ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label science. Show all posts
Showing posts with label science. Show all posts

Saturday, 3 May 2014

FAN BOX बाट कसरि कमाउने त पैसा !!!!!!!!!!!!!

नमस्कार  मित्र हरु आज तपाई हरु को साथ मा लिएर आएको छु  इन्टरनेट को दुनिया मा कम्पुटर को अगाडी बसेर कसरि पैसा कमाउने त ????? सबै लाइ यो कुरा मा चासो हुन्छ कसरि कमाउन सकिन्छ त पैसा इन्टरनेट बाट | आज तपाइँ हरु को यो जिज्ञासा लाइ केहि हद सम्म पुरा गर्ने को लागि आज यो पोस्ट तयार गर्दै छु | इन्टर नेट को दुनिया मा येस्ता थुप्रै पब्लिस्येर साइट हरु छन् जसले उसको एड सिंस हाम्रो वेबसाइट र ब्लग मा राखिदिय र त्यो एड मा क्लिक भए अनुसार तपाइँ ले पैसा $ कमाउन सक्नु हुने छ जुन तपाई हाम्रो लागि अति नै झन्झट हुन्छ किन कि हामीले सोचेको जस्तो हुदैन र ति साइट हरु को रुल र रेगुलेसन हरु पुरा गर्न नसक्दा हामीले दुख गरि कमाएका $ छिन भर मै खतम मतलब तपाई को एड सिंस एकाउन्ट दिसेबल हुन्छ र फेरी तपाई ले चाहेर पनि एक्टिभ गर्न सक्नुहुने छैन | यो फेन बक्स एस्तो साइट हो जुन साइट मा तपाइँ ले कुनै साइट बिना र कुनै ब्लग बिना एकाउन्ट बनाउन सक्नुहुन्छ र आफुले चाहेको जति कमाउन सकिन्छ |
       अब तपाई लाइ पक्कै पनि खुल्दुली भयो होला कसरि कमाउन सकिन्छ त यो फेन बक्स बाट $ आउनुहोस एसको बारे मा छोटो जान कारी लिनुहोस् |
१ : तपैले पोस्ट गरेको पोस्ट र ब्लग पोस्ट बाट
२ : तपाइले एड बनाएर
३ : कुनै लिंक हरु र पोस्ट बाट
४ : बर्गी कृत पोस्ट बाट
र येस्तई थुप्रै अप्सन हरु छन् जसको माध्याम बाट तपाइँ ले $ कमाउन सक्नुहुने छ |
* कसरि कमाउने त FANBOX बाट ??

 आउनुहोस केहि बुदा हरु मा केहि FANBOX बाट कसरि कमाउने त पैसा भन्ने बारेमा छोटो डिटेल :
१ : तपाई ले ब्लग र पोस्ट हरु पोस्ट गरेर :
यो तरिका भने को सबै भन्दा उत्तम उपाया हो जहाँ तपैले पोस्ट गरेको सामग्री हरु जति धेरै ले हेर्छन तेही अनुसार तपाई ले आम्दानी गर्न सक्नु हुने छ  एस मा तपाई बिभिन्न जानकारी हरु पोस्ट गर्न सक्नु हुने छ र राम्रो राम्रो फोटो हरु पनि पोस्ट गर्नु सक्नु पर्ने छ ताकी तपाई को पोस्ट धेरै भन्दा धेरै जाना ले हेरुन | यो FANBOX बिस्वो मा चल्ने भएका कारण ENGLISH मा लेख लेख्नु भयो भने झनै उत्तम हुने छ |
२ : तपाइले फ्री बिज्ञापन हरु बनाएर :
   एस मा तपाइँ ले गरेको पोस्ट को साथ् मा बिज्ञापन राख्नु सक्नुहुने छ जुन तपाइँ को लागि फ्री छ यो राखे बापत तपाइले कुनै कस्ट तिर्नु पर्दैन 

३ : लिंक हरु पोस्ट गरेर : 
 यो टाई को लागि निकै लाभ दायेक काम हुने छ किन कि अरु लिंक तपाइको ब्लग मा लिंक पोस्ट गर्न नबिर्सनुहोला किन तपाइँ ले राखेको लिंक मा भिजिटर ले क्लिक गर्दा तपाइको आम्दानि बढ्छ |

४ : पोस्ट हरु लाइ वर्गीकृत गरि :
 र यो फेन बक्स को बारेमा  अरु लाइ सिकाएर पनि इनकम गर्नुहुने छ 
हस्त मित्र हरु  आज को मेरो यो पोस्ट कस्तो लाग्यो र fanbox को बारेमा ब्रिस्तित रुप मा अर्को पोस्ट मा पोस्ट गर्ने छु र कसरि मेम्बर बन्ने बारे मा पनि सिकाउने छु तपाई पनि यो साइट मा जोइन भएर आम्दानि गर्न चाहनुहुन्छ भने मलाई फेसबुक मा म्यासेज गर्नु सक्नुहुने छ अथवा यहाँ तल कमेन्ट बक्स मा पनि सोध्न सक्नुहुने छ फेसबुक मा मलाई एड गर्न यहाँ जानुहोस |


Tuesday, 15 April 2014

BIDVERTISER बाट ब्लग चलाउदै कसरि कमाउने त डलर ?????????

