क सन्केर फोन काटेको मान्छे । अहिले छ /सात महिना भयो फोन पनि लाग्दैन पैसा पनि पठाउदैन । घरभाडा पचासहजार नाघी सक्यो घरबेटीले पनि घरबाट निकाली दियो अब उपाए छैन । जान्छु माइतीको नजिकै नारायणीमा पसेर मर्छु भनेर हिँडेकी म त कस्तो दिनमा भेटिएछ त्यो मुर्दार मेरो त जिन्दगी नै बर्बाद भयो भो यो स्काईपमा त कसैले पनि गफ नगरोस ।’

कुरा सुनेर म रनभुल्लमा परे । बस धार्के बजारमा आइपुग्यो ल चिया नास्ता गर्नुस् भन्दै खलासी कराउन थाल्यो भित्ता पट्टिको होटल अगाडि ड्राईभरले बस रोक्यो । के खानी हो ? मैले उनलाई सोधेँ केही पनि नखानी उनले भनिन् । म बाहिर निस्केर फलफूल लिएर आएँ । ति छोरीले खपाखप खाईन् उनले लिन मानिनन् तैपनि मैले कर गरेपछि लिईन् । त्यो छोरालाई मैले दाँतले बोक्रा टोक्दै गुदीगुदी स्याउका टुक्रा खुवाएँ। मेरो मुखमै उसले जिब्रो लगाएर खाएको थियो परेवाको बच्चाले जस्तो । उसको जिब्रोले मेरो मुखर ओठमा चाटिदिदा म आर्कै संसारमा पुगेको थिएँ ।
‘तपाईको बुढाको नाम के हो नि ? मैले सोधे । ‘हरिशरण हो’ उनले भनिन् । त्यसपछि मैले तिनको अनुहारमा चिहाएँ । हरिशरण मेरै साथि थियो, रामेछापको । उसकी पहिलाकी श्रीमती बच्चा जन्माउने बेलामा जण्डीस भएको थियो त्यस्तोमा उसले उपचार गर्नुको साटो झन् मासु पकाउदै खानदिदै गरेर श्रीमती र बच्चादुबै गुमाएको थियो । मैले मेरो मोबाइलमा फेसबुक खोलेर उसको फोटो देखाउदै भने यही हो ? तपाईको बुढा, उनले हो भनिन् । मैले तुरून्तै हरिशरणलाई ईनबक्समा मेसेज पठाएँ । हरिशरणले जवाफ पठायो । मैले उसको घरपरिवाकरको बारेमा सोधेँ । उसले सबै ठीक छ राम्रो छ भनेर ढाट्यो । अनि मैले उसलाई सम्झाएर सबै कुराहरू भने उसले भयो यार मलाई यो जुनिमा मलाई श्रीमतीको साथ लेखेको रहेनछ । हुन दे भो त्यस्तो कुरै नगर भन्यो । मैले भने कहिले काही दिन दशा बिग्रन्छ बुद्धिमा बिर्को लाग्छ । तर बेलैमा सम्हालिन सक्यो भने जीवम संकट र बिपत्तिबाट बच्न पनि सक्छ । यस्ता कुरा अहिले मात्र होईन चारै युगमा भइ रहेका छन् । साधारण मान्छेका मात्रै होईन सम्राट र राजामहाराजाका रानीहरूबाट पनि यस्ता गल्ती नभएका होईनन् । यहाँसम्मकी देवता र ऋषिमुनिका पत्नीहरूमा पनि यस्तो भएको थियो । भगवान विष्णुले गौतम ऋषिकी पत्नी अहल्या राम्री देखेर कुकर्म गर्दा ऋषिको श्रापले कसैसंग मुखदेखाउन नसकेर मानसरोवरमा गएर लुक्न परेको थियो । तिम्री श्रीमतीको त केबल स्काईपमा हेराहेर मात्र भएको हो त्यसैले यीनको बिचल्ली नपार अब यीनले पनि चेति सकेकी छन् । त आफ्नो अतीत पनि सम्झी याद छैन भने म याद गराई दिउला भने। तिनीहरूको फोटो खिचेर तुरून्तै इनबक्समा राखेर पढाईदिएँ । यी बच्चालाई हेरेर पनि जीवनसंग सम्झौता गर भनेफछि मुस्किलले उ मान्यो । त्यतिबेलासम्म बस नरायणघाटमा पुगेर रोकिएको थियो ।

हामी छुट्टिने बेला भयो उनले आँसु खसाउँदै मेरो खुट्टा समाउन खोजिन् । मैले आफू पछि हटेर उनलाई उठाउदै भने अब जीवनमा हरेक पाईलाहरू सम्हालिएर चाल्नु । जीवनमा यस्तो उतारचढाव हुँदै गर्छ निराश नहुनु मैले पनि यो यात्रामा एउटी बहिनी भेटे भनेर म तिनीहरूलाई छोडेर बुटवल तिर लागे । त्यो सानो बच्चा ले मलाई हात हल्लाएर ता ता ताता भनि रहेको थियो । 

Monday, 8 July 2013

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ



Swor Sangramनेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मापठाउनुस् (Type ss np send it to 3626 or 4862. आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९:३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ ।
Narayan Top 7 Selection Round Swor Sangram

