ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label photo. Show all posts
Showing posts with label photo. Show all posts

Thursday, 1 May 2014

आखिर नुवाकोटे लुरेसंग पोइल जाने भइन कोमल ओली

www.janirakhau.comलाखौं शुभचिन्तकको रोजाई र जिज्ञासुकी पात्र गायिका कोमल ओलीलेकाठमाडौसंगै सिमा जोडिएको नुवाकोटे लुरे ठिटोसंग पाइल जाने रहर भएको गीतमार्फत खुलेरै गाइन् । नुवाकोटको प्रमुख शहर वट्टारवजारमा आयोजित तेश्रो नुवाकोट महोत्सवमा सहभागी हुन शुक्रवार महोत्सवस्थल पुगेकी वहुप्रतिभाकी धनी कोमल ओलीले हजारौ दर्शकलाई वढ्दो गर्मीसंगै आफ्नो गरमाउलो प्रस्तुती गरेर रमाइलो दिलाउंदै एक पटक निकै तताइन् ।
  नमस्ते नुवाकोट आइ लभ यु भन्दै स्टेजमा पुगेकी ओलीले आफु ११ महिनाको अवधिमा नुवाकोट दुई पटक आएको र भावनात्मक सम्वन्ध पनि विकसित हुदै गएको भन्दै नुवाकोट सम्वन्धि सायरी र सन्देशमुलक भनाई छाड्दै छड्के सलाम गर्दै वांझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा उपहारस्वरुप दर्शकका लागी गाएर अधिकांशलाई नचाइन् । उनले आफुलाई लुरे राम्रो, स्वस्थ हुने भएको कारण मन पर्ने र नुवाकोटे लुरेसंग पाइल जान इच्छा रहेको पनि हजारौं दर्शकलाई मन्त्रमुग्ध पारिन् ।  सञ्चारकर्मी, गायिका र आफ्नै गीतमा अभिनयसकेत गरिसकेकी ओलीले पछिल्लो समय नेपालमा युवा पुस्ताले अधिकांश क्षेत्रको नेतृत्व लिएको र तेश्रो नुवाकोट महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी पनि युवा नै रहेको कारण देश र समाज परिवर्तन हुने चन्दै खुसी व्यक्त गरिन् ।

दुई घण्टाको अवधिमा लगातार पांच वटा गित गाउनुका साथै दर्शकसंगै नाचेकी ओलीले पहिलो गीत वांझो खेतमा गाउंदा आयोजक संस्थाका अध्यक्ष राजनलाल श्रेष्ठ, उपाध्यक्ष तारावहादुर कार्की र गायक उज्ववलजंग ठकुरीलाई मञ्चमै नचाइन भने त्यसपछिको चारवटा गित दर्शकदीर्घामा गएर दर्शकसंग नाच्दै ए नानी गाजले म त मरे लाजले भने कम्मर मर्काइ मर्काइ नाच्दै गाइन् ।  उनलाई सयौं दर्शकले नाचेर साथ दिए ।  तेश्रो प्रस्तुतीका रुपमा ओलीले म छु त चिटिक्क परेकी कुमारी गाउंदा उनलाई सयौं युवाहरुले आइ लभ यु भने । उनले पनि आइ लभ यु नुवाकोट भन्दै जवाफ फर्काइन् । त्यसपछि कोमलले चौथो प्रस्तुती माया वस्यो मुटुमा मायाको मिठास छुट्टै गाएर मायाको महत्व दशाइन् ।  हजारौं दर्शकको वन्स मोरलाई साथ दिदै विश्राम नगरि लगातार गाएकी कोमलले अन्तिम तथा पांचौ प्रस्तुतीका रुपमा आफ्नो निकै चर्चित गीत पोइल जान पाउं शिव पाएद जान पाम भन्दै गाएर आफुलाई लैजानका लागी तयार हुन नुवाकोटका लुरेहरुलाई आग्रह गर्दै भरपुर मनोरञ्जन दिलाइन् । उनले विभिन्न सन्देशमुलक भनाइहरु पनि राखेर नेपाल एकिकरणको मुहान ऐतिहासिक नुवाकोट सदा मुटुमा वसिरहने वताइन् । 