नमस्कार मित्र हरु आज हामि  तपाइँ हरु को लागि सानो जान कारी लिएर आएको छु आसा छ पक्कै पनि तपाई हरु को लागि यो अति महत्व पूर्ण हुने छ र तपाइँ ले अनलाइन मार्फत पैसा पनि कमाउन सक्नु हुने छ जसको लागि धेरै माध्याम हरु छन् तर अहिले अहिले हामीले सुन्दै आएको पनि छौ जसको नाम बाट  PUBLISHERS एकाउन्ट खोलेर त्यहाँ बाट कोड कपि गरि आफ्नो वेब साइट अथवा ब्लग मा राखेर पैसा कमाउन सक्नु हुने छ | सबै PUBLISHERS नेपाली भाषा लाइ सपोर्ट गर्दैन तेसकारण हामि ले एड सिंस पाउन सक्दैनोउ तर जहाँ इक्छा त्यहाँ उपाय भने जस्तै BIDVERTISER ले हाम्रो नेपाली भाषा लाइ सहजै रुप मा बिज्ञापन राख्न को लागि सुइकृति दिन्छ र GOOGLE जस्तो पैसा निकाल्ने बेला मा डिसे बल हुने सम्भावना पनि एक दम कम हुन्छ | अब BIDVERTISER को बारेमा जान कारी र कसरि कमाउन सकिन्छ भन्ने बारेमा छोटो जान कारी लियौ जुन तपाई को लागि उपयोगी हुन सक्छ र घरमै इन्टरनेट चलाउदै डलर कमाउन सक्नुहुने छ |
इन्टरनेट को दुनिया मा धेरै बिज्ञापन दाता हरु को कम्पनि हरु छन् जसले उनीहरु को बिज्ञापन हाम्रो वेब साइट ब्लग मा राखिदिए बापत राम्रो पैसा दिने गर्दछन | जस्तै GOOGLE/ADSENSE , MEDIYA.NET ,INFOLINK , BIDVERTISER , CHITIKA , र अन्य धेरै नाम चलेका कम्पनि हरु छन् यी कम्पनि हरुको बिज्ञापन हामीले हाम्रो साइट मा राखे बापत हामी लाइ राम्रो कमिसन दिन्छ जुन हामीले पनि थोरै मेहनत मा प्राप्त गर्न सक्छोउ आज हामि BIDVERTISER को बारे मा छोटो चर्चा गर्दैछौ अबस्य पनि तपाई को लागि लाभ दायेक हुने छ |

के हो त BIDVERTISER ? आउनुहोस जानकारी लिनुहोस् |
BIDVERTISER ठुलो बिज्ञापन दाता कम्पनि हो यो साइट बाट तपाई ले सानो एकाउन्ट खोलि एसका बिज्ञापन हरु तपाई ले आफ्नो ब्लग र साइट मा  राख्न सक्नुहुने छ र तपाई का साइट मा भएका बिज्ञापन मा किलिक भए अनुसार तपाई ले $ कमाउनु हुने छ |

तपाइँ को ब्लगर साइटमा भिजिटर को संख्या न्यूनछर तपाई अंग्रेजी जी लेख्न  र ब्लग साइट चलाउन सक्नुहुन्नभने अरु बिज्ञापन दाता हरु बाट तपाई ले यो सुबिधा पाउन असम्भब नै छ तर BIDVERTISER बाट तपाई ले सजिलै बिज्ञापन पाउन सक्नुहुन्छ र आफ्नो साइट मा राख्न सक्नुहुने छ बिज्ञापन मा किलिक भए अनुसार पैसा कमाउन सक्नु हुने छ  | तपाई ले राख्नु भएको बिज्ञापन मा एक पटक किलिक भए बापत तपाई लाइ 0.02 देखि 1$ सम्म पैसा पाउने भएका ले यो बिज्ञापन कम्पनि लाइ राम्रो मानिन्छ

अब तपाई लाइ लाग्यो होला कसरि हामि पनि पैसा कमाउने ????? धन्दा नमान्नुहोस हामि तपाइँ सिकाउने छौ|
पहिला तपाइँ ले SIGN UP को लागि यहाँ जानुहोस र PUBLISHER ACCOUNT का लागि SIGN UP गर्नुहोस यहाँ तल देखाए जस्तै ..

 माथि चित्र मा देखाए जस्तै पहि लाइ १ मा किलिक गर्नुहोला र अनि नम्बर २ मा भने जस्तै JOIN NOW - IT IS FREE मा किलिक गर्नुहोस र तेस पछी तपाइको लागि सानो फ्रम खुल्ने छ जुन तपाई ले सहि ठेगाना पोस्ट बक्स नं र अन्य डाटा हरु भर्नु पर्ने छ जसले गर्दा प्राप्त रकम तपाई सामु सजिलै पुगोस  जसको लागि यहाँ तल हेर्नुहोस .....

