ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label amazing. Show all posts
Showing posts with label amazing. Show all posts

Wednesday, 3 September 2014

१८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

मान्छेले मान्छेसँगै बिहे गर्छ । हिन्दु परम्परामा बेलसँग पनि बिहे गर्ने चलन छ । तर के मान्छेको विवाह कुकुरसँग भएको सुन्नुभएको छ ?भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ । मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो ।

उनको भाग्य खराब रहेको र सुरुमा कुनै पुरुषसँग बिहे गरेमा ग्रहदशाले निकै नराम्रो फल दिने भनेर एक गुरुले भविष्यवाणी गरेपछि उनले नै दिएको सल्लाह बमोजिम पूर्वी भारतको एक गाउँकी ती युवतीको कुकुरसँग बिहे गराइयो ।कुकुरसँग बिहे भैरहँदा विवाह मण्डपमा बेहुली मंगली खुसी देखिन्नथिन् तर विचरो कुकुर भने मस्त थियो । उसलाई कारमा चढाएर विवाह मण्डपमा ल्याइएको थियो र केटी पक्षका मानिसले स्वागत समेत गरेका थिए फूलमाला लगाइदिएर ।

अहिलेसम्म स्कुल नगएकी निरक्षर मंगलीले आफुलाई कुकुरसँग बिहे गर्दा खुसी नलागेको भएपनि अब आफ्नो भाग्य बदलिने विश्वास व्यक्त गरेकी छिन् ।‘गाउँका बुढापाकाकै सल्लाह अनुसार मैले कुकुरसँग बिहे गरेकी हुँ र मेरो खराब दशा अब कुकुरमा सर्नेछ’ उनले भनेकी छिन् ।

कुकुरसँग बिहे गरेपछि अब आफुले बिहे गर्ने मान्छेको लामो आयु हुने उनको विश्वास छ ।मंगलीका बुवा श्री अमुन्दा पनि यो कुरामा सहमत छन् । उनले आफ्नी छोरीका लागि सुहाउने भुस्याहा कुकुर शेरु खोजेर ल्याएका थिए । छोरीलाई खराब दशाबाट जोगाउने एकमात्र उपाय भनेको कुकुरसँग बिहे गर्नु रहेको उनको ठम्याइ छ । आफ्नी छोरीसँग बिहे गरेको त्यो ज्वाइँ कुकुरलाई अब मंगलीका बाउआमाले ज्वाइँलाई जस्तै गरी सम्मान र स्याहार गर्नेछन् । अबका केही महिनासम्म मंगली आफैले त्यो कुकुरको स्याहार गर्नुपर्नेछ, स्वामीका रुपमा ।

उक्त गाउँमा यसअघि पनि खराब दशा भएका किशोरीहरुको कुकुरसँग बिहे गरिदिएर ग्रहशान्ती गर्ने चलन रहेछ । कुकुरसँग बिहे गर्ने केटीहरुलाई झनै राम्रो मानिँदो रहेछ ।मंगली भन्छिन्, ‘मैले एक दिन कुनै पुरुषसँग बिहे गर्नेछु । आफ्नो मन परेको राजकुमारसँग बिहे गर्ने सबै केटीहरुको सपना हुन्छ । त्यसैले मैले पनि मेरो राजकुमारलाई पर्खिरहेकी छु ।’
भिडियो हेर्न तल को बिज्ञापन मा क्लिक गर्नु होला

''
Download

Friday, 20 June 2014

पहिलो बच्चा जन्मेको ३९ दिन पछि नै जन्म्यो अर्को बच्चा !!

एजेन्सी– भनिन्छ, बाँच्नु मात्र पर्छ संसारमा के–के देख्न र सुन्न पाइन्छ । दुई, तीन अथवा चार बच्चाहरु एकै साथ जन्मेको कुरा त सुन्नुभएकै होला तर कहिले जुडुवा बच्चाहरु एक महिनाभन्दा बढिको अन्तरमा जन्मिएको सुन्नु भएको छ ? अमेरिकाको क्यानसस शहरमा केहि समय पहिले एलन कोवन नामकी महिलाले जुडुवा बच्चालाई जन्म दिइन् ।

तपाईंलाई यो कुरा सुनेर अचम्म लाग्यो होला कि ती जुडुवा बच्चाहरु ३९ दिनको अन्तरालमा जन्मिए । एलन जब २३ हप्ताकी गर्भवती थिइन् तब उनलाई पेट दुख्न सुरु भयो र उनले जुडुवा बच्चामध्ये एकजनालाई मात्र जन्म दिइन् । त्यसपछि डाक्टरले उनलाई आराम गर्ने सल्लाह दिए र उनले ३९ दिनपछि मा त्र अर्को बच्चालाई जन्म दिइन् ।

एलन कोवन र उनका श्रीमान डेविड साउदी अरबमा बस्ने गर्दछन् तर उनीहरुले आफ्नो सन्तानलाई अमेरिकामा जन्म दिने इच्छा राखेका कारण उनीहरु त्यहाँ गए । अमेरिकामा प्लेन ल्याण्ड हुने बित्तिकै कोवनलाई पेट दुख्न सुरु भयो जसका कारण उनलाई हस्पिटलमा भर्ती गराइयो र त्यहाँ उनले एकजनालाई मात्र जन्म दिइन्
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