‘व्यवसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना’ भन्ने मुख्य नाराको साथ फागुन १४ गतेदे िखजारी तेस्रो नुवाकोट महोत्सवका अवसरमा शुक्रवार कोमल ओलीका साथमा अर्का चर्चित गायक हेमन्त शर्माले थाप न थाप हातैमा मायाको चिनो मायालु जाडा उडेर उडेर जाली रुमाल, माया त यस्तो होस, नजिक टाढा जता भएनीलगायतका आधुनिक गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनका साथमा लोकगायक घमेश दुलाल, सुगम पोखरेल, डिजराज पौडेल, ऋतु कणेललगायत एक दर्नन गायक गायिकाहरुले हजारौ दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । महोत्सवका अवसरमा प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गरिदै आएको गोरु जुधाई पनि महोत्सवस्थमै देखाएर हजारौं दर्शकलाई मनोरञ्जन दिलाइयो ।

''
Download

Friday, 21 March 2014

राष्ट्रिय नायकहरुको काठमाडौमा भब्य स्वागत, टिमसँगै उर्लियो राजधानी (फोटो फिचर )

बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सनसनी मच्चाएको नेपाली टोली स्वदेश फर्किएपछि काठमाडौँ स्वागतमा उर्लिएको छ। दिउँसो सवा दुई बजे विमानस्थलमा ओर्लिएको टोलीलाई नगर परिक्रमा गराइएको थियो । 

विमानस्थलमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङलगायतले नेपाली टोलीको स्वागत गरेका थिए। 

क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका थिए। तस्बिरमा हेर्नुहोस् यसरी भयो क्रिकेट टोलीको स्वागत।


किर्केट खेलाडी को स्वागत को लागि पर्खी रहेका किर्केट प्रेमी


 फुल माला ले भब्य स्वागत गरिदै


खेलाडी स्वागत गर्न को लागि तयार पारिएको फुल क थुंगा हरु


क्याप्टेन पारस खड्का लाइ खादा र फुल माला पहिराउदै


प्रहरी ले खेलाडी लाइ सुरक्छा दिदै

 खेलाडी को भब्य रयाली

 एअरपोर्ट बाट बाहिरि दै खेलाडी हरु

 भब्य रयाली सहित सहर परिक्रमा

Saturday, 15 March 2014

होलि शुभकामना

होलि को पाबन अबसर मा सम्पूर्ण तनहुँ खबर भिजिटर मित्र हरु मा हार्दिक मंगल मय शुभकामना तपाई को एस पाली को होलि ले तपाई को जिबन मा नया जोस र उमंग छाओस र आज को यो होलि तपाइको को लागि रंगिन मय बनोस फेरी पनि होलीको हार्दिक मंगल मय शुभकामनातपाई को यो होलि खुब होलि खेलेर बिताउनु होला तनहु खबर टिम |

Friday, 17 January 2014

श्रि स्वस्थानी ब्रत कथा पुष्पाञ्जली

श्री सोस्थानी माता को कथा नियमित सुन्नुहोस तपाई लाइ सुख प्राप्त हुने छ साथै तपाई को सम्पूर्ण पाप नस्ट हुनेछ मित्र हरु यो लिंक धेरै भन्दा धेरै शेयर गर्नुहोस अनि तपाइको तर्फ बाट जानी नजानी भएको पाप को सजाए बाट मुक्ति पाउनुहोस्
श्री सोस्थानी माता कि जय

भिडियो हेर्न तल को बक्स मा किल्क गर्नुहोला

Wednesday, 15 January 2014

माघे सक्रान्ति एक झलक

माघे संक्रान्तिमा मगर समुदायको र्‍याली : मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ति पर्व-२०७० का अवसरमा तनहुँको सदरमुकाम दमौलीमा नेपाल मगर संघ व्यास नगर समितिले आफ्नो जातीय भेषभुषामा सजिएर निकालेको साँस्कृतिक र्‍यालीका झलकहरु । मगर समुदायले तनहुँमा विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो राष्ट्रिय पर्व मनाएका छन् । तस्विर : नारायण खड्का/तनहुँ

भिडियो हेर्न तलको बक्स मा किल्क गर्नुहोला

Monday, 23 December 2013

rishing patan one click

                                  our rishing patan 

Friday, 1 November 2013

photo of the day

आज काग तिहार
काग अत्यन्त चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ। काग यमराजको अत्यन्त प्रीय भक्त पनि हो।
कागलाई खान दिएर यो तिहार मनाउने गरिन्छ |
सबै जनालाई यो तिहारको हार्दिक मंगलमय शुभकामना 

Sunday, 6 October 2013

happy bada dasain





टीका होस निधारमा,
जमरा होस कानमा,
सुख होस परिवारमा
शान्ती होस देशमा
पुरा होस मनोकामना,
यही छ वीजया दशमी २०७० को शुभकामना....