यी सबै खाली ठाउ भरे पछी तपाई ले GET ACTIVATION COD  मा किलिक गर्नु पर्ने छ अनि तपाई को इमेल बक्स मा इमेल पाउनु हुने छ र त्या बाट कोड नं यो खालि ठाउ मा टाइप गरि तल भएका सबै एग्रिमेन्ट र BIDVERTISER RULS मा टिक मार्क लगाउनु होला र लास्ट मा CONTINEU मा किलिक गर्नुहोला अब तपाई को लागि CATEGORY छान्नु पर्ने हुन्छ र तपाई ले PAYMENT METHOD  छान्नु पर्ने हुन्छ  एदी तपाइँ नेपाल मा हुनुहुन्छ भने तपाइँ ले WESTERN UNION  छानेर आफ्नो सहि बिबरण दिनु भो भने तपाई ले कमाउनु भएको डलर सजिलै तपाई को हात पर्छ |
अब तपाई को BIDVERTISER को एकाउन्ट तयार भयोअब तपाई ले गेट कोड मा किलिक गरि त्या उपलब्ध कोड लाइ ब्लग मा राख्नु सक्नूहुने छ जसको लागि तल को चित्र हेर्नुहोस
१ , BIDVERTISER  मा तपाइँ को USER NAME र  PASSWORD राखेर SIGN IN गर्नुहोस जस्तै :-

२ , अब तपाइँ PUBLISHER को  दासबोर्ड मा पुग्नु भो अब पेज को अन्तिम तिर BIDVERTISER TITLE .URL,TYPE CLICK POINTS, REVENUE आदि देख्नु हुने छ र तपाई ले साथ् साथै GET AD CODE देख्नु हुने छ र तेसै मा किलिक गर्नुहोस तल चित्र मा जस्तै गोलो घेरा लगाएको मा किलिक गर्नु होस्
३ , अब त्या दिएको कोड लाइ कपी गरेर आफ नो ब्लग र साइट को साइड बार र पोस्ट भन्दा तल पोस्ट भन्दा माथि र पोस्ट को बीच मा राख्नु सक्नुहुने छ कोड कहाँ हुन्छ त हेर्नुहोस GET AD COD किलिक गरिसके पछी को  यो चित्र  मा रातो घेरा भित्र भएको कोड सबै कपि गरि तपाई को ब्लग को या साइट  मा राख्न सक्नुहुने छ जस्तै :-

अब तपाई ले यो AD CODE लाइ ब्लग या साइट मा कसरि राख्ने बारे मा सिकाउदै छु पहिला तपाई आफ्नो ब्लग खोल्नुस र  LAYOUT मा जानुहोस यहाँ तल जस्तै
रातो घेरा लगाएको कुनै पनि ठाउ मा तपाइँ ले कपि गरेर लयाएको कोड पेस्ट गरि शेभ गर्नुहोलाअब तपाई को साइट मा एड देखाउछ |

४ , अब तपाई ले बिज्ञापन को साइट मिलाउन CHOOSE TEMPLET मा किलिक गरि साइज मिलाउन सक्नुहुने छ
५ कुनै अर्को नया ब्लग मा बिज्ञापन राख्नु पर्यो भने तपाई लेयहाँ तल चित्र मा देखाए जस्तै गर्नु पर्ने छ र कोड निकाली तपाई ले आफ्नो साइट मा राख्नुसक्नुहुने छ |

थप जानकारी तपाइले प्राप्त गर्नु भएको डलर १००$ पुगे पछी WESTREN UNION मार्फत प्राप्त गर्न सक्नुहुने छ र तपाई संग PAYPAL कार्ड छ भने तपाई ले १० $ भए पछी तपाई को एकाउन्ट मा त्रास्फार गर्न सक्नुहुने छ

हस्त मित्र हरु आज हामि कसरि अनलाइन बाट पैसा कमाउन सकिन्छा BIDVERTISER को माध्याम बाट भन्ने कुरा जानियो तपाई लाइ यो मेरो पोस्ट कस्तो लाग्यो र थप जान कारी को लागि मलाई इमेल गर्नुहोला र फेसबुक मा तपाई ले मलाई साथि कोरुप मा पनि एड गर्न सक्नुहुने छ जसको लागि यहाँ जानुहोस
तपाइँ को अमुल्य सुझाब र सल्लह को प्रतिकछा माहुने छु नमस्कार
मैले पनि येही bidvertiserको प्रयोगगरेको छु यो तल भएको बिज्ञापन तेही bidvertiser को हो |

''
Download

Monday, 24 March 2014

अब फेसबुकबाट निःशुल्क फोन

चैत १० । के तपाईंसँग एप्पल आइफोन वा एण्ड्रोइड फोन छ ? अनि तपाईंको फेसबुक अकाउन्ट पनि होला । त्यसो भए दंग पर्नुस्, तपाईंले अब सित्तैमा फोन गर्न पाउनु हुनेछ । आइफोन तथा एण्ड्रोइड भर्सनका प्रयोगकर्ताहरुले फेसबुक मेसेन्जर एपबाट निःशुल्क फोन गर्न मिल्ने सुविधा फेसबुकले ल्याउँदैछ ।

