ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label bibidh. Show all posts
Showing posts with label bibidh. Show all posts

Thursday, 29 May 2014

सनातनी बिर हरु को लागि हाम्रो आबाहन (हिन्दु धर्म को रक्क्षा गरौ )

सनातनी बिर हरु को लागि मेरो आबाहन : असुरहरुले अब शिवलिंग माथि गलत टिप्पणी गर्छ भने यो अतिमहत्वपूर्ण अकाट्य वैज्ञानिक एवं अध्यात्म विज्ञानले परिपूर्ण तथ्यले प्रास्त गर्न सक्नु हुनेछ| ::: तै भएर पढ्नु भन्दा पहिला share गर्नुहोस्|
|| हर हर महादेव||
शिवलिंग : शिवलिंग को बारेमा मानिसहरुलाई यति मात्रामा भ्रम छ त्यो पनि तेसको नामलाई लिएर!!
आज कल मानिसहरु तेसको जुन अर्थ निकाल्छ खास गरि हालको नव विद्वानहरु, त्यो यहाँ भन्न सक्दिन किन कि म तेस भ्रमहरुलाई प्रचार गर्न चाहन्न।
सबै भन्दा पहिलो कुरो यो मानव मन अति चंचल छ र कसैबाट सत्य कुरा भन्दा गलत एवं असत्य कुरा सुन्दा यो मस्तिष्कले सारै सताउँछ कि सत्य के हो! तेसमा पनि आज कल अधर्मीहरुले प्रकाशित गरेका दिग्भ्रमित गर्ने किताबहरुले गर्दा साधारण व्यक्तिको लागि समस्या झन जटिल बनेको छ| तेसैले जुन कुरा तपाईलाई थाहा हुदैन तेसको बारेमा सनातन धर्मका वरिष्ठ एवं शास्त्रका ज्ञाताको वचनको अनुसरण गर्नु होला|

प्रथम कुरा संस्कृतमा "लिंग" को अर्थ हुन्छ प्रतीक।
जनेंदीयको लागि संस्कृतमा एउटा अर्को शब्द छ - "शिश्न".
शिवलिंग भगवानको निर्गुण-निराकार रूपको प्रतिक हो। भगवानको त्यो रूप जसको कुनै आकार छैन जसमा कुनै गुण ( सात्विक, राजसिक र तामसिक ) छैन, जो सम्पूर्ण ब्रह्माण्डको प्रतीक हो र जो शुन्य-अवस्थाको प्रतिक हो। ध्यानमा योगी जुन शान्त शुन्य भावलाई प्राप्त गर्छ, जो ईश्वरको शान्त र परम-आनन्द स्वरुपको प्रतिक हो तेसलाई नै शिवलिंग भनिन्छ।

वातावरण सहित घुम्दै गरेको धरती वा सम्पूर्ण अनन्त ब्रह्माण्ड (ब्रह्माण्ड गतिमान छ) को अक्स/धुरी (axis) नै लिंग हो।

हामीलाई थाहा छ कि सबै भाषाहरुमा एउटै शब्दको अनेक अर्थ हुन्छ
जस्तै: सुत्रको - डोरी/धागा,गणितीय सुत्र, कुनै भाष्य, लेखनलाई पानी सुत्र भनिन्छ जस्तै नासदीय सुत्र, ब्रह्म सुत्र आदि।
अर्थ :- सम्पति, माने/मतलब (मीनिंग),
तेसी प्रकार यहाँ लिंग शब्दबाट अभिप्राय चिह्न, निशानी वा प्रतिक हो।
यहाँ हेर्नुस, ::
लिंग संस्कृत का शब्द है जिसके निम्न अर्थ है 
त आकाशे न विधन्ते -वै०। अ ० २ । आ ० १ । सू ० ५ रूप ,रस ,गंध र स्पर्श :- यो लक्षण आकाश मा छैन। 

किन्तु शब्द नै आकाशको गुण हो। "निष्क्रमणम् प्रवेशनमित्याकशस्य" लिंगम् -वै०। अ ० २ । आ ० १ ।सू ० २ ० जसमा प्रवेश गर्नु तथा निस्कनु हुन्छ त्यो आकाशको लिंग हो । अर्थात यो आकाशको गुण हो।

"अपरस्मिन्नपरं युगपच्चिरं क्षिप्रमिति काललिङ्गानि" ।-वै०। अ ० २ । आ ० २ । सू ० ६

जसमा अपर, मा, (युगपत) एक वर, (चिरम) विलम्ब , क्षिप्रम शीघ्र इत्यादि प्रयोग हुन्छ , यसलाई काल भनिन्छ, अर्थात यो काल को लिंग हो। 
इत इदमिति यतस्यद्दिश्यं लिंगम। - वै०। अ ० २ । आ ० २ । सू ० १ ०

जसमा पुर्व, पश्चिम, उत्तर, दक्षिण , तल तथा माथि व्यवहार हुन्छ तेसैलाई दिशा भनिन्छ अर्थात यो सबै दिशाको लिंग हो।

"इच्छाद्वेषप्रयत्नसुखदुःखज्ञानान्यात्मनोलिंगमिति" -न्याय० अ ० १ । आ ० १ । सू ० १ ०

जसमा (इच्छा) राग , (द्वेष) वैर, (प्रयत्न) पुरुषार्थ , सुख, दुःख, (ज्ञान) जान्नु आदि गुण छ , त्यो जीवात्मा हो। यो सबै जीवात्माको लिंग अर्थात कर्म एवं गुण हो।