Narayan Pariyar Top 8 Selected Swor Sangram


Narayan Pariyar Top 9 Selected Swor Sangram
 नारायण पहिलो पटक बुटवलमा

Friday, 5 July 2013

कथा – बस स्टप

गंगा सुवेदी
घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्‍यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै फुस्फुसाएर बोलायो ।
Gham-Ajha-Ughreyeko-Chhaina“सानु…ए सानु…उठ् ।” बाटोभरी छाद्दाछाद्दा लखतरान परेको सानु झस्किएर उठ्यो । एकपल्ट बाबा पुण्यबहादुरलाई हेर्‍यो । पुण्यबहादुर सानुलाई आफ्नो पछिपछि आउने इशारा गर्दै अघि लाग्यो । पूर्ण विश्वासका साथ बाबाको पछि लागेको सानुलाई बसको ढोकाबाट बोकेर तल ओराल्यो ।सानुको हात पक्डिएर भींड चिर्दै नजिकैको सानो फूटपाथे पसलमा पुगेर अडियो । यतिबेरसम्म संरक्षक जसरी समातेको सानुको हात छाडेर सोध्यो ,
“के खान्छस् सानु ?” सानु ट्वाल्ल पर्‍यो ।उसले भींडभित्र कुनै भेउ पाइराखेको थिएन । त्यहाँ यसो अलमलिए जस्तो गरेको केहि बेरमा नै गन्तव्यका लागि बसको हर्न बजेको थियो । हत्तनपत्त खल्तीबाट दशको नोट निकालेर सानुलाई दिदै भन्यो,
“ऊ त्यो पसलबाट चक्लेट किन्दै गर्, म बीडी किनेर आइहालें,जा ।” चक्लेटको नाम सुनेर मख्ख पर्‍यो सानु , तर तुरुन्तै भन्यो,
“बाबा पनि जाने नि ।” आफ्नो बाबाको भर चाह्यो सानुले । उसले जान्दाखेरी पुण्यबहादुरलाईर् नै बाबाको रुपमा देखेको थियो ।
“नडरा,म आइहाल्छु, जा जा ।” पुण्यबहादुरले अह्राएपछि टार्न सकेन सानुले । मनभरी डर भरिएको भएपनि”हुन्छ” भने पसलतिर अग्रसर भयो । उसलाई यसरी छकाएर अरुका आँखा छल्दै हिंड्न आँटेको बसभित्र पसेर आफ्नो सीटमा केही नभए जसरी बस्यो पुण्यबहादुर । उसको उद्देश्य सार्थक भएको थियो । सानुले थाहा पाउँदानपाउँदा बस हिंडिसकेको थियो ।
“फाइभ स्टार चक्लेट दिनु ।” पुण्यबहादुरले दिएको दशको नोट दिदैसानुले अबोध स्वरमा पसलेसँग मन परेको चक्लेट मागेपछि पसलेको ध्यान सानुतिर गएको थियो । एउटा फुच्चे केटोले त्यसरी चक्लेट मागेको देखेर पसलेले आँखाले फुच्चेको वरिपरि उसको साथी खोजेको थियो । कोहि पाएन र चक्लेट दिंदै सोध्यो,
“सानो मान्छे , तिमी कोसँग आएको ?” सानु बालकै भएकाले उत्तर दिन सकेन । प्रायःजसो आइरहने एउटा ग्राहकले मन्द मुस्कानका साथ भन्यो ,
“अहो, ठूल्दाई, आज त निकै मिठो बोल्नुभो नि ।” फेरि सानुलाई हेरेर भन्यो ,
“कस्को बच्चा हो ?”
“के थाहा पाउनु ? चक्लेट किन्न आको रैछ , साथी देखिदैन ।” सानुले पुलुक्क हेर्‍यो पसलेलाई ।
“यत्रो भींडभाड छ । छुट्न पनि सक्छ ।” भन्दै हिंडेको ग्राहकलाई पनि सानुले डिठ्याएर हेर्‍यो । अबोध हेराइभित्र आफ्नो बाबाप्रति पुरै बिश्वास भरिएको छ ।
“तिमी कोसित आ’को बाबु ?” पसले ठूल्दाईको प्रश्नको उत्तरमा फाइभ स्टार चक्लेटको खोल उधारेर फ्याक्दै निर्धक्क उत्तर दियो उसले ।
“बाबासँग”
“ला..यो केटो त छुटेछ कि क्या हो ?” छैंटौ इन्दि्रयले लख् काटेको बिषयलाई साम्य पार्ने उद्देश्यले पसलेले पुनः सोध्यो ।
“खोइ त तिम्रो बाबा ?” सानुले
“ऊ त्यहाँ…।” भनेर पछाडि फर्किएर हेर्दा अलि छाँटिएको भींडमा कहिंकतै बाबालाई देखेन । बसतिर हेर्‍यो, देखेन । थर्रर कामेर हातको चक्लेट भूईंमा हुत्याउँदै ‘हृवाँ’ गरेर भक्कानियो सानु । वरिपरीका थाहापाउनेहरू सबै झस्किए । एकछिन गाईंगुईं चल्यो । त्यसपछि गहिरिदै गएको साँझ सँगसँगै बिस्तारै बिस्तारै स्थिति सामान्य हुँदै गइरहेको छ । दिनहुँ अखबार,रेडियोबाट सुनिन्छन्यस्ता र यो भन्दा पनि बिभत्स घटनाहरू। सुन्दासुन्दा वाक्क भइसकेका छन् मान्छेहरू ।जसले सबैलाई आफ्नैमात्रवास्ता गर्न सिकाएको छ । आफ्नै आँखा अगाडि घटेको घटनालाई पनि सामान्य मानिदैछ । केहिबेर हल्ला र खोजी भएपनि क्रमशः उडन्ते खबरमा परिणत हुँदैछ सानुको घटना पनि ।