''
Download

Sunday, 11 May 2014

सुनको प्लेनमा उड्छन यी ब्रुनाईका किंग, ग्यारेजमा छन ७ हजार कार (तस्वीरहरु सहित)

२८ बैशाख, एजेन्सी ।  कुनै समयमा संसाारकै सबैभन्दा धनी मानिएका ब्रुनाईका राजा अहिले फेरि चर्चामा छन । उनले यस्तो कानून बनाएका छन, जसमा चोरी गर्ने वा पुरुष-पुरुषको सम्बन्धमा दोषी मानिएमा ढुंगा हानेर नै मार्ने वा शरीरको कुनै अंग निकाल्न सकिनेछ ।

राजा हसनलको नाम संसारमा नै सबैभन्दा धनी मध्येमा एक मानिन्छ । यसकारण नै यहाँको तेल संचित भएको छ । १९८० अन्ततिर सुलतान हसनल पहिलो पटक संसारकै सबैभन्दा धनी हुने व्यक्तिको नाममा परेका थिए । १९९० मा अमेरिकाका बिजनेसम्यान बिल गेट्सले उनको यो ताज खोसेका थिए ।

सुलतानको कूल सम्पत्ति करीब २ हजार अरब रुपिया रहेको छ । यीनको अमिरिको अन।दाज यसरी पनि लगाउन सकिन्छ कि उनी सुन नै सुनले भरिएको प्लेन चढ्ने गर्छन । र सुनकै कारबाट कतै निक्लने गर्छन । यसको अतिरिक्त उनको ग्यारेजमा सात हजार कार पार्किंगमा छन ।



उनको जन्म भने १५ जुलाई १९४६ मा ब्रुनाईमा भएको थियो । उनले क्वालालम्पुरको भिक्टोरिया युनिभर्सिटिजबाट स्कुलिंग र इंग्ल्यान्डबाट उच्च डिग्रि हाँसिल गरेका उनी एक सानो तर धेरै नै धनी देशका राजा छन। ४ लाख १५ हजार जनसंख्या भएको देश ब्रुनाईका यिनी लसयन्जेलसमा रहेको चर्चित होटेल बेवर्ली हिल्सका मालिक पनि हुन।


किंग हसनल बोलकियाको तीन जना पत्नी उनीहरुका बच्चा छन । उनको आफ्नै वोइङ विमान छ। विमानको भित्र एक लिभिङ रुम र बेड रुम अनि सुन नै सुन छन। यसको अलाबा यिनिसँग एक एयरबस पनि छ जहाँ २६१ यात्रुको लागि बस्ने सुबिधा छ ।
थप समाचार को लागि यहाँ जानुहोस







Monday, 5 May 2014

गाईको मुटुले बालक बचायो..,भगवान भनेर गाईलाई पुज्छन वास्तबमा...

जन्मदैं मुटुमा दुईवटा प्वाल भएको बेलायतका एक बालकलाई गाईको मुटु प्रयोग गरेर बचाइएको छ । योर्कशायरका रुविन वेबर ज्याक्सनको मुटुको प्वालमा गाईको मुटुको तन्तु प्रयोग गरिएको हो ।

पहिले श्वास फेर्न कठिनाई भोगिरहेका बालक दुईवटा मेजर अपरेशनपछि अहिले सामान्य रुपमा श्वास फेर्न सक्ने भएको बताइएको छ । सुरुमा निकै खुशी र स्वस्थ देखिएपनि दुई सातापछि श्वास फेर्न कठिन भैरहेको थाहा पाएपछि आफूहरुले बच्चालाई अस्पताल पु¥याएको बच्चाकी आमा पेट्राले बताइन् ।

''
Download

Saturday, 3 May 2014

मेडिकल बिद्यार्थी कुमारित्व बेच्ने दौडमा, प्राप्त पैसा गरिव देशका महिलालाई दिने

अमेरिकामा मेडिकल पढिरहेकी एक छात्राले आफ्नो भर्जिनिटी लिलामी गर्ने भएकी छन् । २७ वर्षकी सुन्दर युवतीले छद्म नाम राखेर कुमारित्व बच्ने विज्ञापन गरेकी छन् ।
तर, उनले तस्वीर भने आफ्नै भएको दावी गरेकी छन् । एलिजाबेद नाम दिइएको यी युवतीले पहिले पोष्ट गरेको तस्वीरमा उनको अनुहार देखाइएको थिएन ।

उनलाई अहिले १ लाख ८० हजार पाउण्डको प्रस्ताव आएको छ । तर, उनले २ लाख ५० हजार पाउण्डसम्मको अफरको अपेक्षा गरेकी छन् । उनले आफ्नो लिलामी जित्ने व्यक्तिसँग १२ घण्टा विताउने बचन दिएकी छिन् ।
आफ्नो कुमारित्व बेच्दा आउने रकमको ३५ प्रतिशत गरीब देशका महिला शिक्षाका लागि दान गर्ने समेत उनले दावी गरेकी छन् ।