Thursday, 29 August 2013

तिज को शुभकामना

तिज को पाबन अबसर मा सम्पूर्ण नेपाली दिदि बहिनि लाइ हार्दिक मंगल माया शुभकामना 


                                         
                                   आउनुहोस नाच्नको लागि हामी संग मात्र नेपाल मस्ती मा 

Sunday, 21 July 2013

cute beby

                                            so cute beby with nepali culter

Saturday, 20 July 2013

photo off the day


Sunday, 7 July 2013

photo gallery

  • sunney

  • Jiya kc

  • /span>

Thursday, 4 July 2013

रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, सिनेमामा टिक्ने यस्तै हो त अस्त्र ? (भिडियो)

उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।
जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।

अनौठो परम्परा जहाँ महिलाको बिहे भूत संग हुन्छ



विश्वका केही आदिवासी समुदायमा निकै अनौठो परम्परा हुन्छ जो सुन्दै अचम्म लाग्छ । यस्तै अचम्म लाग्दो परम्परा अफि्रकी मुलुक केन्याका केही आदिवासी समुदायमा छ । ती आदिवासीहरुमा विवाह भएको एक महिनासम्म दुलाहाले दुलहीका कपडा लगाउनुपर्छ र स्वास्नीका कपडा लगाएरै हिँडडुल तथा आफन्तसँग भेटघाट गर्नुपर्छ ।



वास्तवमा एक पुरुषलाई महिला भएर जिउनु कति कठीन हुन्छ भन्ने कुराको महसुस गराउन यो परम्परा बसालिएको विश्वास गरिएको छ । तथापि यो समुदायका महिलाहरु निकै शोषित पीडित छन् । सानै उमेरमा उनीहरुको निकै पाका उमेरका पुरुषसँग बिहे हुन्छ । छोरी बिहे गरिदिएबापत बाउआमाले मोटो रकम पाउँछन् । बिहे गरेर लगेपछि त्यो पाको मान्छेले आफ्नी दुलहीलाई मनले चाहेको गर्न पाउँछ । यतिसम्मकी पत्नीले अरु कसैमा आँखा नलगाओस् भनि उनको योनीलाई समेत क्षतविक्षत पारिदिन्छ ।


यो आदिवासी समुदायमा पुरुषलाई धेरै जनामहिलासँग बिहे गर्ने र उनीहरुलाई आफ्नो इच्छा अनुसार भोग गर्ने छुट छ । पत्नीलाई पतिले बच्चापाउने मेसिनजस्तै गरी उपयोग गर्छ ।

केन्याको युकामबानी क्षेत्रस्थित एक आदिवासी समुदायमा महिलाहरु भुतकी पत्नी बन्ने अनौठो परम्परा पनि छ । खासगरी ३० वर्ष उमेर नपुग्दै मरेका पुरुषहरुको नाममा बिहे गरिदिने चलन छ ।


त्यसरी मरेका मान्छेको पत्नी बन्ने महिलालाई मुलेवा भनिन्छ । मुलेवाले आफुले बिहे गरेको भनिएको त्यो मृत मान्छेलाई कहिल्यैपनि भेटेकी हुँदैनिन् परन्तु उसको आत्मा जिउँदै रहेको र कुनै दिन भेट्ने विश्वास रहेको हुन्छ । अनौठो कुरा त के भने मरेको मान्छेसँग बिहे गर्ने ती महिला अर्थात् मुलेवालाई अन्य पुरुषसँग सम्भोग गरी बच्चा पाउने छुट छ । तर उनीबाट जन्मिएको बच्चाको बाउ भने त्यहीँ मरिसकेको मान्छे नै हुन्छ ।

अनौठो परम्परा जहाँ महिलाको बिहे भूत संग हुन्छ


कविता पनि मोडलिङमा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरकी १८ वर्षीय छोरी कविता पनि मोडलिङमा प्रवेश गरेकी छन् ।
करिश्माकी छोरी कविता मानन्धर हाल अमेरिकामा छिन् । उनलाई ‘एएनए’ नामक संस्थाले मोडलिङको साईत जुराई दिएको हो ।
अमेरिकाको बाल्टिमोरमा उनले अध्ययन गरिरहेकी छन् । कविता पाँच फिट चार इञ्चकी छन् । तस्विर सौजन्य अना फेसन डटकम ।


जडिबुटी कर्मचारीबाटै चोरी निकासी

-सञ्जीवकुमार दाहाल
_MG_3640दोलखा, २० असार । दोलखा वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ ।
संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ ।
संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करीव एकसय मिटर उत्तरतर्फ जंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झ्याउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटालगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटक/पटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो ।
बोरामा धुपीका काठ र चोइटा फेला परे पछि संरक्षण कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । जंगलमा चोइटा थुप्रै भएको र सिँगटीमा १० टन बढि भण्डारण गरिएको स्थानीयले जानकारी दिए ।
संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले धुपीका चोइटा बनाउन र संकलन गर्न स्थानीय संरक्षण समितिलाई अनुमति दिएको बताए । उनले कर्मचारीले चोरी निकासी गरेको आरोपको खण्डन गरे ।