बाबालाई र बसलाई नभेटेर साह्रै रोयो सानु । कुनै आधार नभेटेपछि गलेर त्यहींको पेटीमा थ्याच्च बस्यो ।हिक्का छाड्दै पर्खालमा अडेसा लाग्यो । सर्वस्व हारेको जुवारी जस्तै हरेस खाइसकेको छ सानुले । पसलेको ध्यान सानुबाट हट्न सकेन । कसैले दाउ कस्ने हो कि Û भन्ने शङ्का छ ठूल्दाईको मनभित्र । बाबासम्म पुर्‍याइदिने चारो दिएर स्वार्थ सिद्ध गर्ने कुसोचहरुले बहकाउने प्रयत्न पनि गरेका हुन्, तर सानु त्यहाँबाट टसदेखिमस भएन । आफूलाई खोज्दै बाबा त्यहीं आउनुहुनेछ भन्ने बिश्वास छ उसलाई ।
साँझ छिप्पिने क्रममा छ । पसले ठूल्दाईको ध्यान छाँटिदै गइरहेको भींडतिर छ । जाने अन्तिम बस पनि गइसकेको छ । आउने पनि आइसकेका छन् । धेरैजसो पसलहरू धमाधम आजलाई बन्द हुँदै छन् ।सधैंझैं अलिबेरमा बन्द हुने यी पसलेले पनि सटर तल झारेर ताल्चा मारिसकेका छन् । नाडीमा घडि हेर्दा आठ बजेर पैंतिस मिनेट भइसकेको छ । यताउति हेरे ।अघिका कोही थिएनन् । अहिलेका पनि फाट्टफुट्ट संख्यामा मात्र छन् । जो आफैमा मग्न छन् । मन अलि ढुक्क भयो ।जाडो निकै बढेको छ । फर्किएर सानु भएको ठाउँ पुग्यो । घच्घच्यायो । सानु अघिको पेटिबाट सर्दैसर्दै यात्रु प्रतिक्षालयको ढुङ्गे ब्रेन्चीमा खुम्चिएर लत्रक्क परेको थियो । झसङ्ग भयो सानु । आँखा मिच्दै पसले ठूल्दाईलाई हेर्‍यो । उसलाई बाबाले लिन आएको हो कि भन्ने लाग्यो । तर यथास्थिति बुझेपछि आत्मैदेखि रोयो सानु ।
“नरोऊ बाबा Û आज मसँग जाने…भोलि बाबा खोज्ने है ! उठ जाउँ  !” नजानलाई अररियो सानु ।
“बाटामा हराइयो भने त्यहीं पर्खेर बस्नु….कतै नजानु…कसैले खानेकुरा दियो भने नखानु…फकाउँदा पनि नमान्नु है ।” मामुले हिंड्ने बेलामा सम्झाएको उसले बिर्सेको छैन ।
“राती भइसक्यो…उठ जाउँ…नत्रभने स्यालले खान्छ ।”ठूल्दाईले हौवा देखाएपछि सानुलाई साँच्चै डर लाग्यो । बार बिनाको घरले उसलाई मोहमा पार्न सकेन । जाडो, रात, भोक, निन्द्रा र एक्लोपनले घ्वाप्प छोपेको बेला बबुरो सानुको बाल मष्तिष्कले अह्राएकाले ठूल्दाईको हात च्याप्प समात्यो । यसको मतलब ऊ सँगै जान तयार छ ।
बसभित्र ललिता अझै बेहोस छे । कोशी तरेपछि मात्र होसमा आओस् भन्ने ध्यावन्तमा छ पुण्यबहादुर । अघिसम्म चोरदृष्टीले चारैतिर नजर घुमाउदै थियो । कसैले थाहा पायो कि ? कुरो उठाउने पो हो कि ?लभन्ने डर थियो । कोशी पुल वारी भन्टाबारी भन्ने ठाउँमा अलि घुइँचो थियो । आफू चढेको बस अडिएको थियो । एउटा पुलिस डन्डा ठाक्ठुक गर्दै बसभित्र पसेको बेलामा त उसको सात्तो नै गयो । ऊ बसेकै सीटमा एकछिन अडेसिएर पुनः ओर्लिएपछि उसको सासमा सास आयो । लामो सास फेरेको कसैलाई जानकारी दिएन ।
“बज्याले मेरो सात्तै लियो । उफ : पापगर्नपनि सजिलो चैं हुँदैनरहेछ ।” मनमनै भन्यो । बस फेरि आफ्नै गतिमा लम्किदैछ । घरिघरी यात्रु ओराल्न र चढाउन स्टपैपिच्छे बस रोकिदा भने दिक्क लाग्न थालेको छ ।
“खचाखच बस भरिइसक्दा पनि तालमा परिवर्तन आउँदैन ।” उसले मनमनै ड्राइभर र खलासीलाई गाली गर्‍यो । ललिता होसमा फिरिसकेकी छे । पूण्यबहादुरलाई छट्पटाइले न्याक्दै गएको छ । उसलाई दिनुपर्ने अनगिन्ति उत्तरहरू प्रश्नभन्दा पहिले नै ऊभित्र झुत्ति खेल्दैछन् । हुनत ः सानुलाई छोडेर बस चढे देखिन नै बिथोलिएको मन अझैसम्म शान्त हुन सकेको छैन । त्यसमाथि ललिता होसमा आएपछिको प्रतिक्रिया कस्तो हुने हो ? भन्ने डरले छोप्दै गएको छ । बेलाबेलामा ‘बित्थामा पापको जोहो गरें, कत्तिको खाइहाल्थ्यो र ? कत्ति चैं पोस्नु पथ्र्यो र ?’ मनमनै कल्पिदैछ ऊ ।
‘सानो भाँडो भएको म गरीब…मेरा छोराछोरीमाथि पनि त मेरो दायित्व छ…ब्याजमा आइलागेको नासोलाई पन्छाएर ठिकै गरें ।’ भनेर आफूलाई सम्झाउँछ पनि । मन भने शान्त हुन मानिरहेको छैन ।
“अँहँहँहँ…कस्तो टाउको दुःखेको ? कत्ति बज्यो ?” ललिताले सोधी ।
“पौने आठ” पुण्यप्रसादले भन्योे ।
“एऽऽ म त निकैबेर पो सुतिछु…कत्ति थाकिछु…सपना पनि देखिन…।” भन्दै बस बाहिर अँध्यारोमा हेर्ने कोशिष गरी ।