गत वर्षदेखि अमेरिका र क्यानाडामा फेसबुकले निःशुल्क फोन सेवा दिइरहेको छ । अब भारतलगायतका एसियाली उपभोक्तामाझ पनि यो सुविधा लागू गर्ने तयारीमा फेसबुक पुगेको छ । तपाईंले आफ्नो फ्रेन्ड्स लिष्टमा रहेका साथीहरुसित निःशुल्क फोन गर्न सक्नु हुनेछ । तर तपाईंले इन्टरनेट शुल्क भने बढी तिर्नुपर्ने हुनसक्छ । यो सेवा स्काइप झैं हुने बताइएको छ । स्काइपको फोन सुविधाको लोकपि्रयता विश्लेषण गर्दै फेसबुकले यो सुविधा ल्याउन लागेको हो । निःशुल्क कलको गुणस्तर तपाईको इन्टरनेटको गतिले निर्धारण गर्नेछ ।

फेसबुकले यस बारे खासै प्रचार भने गरेको छैन । उसले फेसबुक मेसेन्जर एप अपग्रेड गरी त्यसमा ‘फ्री कल’ बटन जडान गरेको छ । जुन आइफोन र एण्ड्रोइड प्रयोगकर्ताको लागि मात्र उपयुक्त हुनेछ ।

कसरी गर्ने निःशुल्क फोन ?

फेसबुक मेसेन्जर एप अपडेट गरेपछि यो सुविधा लिन सकिनेछ । अटोमेटिक अपडेट विशेषतायुक्त सेट छ भने च्याट रुममा गएर कोही साथीलाई च्याटमा आमन्त्रण गर्नुहोस् । त्यसमा फ्रीकल बटन देखिन्छ, त्यसलाई दबाउनुस् ।

तर, ती साथी पनि एण्ड्रोइड र आइफोन प्रयोगकर्ता हुनु अनिवार्य छ । विण्डोज प्रयोगकर्ताले यो सुविधा लिन सक्ने छैनन् । तर, फेसबुकको निःशुल्क फोन सुविधाको कारण टेलिकम व्यवसायीहरुको लागि चिन्ता थपिदिएको छ ।
- अनलाइनखबर

Friday, 21 March 2014

आइफोनमा असम्भव १३ चीज जो ग्यालेक्सी एस ५ मा मात्र सम्भव छ

स्मार्टफोन बजारमा आइफोन र सामसुङ ग्यालेक्सी सेरिज चीर प्रतिद्वन्द्वी हुन् । प्रयोगकर्ता पनि यी दुई सेरिजमा उपलब्ध सेवाको तुलना गरेर कुन किन्ने भन्ने निर्णय गर्छन् ।
सामसुङले हालै ग्यालेक्सी एस ५ सेरिज सार्वजनिक गरेको छ । अपि्रल ११ बाट बिश्वब्यापी रिलिज हुने यो मोडलमा प्रतिस्पर्धी आइफोन ५एसमा नभएका धेरै रोचक फिचर छन् ।
हामी आज तपाईलाई ग्यालेक्सी एस ५ मा उपलब्ध यस्ता १३ वटा बिशेषताबारे जानकारी दिँदै छौं जो आइफोनमा उपलब्ध छैनन् ।
 यसमा रहेको विशेषताहरु निम्न छन्ः

-१) यसमा तपाईंले फिंगरप्रिन्टको प्रयोग गरी फोनकै माध्यमले भुक्तानी गर्न सक्नु हुनेछ । ‘पे पाल’सँगको सहकार्यमा सामसुङले यो सेवा दिएको हो ।

-२) यो फोन पानीमा डुबाउँदा पनि केही असर पर्ने छैन । तर तपाईं हामीलाई थाहा भएकै कुरा हो, आइफोन पानीमा डुबाउँदा के हुन्छ ?
 galaxy2
-३) यसको क्यामेरा पनि निकै क्षमतायुक्त हुनेछ । १६ मेगापिक्सेलको यसको क्यामेराले आइफोनभन्दा राम्रो फोटो खिच्नेछ । किनकी आइफोनको पछिल्लो भर्सन ‘५ एस’मा जम्मा आठ मेगापिक्सेलको क्यामेरा छ ।

 galaxy3
-४) यो स्मार्टफोनमा १६ जीबी र ३२ जीबी मेमारी क्षमता रहनेछ । हुन त, आइफोनमा ६४ जीबीसम्मको मेमोरी सुविधा छ, तर ग्यालेक्सी एस फाइभमा माइक्रो एसडी मेमोरी कार्ड स्लट रहनेछ, जुन १२८ जीबीसम्म एक्सपान्ड गर्न सकिनेछ ।
galaxy4
-५) यसमा फन्ट फेस क्यामराको क्षमता पनि अब्बल रहनेछ । यसले फोटोमा धब्बा आउने अर्थात् फाटिने सम्भावना रहने छैन ।
 galaxy5
-६) ग्यालेक्सी एस फाइभ पहिलो फोन हुनेछ जसमा लाइभ एचडिआर प्रिभ्यू जडित छ । यसको मद्दतले तपाईंले फोटो खिच्नुअघि त्यसको सम्भाव्य इफेक्ट स्क्रिनमा हेर्न सक्नुहुनेछ ।