म अन्य तरिकाले आफ्नो भर्जिनिटी गुमाउने कल्पना गर्न सक्दिन, उनले भनेकी छन् । प्रेमलाई सम्झौता भन्दै उनी भन्छिन-मलाई लाग्दैन कि म जसलाई प्रेम गर्छु, मेरो भर्जिनिटी उपहार दिनुपर्छ ।
आफु पैसाको अभावले भन्दा पनि आफ्नो जीवनको महत्वपूर्ण सम्पत्ति त्यसै खेर जान नदिने ब्यापारिक सोचका कारण यो निर्णयमा पुगेको बताइन् । ब्यस्त भएका कारण २७ बर्षसम्म आफु कुमारी नै रहन पुगेको उनले दावी गरेकी छिन् ।

अमेरिकामा यसरी सार्वजनिक बिज्ञापन गरेर कुमारित्व बेच्न पाइदैन् । त्यसैले उनले अष्ट्रेलियाको एउटा एजेन्सीलाई लिलामको संयोजन गर्ने जिम्मा दिएकी छिन् ।
यसअघि पनि अनलाइनमा कुमारित्व बेच्ने धेरै युवतीले चेष्टा गर्दै आएका छन् । एलिजाबेद पछिल्लो उदाहरण हुन् 

''
Download

Friday, 2 May 2014

भैंसीलाई करणी गरेको आरोपमा युवक पक्राउ


काठमाडौं, वैशाख १९ – प्रहरीले भैंसीलाई करणी गरेको आरोपमा काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ । काभ्रेको मथुरापाटी फूलबारी गाविसका राकेश बिकलाई छिमकेकीको भैंसीलाई करणी गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका हुन् ।


बिकले छिमेकी शंकर न्यौपानेको १० वर्षको ब्याउने भैंसीलाई करणी गरेको प्रहरीको भनाइ छ । काभ्रेपालञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

''
Download

Friday, 25 April 2014

सँसारकै अग्लो टावरबाट हाम्फालेर बिश्व किर्तीमान

दुबईमा रहेको ब्रुज खालिफा टावरबाट हाम्फालेर हालै दुई जना साहसी पुरुषले बिश्वरेकर्ड कायम गरेका छन् । ८२८ मिटर अग्लो ब्रुज खालिफा संसारकै सवैभन्दा अग्लो भवन हो । गत सोमबार फ्रान्सका दुई स्काइ डाइभर फ्रेड फुगेन र भिन्स राफेटलेटावरको टुप्पोबाट हाम फालेका थिए।

त्यसका लागि उनीहरुले स्वीजरल्याण्डका हिमालबाट हाम्फालेर अभ्यास गर्नुपरेको थियो   उ  नी हेलिकोप्टरबाट निकैपटक हाम फालेर रेकर्डका लागि तयार पारेका थिए ।

ब्रुज  खालिफा टावरको टुप्पोमा दुई जना उभिन सक्ने ठाउँ बनाइएको थियो । जसलाई टुप्पोमा फिट गर्न नै तीन दिन लागेको थियो।
सफलतापूर्वक भुईँमा उत्रिएपछि फ्रेडले भने- तीन बर्षदेखिको कठोर तालिमबाट बुनिएको सपना आज पुरा भएको छ, मेरो सपना पुरा भयो ।’यही महिनामात्रै ब्रुज खालिफामा दुईवटा बिश्वरेकर्ड राखिए।
यस अघि टवरको टुप्पोभन्दा केही तल बाट अर्का ब्यक्तिले प्यारासुट जम्प गरेका थिए ।

''
Download
  

Thursday, 24 April 2014

जसले अन्माइन्, उनैले भित्र्याइन्

, वैशाख ११ - विवाहमा प्रायः दुलहा अन्माएर दुलहीको घर लिएर जाने चलन छ । रामेछापमा मंगलबार भएको एउटा विवाहमा भने फरक दृश्य देखियो । महिनौंअघि श्रीमान्-श्रीमती भएर बसेको जोडी दुलाहाको घरबाट एकैसाथ अन्मिएर दुलहीकोमा पुगे ।

अघिअघि पञ्चैबाजा टोली, त्यसपछि लोकन्ती अनि दुलहा-दुलही र ७० जना जन्तीको लस्कर बेहुली पक्षको घरमा पुगेको थियो । जहाँ दुलही निकालिरहनु पर्दैनथ्यो । दुलहा-दुलही सरासर गएर जग्गेमा बसे अनि दुलहीका बाबुले उनीहरूको स्वयम्बरदेखि सबै कर्मकाण्ड गरिदिए ।

नेपाली सेनामा कार्यरत मन्थली ९ का पुष्कर भुजेल दुलाहा थिए । अनि उनले झन्डै ६ महिनाअघि सल्लाहले सँगै राखेकी तिल्पुङ गाविस ढ्याङ्ग्रेकी मञ्जु भुजेल दुलहीको पहिरनमा सजिएकी थिइन् । महिनौंदेखि बुहारीको नातामा घरमै रहेकी मञ्जुलाई सासूले बेहुलीको घुम्टो ओडाइदिएकी थिइन् । 'भयो अब, राम्री देखिएकी छौ,' सासूले बुहारीलाई अन्माउने बेला यस्तै ठट्टा गरिन् ।