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष को प्रतिक भएकोले यसलाई लिंग भनिएको छ। स्कन्दपुराणमा भनिएको छ कि आकाश स्वयं लिंग हो। धरती तेसको पीठ वा आधार हो र सबै अनन्त शून्यबाट जन्मेर तेसैमा लय हुने कारणले यसलाई लिंग भनिएको छ तथा कयौं अन्य नामहरुले पनि सम्बोधित गरिएको छ। जस्तै: प्रकाश स्तम्भ /लिंग, अग्नि स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग, ब्रह्माण्डीय स्तम्भ/लिंग (cosmic pillar/lingam)
ब्रह्माण्डमा दुई वटा वस्तु मात्रै छन्: ऊर्जा र प्रदार्थ | हाम्रा शरीर प्रदार्थले निर्मित छ र आत्मा ऊर्जा हो।
यसै प्रकार शिव पदार्थ र शक्ति ऊर्जाको प्रतिक बनेर शिवलिंग कहलाउँछ।
ब्रह्माण्डमा उपस्थित समस्त ठोस तथा उर्जा शिवलिंग मै निहित छ। वास्तवमा शिवलिंग हाम्रा ब्रह्माण्डको आकृति हो (The universe is a sign of Shiva Lingam.)
शिवलिंग भगवान शिव र देवी शक्ति (पार्वती) को आदि-आनादी एकल रूप हो तथा पुरुष र प्रकृतिको समानताको प्रतिक पनि अर्थात यस संसारमा न कि पुरुष मात्रको र न कि प्रकृति (स्त्री) मात्रको वर्चस्व हो अर्थात दुवैको सामान छ।
अब अलिकता आईसटीनको सुत्र हेरौं जसको आधारमा परमाणु बम बनाइयो, परमाणुको भित्र छुपेको अनन्त ऊर्जाको एक झलक देखाइयो जो कति विध्वंसक थियो सबैमा बिधितै छ।
e / c = m c {e=mc^2} {ई=एम सी स्क्वेयर} [एनर्जी र मैटर एउटै हो] (डिस्कवरी साइंस चैनलमा आउने क्रार्यक्रम "डार्क मैटर्स- ट्विस्टेड बट ट्रू" को "आइंसटीन रिवेँज" नामक एपिसोड इंटरनेट मा डाउनलोड गरेर हेर्नुहोस्।)

यसअनुसार पदार्थलाई पूर्णतयः ऊर्जामा बदल्छ अर्थात दुई हैन नही एउटै हो तर त्यो दुई वटा भएर स्रष्टिको निर्माण गर्दछ। हाम्रा ऋषिहरुले यो रहस्य हजारौं साल पहिला नै खोजि सकेका थिए।
हाम्रा सन्तहरु/ऋषिहरुले जो हामीलाई वेदहरु, उपनिषदहरुको ज्ञान लिखित रूपमा प्रदान गरेका छन। उहाँहरुले कहिल्यै यो दावा गर्नु भएन कि यो उनीहरुको काम हो। तिनीहरु प्रत्येक कार्यको अन्तमा स्वीकार गरे कि तिनीहरु हामीहरुलाई बताउँदै छन् जो उनीहरुले आफ्ना पूर्वजहरु द्वारा भनिएको छ। यो सार्वभौमिक ज्ञान लगभग १३.७ खरब वर्ष पुरानो हामीलाई संस्कृत जस्तो महान भाषामा उपलब्ध हुन्छ। यस कुनै अन्य भाषामा पुर्नायता (exact) अनुवाद गर्न सकिदैन। कम से कम अंग्रेजी जस्तो कमजोर भाषामा त पटक्कै होइन। जस्तो कि यौटा सानो उद्धाहरण दिदै छु: आज गुगल ट्रांसलेटर http://translate.google.com/ मा लगभग सबै भाषाहरुको समावेश छ किन्तु संस्कृतको होइन। क्योकि संस्कृतको व्याकरण विशाल तथा दुर्लभ छ। यो कुरा नव विद्वान जान्न चाहदैन बरु झन लान्छन लगाउन सिपालु छन्

तपाई भन्नु हुन्छ कि संस्कृत यति इम्पोर्टेन्ट छैन तेसैले छैन होला, यदि इम्पोर्टेन्ट होइन भने नासा ले संस्कृत किन अपनाउन चाहन्छ र आफ्ना नवयुवकहरुलाई किन संस्कृत सिकाउनमा दिन रात एक गरेका छन्? आज किन पाश्चात्यहरु इसाई धर्मालम्बीहरु इसाई को बैबल र अंग्रेजी भाषालाई तेती प्राथमिकता दिई रहेको छैन जति आज भन्दा 10 वर्ष पहिला दिई रहेको थियो???
यहाँ हेर्नुहोस : https://www.facebook.com/JaiNepalHinduRashtra/photos/a.718617811487008.1073741826.718573084824814/882280035120784/?type=1&theater

हामी आफ्नो दैनिक जीवनमा पनि हेर्न सक्छौं कि जब कुनै स्थानमा अकस्मात उर्जाको उत्सर्जन हुन्छ तब उर्जाको विस्तार आफ्नो मूल स्थानको चारै तिर र एक वृताकार पथमा तथा माथि एवं तल तिर अग्रसर हुन्छ अर्थात दसौंदिशाहरु (आठौँ दिशाको प्रत्येक डिग्री (360 डिग्री)+माथि एवं व तल ) हुन्छ, फलस्वरूप एक क्षणिक शिवलिंग आकृतिको प्राप्ति हुन्छ हस्तो बम विस्फोटले प्राप्त उर्जाको प्रतिरूप , शांत जलमा सानो ढुंगा फ्याकनाले प्राप्त तरंग (उर्जा) को प्रतिरूप आदि ।

स्रष्टिको आरम्भमा महाविस्फोट पश्चात उर्जाको प्रवाह वृत्ताकार पथमा तथा माथि एवं तल तिर भयो फलस्वरूप एक महाशिवलिंगको प्राकट्य भयो जसको वर्णन हामीलाई लिंगपुराण, शिवमहापुराण, स्कन्द पुराण आदिमा भेट्छ कि आरम्भमा निर्मित शिवलिंग यति विशाल (अनन्त) तथा देवता आदि मिलेर पनि तेस लिंगको आदि र अन्तको छोर वा शास्वत अन्त पाउन सकेन।
पुराणहरुमा भनिएको छ कि प्रत्येक महायुगको पश्चात समस्त संसार यसै शिवलिंगमा समाहित (लय) हुन्छ तथा यसैबाट पुनः सृजन हुन्छ।