 galaxy6
-७) यो स्मार्टफोनको मद्दतले तपाईंले चार गुणा बढी एचडी रिजोलुसनयुक्त भिडियो खिच्न सक्नु हुनेछ । जुन अहिलेको मोबाइलभन्दा अब्बल मान्न सकिनेछ ।
galaxy7
-८) ग्यालेक्सी एस ५ विभिन्न मोडमा तपाईंले फोटो खिच्न सक्नुहुनेछ । यसमा सरलीकृत इन्टरफेस र किड्स मोडको कारण यसको प्रयोगमा सहज हुनेछ ।
galaxy8
-९) यसमा ब्याट्रीको खपत घटाउने क्षमता रहनेछ । स्क्रीनको सेतो र कालोपना कम गरी ब्याट्रीको खपत घटाउने फिचर राखिएको छ । व्याट्रीको शक्ति घटेको बेला फोन मोनोक्रोम पावर सेभिङ मोडमा पुग्छ । यसले ब्याट्रीमा निहीत शक्तिबाटै दोब्बर कार्यक्षमता हासिल गर्दछ ।
galaxy9
-१०) व्याट्रीको क्षमता खस्किदै गएपछि फोनमा रहेको एसिडले सेटमा रहेको अन्य पार्टपूर्जा खराब पार्दछ । तर यो सेटमा यस्तो समस्या आउँदैन, अर्को व्याट्री परिवर्तन गर्नुस्, समस्या दूर । आइफोनमा पनि यो विशेषता छैन ।
galaxy10
-११) यो मोडलको निर्माण हर्ट रेट सेन्सरको आधारमा गरिएको छ । यसबाट तपाईंले आफ्नो शरिरको धड्कन पत्ता लगाउन सक्नु हुनेछ । यसको दाहिने कुनामा रहेको फिटनेश एप दबाउँदा तपाईंले यो सूचना पाउनु हुनेछ । अचेल धेरैखाले एप्स छन्, जुन तपाईंले आई फोनमा झैं डाउनलोड गरी मोनिटरको रुपमा प्रयोग गर्न सक्नु हुनेछ ।
galaxy11
-१२) ग्यालेक्सी एस ५ तपाईंले रिमोटसरह चलाउन सक्नु हुनेछ । किनकी, यो सेटको माथिल्लो भागमा इन्फारेड ब्लाष्टर जडित छ ।
galaxy12
-१३) यसमा भएको डाइनामिक इमेज चिपले फोटोमा प्राकृतिक रुप अर्थात् नेचुरल इमेज बनाउनेछ । यसले फोटोमा रङ र पृष्ठभूमि आफैं मिलाउने गर्दछ ।
galaxy13


Wednesday, 12 March 2014

आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो ? यसरी थाहा पाउनुहोस्

मेरो कम्प्युटर वा ल्यापटप पछिल्लोपटक कहिले प्रयोग भयो ? सम्भवत यो सवैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकी अहिलेको जमानामा कम्प्युटर नै एउटा ब्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।
त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात र सूचनाहरु राखिएका हुन्छन, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । ब्यक्तिगत कम्प्युटर उसको पर्स भन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।
त्यसैले तपाईको कम्प्युटर पछिल्लोपटक कहिले प्रयोग गरियो भन्ने सूचनाले त्यो कसले प्रयोग ग¥यो र आफ्ना सूचनाहरु कसले थाहा पाइराखेको छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ ।
यदि तपाईको घरमा केटाकेटीहरु छन र उनीहरुले रातीको समयमा कम्प्युटरमा खेलेर बिताउने सम्भावना छ भने अन्तिमपटक प्रयोग कतिखेर भयो भन्ने सूचनाले तपाईलाई झनै सहयोग गर्ने छ ।
त्यसैले आज हामी तपाईलाई केही यस्ता सरल बिधिहरु बताउँदैछौं जसको सहयोगमा तपाई कुशल प्राबिधिक नभई पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो भन्ने थाहा पाउन सक्नुहुनेछ ।
कसरी थाहा पाउने ?
सामान्यतः तपाईले आफ्नो कम्प्युटरको रिसेन्ट प्लेसस फोल्डरबाट आफ्नो कम्प्युटरमा कुन समयमा कुन फोल्डर खोलियो भन्ने जानकारी लिन सक्नुहुन्छ । स्टार्ट मेनुमा रहेको सर्चमा गएर रिसेन्ट प्लेसस सर्च गर्नुभयो भने सो फोल्डर देखिने छ । त्यसलाई खोल्नुहोस्, त्यहाँ डेट मोडिफोइड शीर्षकमा कम्प्युटरमा पछिल्लोपटक खोलिएका फोल्डरको सूची देखिन्छ । त्यहाँ क्लिक गरेपछि तपाईले आजको दिन, यो साता, यो बर्ष लगायतका बिभिन्न अप्सन छानेर फोल्डर खोलिएको सूचना थाहा पाउन सक्नुहुन्छ ।
वेब ब्राउजर history मार्फत् पनि इन्टरनेटमा कुन फाइल चेक गरियो भन्ने जानकारी लिन सकिने छ ।
प्रबिधिसँग जानकार मानिसले यी माथिका बिधिलाई सजिलै छलेर तपाईको कम्प्युटर प्रयोग गर्न सक्छ ।
त्यसैले तपाईले Windows Log  बिधि प्रयोग गरेर पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग गरियो भन्ने जानकारी लिन सक्नुहुन्छ ।
यसका लागि विन्डोज ८ मा Event Viewer अप्सन हुन्छ । सोमार्फत् तपाईले विन्डोज लग एक्सेस गर्न सक्नुहुन्छ । विन्डोज ७ र विन्डोज एक्सपीमा Control Panel मार्फत् Administrative Tools> Computer Management> र Event Viewer हुँदै अगाडी बढेर Windows Log  फोल्डर खोल्नुहोस् ।
त्यहाँ Security लग र Application  लग गरि दुईवटा अप्सन छन् । सेक्युरिटी लगमार्फत् तपाईको कम्प्युटरमा कतिखेर पछिल्लोपटक नयाँ युजरले एक्सेस गर्ने कोसिस गर्यो भन्ने सूचना हुने छ भने एप्लिेकसन लगमा पछिल्लोपटक कतिबजे कम्प्युटर रिबुट भयो र कुन कुन एप्लिकेसन प्रयोग भयो भन्ने जानकारी दिने छ । यसबाट तपाईले आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो थाहा पाउनुहुनेछ । आफ्नो अनुपस्थीतिमा प्रयोग भएको अबस्थामा आफ्ना महत्वपूर्ण सूचनामाथि पुहँच पुर्याइयो कि भनेर सचेत हुन सजिलो हुने छ । 
अनलाइन खबर