'लु अब दुलाहालाई दही खुवाएर साइतको बिदा गरौं,' छरछिमेकीले त्यसोभन्दा दुलहीले पुलुक्क हेरिन्, उनले भने दही भेटिनन् । बेलुका फर्किंदा घरभित्र पस्ने साइतको दहीचाहिँ पाइन् । विधिपूर्वक दही खुवाएर बुहारीलाई तिनै सासूले भित्र्याइन्, जसले बिहान अन्माएकी पनि थिइन् । बुहारी भित्र्याउने काम सकेपछि गाउँभरिका आफन्तले दुलहीको मुख हेरेका थिए ।

'यस्तो विवाह यसअघि देखिएको थिएन,' जन्तीहरू आपसमा यस्तै भन्दै थिए । आफ्नो गाउँमा परिचित भइसकेकीलाई लिएर बेहुली पक्षको घर पुग्ने जन्तीले खानपिन र नाचगान गरेर दिन कटाए ।

दुलहा र दुलहीसहितको जन्ती बेहुलीको घरतिर जाँदा बाटोमा पर्नेले बेहुली ल्याएको भन्थे तर बेलुका तिनै जोडी बाजा घन्काउँदै र्फकंदा अल्मलिएका थिए । 

विवाह कस्तो भयो ? दुलाहा पुष्कर लजाउँदै भन्छन्, अनौठो भो । घरबाट सँगै लगेकी श्रीमतीलाई बेलुका फर्काएर ल्याएका उनले तिलकका रूपमा केही ल्याएनन् । 'दुई दिनअघि विवाहका लागि अन्मिएर आउनु भन्ने खबर भएकाले हतारमा गइयो,' पुष्कर भन्छन्, तिलकको सरसामान तयार हुँदैछन् रे आउलान् नि ।

''
Download

Saturday, 19 April 2014

फुच्चे हेलिकप्टर उडाउदा को फसाद (भिडियो सहित )

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र किरियापुत्री भवनसँगैको हंशमण्डपमा सानो हेलिप्याड बनाइयो। एक नेपाली र चारजना कोरियाली नागरिकले 