[तेही आदि शक्तिको आदि स्वरुप (शिवलिंग ) बाट इस समस्त संसारको उत्पति भयो तथा तेसको यस गोलाकार / सर्पिलाकार स्वरुप प्रत्यक्ष अथवा परोक्ष तथा प्राकृतिक अथवा कृत्रिम रूपले हाम्रो चारै तिर स्थित छ।

1. हाम्रो आकाश गंगा 
2. हाम्रा छिमेकि अन्य आकाश गंगाहरु (पाँच-सात -दस हैन, अनन्त छ )
3. ग्रहहरु, उल्काहरु आदिको गति (पथ)
4.ब्लैक होल को रचना 
5. सम्पूर्ण पृथ्वीमा आएको गएको सर्पिलाकार चिन्ह (यी सबै अझै रहस्य बनेको छ, यो हजारौंको संख्यामा छ, जसमध्यबाट अधिकतर पिरामिडहरु भन्दा पनि पुराने छ)
6. समुद्री तुफान 
7. मानव डीएनए
8. मानव कुण्डलिनी (सर्पिलाकार / गोलाकार/ कुण्डलको समान ) शक्तिको प्रतिरूप । 
9. जल धारा 
10. जीवाश्म
11. परमाणुको संरचना
12. शंख को संरचना
13. समुद्री जीवहरुको गति
14. मकड़ी को जाल
15. वायु तुफान 
16. प्रकृति
17. घोंघा 
18. बम विस्फोटले निकली
ऊर्जाको प्रतिरूप ।
19. ब्रह्माण्डमा हुने वाला दैनिक स्वविस्फोट
20. सरोवरमा खस्ने पानीको थोपाको प्रतिरूप
21. लट 
22. पुष्प 
23. डीएनए को 
न्युक्लियोटाइड संरचना ।
24. शिवलिंग

यस प्रकारको करोडौं वृताकार संरचनाहरुको सम्बन्ध "ॐ" सित छ (पुरानो पोस्टमा नासा द्वारा जारी गरिएको सुर्यको ध्वनि सुन्नु भएको छ होला :video मा) 

साथीहरु हो ! उपरोक्त वर्णन पुर्णतया सत्य छ यसको अतिरिक्त तपाई शिवलिंग को कतै अरु यसको विपरीत (गलत) व्याख्या देख्नु हुन्छ भने त्यो पूर्णतया गलत छ,

षड्यन्त्रकारीको षड्यन्त्र, सेकुलरहरुको मलेच्छ नस्ल, विधर्मियहरुको कुत्सित कियाकलाप, मुर्खहरुको भ्रमित बुद्धिको प्रलाप तथापि केहि सयौं वर्ष पुर्व मानिसहरु द्वारा चलाइएको मजहबी दुकानहरुको उन्नति हेतु सनातन धर्म माथि हिलो फ्याक्ने असफल प्रयास मात्र हो।खैर यी सबै देवहरु र असुरहरुको पुरानो प्रेम हो| तसर्थ यदि कतै शिवलिंग माथि नकारात्मक कुरा चली रहेको हेर्दा चुप लगेर हेर्नु भन्दा यो लिंक पोस्ट गरि शिक्षा फैलाउनु तपाई को धर्म प्रतिको कर्तव्य हुनेछ|

|| हर हर महादेव || जय सनातन धर्म ||
भिडियो हेर्नुहोस 

''
Download

Sunday, 27 April 2014

किन रोकिदैन भारतीय सेतो अण्डाको आयात, के गर्दैछ सरकार ? (भिडियोसहित)

नवलपरासी, वैशाख १४ । सरकारले भारतबाट पंक्षीजन्य वस्तुको आयातमा रोक लगाए पनि नवलपरासीका केही गाउँ विकास समितिमा भारतीय क्षेत्रबाट कुखुराको सेतो अण्डाको आयात रोकिएको छैन । एक रिपोर्ट ...
इमेज खबरथप भिडियो हेर्न यहाँ जानुहोस >>> जानिराखौ .कम

''
Download

Wednesday, 2 April 2014

काठमाडौंले एकै दिन ७ सय राँगा खान्छ !

१९ चैत, काठमाडौं । भैंसीको ममःका लागि प्रख्यात काठमाडौं उपत्यकामा एक दिनमा ७ सय राँगा काटिने गरेको सरकारी अधिकारीले बताएका छन् । उपत्यकामा कुखुराको मासु दैनिक २ लाखदेखि अढाइ लाखसम्म खपत हुने गरेको छ ।


भारतीयले भन्दा नेपालीले बढी मासु खाने गरेको र एकै वर्षमा ६० हजारभन्दा बढी राँगा विदेशबाट नेपाल भित्र्याइएको तथ्यांक बुधबार सिंहदरबारबाट सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले मासुसम्बन्धी रोचक तथ्यांक सार्वजनिक गरेका छन् ।

उपत्यकामा सुँगुर थोरै, राँगा धेरै

सचिव बास्कोटाले दिएको जानकारीअनुसार काठमाडौंमा दैनिक करिव ७ सयवटा राँगाको खपत हुने गरेको छ । त्यस्तै ९ सय ८० देखि ११ सय वटासम्म खसी/बोकाको दैनिक खपत हुने गरेको छ ।

बास्कोटाका अनुसार काठमाडौंले दैनिक १ सय ५० वटासम्म बंगुर/संगुरको खपत गर्छ । कुखुराका मासु भने उपत्यकामा मौसमअनुसार दैनिक २ लाखदेखि अढाइ लाख किलोसम्म खपत हुने गरेको छ बास्कोटाले बताएका छन् ।

वर्षमा करिब ३ लाख मेट्रिकटन मासु खपत

पशु सेवा विभागलाई उधृत गर्दै सचिव बास्कोटाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा नेपालमा कुल २ लाख ९५ हजार ४ सय ८६ मेट्रिकटन मासु उत्पादन र खपत भएको छ ।

उनका अनुसार नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष मासुको उपलब्धता गत वर्ष ११ केजी रहेकोमा चालू चालु आर्थिक वर्षमा ११.३ केजी प्रतिव्यक्ति रहेको छ । साथै आगामी वर्ष मासुको सपत ११.५६ केजी र अझ अर्को वर्ष ११.८७ केजी पुग्ने सरकारी अनुमान छ ।

यसैगरी चालू आर्थिक वर्षमा २ लाख ९९ हजार मेटि्रक टन मासुको उत्पादन हुने र आगामी बढेर ३ लाख ११ हजार मेटि्रक टन पुग्ने बास्कोटाले पशु सेवा विभागलाई उधृत गर्दै जनाएका छन् ।

कुन देशको नागरिकले कति मासु खान्छ ?