Thursday, 29 August 2013

कस्तो छ गुगलको 'सेल्फ ड्राइभिङ' कार (भिडियो सहित)

सान डियागो– आफै चल्ने कार पहिले फिल्ममा मात्र हेर्न सकिन्थ्यो। अब सफ्ट्वयर दुनियाको बादशाह गुगल यस्तो कार ल्याएको छ। हरेक क्षेत्रमा नयाँ प्रविधि प्रयोग गर्न माहिर गुगलले सेल्फ ड्राइभिङ कार ल्याएको हो।यो कार चलाउन चालक चाहिँदैन। गुगलको यो रोबो–ट्याक्सीले मान्छेले चाहेअनुसार ल्याउने-लैजाने सुविधा प्रदान गर्नेछ। यो कारले विश्वमा अहिले भएको परिवहन व्यवस्थालाई बदल्न सक्ने दाबी गुगल अधिकारीले गरेका छन्। जुलाई महिनासम्म गुगल सेल्फ ड्राइभिङ कार २ हजार ५ सय यस्ता कार गुगलले बिक्री गरेकी छ। 

यो कारको निर्माणपछि धेरै मानिसहरुलाई व्यक्तिगत कारको आवश्यकता महसुस हुने छैन। यसले सडक दुर्घटनामा पनि कमी ल्याउने गुगलले दाबी छ। 'मानवीय त्रुटिलाई यसले कमी गर्ने छ', गुगलले भनेको छ- 'यसले वातावरण प्रदुषण हुनबाट समेत जोगाउने छ।' यो कार एक पटक चार्ज गरेपछि ७५० माइलसम्म गुड्छ अथवा  ४८ घन्टासम्म स्ट्यान्ड बाइ मोडमा रहन सक्छ।
गुगलले हालै कार निर्माताहरु सँगको परामर्शपछि रोबो–ट्याक्सी बनाउने निर्णय गरेको हो। सेल्फ ड्राइभीङ सफ्टवयरको प्रयोग गरेर यो प्रोजेक्ट सफलतापूर्वक पूरा हुने विश्वास लिइएको छ। यो कारको निर्माणसँगै ट्राफिक नियमहरुको बारेमा प्रश्न पनि उठेका छन्। यो कार कानुनी हुने वा नहुने भन्ने पनि छलफल सुरु भएका छन्। कार दुर्घटनामा परेमा त्यसको जिम्मेवार को हुने?, स्पिडको समस्या कसरी समाधान गर्ने ? भन्ने विषय बहसमा आएका छन्।
अमेरिकाका क्यालिफोर्निया, फ्लोरिडा र नेभदामा यो कारले गुड्ने अनुमति पाइसकेको छ।