“राती भइसक्यो…बाहिर केही देखिदैन…सुत् सुत्..।” भनेर आफूभित्रको त्रासलाई बीट् मार्ने प्रयत्न गर्‍यो पुण्यबहादुरले ।
“सानु छ ?” तैपनि ललिताले सोधिहाली ।
“अँ” उसले छोटो तर धुर्त उत्तर दियो । लोग्नेको बिश्वासमा टाउको दुःखेको हुनाले पुनः आँखा चिम्लिई ललिताले । पुण्यबहादुरले आफूले आफ्नो दाहिनेतिर राखेको झोलालाई आफूसमेत छोपेर स्वास्नीलाई झुक्याउन भरपूर खोज्यो ।
…………………….
 सधैंझैं घर पुगेर ठूल्दाइले ढोका ढक्ढक्याए पछि उनकी श्रीमती निर्मलाले ढोका खोलीन् । लोग्नेका साथमा आएको फुच्चेलाई देखेर सोधीन् ,
“को हो ?”ठूल्दाईले झट्ट घरभित्र भित्रिदै दैलो बन्द गर्न अह्राए । स्नेहवश सानुलाई सुम्सुम्याउँदै सोधे
‘भोक लाग्यो ?’ भोकाएको सानुले हेर्‍यो मात्र । उत्तर दिएन । परिस्थितिलाई जान्नै सकिरहेको छैन । अन्यौलमा छ सानु ।
“निर्मला,बाबुलाई भोक लागेको छ…भात पाक्यो भने खान देऊ ।”श्रीमतीलाई अह्राएपछि सानुले “मामु जाने ।” भन्यो । ठूल्दाईका आँखामा आँशु नसल्बलाईकन रहन सकेन ।
“हैन…कसको बच्चा ल्याउनुभो ? नचाइने काम त गर्नुभएन ?” निर्मलाले लोग्नेका छेउमा आएर फुस्फुसाउँदै सोधी । ठूल्दाईले सानुका छेउबाट उठेर निर्मला सामु पुगेर सारा वृत्तान्त भनेपछि निर्मलाको निर्मलाको गहभरी आँशु भरिएको थियो । निःसन्तान हुनुको पीडामा सल्किनु उसको नियती जत्तिकै बनेको थियो । यसैबेला भेटिएको सानु र उसको अवस्था जानेपछि ममताको बाँध फुट्यो । सानुलाई सुम्सुम्याउन पुगीन् निर्मला ।
“हेरन कसैका भने सन्तानै नहुनु,कसैका भने यस्तो छ…”ठूल्दाईले आफ्नी श्रीमतीसँग भावुक भएर भन्दा समर्थनमा शीर हल्लाएर निर्मलाले सोधीन् ,
“यसलाई यहाँ ल्याएको कसैले देखेन त होला नि !”
“देखेजस्तो लाग्दैन…तैपनि भोलि थाहा हुन्छ ।”
“बबाल पो हुने हो कि !” निर्मलाले गरेको आशङ्का जायज थियो ।
“भगवानकै ईच्छा हो भने त केही नहोला ।” ठूल्दाईले आफ्नो मनमा पनि झिनो आशङ्का महसुस गरेका थिए ।
“अब के गर्ने ? छरछिमेकलाई के जबाव दिने ?” जस्ता समस्याले घेर्न शुरु गरिसकेको छ दुवैलाई । बिभिन्न द्विविधायुक्त तर्कवितर्क उब्जिएर तिनलाई शान्त पार्ने उपाय गर्दा गर्दै निर्मलाले झ्वाट्ट भनिन्, “म यसलाई लिएर भोली नै माइती जान्छु ।”ठूल्दाईलाई पनि चित्त बुझेको छ ।
“हुन्छ । म यहाँ समालुला । कसैले सोध्यो भने अमेरिका जाने भीसा लाग्यो भनुला । अस्ति नै मैले डि.बि. हालिसकें भनेकै छु सबैलाई ।” दुवै सहमत भए । बीचमा सानुलाई र दुवैपट्टी दुईजना भएर ओछ्यानमा सुत्न पल्टिएका छन् ।
“यो बिचरोलाई न आफ्नो नाम थाहा छ, न बाउआमाको थाहा छ । न ठेगाना नै थाहा छ ।” दुःखी भएर ठूल्दाईले भनेपछि
“हाम्रो गाउँसमाजमा अझैपनि उपनामले बोलाउने चलन छ । कसैको नामको पत्तो कसैलाई पछिसम्म पनि हुँदैन ।”लोग्नेको भनाइलाई यसरी सकारिन निर्मलाले । दुवैले एकछिनसम्म हेरिरहे सानुलाई । मायालु हेराइ आफैमा मस्त छ । एकछिनको मौनता फलाँगेर बडबडाइन्,
“यसलाई हाम्रो पीर बुझेर भगवानले हाम्रो लागि पठाएको हुनुपर्छ । अब यही हाम्रो सन्तान हो ।”
सानुको निधारमा म्वाइ खाँदै भनिन् निर्मलाले । निर्मलाको स्नेह र खुसीको सीमा अपार छ । यसैले पसलेले भने ,
“मैलै पनि यही सोचेर ल्याएको हुँ । तर समयले के भन्छ ।”
“समयको खेल । कसले जान्दछ र ? तरपनि यो पुन्टे हामीसँग हुनु भनेकै हाम्रो हो जस्तो लाग्दछ । कुनै जन्ममा यो हाम्रै छोरो हुनुपदर्छ ।” आश्वासनको पुनित अन्र्तप्रकाश छर्नुसम्म छरिन् निर्मलाले । निर्मलाभित्रको बात्सल्यलाई आभास गरेर भोली आउनसक्ने परिणामको सोचलाई थान्को लाउनुमा नै श्रेयस्कर ठान्दै लामो सास फेरे ठूल्दाईले ।
……………….
यहाँबाट काठमाडौं जान अर्को बस चढनुपर्नेछ । पूण्यबहादुरका लागिढल्केवरबाट छुट्ने बसले पूर्व सतासीधाम देखि यहाँसम्म दिएको साथको अगाडि सबै दुःखहरु बाउन्ने भइरहेका छन् । आजलाई बिश्राम लिएको यस बसलाई नम्बर सहितको नाम समेत बिर्सिन गाह्रो छ अब पुण्यबहादुरलाई । त्यसमा पनि इटहरीलाई त बिर्सिन असम्भव नै छ । छट्पटाहट छ त केवल ललिताको प्रतिक्रियामाथि । तैपनि केही नभएजस्तै गरेर व्यवहार गर्दैछ ऊ । बसबाट ओर्लिएपछि ललिताले सानुलाई खोजी ।