वर्षेनी प्रतिव्यक्ति मासुको खपत सबैभन्दा बढी हुने देशमा लक्जमवर्ग पर्छ । लक्जमवर्गमा वर्षेनी प्रतिव्यक्ति १३६ केजी मासु खपत हुन्छ । त्यसैगरी अमेरिकामा १२३ केजी, अष्ट्रेलियामा १२१ केजी, न्यूजील्याण्डमा ११६ केजी र स्पेन ११० केजी प्रतिव्यक्ति मासु खपत हुने गरेको बास्कोटाले तथ्यांक पेश गरेका छन् ।

त्यसैगरी कम मासु खपत गर्ने देशहरुमा स्आण्डा ५.४ केजी, बुरुण्डी ५ केजी, कंगो ४.५ केजी, बंगलादेश ४.१ केजी र भारत ३.२ केजी रहेका छन् । यस क्रममा नेपालको औषत प्रतिव्यक्ति वाषिर्क खपत १०.६ केजी रहेको पनि सचिव बास्कोटाले बताए ।

दक्षिण एशियामा नेपाल मासुको राम्रै खपत गर्ने मुलुक भएकाले यसको उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बास्कोटाको तर्क छ ।

विदेशबाट मासु आयात गर्नु विडम्बना

छलफलमा पशु सेवा विभागका महानिर्देशकले गत गत आर्थिक वर्ष नेपालले विदेशबाट ६० हजार ५ सय ६६ वटा राँगा आयात गरेका जानकारी गराएका थिए । त्यसैगरी सो आर्थिक वर्षमा ४ लाख ११ हजार ८८ वटा खसी/बोका आयात भएको महानिर्देशकले बताए ।

सचिव बास्कोटाले कृषि प्रधान देशले खाद्यान्न, हरियो तरकारी, फलफूल, माछा मासु विदेशबाट आयात गर्नुपर्ने स्थिति विडम्वना पूर्ण भएको बताए । बास्कोटाले कृषि विकास मन्त्रालयका सचिव र पशु सेवा विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई मासुमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउनसमेत आग्रह गरे ।
नेपाललाई मासुमा आत्मनिर्भर तुल्याउन विभिन्न कार्यक्रम सञ्चालन भएको बास्कोटाले बताएका छन् । जस्तै, पाडा हुर्काउने कार्यक्रम, बंगुर तथा कुुखुरा पालनको सहकारी खेती कार्यक्रम, बाख्रा तथा भैसीको वृद्धिका लागि वृहत्तर प्याकेज कार्यक्रम तथा युवा लक्षित कार्यक्रम रहेको कुरा बास्कोटाले छलफलमा जानकारी दिए ।
त्यसैगरी सरकारी अधिकारीहरुको छलफलमा साना किसान बैंकका प्रतिनिधिले ३१ हजार ७ सय ४९ किसानलाई मासु उत्पादन कार्यक्रम अन्तर्गत २ अर्ब २७ करोडको ऋण प्रवाह गरेको बताए ।
छलफलमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले पशु विमाको पि्रमियममा ५० प्रतिशत छुट दिइएको तर कम भएकाले यसलाई ७५ प्रतिशत पुर्‍याउनुपर्ने बताएका थिए । त्यस्तै १ करोडसम्मको मात्रै विमा पि्रमियम रकममा छुट दिने सीमा हटाउनु पर्ने र कृषि क्षेत्रको ऋण प्रवाहमा ३ प्रतिशत ब्याज अनुदान दिने सरकारी नीति आउनुपर्ने खनालको माग थियो ।

त्यस्तै बाख्रामा पनि कृत्रिम गर्भाधानको कार्यक्रमलाई बढावा दिनुपर्ने र कृषि क्षेत्रका केही पैठारीमा अझै पनि भन्सार लाग्ने गरेकाले सो छुट हुनुपर्ने, वैदेशिक तालीममा किसानलाई पठाउनुपर्ने, यान्त्रिकीकरण नीति शीघ्र जारी गर्नुपर्ने र करार खेती ऐन जारी गर्नु पर्ने खनालले बताए ।
सचिव वास्कोटाले नेपालमा प्रशस्त चरन क्षेत्र भएको र मासुको माग पनि बढी रहेकाले पशु पालनमा जोड दिन सम्बन्धित मन्त्रालयका अधिकारीहरुसँग आग्रह गरे ।

नेपालमा कति छन् चौपाया ?

बास्कोटाका अनुसार हाल नेपाल ७२ लाख ४५ हजार गाईगोरु, ५१ लाख ३३ हजार भैसी, ९५ लाख १२ हजार बाख्रा, ८ लाख ७ हजार भेडा, ११ लाख ३७ हजार सुंगुर/बंगुर, ४ करोड ५१ लाख ७१ वटा कुखुरा र ३ लाख ७७ हजार हाँस रहेका छन् । यिनको संख्या वर्षेनी ५० प्रतिशतका दरले वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बास्कोटाको राय छ ।

स्त्री चौपायाको मासु बेच्नेलाई चेतावनी

सिंहदरबारमा भएको छलफलमा सचिव वास्कोटाले सबै मासु पसलले अनिवार्यरुपमा मूल्य सूची टाँस गर्नुपर्ने, सर-सफाइमा ध्यान दिनुपर्ने, सिसाको फ्रेम लगाउनुपर्ने, वधशालाको व्यवस्था गर्नुपर्ने र मासुमा स्त्री चौपाया मिसाई बिक्री गर्ने र बासी तथा सडेगलेको मासु बिक्री गर्नेउपर कडा कारवाही गर्नु पर्ने बताए

Wednesday, 19 March 2014

७ प्रकारका श्रीमती हुन्छन , तपाईकी कस्ती छिन् नि ?

तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन् ।

कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए ।

उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छः

१. बधक पत्नी
जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

२.चोरीसम (चोर) पत्नी
पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

३. आयासम (स्वामिनी) पत्नी
केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।

४. मातुसम (आमा जस्ती) पत्नी
आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

५. भगिनीसम (बहिनी जस्ती) पत्नी
पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।

६.सखीभरिया (साथी जस्ती) पत्नी
पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

७. दासीसम (दासी जस्ती) पत्नी
कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।


सात प्रकारका पत्नीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका पत्नीहरु छन्। यी मध्ये तिमी आफूलाई कुन प्रकारकी पत्नी मान्छौ ।

ल अब तपाईँ पनि भन्नुस्, तपाईँ महिला हुनुहुन्छ भने तपाईँ कस्ती पत्नी ? तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँकी पत्नी कस्ती ?                                                                                                          
 - डा. सुबोध पोखरेलको फेसबुकबाट ।

चार्टर्ड विमान लिएर विदेशी किन आउँछन् नेपाल ?

काठमाडौ, चैत्र ५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १० वटा चार्टर्ड विमान अवतरण भए, ६ फागुनमा। बौद्धस्थित हायात रिजेन्सी होटलमा याक एन्ड यती होटलका संस्थापक राधेश्याम सर्राफकी नातिनीको बिहेको निम्तो मान्न त्यति धेरै चार्टर्ड विमान उत्रेका रहेछन्। तीमध्ये विश्वका ४१औँ र भारतका दोस्रा धनाढ्य लक्ष्मी मित्तलदेखि उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसम्म थिए।
चार्टर्ड विमानको अवतरण भएको यो नै पहिलो र अन्तिम घटना थिएन। नागरकि उड्डयन प्राधिकरणका अनुसार झन्डै पाँच वर्षअघि विश्वयात्रामा निस्केका पाइलटहरूले एक दर्जन विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए। विमानस्थलमा दैनिक अवतरण र उडान गर्ने विमानको संख्या सरदर चार सय हो।
त्यसमा आउने सबै सामान्य यात्रु मात्रै हुँदैनन्। विश्वप्रसिद्ध औद्योगिक घरानाका मालिकहरू, नेपालमा व्यवसाय प्रवर्द्धन गर्न चाहने व्यापारीहरू र कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरू चार्टर्ड फ्लाइटमा नेपाल भित्रिन्छन्।

पछिल्ला तीन महिनामा मात्रै काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ वटा अन्तर्राष्ट्रिय चार्टर्ड विमान अवतरण गरसिकेछन्। जबकि, सन् २०१३ मा यो संख्या २ सय ७५ थियो। सोही वर्ष नेपालमा ३७ वटा एयरएम्बुलेन्स आएका थिए भने पछिल्लो तीन महिनामा मात्रै नौवटा एयर एम्बुलेन्स आएका छन्। यो तथ्यले सरदर मासिक तीनवटा एयर एम्बुलेन्स काठमाडौँमा अवतरण हुने गरेको देखिन्छ।
०६४ सालमा सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनका बेला अनुगमन गर्न आएका पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टर पनि प्राइभेट चार्टर्ड विमानबाटै नेपाल आएका थिए। तर, दोस्रो संविधानसभा निर्वाचनमा भने उनी नियमित उडानबाटै आएका थिए।
एक महिनाअघि मात्रै अमेरकिन लाइफ इन्स्योरेन्स कम्पनी (एलिको)का प्रमुख कार्यकारी अधिकृत आफ्नै चार्टर्ड विमानमा हङ्कङ्बाट नेपाल आएर दुई दिन बसी फर्केका थिए। त्यसै गरी बहुराष्ट्रिय कम्पनी केन्टकी फ्राइड चिकेन (केएफसी)का प्रमुख कार्यकारी अधिकृत जेभियर विनिटो पनि आफ्नै पाँचदेखि सात जनासम्म अट्ने सानो चार्टर्ड विमानमा नेपाल आउनेमा पर्छन्। केही महिनाअघि मात्रै फिनल्यान्डबाट दूरसञ्चार कम्पनीका मालिक र हाइड्रोपावरका व्यापारीहरू चार्टर्ड फ्लाइटमा काठमाडौँ आएका थिए। तर, तिनीहरूको नाम भने खुल्न सकेको छैन।