झोलाबाट हेलिकोप्टरका पाटपुर्जा निकालेर जोड्न थाले। किरियापुत्री भेट्न आउनेहरू झोलाबाट निकालिएका सामानबाट हेलिकोप्टर बन्दै गरेको देखेर आश्चर्य मान्दै वरिपरि झुम्मिइसकेका थिए। जम्मा भएका मानिसलाई पन्छाउँदै कोरियन नागरिक किम सिओन मुन, किम निचुल, लि होचोऊ र क्वान कि वोङ धमाधम यन्त्रहरू जडान गर्दै थिए। हेर्दाहेर्दै किम निचुलले क्यामेरा निकाले र हेलिकोप्टरमा फिट गरे। यी विदेशी यहाँ के गर्दैछन् भन्ने कौतूहल दर्शक बनेर बस्नेहरूलाई बढ्न थालिसकेको थियो। निचुलले दुवै हातले एउटा यन्त्र समाए र त्यसमा भएको बटन थिचे। हेलिकोप्टर सानो आवाज निकालेर उड्न थाल्यो। रिमोटले त्यसलाई माथिमाथि लाँदै थियो। हेर्दाहेर्दै पखेटा घुमाउँदै त्यो आर्यघाटतिर लाग्यो। घाटमा लासहरू जलिरहेका थिए, आफन्त र प्रियजन गुमेको पीडामा मानिसहरू डाँको छाडेर रोइरहेका र कोही भावविह्वल भएर जल्दै गरेको लासलाई हेरिरहेका थिए। घाटको एक परिक्रमा सकेर सानो त्यो हेलिकोप्टर पशुपति परिसरभित्र पस्यो र केही उचाइ लिँदै एक फन्को मार्‍यो। 'खासै आवाज नसुनिएकाले मन्दिरभित्रका मानिसले त के आएको हो भन्ने पत्तो पनि पाएनछन्', गौशाला प्रहरी वृत्तका डीएसपी अभिनारायण काफ्लेले भने, 'जम्मा पाँच मिनेटमा त्यो फुच्चे हेलिकोप्टर उडेर पुरानै ठाउँमा फर्केछ।' मुन कोरियन ब्रोडकास्टिङ सिस्टमको टेलिभिजन विभागका कार्यक्रम निर्माता हुन्। उनी क्यामेरापर्सन किम निचुललाई फुच्चे जहाज कता पठाउने भनेर सिकाउँदै थिए। अलिअलि नेपाली भाषा पनि बुझ्न थालेका ली होचोऊ काठमाडौंको बालुवाटारमा बस्दै आएका छन्। उनी कोरियन भाषा सिकाउने कम्पनी खोलेर बसेका छन्। सोह्रखुट्टेमा उनको भाषा कक्षा चल्ने गर्छ। यी तीनजनाका साथमा थिए, टेलिभिजनका लागि कथालेखक क्वान की बोङ। चारैजना कोरियाली एक महिनाको पर्यटक भिसा लिएर नेपाल आएका थिए। पशुपतिनाथमा फुच्चे हेली उडाउने आइडिया उनीहरूलाई कसले दियो भन्ने कुरा नखुले पनि यसअघि उनीहरू पश्चिमको पर्यटकीय क्षेत्र पोखरा, बागलुङ घुम्दै तराईको व्यापारिक नाका वीरगन्जसमेत पुगिसकेका थिए। त्यहाँबाट अन्तिम संस्कारका दृश्यहरू र त्यसको कथावृत्तान्त ल्याए कि ल्याएनन्, कतै खोजी भएन। तर, पशुपतिनाथ क्षेत्र र मन्दिरपरिसर एवं घाटमा उडाइएको फुच्चे हेलिकोप्टरले भने अन्तिम संस्कार गरिँदै गरेका, मानिसहरू चिच्याउँदै रुँदै गरेका, भावविह्वल भएर आफन्तको अन्तिम बिदाइ गर्दै गरेका र त्यसैको साथमा हिन्दूका आराध्यदेव पशुपतिनाथ मन्दिरका तस्बिरहरू खिचिसकेको थियो। हेलिक्यामको रिमोट हेलिक्यामको रिमोट बिहान ९ बजेको कुरा थियो यो, जुन बेला पशुपतिनाथमा पूजा गर्नेको संख्या पनि बढी नै थियो। फुच्चे हेलीले पशुपतिको परिक्रमा गर्‍यो भन्ने कुरा पाँच मिनेटको उडानपछि अवतरण हुने बेलामा प्रहरीले थाहा पायो। प्रहरीले उनीहरूको हेलिबारे सोधपुछ गर्‍यो र फेरि कसरी उड्दो रहेछ भनेर आफैंले एक चरण परीक्षण उडान गर्न लगायो। प्रहरी पनि पुगेपछि हंशमण्डपमा भीड झन् थपिएको थियो। प्रहरीले उडाउन लगाउँदा भने कोरियनहरूले सहज महसुस गर्न सकेका थिएनन्। यसपटक जहाज पशुपतिनाथ मन्दिर र आर्यघाटको सेरोफेरो घुमेन, केवल एक मिनेटलाई हंशमण्डप वरिपरि घुमाइयो तर फोटो भने जति भ्याउनसक्छ त्यति खिच्न लगाइयो। प्रहरीलाई जब त्यो हेलीले भिडिओ र फोटो खिच्दो रहेछ भन्ने पक्का भयो अनि सबै कोरियालीको आधिकारिक कागजात माग्न थालियो। आफूसँग भएका कागजात प्रहरीलाई देखाउँदा भने उनीहरूले सूर्यप्रसाद सुवेदी नाम गरेका व्यक्तिलाई सहयोगका लागि बोलाए। तनहुँको भिमाद-७ घर भएका सुवेदी टुरिस्ट गाइड रहेछन्। पशुपतिनाथ परिसर घुम्न पनि उनैले गाइडको काम गरेका थिए। सुवेदी पनि थपिएपछि प्रहरीले पाँचैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला लिएर गयो। डीएसपी काफ्ले भन्छन्, 'अवतरण गरी त्यसका पाटपुर्जा खोलेर झोलामा प्याक गर्न नपाउँदै हामी पुग्यौं र आवश्यक प्रमाण जुटाएर उनीहरूलाई चौकीमा ल्यायौं।' प्रहरीले पक्राउ गरेपछि भने कोरियाली अचम्ममा परेका थिए। किन पक्राउ गरेको भन्ने कुरा उनीहरूले बुझ्न सकेका थिएनन्। पशुपतिनाथ मन्दिर क्षेत्र त्यसै पनि निषेधित क्षेत्र हो, भिडिओ र फोटो खिच्न स्वदेशीका लागि समेत छुट छैन। नयाँ प्रविधिसहितको हेलिक्याम (सानो हेलिकोप्टर आकारको यन्त्रमा क्यामेरा जडान गरी उडाएर फोटो तथा भिडिओ खिच्न सकिने) साथमा भएपछि मन्दिर परिसरमा क्यामेरा लान नपाइने नियम उल्लंघन गर्न सजिलो भयो। 'उनीहरूले मन्दिरभन्दा केही पर बसेर मन्दिरभित्रका सबै दृश्य भिडिओ र फोटोमा कैद गरेका थिए। प्रशस्त तस्बिर र भिडिओ खिचिएको रहेछ', डीएसपी काफ्लेले भने, 'हामीले सबै हेर्‍यौं र एकएक गरेर डिलिट गर्न लगायौं।' प्रहरीले आफ्नो प्राविधिक जनशक्ति लगाएर डिलिट भइसकेको सामग्री फेरि प्रयोग गर्न नसकून् भनेर फम्र्याट नै गरिदिएको थियो। उनीहरूले नेपालका हिन्दूले मृत्युपछिको अन्तिम संस्कार कसरी गर्छन् भन्ने जिज्ञासालाई कोरियाली जनतासम्म पुर्‍याउन भिडिओ र फोटो खिचेको बयान दिएका छन्। हेली क्यामकै प्रयोग गरेर किरिया बसेको र श्राद्ध गरेको तस्बिर लिने प्रयास पनि प्रहरीको हस्तक्षेपका कारण उनीहरूले पूरा गर्न सकेनन्। नयाँ प्रविधिको प्रयोग गरी प्रतिबन्धित स्थानको गोपनीयता लिन सजिलो भए पनि त्यसले पारेको कानुनी फन्दा भने कोरियाली टोलीलाई सजिलो भएन। उनीहरू चार दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने भयो। नेपालस्थित दक्षिण कोरियाली राजदूतावासले घनिभूत पहल गर्दा पनि कानुनी प्रक्रिया मिलाएर उनीहरूलाई छुटाउन समय लागेको थियो। प्रहरीले उनीहरूलाई नेपालको प्रतिबन्धित स्थानमा गई अनधिकृत रूपमा तस्बिर तथा भिडिओ खिचेको आरोपमा केही सार्वजनिक अपराधसम्बन्धी एेन-२०१७ अन्तर्गत मुद्दा चलाएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलेको सो मुद्दाको फैसला गर्दै प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले प्रत्येकलाई नौ हजार पाँच सय रुपैयाँका दरले धरौटी माग गरेका थिए। डीएसपी काफ्लेका अनुसार उनीहरूले तत्कालै पाँचैजनाको ४७ हजार पाँच सय धरौटी रकम बुझाएका थिए। सार्वजनिक अपराधअन्तर्गत लगाइएको मुद्दाको अन्तिम फैसला बाँकी नै छ, धरौटी रकम के हुने भन्ने निर्णय पनि त्यससँगै तय हुन्छ। तर, उनीहरू भने काठमाडौंबाट कोरियाको सियोलतर्फ उडिसकेका छन्। हेलिक्यामको भिडियो हेर्नुस्:




''
Download

Sunday, 13 April 2014

तनहुँको दमौलीमा श्रीमती बोक्ने प्रतियोगिता (भिडियो)

क्षेत्रीय होटल संघ तनहुँले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको नयाँ वर्ष महोत्सवका अवसरमा आईतबार सम्पन्न श्रीमती बोकेर दौडने प्रतियोगितामा अर्जुन गिरीको जोडी प्रथम भएको छ ।
दमौली खेल मैदानमा सय मिटर दूरीको दौडमा अर्जुन गिरी र उनकी श्रीमती विष्णुमाया गिरी प्रथम भएका हुन् । प्रतियोगितामा धर्मराज खड्का र उनकी श्रीमती सूचना खड्का द्वितीय र सूर्यकुमार श्रेष्ठ र उनकी श्रीमती मिना श्रेष्ठ तृतीय भएकी
छन् । प्रतियोगितामा १३ श्रीमान–श्रीमतीको सहभागिता रहेको थियो । प्रथम हुन सफल जोडीले नगद रु। ५ हजार प्राप्त गरेका छन् भने द्वितीय र तृतीय हुने जोडीले बाटा र बाल्टी प्राप्त गरेका छन् ।

''
Download


''
Download

Wednesday, 9 April 2014

मान्छे बेहोस गराउने अनौठो आँपको रुखमा पुजाआजा सुरु (भिडियोसहित)

कपिलबस्तु, चैत्र २६ । कपिलवस्तुको धनकौली गाउं विकास समिति वडा नम्बर–१ बडिलवामा रहेको अनौठो अाँपको रुख हेर्न आउनेहरुको घुइंचो दिनानुदिन बढ्दै गएको छ । रुखमा दैवीशक्ति भएको कुरा बाहिर आए पछि त यहां पुजाआजाका लागि जिल्ला र जिल्ला बाहिरबाट आउने सर्बसाधारणको भिड नै बढेको हो ।
अदभुत रुखका हांगा बिगाहरु माथि नगई तल आई भुईमा लत्रिएको र भुई छोएर फेरी माथि फर्किएका छन् । करिव डेढ सय बर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।
उक्त रुख पटक पटक काट्ने प्रयास गर्दा पनि कसैले पनि काट्न नसकेको स्थानियहरु बताउंछन । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्नेहरु बिहोस हुने गरेपछि रुखप्रति स्थानीयको आस्था झनै बढ्दै गएको स्थानिय जगदिश बरई बताउँछन् ।
रुखमा दैवीशक्ति रहेको भन्दै गाउंलेले रुखको पूर्वपट्टी समयमाई स्थान बनाई पुजाआजा गर्न थालेका छन् । त्यसै गरी रुखको पश्चिम तर्फ मुस्लिम समुदायको मजार छ ।
त्यहाँ ईस्लाम धर्मावलम्बीले पुजा प्रार्थना र भाकल गर्ने गरेका छन । अनौठो आपको रुखमा हिन्दु र मुस्लिम दुबै धर्माबलम्बीको विश्वास रहे पनि सो स्थानको संरक्षण र सम्वद्र्धनमा स्थानिय निकायको ध्यान नगएको स्थानियहरुले गुनासो पोख्ने गरेका छन ।