“सानु कहाँ छ ?”उसले अँध्यारोमा औंल्याउँदै भन्यो,
“ऊ त्यहीं छ ।” ललिताले हेर्ने प्रयास गरी । एकछिन पछि पनि सानु आफ्ना छेउ आइनपुगेपछि फेरि सोधी ।
“अँध्यारो छ । छेउछाऊ पनि आउँदैन त ।” सानु ए सानु सुध्याए जस्तै गर्‍यो पुण्यबहादुरले ।
“किन बोल्दैन यो ?” भनेर ललितातिर फर्किएरभन्यो ।
“निन्द्रामै होला । त्यसैले बोल्दैन नि । चिन्ता लिनुपर्दैन , यहीं छ ।”
“सानु ए सानु” बोलाई निर्मलाले तर अझै बोलेन सानु ।
“ब्ाोल्दैन त…हराउला…अँध्यारोमा ।” लोग्नेको बिश्वासमा सतर्क हुन खोजेकी छे ललिता ।’शङ्का पो गर्लि कि ?’ भन्ने बिचारले निकै सताइए पनि बिचलित नभइ भन्यो पुण्यबहादुरले,
“केही हुँदैन । म छु नि ।” केही बोलिन ललिता । त्यत्ति बोल्ने बानी पनि होइन उसको । त्यसमा पनि लोग्नेले बोलेपछि अविश्वासको घेरा तानेर त्यसलाई नाघ्ने गर्दिन ऊ । बरू अति भयो भने छाडिनै दिने स्वभावले गर्दाको परिणाम भोगिसकेकी छे उसले। अब त उसलाई यति मायाँ गर्ने लोग्ने पुण्यबहादुरप्रति कुनै तुष राख्न चाहन्न ऊ । पुरा विश्वास छ उसलाई लोग्नेमाथि । पुण्यबहादुरलाई भने लोडसेडिङले दिएको यो अँध्यारोबाट पुरै फाइदा भएको छ ।
काठमाडौं जाने बसमा चढेर बिहानै मिर्मिरेमा बसबाट ओर्लिदा पनि सानुलाई नभेट्दा भने ललिता लगभग चिच्याई ,
“ए बुढा । खोई छोरो ?” अबभने निकै ढुक्क भइसकेको छ पुण्यबहादुर । आफूलाई हरसम्भव तयार पारिसकेको छ उसले ।
“अरे ।बसभित्रै त छैन ?” हिंडन आँटेको बसलाई रोकेर भित्र खोजेजस्तो गर्‍यो पूण्यबहादुरले ।
“राती मसितै अँगालोमा सुतेको थियो ।” सहाराका लागि नाटकीय शब्दको खुब साथ पायो उसले । ललिताको सातो गयो ।
“किन यस्तो भयो ? झन भगवानको दर्शन स्नान गर्न धाइधाइ यति टाढा सतासी धाम पुगें , झन मेरो छोरो हरायो ।” बरबराउन लागी ललिता । आफैसितको गुनासो । ईश्वरप्रतिको रीस व्यक्त गर्दै भनि ,
“ख्ाोज्नुस् न । कहाँ अलपत्र परेको होला ? हिजै देखि बोल्न देख्न पाएकी छुइन ।”
“के भयो ? के भयो ?”एकदुईजनाले सोधे ।
“हेर्नुस् न । हिजोसम्म मसितै टाँसिएर सुतेको छोरो अहिले बसबाट ओर्लिएर हेर्दा छैन ।” आत्तिएझैं गरेर भन्यो उसले ।
“ए,कसले चोर्‍यो ?कस्तो होस् नगर्नुभएको त ?” कसैले यसरी खै गर्‍यो ।
“म पनि भुसुक्कै भएछु । बिहान मात्र आँखा खुल्यो ।” स्वीकार्यो आरोप पनि ।
“यसकी आमाले त हिजैदेखि भन्दैथिई । मैले नै आश्वासन दिइरहें ।आजसम्म यस्तो भएको पनि थिएन, होला भन्ने पनि भएन ।”आँखामा जबरदस्ती आँशु ल्याएर पुछ्यो उसले ।
“अब थानामा गएर रिर्पोट लेखाउनुस् ।”
“लेखाएर पनि के हुन्छ । उल्टो दुःख मात्र पाइने त हो नि ।भेटिने होइन ।”
“कति पैसा हप्ल्यास पारेर नङ्गा छाड्ने हुन् मोराहरुले ।” आआफ्नो बिचार पोखे केहिले । सुनेर नराम्ररी रोई ललिता । ऊ आमा थिई । ललिताको रुवाइले पुण्यबहादुरभित्रको राम्रो मान्छे पनिपछुताउँदै रुन लाग्दा निकै शोकाकुल परिस्थितिको सृजना भयो ।
“सानो भाँडो भएका हामी के गरुँ कसो गरुँ ? बडो द्विबिधामा परें म त । बालख पाँचवर्षमात्र टेकेको छोरो, यहीं भन्ने थाहा भए त खोज्न पनि हुन्थ्यो ।” लाचारी प्रस्तुत गर्दा एकदुईजना त्यस्तै केटाहरू पनि केही फाइदा लिन सकिन्छ कि भनेर नआएका होइनन् ।
“ल है दाई । खोज्नुस्…सकेसम्म खोज्नुस्” भनेर तर्किए । केहि हात नलाग्ने रहेछ भनेर पछि आएका केटाहरू पनि तर्किए ।
जसोतसो ललितालाई घर पुर्‍याएर ओछयानमा राखुन्जेलमा घरमा भएका छोराछोरीलाई पनि सबै थाहा भइसकेको थियो ।सबै सामसुम थिए । दिनहुँ घरबाट सानुलाई खोज्ने निहुँमा पुण्यबहादुर निक्लिन्थ्यो र रित्तै फर्किन्थ्यो । ललिताका आँखाभरी निराशा छाउँदै गइरहेको छ । आशको झिनो त्यान्द्रो मात्र बाँकी थियो । भएका छोराछोरी अब आफैमा रमाउन थालेका छन् । दिनैपिछे पुण्यबहादुर सामान्य हुँदै गइरहेको छ ,तर ललिता यहि पीरले गर्दा थला पर्दै गई ।