भदौको अन्तिम साता काठमाडौँमा आयोजित साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न अफगानिस्तानका चार मन्त्री, ३० उच्चपदस्थ अधिकारीहरू केएफएम ३३३ विमान चार्टर गरेर काठमाडौँ आइपुगेका थिए। त्यस्तै गत ४ र ५ वैशाखमा रसियन एयरलाइन्सको आईएल-७६ चार्टर्ड विमान पानपराग, गुटखा र पान मसलालगायत सामान लिन काठमाडौँमा अवतरण गरेको थियो, जसले अमृतसरका लागि उडान भरेको थियो। भारतमा उत्पादनमा प्रतिबन्ध लागेपछि गुटखाजन्य पदार्थ नेपालबाट ओसारँिदै आएको छ। यो तथ्यले व्यापारकि प्रयोजनका लागि समेत नेपालमा चार्टर्ड विमान आउने गरेको पुष्टि गर्छ।
फ्रिडम एरो सर्भिसका सुदर्शन शर्माका अनुसार चार्टर्ड विमानमा आउने सबै जना भीआईपी मात्रै हुँदैनन्। भन्छन्, "युरोप र अमेरकिामा रहेका कतिपय ट्राभल एजेन्सी आफ्ना सेवाग्राहीलाई चार्टर्ड विमानमै घुम्न ल्याउँछन्।"
उनका अनुसार युरोपमा रहेको थोमसोम एयरवेज त्यस्तै एक हो, जसले नेपालका लागि मात्रै वर्षमा तीन-चारवटा चार्टर्ड फ्लाइट गर्छ। त्यस्तै कतिपय विदेशी भने नेपालमा सिकार खेल्नकै लागि विमान चार्टर गरेर आउँछन्। जस्तो कि, गत चैतको अन्तिम साता दुई रसियन र एक अस्ट्रेलियन नागरकि ढोरपाटन सिकार आरक्षमा सिकारका लागि बि्रटिस विमान बम्बार्डियर चार्टर गरेर आएका थिए।
फ्रिडम एरो सर्भिसले आगामी २३ मार्चमा नेपाल आउन लागेको मलेसियन विमान कम्पनी बर्जैया एयरका लागि नागरकि उड्डयन प्राधिकरणबाट आवश्यक कागजात मिलाइसकेको छ। सर्भिसका प्रतिनिधिसमेत रहेका शर्माका अनुसार चार्टर्ड विमानमा आउनेमध्ये कतिपयको आफ्नै निजी विमानसमेत हुने गरेको छ। तीमध्ये कतिपय खाडी राष्ट्रका नागरकि पनि छन्। तीन वर्षअघि साउदी अरबबाट चार्टर्ड विमानमा आएका आमिरका बारेमा शर्मा भन्छन्, "उनीहरूको उद्देश्य विशुद्ध रूपमा नेपाल घुम्नु थियो।"
साढे तीन वर्षअघि साउदी अरबका राजकुमार अल वालिद विन तलाल पनि बोइङ् ७४७ लिएर नेपाल घुम्न आएका थिए। हिमालयन एडभेन्चर्स कम्पनीका निर्देशक राजेन्द्र बजगाईँ केही वर्षअघि खाडी राष्ट्र दुबईको फतिमा गल्र्स स्कुल र रसिद ब्याइज स्कुलका विद्यार्थीहरू दुईवटा ७३७ बोइङ्मा नेपाल घुम्न आएको सम्झन्छन्।
विदेशी चार्टर्ड विमानहरूका निम्ति नेपालमा बसेर एजेन्टको काम गर्दै आएको सूर्य एयर सपोर्ट त्यस्तो संस्था हो, जसले नेपाल आउने अधिकांश संयुक्त राष्ट्र संघीय विमानका निम्ति व्यवस्थापनको काम गर्छ। उक्त संस्थाका अनुसार वाषिर्क झन्डै २५ देखि ३० वटासम्म संयुक्त राष्ट्र संघका चार्टर्ड विमान नेपाल आउँछन्। तिनीहरूमध्ये अधिकांश यात्रु भीआईपी हुन्छन्, जसको जानकारी अक्सर सार्वजनिक गरिँदैन।
नागरकि उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार सन् २०१३ मा मात्रै संयुक्त राष्ट्र संघका ५८ वटा चार्टर्ड विमान नेपालमा अवतरण भएका थिए। पछिल्लो तीन महिनामा यसको संख्या १८ रहेको छ। नेपालमा आउने चार्टर्ड विमानमा अमेरिकी सेनाका विमानको संख्या पनि उल्लेख्य छ। बर्सेनि अमेरिकी सेनाका झन्डै २० वटासम्म चार्टर्ड विमान काठमाडौँमा अवतरण हुन्छन्। स्रोतका अनुसार नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास, नेपाली सेनाको स्तरोन्नतिका निम्ति हुने अभ्यास र अन्य सहयोगका सामग्री बोकेर ती विमान नेपाल आउँछन्। जस्तो ः नेपाली सेनासँगको मानवीय सहयोग र विपत्ति व्यवस्थापनसम्बन्धी तालिमलाई सहयोग पुर्‍याउन सी-थर्टी टू बी कल साइनको विमान १२ चैतमा दुई दिनका लागि काठमाडौँ आउँदै छ। त्यसको अनुमतिका लागि परराष्ट्र र रक्षा मन्त्रालय हुँदै कन्सुलर विभागमा आएको पत्र १४ फागुनमा नागरकि उड्डयन मन्त्रालय पुगिसक्यो।
चार्टर्ड विमानमा नेपाल आउनेमा कूटनीतिक नियोगका उच्च अधिकारीहरूको संख्या उल्लेख्य छ। त्यसमध्ये अमेरिकी र बेलायती कूटनीतिक नियोगका अधिकारीहरू धेरैजसो चार्टर्ड विमानमा नेपाल आउँछन्। सन् २०१३ मा मात्रै ३९ वटा चार्टर्ड विमानमा कूटनीतिक उडान भएका थिए। पछिल्लो तीन महिनामा मात्रै दुई चार्टर्ड फ्लाइटमा उच्च कूटनीतिक पदाधिकारीहरू नेपाल आइसकेका छन्।
अधिकांश चार्टर्ड फ्लाइट भारतबाट आउँछन्। त्यसबाहेक फिनल्यान्ड, इटाली र अरब मुलुकबाट पनि चार्टर्ड फ्लाइट आउने गरेका छन्। चार्टर्ड फ्लाइट नियमित उडानमा यात्रु बोकेर आउनेभन्दा फरक हुन्छन्। जस्तो ः एकैचोटि दुई सय यात्रु बोक्न सक्ने जापान एयरलाइन्सको बोइङ् ७७७ ले पछिल्लो एक महिनामा सात विभिन्न उडानका लागि नागरकि उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ। त्यसमध्ये उसले तीनवटा उडान गरसिक्यो।
खास गरी ट्राभल एजेन्सीले विभिन्न स्किम ल्याएर आफैँले यात्रु जम्मा गरेर विमान चार्टर्ड गर्ने गर्छन्। नेपालमा हुने चार्टर्ड फ्लाइटमा विदेशी हेलिकप्टरको उडान भएको रेकर्ड भने नागरकि उड्डयन प्राधिकरणसँग छैन।
व्यक्तिगत प्रयोजनका चार्टर्ड विमान नेपाल आउनुअघि नागरकि उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिनुपर्ने हुन्छ। यस्तो अनुमति लिँदा विमानको प्रकार, कलसाइन र मुख्य पाइलटको नाम र नेपाल बस्ने समय खुलाउनुपर्ने हुन्छ। यस्तो कामको जिम्मा अक्सर नेपालमा रहेका एजेन्टलाई दिइन्छ।
कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूले गर्ने चार्टर्ड फ्लाइटको अनुमति भने नेपालस्थित सम्बन्धित देशका दूतावासले परराष्ट्र मन्त्रालयमा औपचारकि पत्र लेखेपछि सुरु हुन्छ। त्यस्तो पत्र परराष्ट्र मन्त्रालयले रक्षा मन्त्रालयमा पठाउँछ र त्यहाँबाट कन्सुलर शाखा हुँदै पर्यटन तथा नागरकि उड्डयन मन्त्रालय हुँदै नागरकि उड्डयन विभागमा आइपुग्छ र अनुमति प्राप्त हुन्छ। जस्तो ः १० चैतमा विकेडीपी एस १४ कल साइनको बेलायती गल्फ स्टि्रम विमान लिएर पाइलट माइकल डेभिड काठमाडौँ आउँदै छन्। तीन दिन नेपालमा बसेर भुटानको पारो विमानस्थल जाने उक्त विमानका लागि काठमाडौँस्थित बेलायती दूतावासले कूटनीतिक सुविधासहितको अवतरण र उडान अनुमति लिइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कूटनीतिक नियोगका चार्टर्ड विमानका निम्ति शुल्क नलिए पनि अन्यले भने विमानको तौलका आधारमा शुल्क तिर्नुपर्छ। २५ देखि ५० हजार किलोसम्मका विमानले एकचोटि अवतरण गरेबापत विमानस्थललाई ४ सय ३७ डलर र २५ हजारभन्दा कम तौलका विमानले १ सय ७१ डलर शुल्क तिर्नुपर्छ। नियमित उडानबाहेक मनग्य पैसा खर्चेर चार्टर्ड विमानमा आउनेहरूको संख्याले नेपाल धनाढ्यहरूको समेत गन्तव्य रहेको मात्रै पुष्टि गर्दैन, त्यस्ता विमानबाट विमानस्थललाई समेत आर्थिक रूपमा फाइदा पुग्छ।
kantipur 