Sunday, 6 April 2014

सालीले जुत्ता लुकाउँदा दोहोरो झडप, दुलही नलिइ फर्किए जन्ति

भारतको एक गाउँमा सालीहरुले हुनेवाला भिनाजुको जुत्ता लुकाउँदा दोहोरो झडप भएको छ ।
जुत्ता बापतको फिरौतीबाट सुरु भएको बिबादले उग्ररुप लिँदा कुटाकुट र तोडफोड भएको छ भने जन्ती र बेहुली दुलही नलिइ घर फर्किएका छन् ।
श्रीगंगानगर जिल्लाको श्रीविजयनगर–१२ मा विवाह कार्यक्रम भइरहेको थियो । बेहुलाको जुत्ता बेहुली पक्षका युवतीहरुले लुकाइदिएपछि सामान्य बिबाद भयो ।
तर, यो बिबाद त्यतिमै रोकिएन । जग्गे चलिरहेकै बेला बेहुलाले दाइजोस्वरुप कार मागे । तर, बेहुली पक्षले दिन अस्वीकार गर्यो  । बिबाद उग्र हुँदै गएपछि जग्गे रोकेर दुवै पक्ष कुटाकुटमा उत्रिए ।
भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणका अनुसार घटनामा बेहुलीका काका पप्पुराम र उनकी श्रीमतीसहित चार जना घाइते भएका छन् । बेहुला पक्षका आक्रमणकारीले पप्पुरामको कारमासमेत क्षति पुर्याका  छन् ।
छिमेकीको हस्तक्षेपपछि लडाईं शान्त भयो । घाइतेलाई अस्पताल पु¥याइयो भने जन्ती र बेहुला रित्तो हात घर फर्किए । अहिले दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन् ।

Wednesday, 2 April 2014

ऋण तिर्न नसकेपछि १२ बर्षकी छोरीलाई बेचीन निरिह आमाले

१९ चैत- ब्रिटिश वेबसाइट डेलीमेलले छापेको खबर अनुसार १७ बर्षिया यि कम्बोडियन किशोरीको नाम दारा कियो हो। बालापनमा उनका पिता निकै ऋण परिवारमाथी छोडेर गएका थिए। यो ऋण चुकाउनको लागि आमासँग कुनै वस्तु थिएन। बाध्यतावश १२ बर्षको उमेरमा नै आफ्नै छोरी कियोलाई नै बेचिदिइन्। ऋण तिर्न कियोले परपुरुषसँग यौन सम्पर्क राख्नुपर्ने संझौता भएको थियो। ‘साहुले मार्ने-पिट्ने धम्की दिन्थे।

त्यसताका मैले दिनमा एक डलर भन्दा कमाउन सक्दिनथेँ। ऋणकै चिन्ताले म बिरामी पर्न गएँ। आखिरीमा मैले हार मान्नैपर्ने भयो’ कियो की आमा रोताना यतिबेला ६२ बर्षकी भईन्। यति भन्दाभन्दै रोतानाका आँखामा आँशु आउन थाल्छन्। जे भयो त्यसको बयान गर्न गाह्रो छ। ज्यादै डरलाग्दो कुरा यो छ की कंबोडियामा यो बिल्कुल असामान्य छैन। त्यहाँको पुरानो ताओइस्ट संस्कृतिमा यो मानिन्छ की पुरुषले धेरै भर्जिन कन्यासँग यौनसम्बन्ध राख्दा आयु लामो हुन्छ। कियोलाई सुरुमा एक भ्रष्ट डाक्टरको सामु लगियो जसले उनको मेडिकल जाँच गरि कियो भर्जिन रहेको निश्चित गर्योक। कियो भन्छिन्, ‘त्यसपछि मलाई त्यो व्यक्तिकोमा लगियो जसले मलाई किनेको थियो। मलाई उसका साथ एक हप्ता रहनुपर्ने थियो। एक हप्तामा उसले मसँग धेरैपटक असुरक्षित यौन सम्बन्ध राख्यो’।

अचम्मको कुरा त यो छ की कियोका भर्जिनिटी खरिद गर्ने व्यक्ति कम्बोडियाका एक प्रमुख राजनेता हुन्। कियो र उनकी आमाले उसको नाम बताउन अस्विकार गरेका छन्। उसले कियोलाई एक हप्तासम्म होटलमा राखेको थियो। दिनमा दुई तीन पटक कियोसँग यौन सम्बन्धको लागि आउँथ्यो। कियोले सम्झन्छिन्, ‘उसले निकै जबरजस्ती गर्थ्यो। सबै क्षण दर्दनाक थियो’। उक्त कष्टकारी हप्ता सकिएपछि उसले कियोलाई घरमा लगेर छोडेको थियो। हिडडुल गर्न र पिसाब गर्न समेत कियोलाई दुई हप्तासम्म निकै गाह्रो भएको थियो।

Sunday, 30 March 2014

पोथी न्याउरीमुसोले एक वर्षसम्म सेक्स गर्न पाएन भने मर्छ किन ?

सन्तुलित र स्वस्थ भोजनले मानिसलाई विभिन्न रोगबाट बचाउने र शरिर फिट राख्ने मात्र होइन कि मानिसको सेक्स लाइफलाई समेत स्वस्थ राख्छ । आफ्नो यौन क्षमता बढाउनका लागि विभिन्न प्रकारका खाना लिन सकिन्छ । यौन चाहना बढाउन समुद्री भोजन पनि उपयुक्त हुन्छ ।
– खानपानमा सामान्य परिवर्तन गरेर यौन जीवनलाई अझ उत्कृष्ट बनाउन सकिन्छ । समुद्री भोजनबाट कैयौं यौन समस्याको उपचार पनि सम्भव छ ।
– उपयुक्त खानपान भन्नाले पौष्टिक आहारमात्र खानुपर्छ भन्ने होइन, प्रोटिन, भिटामिन, क्याल्सियम र क्यालोरी पाउने खाना भन्ने पनि बुझिन्छ ।
–  तोरीले शरीर र मनलाई स्वास्थ राख्नेमात्र होइन, सेक्स्युअल ग्ल्याण्डलाई पनि फाइदा पु¥याउँछ, यतिमात्र नभई तोरीको परिकार खानाले सेक्सको भावनालाई बढाउँछ ।
– अदुवा सेक्स उत्प्रेरक मानिन्छ । गाँजर खानाले मानिसको स्नायूतन्त्र मजबूत हुनुका साथै यसमा रहेको भिटामिनले सेक्स लाइफलाई राम्रो बनाउँछ ।
– महमा एमिनो एसिड तथा कार्बोहाइड्रेटजस्ता अत्यन्त लाभदायी पदार्थ हुन्छन्, जसले मानिसको सेक्स लाइफलाई सुखमय बनाउँछ र दम्पत्तिबीचको यौनक्रियाका दौरान कमजोरी महसुस हुन दिदैंन ।
– यस्तै, स्वस्थ भोजनले मानिसलाई स्वस्थ राखी यौन जीवनलाई सुखमय बनाउन सक्छ ।