भिडियो


Friday, 5 July 2013

टुहुरो भयो माउस

कम्प्युटर माउसको आविष्कार गर्ने वैज्ञानिक डग एंगलबर्टको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९२५ को जनवरी ३० मा अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा रेडियो मर्मत गर्ने पिता र गृहिणी आमाको कोखबाट जन्मेका एंगलबर्टले सन् १९६० मा कम्प्युटर माउसको आविष्कार गरेका थिए ।
2
उनले आविष्कार गरेको माउस काठको खोल भएको र दुइवटा पंाग्रा भएको थियो । उनले क्यालिफोर्निया रिचर्स संस्थामा इमेल, वर्ड प्रोसेसिङ तथा भिडियो टेलिकन्फ्रेन्सिङ जस्ता प्रविधिमा पनि काम गरेका थिए । उनको जुलाई २ मंगलबार निधन भएको उनकी छोरीले पुष्टि गरेकी छिन् ।
ओरेगन स्टेट विश्वविद्यालयमा इलेक्टि्रकल इन्जिनियरिङ पढेका उनले दोश्रो विश्वयुद्धका बेला राडार प्राविधिकको काम गरेका थिए । उनले अमेरिकी अन्तरीक्ष संस्था नासाको सुरुवाती रुप नाकामा पनि काम गरेका थिए । उनले आफ्नै अनुसन्धान संस्था स्टानफोर्ड रिसर्च इन्स्िटच्युट स्थापना गरी कम्प्युटर माउस तथा अन्य प्रविधिको विकाशमा काम गरेका थिए ।

सोनीको ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा

२० असार, काठमाडौं । नेपाली बजारमा सोनीको स्मार्टफोन ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा उपलब्ध हुने भएका छन् । हालैमात्र कालो र सेतो रङमा दुई मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्रिएका हुन् । नेपालमा एक्स्पेरियाको २९ हजार ९ सय ९९ रुपैयाँ र एक्स्पेरिया एसपीको ४१ हजार ९ सय ९९ रुपैयाँ पर्ने नेपा हिमा ट्रेड लिंकले जनाएको छ । टे्रेड लिंक सोनीको नेपालका लागि आधिकारीक बिक्रेता हो ।
Sonney-mobile
दुबै स्मार्टफोनमा अत्याधुनिक सुविधाहरु रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार दुबै मोडलमा ८ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । स्मार्टफोनमा एन्ड्रोइडको ओएस ४.१ जेलि बिन अपरेटिङ भर्सन प्रयोग गरिएको छ । एक्स्पेरियामा ४.३ इञ्चको डिस्प्ले रहेको छ भने एक्स्पेरिया एसपीमा ४ दशमलव ६ इञ्चको डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

माइक्रोम्याक्सको ल्यायो ‘क्यानभास म्युजिक’

भारतीयमा ब्राण्ड माइक्रोम्याक्सको ‘क्यानभास म्युजिक’ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । मइक्रोम्याक्स मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पशुपती ट्रेड लिंकले उक्त स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्मार्टफोनको नेपाली बजारमा १६ हजार रुपैयाँ पर्ने बताइएको छ ।
सुविधाहरु
४.५ इञ्च मल्टी टच स्त्रिmन भएको क्यानभास म्युजिक स्मार्टफोन नेपाली बजारमा कालो कलरमा उपलब्ध भएको मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले बताउनुभयो । यस स्मार्टफोनमा १ गिगाहर्जको ड्यूल कोर प्रोसेसर प्रयोग गरिएको छ । एन्ड्रोइड ओएस ४.१.१ जेली बिन अपरेटिङ सिष्टम भएको स्मार्टफोनमा १८०० एमएएचको ब्याटि्र रहेको छ । फोन किन्दा एउटा हेडफोन सित्तैमा पाइने कम्पनीले जनाएको छ ।
canvas-music-mobile
यसमा पछाडी ५ मेगा पिक्सेल क्यामेरा र अगाडी ०.३ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । जस्ले गर्दा आकर्षक फोटो खिच्न सकिने कम्पनीको दाबि छ । स्मार्टफोनमा आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ । यसमा ब्लुटुथ, वाईफाई, एमपी थि्र, एमपी फोर, जिपिआरएस लगाएतका सुविधाहरु रहेका छन् । नेपाली स्मार्टफोन बजारमा यसले बलियो उपस्थिती देखाउने अपेक्षा कम्पनीले गरेको छ ।

Wednesday, 3 July 2013

(आजको पञ्चाङ्ग र राशीफल )विक्रमसंवत् २०७० साल आषाढ २० गते बिहीबार, ईश्वीसन् २०१३ जुलाई ०४, नेपाल संवत् ११३३,

आजको पञ्चाङ्ग र राशीफल विक्रमसंवत् २०७० साल आषाढ २० गते बिहीबार, ईश्वीसन् २०१३ जुलाई ०४, नेपाल संवत् ११३३,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । पूर्व वा दक्षिण दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने समय छैन ।

Tuesday, 22 January 2013

यौन सम्पर्क पछि किन सुत्न चाहन्छन पुरुष ?