Monday, 20 January 2014

बक्षस्थललाई माछाले छोपेकी शुभेच्छा राष्ट्रिय गीतमा



आफ्नो चलचित्र ‘मिस नेपाल’को पोष्टरमा माछाले बक्षस्थल छोपेपछि कलाकार शुभेच्छा थापाको चर्चा र आलोचना दुबै भयो । चर्चामा आउनको लागि उनले यस्तो काम गरेको भन्दै धेरैले शुभेच्छाको खेदो काँटे । तर पनि उनलाई यसले केही फरक पारेको छैन ।
बजारमा यो तस्बिरको चर्चा सेलाउने कुनै छनक छैन । यता शुभेच्छा भने यो उत्तेजक हाउभाउलाई गसिपको बजारमा छोड्दै राष्ट्रिय गीतमा देखिएकी छिन् ।
राजु गिरीले निर्देशन गरेको एक राष्ट्रिय बाल गीतमा उनलाई देख्न सकिन्छ । यो गीतको छायांकन आइतबार गरिएको हो । भिडियोमा शुभेच्छाको साथमा गरिमा ज्ञवाली र राजु गिरी देखिएका छन् । मुकेश हुँमागाइले यो भिडियो खिचेका हुन् । गीतमा सायूरी श्रेष्ठको स्वर, अर्जुन पोख्रेलको संगीत, लोकराज अधिकारीको शब्द छ ।
उत्तेजक फोटो खिचाएर चर्चा बटुले लगतै राष्ट्रिय गीतमा देखिएकी शुभेच्छाको यो शैलीलाई दर्शकले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
अनलाइन खबर
भिडियो हेर्न को लागि तल को बक्स मा किल्क गर्नुहोस

Thursday, 4 July 2013

राहत बाँड्न पूर्वराजा आफैं बाढीप्रभावित क्षेत्र जाने

२१ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि २३ गते आफ्नो जन्मदिन मनाएलगत्तै सुदूरपशिचम र मध्यपश्चिम क्षेत्रको बाढीपीडित परिवारलाई राहत वितरण गर्न जाने कार्यक्रम बनाउनुभएको छ । गएको महिना मध्य तराईको आठ जिल्ला भ्रमण गरी काठमाण्डौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र सुदूरपश्चिमको महेन्द्रनगर र मध्यपश्चिमको दार्चुला तथा बर्दिया जिल्ला भ्रमणमा जानुहुने भएको छ । गत साता बाढी पीडित परिवारलाई सहयोग गर्न आह्वान गर्दै बुहारी अध्यक्ष रहेको हिमानी ट्रस्टलाई २५ लाख रुपैयाँ सहयोग गर्नुभएका पूर्वराजा आफैले राहत वितरण गरी सो क्षेत्रका जनताको जनमत संकलन गर्न बाढी प्रभावित क्षेत्रमा जान लाग्नुभएको नेपाल समाचारपत्रमा खबर छ । स्रोतका अनुसार उहाँ असार अन्तिम साता वा साउन पहिलो साता हवाईमार्गबाट नेपालगञ्ज र सवारीसाधनबाट सुदूरपश्चिम र मध्यपश्चिमका जिल्ला जाने कार्यक्रम रहेको छ ।

Tuesday, 22 January 2013

यौन सम्पर्क पछि किन सुत्न चाहन्छन पुरुष ?