एकदिन सिकिस्त परेर नबाँच्ने टुङ्गो लागेपछि ललिताले पुण्यबहादुरलाई नजिकै बोलाएर भनि ,
“सानु हराएकै हो ?” उसको प्रश्नसँगको हेराईलाई पुण्यबहादुरले थेग्न सकेन । निरुत्तर भयो । शीर झुक्यो । आँखा जुध्न सकेनन् । यो बुझ्नेका निम्ति स्वीकृति थियो । जसलाई ललिताले हेरेरै बुझी । आफूले चाहेर पनि सोध्न नसकेको प्रश्न अन्तिम घडिमा यसरी सोधेरै छाडि ।
“भैगो” बडो निराशापूर्ण स्वरमा भनि । उसका आँखाका दुई किनाराबाट सर्लक्क आँशु झर्‍यो । अबभने पछुतोले निथ्रुक्क भयो पुर्णबहादुर र भक्कानियो । ललिता यस कुराको जानिफकार पहिल्यै रैछे भन्ने भान ऊभित्र सँगेलियो । माफी माग्न चाहृयो ।सकेन । आफ्नो र आफूबाट जन्मिएका छोराछोरीका लागि एउटी आमाबाट उसको पहिलो सन्तानलाई अलग पार्नुको पीडा अनुभूत गर्‍यो । यही त्यो छोरो थियो जसको मोह पहिलो लोग्ने छोड्दापनि रहिरहेको थियो । परिणामतः ललिताले आफूसँगै ल्याएकी थिई ।अझैपनि शीर उठाउन सकेन उसले ।
“मेरो बाबु”ललिताको अनौठो शैलीबाट सानुका लागि पोखिएको मातृत्वबाट झस्किएर उसले ललितालाई हेर्दा ललिता गइसकेकी थिई । उसको Åदय अति पोल्यो,तर कुनै बिकल्प बाँकी रहेन । उसका अगाडिइटहरी बस स्टप सग्लै सामु छ ।
समयको खेल हो । निर्मला बिहान माइत जाँदा पाँचबर्षपछि जानुपरेपनि फाइदै भयो । सबैलाई अथ्र्याउन सजिलो हुने भयो भन्ने कुरा मनमा खेलाउँदै सखारै बाटो लागिन् । गन्तव्य थियो काठमाडौं । पसले ठूल्दाई पसल खोल्न पुगे ।दिनभरीडर लागिरहृयो । हरकोही ग्राहक छिमेकी पसलेहरू अखबार , पुलिस सबैलाई आशङ्कति दृष्टीले नजानिदो गरी हेर्थे,बिचार्थे ठूल्दाई । तर कुनै अप्रत्यासित घटना घटेन । बरु चर्चा भने उठ्यो ।
“हिजोको बच्चो कहाँ गएछ ? ठूल्दाईलाई थाहा छ कि “? कसैको यसकिसिमको सोधाइबाट हत्तनपत्त उनले भने
“कहाँ हुनु नि , ऊ त्यो बेन्चमा थियो । म यत ग्राहकसँग अल्मलिएँ । एकछिन पछि त त्यहाँ पनि थिएन ।” राती सानु पसलबाट दौडिएको देख्नेले उनको कुरामा सही थाप्दै भने,
“हो ,हो , बाफ रे । कस्तो आत्तिएर दौडियो भने …हेर्दा माँयै लागे आयो तर के गर्ने बिनासित्तिको टेन्सन कसले बेहोर्ने ? यहाँ भएका हामी पनि बाटो लाग्यौं । तर बिचराको गति चैं झुर नै भयो होला ।”
“तै त कुन पिशाचको पन्जामा पर्‍यो कोनी?”
“आफ्नै मान्छेले भेटेर लग्या पनि हुन सक्छ ।”
“के हुन्थ्यो? जे होस् केटो हेर्दै जाती थियो ।” यसतै यस्तै बिभिन्न क्रिया प्रतिक्रिया र लख् काट्दै हिंडे सबै । तीन चार दिन पछि जब कुरा आएगएको भयो ।तब आफ्नो डि.बि. परेको हल्ला गरे ठूल्दाईले ।बधाइ र शुभकामना पनि प्रशस्त बटुले । केही दिनपछि पसल बेचेर श्रीमतीसँगको सल्लाह अनुसार त्यहाँबाट पन्छिए ।
काठमाडौंकै एक कुनामा एउटा सानो डेरा लिएर उदय (सानु) को सकेसम्म रहर पुगुन्जेल लालनपालन, शिक्षादिक्षा आदि गर्न थाले । बित्दै गइरहेको समयले खुब साथ दिएको छ । यो परिवारलाई । अन्तर्अात्मा देखि नै निर्मला र ठूल्दाईलाई आमाबाबु मानेपनि घरिघरी अतित सम्भिmएर उदाश हुने गर्छ सानु । आफ्नो कुन चैं गल्तिले गर्दा बबाले शत्रुको भुमिका बहन गरे भनेर बुझ्न सक्दैन र छट्पटाउने गर्छ ऊ ।
आफूबाट जन्मिएका सन्तान पार लागेपछि एक्लिएको पुण्यप्रसादको हृदयमा ललिताको अन्तिम वाक्य बिझाइरहेकै छ । मन मानेन र नाकनक्स त जति ठूलो भएपनि फेरिदैन नि । एकपल्ट हेरेर मात्र भएपनि चित्त बुझाउन चाहृयो । आशाको झिनो त्यान्द्रो पक्डिएर अपराधीको उपनाम आफैबाट आफैले स्वीकार गर्दै एकदिन त्यहाँबाट इटहरी तिर लाग्यो पुण्यबहादुर । आजको यो काम एकदमै मुर्खतापूर्ण लागेपनि भौंतारिएको मनलाई शान्ती दिने असफल प्रयासका लागि पनि हिंड्यो ऊ । आफ्नो पापी सोच बोक्ने शरीरलाई सकेसम्म दुःख दिन खोजेर पनि हिंड्यो ऊ ।