यो एउटा समस्याको रुपमा खडा भएको छ जसले धेरै महिलालाई निराश बनाउने काम गर्दछ । तर, वैज्ञानिकहरुले सेक्स गर्ने बित्तिकै सुत्ने पुरुषहरुका लागि राम्रो बहाना निकालिदिएको छ । जब पुरुषहरु यौनक्रियामा संलग्न हुन्छन् तब उनीहरुको दिमागले सुत्नको लागि आदेश दिन्छ, एक नयाँ अनुसन्धानले प्रकाशित गरेको छ । चरमोत्कर्षपछि पुरुषको दिमागले सोच्ने काम बन्द गर्ने वैज्ञानिकहरुले उक्त अनुसन्धानमा उल्लेख गरेका छन् । त्यसको ठिक बिपरित महिलाहरु चरमोत्कर्ष पछि थप उर्जाशील हुने र पुरुषहरु सुतिदिनाले निराश भएर छततिर हेरेर बस्ने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । चरमोत्कर्षको दौरान र चरमोत्कर्ष पछि पुरुषहरुमा गरिएको उक्त अध्ययनले पुरुषको दिमागको सेलिब्रल कोरटेक्स ( जसले सोच्ने काम गर्छ) पूरै निष्कृय हुने गर्दछ 

Sunday, 14 October 2012

यस्तो छ सामसुङको मिनी स्मार्टफोन

चार इन्चको मध्यम आकारको स्मार्टफोनको लोकप्रियता देख्दा सामसुङले बाचा गरेको गरेको थियो की उसले पनि छिटै एक यस्तै प्कारको सानदार मोबाइल फोन ल्याउनेछ भनेर । आखिर सामसुङले बाचा पूरा गरेरै छाड्यो । कम्पनीले विश्वभर सबैभन्दा बढि रुचाइएको आफ्नो स्मार्टफोन ग्यालेक्सी एस थ्री सानो स्वरुप बजारमा ल्याएको छ । जर्मनीमा आयोजित एक कार्यक्रमका बीच सामसुङले ग्यालेक्सी एस थ्री को मिनी भर्सन र्सार्वजनिक गरेको हो ।
सामसुङ ग्यालेक्सी एस थ्री सामसुङको फ्लागसीप मोबाइल उत्पादन हो र यहीँ स्मार्टफोनबाट कम्पनीले यो त्रैमासिकमा ७ अर्ब ३० करोड अमेरिकी डलर कमाइ गरेको छ । यहीँ सफलतालाई क्यास गर्दै एप्पलको आइफोनलाई माथ दिनेगरी सामसुङले एस थ्री मिनी स्मार्टफोन ल्याएको हो । एस थ्री मिनी ग्यालेक्सी एस थ्री का फिचर्सहरु त छन् नै यसको मज्जा भनेको आकारमा सानो तथा मुल्यमा पनि सस्तो हो । यसको स्त्रिmन ४ इन्चको छ जसमा ८ सय गुण ४ सय ८० पिक्सेल रिजोलुसन हुनका साथै यो एन्ड्रोइड जेली बिन ४.१ अपरेटिङ सिस्टमबाट चल्छ । यसमा एक गिगाहर्जको डुअल कोर प्रोसेसर रहेको छ । साथै एल इ डी फ्लास सहितको ५ मेगा पिक्सेलको क्यामरा रहनुका साथै भिडियो कलिङका लागि अर्को अतिरिक्त भिजिए क्यामरा पनि छ । यो मिनी स्मार्टफोनमा १ जिबिको र्याम, १६ जिबी देखि ३२ जीबी सम्मको मेमोरी उपलब्ध छ । कनेक्टीभिटीका लागि यसमा वाइफाइ, जिपिएस, एनएफसी तथा ब्लुटुथ लगायका सुविधा छन् । ग्यालेक्सी एस थ्री मिनि आउँदो डिसेम्बर महिना अर्थात् क्रिसमसको आसपासमा बजारमा आउने बताइएको छ । यसको मुल्य साढे ३ सय देखि साढे ४ सय अमेरिकी डलर सम्म पर्ने बताइएको छ ।

Saturday, 13 October 2012


कुन राशीका मानिसले कस्तो रूमाल राख्ने !

मानिसले प्रयोग गर्ने हरेक वस्तुसँग हाम्रो सफलता र असफलता पनि जोडिएको हुन्छ । यस्तै मानिसले प्रयोग गर्ने रंगले पनि मानिसलाई प्रभाव पार्ने ज्योतिषीहरू बताउँछन् । ज्योतिषीहरूका अनुसार नौ ग्रहको सम्बन्ध फरक-फरक रंङ्गसँग हुने गर्दछ र रंग अनुसार नै सफलता र असफलता पनि जोडिएको हुन्छ । मानिसले प्रयोग गर्ने रूमाल यदी ग्रहले हुने सम्बन्धका आधारमा राख्ने हो भने सफलताका लागी फलदायी हुन सक्छ । थाहा पाऔ कुन राशीका मानिसले कस्त रङ्गको रूमाल प्रयोग गर्ने:
मेष: रातो वा कलेजी वृष: सेतो वा सिल्भर मिथुन: हरियो वा कालो कर्कट: सेतो, सिल्भर वा क्रिम सिंह: रातो, चक्लेटी वा कलेजी कन्या: हरियो वा कालो तुला: सेतो वा सिल्भर वृश्चिक: रातो, चक्लेटी वा कलेजी धनु: पहेंलो, क्रिम वा सेतो मंकर: कालो वा निलो कुम्भ: कालो, नीलो वा जामुनी मीन: पहेंलो, सेतो, वा क्रिम