यो एउटा समस्याको रुपमा खडा भएको छ जसले धेरै महिलालाई निराश बनाउने काम गर्दछ । तर, वैज्ञानिकहरुले सेक्स गर्ने बित्तिकै सुत्ने पुरुषहरुका लागि राम्रो बहाना निकालिदिएको छ । जब पुरुषहरु यौनक्रियामा संलग्न हुन्छन् तब उनीहरुको दिमागले सुत्नको लागि आदेश दिन्छ, एक नयाँ अनुसन्धानले प्रकाशित गरेको छ । चरमोत्कर्षपछि पुरुषको दिमागले सोच्ने काम बन्द गर्ने वैज्ञानिकहरुले उक्त अनुसन्धानमा उल्लेख गरेका छन् । त्यसको ठिक बिपरित महिलाहरु चरमोत्कर्ष पछि थप उर्जाशील हुने र पुरुषहरु सुतिदिनाले निराश भएर छततिर हेरेर बस्ने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । चरमोत्कर्षको दौरान र चरमोत्कर्ष पछि पुरुषहरुमा गरिएको उक्त अध्ययनले पुरुषको दिमागको सेलिब्रल कोरटेक्स ( जसले सोच्ने काम गर्छ) पूरै निष्कृय हुने गर्दछ 

Sunday, 14 October 2012

सास गन्हाउँछ ? त्यसोभए यसो गर्नुस्

मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् । प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ । तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् । ती हुन् : १.सुकमेल : भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् । तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ । २. धनियाको पात : भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ । ३.ल्वाङ : वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ । ४. पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ । ५.सौँफ : यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ । ६.अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।

माइ ब्रदर’ को गतिलो सुरुवात

शुक्रबारबाट काठमाण्डौ बाहिरका ३० वटा स्टेशनबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘माइ ब्रदर’ ले राम्रो सुरुवात गरेको छ । नारायणगढका दर्शकसागै सिनेमा हेरेर निस्किएपछि निर्देशक विष्णु भट्टराइले अनलाइनखबरलाइ प्रतिक्रिया दिदै पारिवारिक सिनेमा भएकाले परिवार र युवायुवती हलमा पुगेको बताए । बुटवलको एक मात्र हलमा सिनेमा लागेपनि दर्शकको माग आएपछि अर्को हलमा लगाउने तयारी भएको उनको भनाइ छ । यसैगरि चलचित्रले पछिल्लो समयमा प्रदर्शनमा आएका सबैजसो सिनेमाको व्यापारलाइ उछिनेको भट्टराइको भनाइ छ । सुमिना घिमिरे, जीवन लुइटेल, लक्की दिपक लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा पारिवारिक तथा सस्पेन्स प्रेम कथामा आधारित छ । यस्तै, काठमाण्डौका हलमा शुक्रबारबाट रोज राणाले निर्माण गरेको चलचित्र ‘म छु नि तिम्रो’ प्रदर्शनमा आएको छ । चलचित्रलाइ मदन घिमिरेले निर्देशन गरेका हुन् । हप्तामा ३ सिनेमा जुधिरहेको समयमा ‘माइ ब्रदर’ र ‘म छु नि तिम्रो’ को सोलो प्रदर्शनलाइ सकारात्मक रुपमा हेरिएको छ । onlinekhabar

Saturday, 13 October 2012

एक जना मानिसको शरिरको तौल ४५० केजी

असोज २७, एक जना मानिसको शरिरको तौल ४५० केजी भन्दा अचम्म लाग्दछ तर मारिया रोजालेसको शरीर देखेर जो कसैलाई अचम्म लाग्न सक्छ । उनको शरीरको तौल ११ सय पाउण्ड अर्थात् ४ सय ५० किलोको छ । उनको यति ठुलो शरिर उनको लागी घाँडो भएको छ । यसै ठुलो शरिरको कारण उनले सन् २००८ मा आफ्नी बहिनीको छोराको मृत्युको कारण आफू भएको दाबी गरेकी थिइन् । त्यतिबेला अमेरिकी मिडियाहरूले रोजालेसलाई ‘हाफ टन किलर’को संज्ञा दिएको थियो ।
त्यतिखेर रोजालेसले उनकी बहिनीको २ वर्षीय छोरा एलिसियो जूनियर गल्तीले आफ्नो शरीरको मुनि थिचिएको बताएकी थिइन्, जसको कारण बालकको मृत्यु भएको थियो । अनुसन्धापछि बालकको मृत्यु थिचिएर नभई चोटका कारण भएको चिकित्सकहरुले खुलासा गरेका थिए । रोजालेसले आफ्नी बहिनीलाई बचाउनको लागि झुठ बोलेकी थिइन् । रोजालेसले आफ्नी बहिनी जेमी रोजालेसले सडकमा बालकलाई पिटेको देखेकी थिइन् । उनले तिनै बहिनीलाई बचाउन झुठ बोलेको बताएकी थिइन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेर सत्य बाहिर आएपछि जेमीलाई १५ वर्षको सजाए भएको थियो र अहिले जेमी जेलमा छिन् ।medianp

कुन राशीका मानिसले कस्तो रूमाल राख्ने !

मानिसले प्रयोग गर्ने हरेक वस्तुसँग हाम्रो सफलता र असफलता पनि जोडिएको हुन्छ । यस्तै मानिसले प्रयोग गर्ने रंगले पनि मानिसलाई प्रभाव पार्ने ज्योतिषीहरू बताउँछन् । ज्योतिषीहरूका अनुसार नौ ग्रहको सम्बन्ध फरक-फरक रंङ्गसँग हुने गर्दछ र रंग अनुसार नै सफलता र असफलता पनि जोडिएको हुन्छ । मानिसले प्रयोग गर्ने रूमाल यदी ग्रहले हुने सम्बन्धका आधारमा राख्ने हो भने सफलताका लागी फलदायी हुन सक्छ । थाहा पाऔ कुन राशीका मानिसले कस्त रङ्गको रूमाल प्रयोग गर्ने:
मेष: रातो वा कलेजी वृष: सेतो वा सिल्भर मिथुन: हरियो वा कालो कर्कट: सेतो, सिल्भर वा क्रिम सिंह: रातो, चक्लेटी वा कलेजी कन्या: हरियो वा कालो तुला: सेतो वा सिल्भर वृश्चिक: रातो, चक्लेटी वा कलेजी धनु: पहेंलो, क्रिम वा सेतो मंकर: कालो वा निलो कुम्भ: कालो, नीलो वा जामुनी मीन: पहेंलो, सेतो, वा क्रिम