Thursday, 4 July 2013

गज़ल:-सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले

सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले
**********
सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले
अठन्नीमा लुगा लाएँ,भन्नु हुन्थ्यो बाले

ईमान्दारी थिए धेरै,जाली फटाहा भन्दा
शान्ति सँग बाँच्न पाएँ,भन्नु हुन्थ्यो बाले

धर्म कर्म भन्दा ठूलो,हुदैन थ्यो केही
रोज रोजै मन्दिर धाएँ,भन्नु हुन्थ्यो बाले

श्रद्धालुको घुईंचो लाग्थ्यो,सत् सङ्गतै राम्रो
मीठा मीठा भजन गाएँ,भन्नु हुन्थ्यो बाले

सोझा,सीधा,भलादमीले,सम्मान पाउँथे सधैँ
सबको भित्री मनमा छाएँ,भन्नु हुन्थ्यो बाले

कोमल भट्ट
पुरानो नैकाप -७ ,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क

गज़ल:-जटिल यो शहरमा,कसरी बसौँ


जटिल यो शहरमा,कसरी बसौँ
विरसिलो बगरमा,कसरी बसौँ

पल पलै दुखद भो,मुटु चस्कियो
विरहका असरमा,कसरी बसौँ

गुम भयो सहजता,दिन रातको
कपटका नजरमा,कसरी बसौँ

नियतिकै खटन हो,पिर वर्षने
अगतिलो सफरमा,कसरी बसौँ

सब जनै हुन गए परचक्रि झैं
अललिने खबरमा,कसरी बसौँ

न त चले कदम नै मददै बिना
अधमरो पयरमा,कसरी बसौँ

अतिशयै सरलता म छु "कोमल"
विरल यी कदरमा,कसरी बसौँ

आदरणीय पोस्टराज चापागाईं
ज्यूद्वारा प्रतिपादित
छन्द :- छुकुङरी
सूत्र:- III SII ISI ISI S
गण :- न भ ज ज गु
४/४ अक्षरमा विश्राम

कोमल भट्ट
पुरानो नैकाप-७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क

Wednesday, 3 July 2013

(आजको पञ्चाङ्ग र राशीफल )विक्रमसंवत् २०७० साल आषाढ २० गते बिहीबार, ईश्वीसन् २०१३ जुलाई ०४, नेपाल संवत् ११३३,

आजको पञ्चाङ्ग र राशीफल विक्रमसंवत् २०७० साल आषाढ २० गते बिहीबार, ईश्वीसन् २०१३ जुलाई ०४, नेपाल संवत् ११३३,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । पूर्व वा दक्षिण दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने समय छैन ।

Tuesday, 22 January 2013

यौन सम्पर्क पछि किन सुत्न चाहन्छन पुरुष ?



यो एउटा समस्याको रुपमा खडा भएको छ जसले धेरै महिलालाई निराश बनाउने काम गर्दछ । तर, वैज्ञानिकहरुले सेक्स गर्ने बित्तिकै सुत्ने पुरुषहरुका लागि राम्रो बहाना निकालिदिएको छ । जब पुरुषहरु यौनक्रियामा संलग्न हुन्छन् तब उनीहरुको दिमागले सुत्नको लागि आदेश दिन्छ, एक नयाँ अनुसन्धानले प्रकाशित गरेको छ । चरमोत्कर्षपछि पुरुषको दिमागले सोच्ने काम बन्द गर्ने वैज्ञानिकहरुले उक्त अनुसन्धानमा उल्लेख गरेका छन् । त्यसको ठिक बिपरित महिलाहरु चरमोत्कर्ष पछि थप उर्जाशील हुने र पुरुषहरु सुतिदिनाले निराश भएर छततिर हेरेर बस्ने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । चरमोत्कर्षको दौरान र चरमोत्कर्ष पछि पुरुषहरुमा गरिएको उक्त अध्ययनले पुरुषको दिमागको सेलिब्रल कोरटेक्स ( जसले सोच्ने काम गर्छ) पूरै निष्कृय हुने गर्दछ 