Friday, 28 March 2014

१० महिने छोराको पेटमा बच्चा भेटियो

काठमाडौं : दस महिने शिशुको पेटमा अर्को शिशु देखिएपछि कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेका छन्।

सर्लाही ललेमपुरका बैजु मण्डलकी पत्नी रन्जिताकुमारीको कोखबाट जन्मिएका ऋतिकराज मण्डलको पेट फुलेपछि भिडियो एक्सरे गर्दा अर्को शिशु देखिएको थियो।

चिकित्सकका अनुसार यो घटना नेपालमा पहिलोपटक भएको हो।

अस्पतालका वरिष्ठ चिकित्सक तथा बालरोग विशेषज्ञ डा. आरपी चौधरीले दस महिने शिशुको पेटमा शिशु देखेपछि अचम्म लागेको बताए। उनले नै शल्यक्रिया गरेर शिशु निकालेका थिए। उनका अनुसार संसारका पाँच लाख शिशुमध्ये एकमा यस्तो हुन्छ।

पाठेघरमा जुम्ल्याहा शिशुका लागि गएको स्पम (डिम्ब र शुक्रकिटको समष्टिगत रूप) एउटैमा केन्द्रित भएपछि शिशुको पेटमै अर्को शिशु विकास भएको उनले बताए।

छोराले लगातार बान्ता गर्न थालेपछि बैजु दम्पतीले उपचारका लागि काठमाडौं ल्याएका थिए। अस्पतालका चिकित्सकले सुरुमा ट्युमरको आशंका गरेका थिए।

‘एक्सरे गरेर हेर्दा शिशुको पेटको माथिल्लो भागमा ट्युमर देखियो, शल्यक्रिया गर्दा त ट्युमरभित्र अर्को शिशु भेटियो’, चौधरीले भने। ट्युमरले आन्द्राको भागसमेत ओगट्दै गएको थियो। ऋतिकको पेटभित्र रहेको मृत शिशुको तौल तीन सय ग्राम थियो।

साढे दुई घन्टा लगाएर गरिएको शल्यक्रियाबाट ऋतिकको पेटभित्र हात, खुट्टा, टाउको र सुँढजस्तो आकारको अर्को मानवाकृति चिकित्सकले निकालेका थिए।

चौधरीका अनुसार सुरुमा रन्जिताले ऋतिकलाई जन्माउँदा पाठेघरको अल्ट्रासाउन्ड गरेको भए यस्तो फेला पर्थ्यो र समयमै उपचारपछि समस्या बल्झिँदैन थियो। रन्जिताको गर्भमा जुम्ल्याहा शिशुको स्पम गएपछि एउटा विकास भएको तर अर्को स्पम विकास भएकै शिशुको पेटमा छिरेपछि यस्तो भएको चौधरीले बताए।

अस्पतालका अनुसार ऋतिकको स्वास्थ्य अहिले सामान्य छ। बेरोजगार बैजु दम्पतीले जीवनमा सोच्दैनसोचेको घटना भएको बताए।

‘जन्मेको तीन महिनादेखि छोराको पेट एकाएक बढ्न थाल्यो, रुनकराउन थालेपछि भारतको सीतामडीस्थित अस्पतालमा पुर्‍यायौं, कलेजोमा ट्युमर बढेको छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि डराएर नेपाल फर्कियौं। मलंगवा अस्पतालमा जचाउँदा काठमाडौं लैजानुस्, यहाँबाट हुँदैन भने। कान्तिमा ल्याउँदा पो थाहा भयो छोराको पेटमा त बच्चा पो रहेछ’, बैजुले भने।

वरिष्ठ बालरोग विशेषज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक गोविन्द ओझाले आमाको गर्भमा दुईवटा स्पम (शुक्रकीट र डिम्बको मिलन) प्रवेश भएपछि जुम्ल्याहा शिशु हुनुपर्नेमा एउटै शिशुमा अर्को स्पम गएर मिसिँदा यस्तो हुने बताए। ‘यो विरलै हुने घटना हो’, उनले भने।

बैजु दम्पतीले आफूहरूसँग भएको पैसा सकिन लागिसककाले सहयोगको याचना समेत गरे।

‘१६ दिन भयो अस्पतालमा बसेको, ६० हजार रुपैयाँ सकियो। अब कसरी खर्च जुटाउने? कतैबाट सहयोग मिले पनि हुन्थ्यो’, बैजुले भने।