२ सय ५ क्षेत्रलाई नचलाऔं : कानून व्यवसायी

काठमाडौं, २० असार । कानून व्यवसायीहरुले यसअघिको निर्वाचन क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक नरहेको सुझाव दिएका छन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँग आज (बिहीबार) काठमाडौंमा भएको छलफलमा कानून व्यवसायीहरुले २ सय ५ निर्वाचन क्षेत्रलाई धेरै हेरफेर आवश्यक नरहेको सुझाव दिएका हुन् । उनीहरुले बढ्ने ३५ क्षेत्रमा पनि थोरै मात्रै परिवर्तन गर्न सुझाव दिए ।
अधिवक्ता तीर्थमान शाक्यले अन्तरिम संविधानको धारा ६३ को उपधारा ३ अनुरुप यसअघि बढेका ३५ निर्वाचन क्षेत्रमा मात्रै थपघट गर्न सकिने बताए ।
‘२५ जिल्लाका ३५ क्षेत्र थप गरिएकोमा काभ्रे बाहेकका थपिएका जिल्लामा जनसंख्या बढेको देखिएको छ,’ उनले भने, ‘काभ्रेबाहेकका अन्य जिल्लामा क्षेत्र घटाउन हुँदैन ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले चलाउनै पर्नेबाहेक पहिलेका निर्वाचन क्षेत्रलाईनै यथावत राखेर अगाडि बढ्न सुझाव दिएको जानकारी दिए । उनले क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई बढि चलाउनुपर्ने नदेखिएको बताए ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, सरिताराज भण्डारीलगायतका कानून व्यवसायीले पनि २ सय ५ निर्वाचन क्षेत्रलाई नचलाउन सुझाव दिएका छन् ।
आयोगले क्षेत्र निर्धारणका बारेमा विभिन्न पक्षसँग परामर्श गर्दै आएको छ ।

राष्ट्रपतिद्वारा समितिका संयोजकसँग परामर्श

काठमाडौं, २० असार । राष्ट्रपति डा.रामवरण यादव र मधेसी मोर्चाका नेता विजय गच्छेदारबीच भेटबार्ता भएको छ ।
rambaran yadav2राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका बारेमा परामर्श भएको हो ।
डा.यादवले उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका नेता गच्छदारसँग निर्वाचनको तयारीका बारेमा जानकारी लिए । उनले निर्वाचनका लागि सक्रिय हुन राजनीतिक समितिलाई आग्रह पनि गरे ।
निर्वाचनको मिति नजिकिदै गएको अबस्थामा सबै दललाई समेटेर अघि बढ्न डा.यादवको सुझाव थियो । भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छेदारले छिट्टै राजनीतिक समितिको बैठक बोलाई नेकपा–माओवादीका मागका बारेमा छलफल हुने बताए ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा नेकपा–माओवादीका मागका बारेमा छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिले सबै आन्दोलनरत दलहरुसँग वार्ता र सम्वाद गर्न सुझाव दिनु भएको छ ।’
यस अघि बुधबार राष्ट्रपति डा.यादवले कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग निर्वाचनका बारेमा परामर्श गरेका थिए ।

इजिप्टमा सैनिक क्रु


Egiptइजिप्ट । इजिप्टमा सेनाले कू गरेको छ । राष्ट्रपति मोहम्मद मुर्सीको सरकार अपदस्थ गर्दै सैनिक जनरल अब्देल फतह अल सीसीले राष्ट्रपतिको अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा गरेका छन् । कू सँगै देशको संविधान निलम्बित गरिएको छ भने मुर्सीलाई पदबाट हटाउँदै सेनाले आफ्नो नियन्त्रणमा राखेको छ ।
देशमा राष्ट्रपतिको अर्को निर्वाचन नहुँदासम्म राष्ट्रपतिको सबै अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा जनरल सीसीले गरेका हुन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल सीसीले नयाँ राष्ट्रपतिको निर्वाचन नहुँदासम्म अन्तरिम सरकारको काम पनि मूख्य न्यायाधीशले नै गर्ने बताए । केही समयदेखि चर्केको राजनीतिक संकट समाधान गर्न सेनाले राष्ट्रपति मुर्सीसहित राजनीतिक दलका नेताहरुलाई ४८ घण्टाको समय दिएको थियो ।