Thursday, 25 October 2012

ग्याष्टिक रोगको बारेमा नालीबेली

Dr. Samir Lama, MDGP Resident नेपालीहरुलाई चिनाउने रोगको रुपमा ग्याष्टिक रोग परिचित छ। नेपाली नागरिकता नै ग्याष्टिक रोग भए नभएको अनुसार दिनुपर्छ भनेर ठट्टा गरेर भन्ने गरेको पनि पाइन्छ। आज म यहि ग्याष्टिक रोगको बारेमा वृस्तितमा कुरा गर्न गइरहेको छु। ग्याष्टिक रोग भनेको के हो? मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) भनेर चिनिने यो रोगलाई साधारण बोलीचालीको भाषामा ग्याष्टिक वा ग्याष्ट्रिक भनिन्छ। यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ। किन र कसरी हुन्छ यो ग्याष्टिक रोग? हामीले खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका साथसाथै हाइड्रोक्लोरिक एसिड (Hydrochloric acid) भनिने एक खालको कडा अम्ल पनि हुन्छ। यो अम्लको उत्पादन हाम्रो आमाशयभित्र हुन्छ र यसको काम खाना पचाउनलाई सहयोग गर्नुका साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ। अब प्रश्न उठ्छ कि यस्तो कडा अम्ल हाम्रो आमाशय भित्र हुँदा पनि आमाशयलाई किन केही असर नपरेको होला। किनभने आमाशयलाई यो अम्लबाट बचाउनका लागि हाम्रो शरीरमा विभिन्न प्रकि्रयाहरु हुन्छन्। जस्तै आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस (Mucus) निकालिरहेको हुन्छ जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ। त्यस्तै उक्त अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट (Bicarbonate) एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ। यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकि्रयाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ। यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी (Helicobacter pylori) भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ। नेपाल जस्ता अविकसित देशहरुमा ८०% भन्दा बढि मानिसहरुमा यो किटाणुको संक्रमण भएको अध्ययनहरुमा देखिएको छ। त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ। NSAIDs (Non-steroidal anti-inflammatory drugs) जस्तै ब्रुफेन निम्स आदि दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुनेगर्छ। यो रोगको शंका लागेमा वा यो रोगको पहिचानका लागि के के जाँचहरु गर्न सकिन्छ? साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लगाउने गरिन्छ, यो तरिकालाई क्लिनिकल डायगनोसिस (Clinical Diagnosis) भनिन्छ। माथि भनिएका लक्षणहरु पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्याष्ट्रिक वा ग्यास्ट्राइटिस रोग भनी भन्ने गरिन्छ। तर कहिलेकाही अरु रोगहरुसंग झुक्किने हुँदा र यो रोगको अरु जटिल अवस्थाहरु भइसकेका छन् की छैनन् भनी थाहा पाउनका लागि केही जाँचहरु गर्ने गरिन्छ। जस्तै- यो रोगमा कहिलेकाहीं छाति पोल्नुका साथै दुख्ने पनि हुन्छ र मुटुका रोगहरुसँग झुक्किने हुन्छ। त्यसैले त्यस्तो बेला मुटुको रोग हो होइन भनि छुट्याउनका लागि मुटु सम्बन्धि जाँचहरु (इसिजी, मुटुका इन्जाइमहरुको मात्रा आदि) गर्नुपर्ने हुन्छ। त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटाइटिस/ Pancreatitis (प्यान्क्रियाज/ Pancreas को इन्फ्लामेसन), एपेन्डिसाइटिस/ Appendicitis (एपेन्डिक्स/ Appendix को इन्फ्लामेसन), कोलेसिस्टाइटिस/ Cholecystitis (पित्तथैलीको इन्फ्लामेसन) आदि रोगहरुसंग झुक्किने हुन्छ। त्यसैले ती रोगहरुबाट छुट्याउनका लागि रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स-रे आदि गर्नुपर्ने हुन्छ। साथै कुनैकुनै अवस्थामा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिस रोगमा हुनसक्ने जटिल अवस्थाहरु जस्तै ग्याष्ट्रिक अल्सर (आमाशयको भित्री भागको सतह खिइएर घाउ हुनु), ड्युडेनल अल्सर (सानो आन्द्राको अल्सर), आमाशय वा आन्द्रामा प्वाल पर्ने (Perforation of peptic ulcer or duodenal ulcer) आदि भए नभएको थाहा पाउनको लागि अप्पर इन्डोस्कोपी/ Upper Endoscopy (मुखबाट पाइप छिराएर पेटमा घाउ भएनभएको हेर्ने जाँच गर्ने), पेटको एक्स-रे गर्ने आदि गर्नुपर्ने हुन्छ। त्यस्तै हेलिकोब्याक्टर पाइलोरी/ H. pylori किटाणुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ। यसका जाँचहरु नेपालका सबै अस्पतालहरुमा उपलब्ध नहुन सक्छन्।यी सबै जाँचहरु र आफूलाई गर्न लागिएका जाँचहरुका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ। यो रोगबाट बच्न के गर्न सकिन्छ? साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ। रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ। साथै दुखाइ कम गर्ने औषधीहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन। र रोगको शंका लागेमा तुरुन्त डाक्टरलाई देखाइ औषधी सेवन गर्ने रोकथामका उपायहरु अपनाउने गर्नाले यसका जटिल अवस्थाहरुबाट बच्न सकिन्छ। यसको उपचार के हो? घरेलु उपचारहरु जस्तै चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरै बेर खाली पेट नबस्ने आदि गर्नाले पनि यो रोगबाट धेरै छुटकारा मिल्छ। ग्याष्टिकको समस्या धेरै नै छ र घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ। यो रोगका लागि चिकित्सकले प्रायः प्रयोग गर्ने औषधीहरुमा एन्टासिड (Antacid) आमाशय भित्रको अम्लको असर कम गर्नका लागि, रेनिटिडिन (Ranitidine) जुन एसिलक, आर-टिन आदि नाममा पाइन्छ र प्रोटोन पम्प इन्हिबिटर (Proton pump inhibitor) प्राजोल समुहका औषधीहरु जस्तै ओमेप्राजोल (Omeprazole), प्यान्टोप्राजोल (Pantoprazole), एस्मोप्राजोल (Esmoprazole) आदि, जुन प्यान्टोप, प्यान ४० आदि विभिन्न व्यापारिक नामहरुमा पाइन्छन्। साथै हेलिकोब्याक्टर पाइलोरी किटाणुको संक्रमणले गर्दा यो समस्या भएको हो भने ट्रिपल थेरापी (Triple therapy) भनिने उपचार पद्धति शुरु गरिन्छ, जसमा प्रायः क्लारिथ्रोमाइसिन/ Clarithromycin, एमोक्सीसिलिन/ Amoxicillin र ओमेप्राजोल/ Omeprazole गरी ३ औषधीहरु ७ दिनको लागि प्रयोग गरिन्छ। यी औषधीहरु हामीमध्ये धेरैजसोले साधारण ग्याष्टिकको औषधी त हो नि भनि चिकित्सकको सल्लाह विना प्रयोग गर्ने गर्छौं तर यिनका खराब असरहरु पनि हुन्छन् र चिकित्सकको सल्लाह विना यिनको प्रयोग गर्नु हानिकारक हुनसक्छ। अझ अरु रोगको औषधी पनि खाइरहनु भएको छ भने ती औषधीहरुसंग यसले प्रतिकि्रया (रियाक्सन/ reaction) गर्नसक्छ। त्यसैले यस्ता औषधीहरुको प्रयोग गर्नु अघि चिकित्सकसंग सल्लाह लिनु उचित हुन्छ। र अन्त्यमा, ग्याष्ट्रिक रोगमा धेरैले पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने, गोला हिड्ने गरेको बताउने गर्छन्। तर चिकित्सा शास्त्रमा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिसमा त्यस्ता लक्षणहरु हुन्छन् भनेर भनेको छैन। त्यसो भने ती लक्षणहरु के हुन् त? मेरो व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने कुरा शरीरको सबैभन्दा ठूलो धमनी (रगत मुटुबाट शरीरका अन्य भागहरुमा लैजाने रक्तनली) एब्डोमीनल एओर्टा (Abdominal aorta) हो। यो मुटुको खुम्चने र फुक्ने प्रकि्रयासँगै खुम्चने र फुल्ने गर्छ। ग्यास्ट्राइटिसमा दुख्ने आमाशय, ड्युडेनमको ठिक पछाडी यो धमनी हुन्छ, त्यसैले ती ठाँउहरुमा दुख्ने बेलामा त्यहाँ छाम्दा उक्त धमनी चलेको छामिन्छ र ग्याष्ट्रिक रोगमा त्यो उफ्रेको जस्तो लाग्ने गर्छ। त्यस्तै गोला हिड्ने चाँही सानो आन्द्रा ठूलो आन्द्राहरुको नियमित चल्ने प्रकि्रया पेरिस्टाल्सीस (Peristalsis) हुनसक्छ। खाएको खाना पचाउनका लागि तलतल लैजानका लागि आन्द्राहरु नियमित रुपमा चलिरहने हुन्छन् र विरामीले त्यही चाल याद गरेको हुनुपर्छ। स्रोत:- myhealthynepal.blogspot.com

Saturday, 13 October 2012