ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label national. Show all posts
Showing posts with label national. Show all posts

Friday, 5 September 2014

आफ्नै बुहारीको अश्लिल भिडियो बनाएर यौन शोषण

२० भदौ, एजेन्सी ।भारतमा एउटा लज्जाजनक घटना भएको छ । भारतको एक गाउँमा एक पुरुषले आफ्नै बुहारीलाई बलात्कार गरी अश्लिल भिडियो बनाएर निरन्तर यौन शोषण गरेको खुलासा भएको हो । 
कोतवाली क्षेत्रमा पर्ने एक गाउँमा सात महिनाकी गर्भवती महिलाले डिएनए परीक्षण गराउन माग गर्दै उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।

श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् ।
 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

''
Download

Saturday, 23 August 2014

आँपको रुखमा राजकुमारी चौधरीका २६ घण्टा !

गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए । रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्:
आपतमा परेपछि लाज पनि हराउँदो रहेछ, दिशा-पिसाब आउँदा रुखबाटै छाडिदिन्थ्यौं, तल्लो हाँगामा बसेकालाई लाग्थ्यो ।
बिहानको ५ बजेको हुँदो हो, बबई नदी बढेर आयो । एकै छिनमा घरको छाप्रो भत्कायो । भागौं, कता जाउँ ? जतात्यतै पानी नै पानी । घर नजिकैको सिसमको रुखमा लोग्ने र तीन छोरीसहित चढेर बस्यौं ।
दिनभरि बसेपछि साँझमा त्यो रुख पनि बगाउँछ जस्तो डर लाग्यो । त्यसपछि बाढीमा बगाएर ल्याएको रुखको सहाराले नजिकै रहेको आँपको रुखमा सर्‍यौं र त्यही रुखमा रात कटायौं । त्यो रुखमा हामी ११ जना थियौं । त्यहाँ रहेकी गर्भी थारु ७० वर्षकी थिइन् ।
छिमेकी कमला गुरुङ्ग आफ्नो ६ महिनाको नानी लिएर रुखमा हामीसँगै बसेकी थिइन् । कमला बेलाबखत बेहोस हुने र बान्ता गर्ने गरेपछि उनलाई र उनको बच्चालाई बचाउन गाह्रो भयो । कमलाका पति विजय गुरुङ्ग भारतको दिल्लीमा कमाउन गएका थिए । बाढीका कारणले उनी बाटैमा थुनिएका थिए ।
अहिले कमला र बच्चा दुबै बिरामी छन् । उनी भुरीगाउँमा देवरका घरमा आश्रय लिइरहेकी छन् । गर्भी पनि विरामी भएर उपचार गराइरहेकी छन् ।
रुखमा हामी ११ जनाले ज्यान जोगाउन झण्डै २६ घण्टा बसेका हौं । शुक्रबार बिहानै ५ बजे रुख चढेका हामी शनिबार बिहान ६ बजे मात्र ओर्लिएका  हौं ।
रुखमा बस्दा आपतमाथि आपत थपियो । जतात्यतै पानी नै पानी थियो । दिसा-पिसाव लाग्दा जहाँ बसेका थियौं, त्यहीँबाट गरिदिन्थ्यौं । यसो गर्दा तल बस्नेको जिउभरि हुन्थ्यो ।
बाढीले बगाउने डर त छँदै थियो, अर्कोतिर बाढीले बगाएर ल्याएका विषालु सर्पले कतिबेला डस्ने हो, भनेर त्राहीत्राही भइयो । कतिपटक त सर्प टिपेरै फालियो । कतिपटक सर्पसँगै एउटै हाँगामा बसियो ।
विपद र बाढीमा पर्दा राज्यले खोजेर उद्धार गर्छ भन्ने सुनेका थियौं । रेडियोमा हेलीकोप्टरले उद्धार गर्छ भन्ने पनि सुनेका थियौं । तर, २६ घण्टासम्म रुखमा बसेका बेला न त हामीलाई बचाउन कोही आयो, न त हामीले खानका लागि नै केही पायौं ।
रुखबाट ओर्लिएपछि नजिकै रहेको आफन्तको घरमा पुगेर झण्डै ४८ घण्टापछि मात्रै केही खानेकुरा खान पाएको हौं । हामी विपन्न र गरिबका लागि राज्यले उद्धारमा लागि न चासो देखायो, न त राहत लिएर नै आयो ।
विपतमा परेकालाई बचाउन हेलिकोप्टर आउने यसअघि रेडियोबाट सुन्ने गरेका थियौं । तर, हामीलाई बचाउन कोही न कोही त आउलान् कि भन्दै आशैआशमा दिन र रात बिताइयो । हामीजस्ता गरिवको उद्धार गर्न कोही आएन ।
तस्बिर/समाचार अनलाइनखबर साभार

''
Download

Sunday, 6 July 2014

विश्वकपमा बुधवार विहान ब्राजिल र जर्मनी तथा विहिवार अर्जेन्टिना र नेदरल्याण्ड भिड्ने

काठमाडौं, आषाढ २२ । ब्राजिलमा जारी विश्वकप फुटबलको सेमीफाईनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमीफाईनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् । उक्त खेल आगामी बुधवार विहान पौने २ वजे बेलो होरीजोन्तेमा हुनेछ ।
यो खेललाई जारी विश्वकपको अघोषित फाईनलमा रुपमा हेरिएको छ । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शूटआउटमा हराएको ब्राजिल क्वाटरफाईनलमा कोलम्बियालाई हराउँदै सेमीफाईनलमा पुगेको हो । यसअघि समूह चरणमा ब्राजिलले क्रोएसीया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।
उता जर्मनीले भने प्रतियोगिताको क्वाटरफाईनलमा फ्रान्सलाई पाखा लगाएको थियो । राउण्ड अफ सिक्सटीनमा अल्जेरीयालाई हराउँदै जर्मनी क्वाटरफाईनलमा पुगेको थियो । जर्मनीले समुह चरणमा पोर्चुगल र अमेरीकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।
५ पटकको विश्व विजेता ब्राजिल आप्mनै भूमिमा छैटौं उपाधिको खोजीमा रहेको छ भने तीन पटकको विश्व विजेता जर्मनी पनि सन् १९९० पछि पहिलो पटक विश्वकप उचाल्ने प्रयासमा छ । तर कोलम्बियाविरुद्धको खेलमा घाईते भएका नेईमारको अनुपस्थिति ब्राजिलका लागि भारी पर्न सक्छ ।
ढाडको हड्डी भाँचिएपछि नेईमारले अब विश्वकपमा बाँकी खेलहरु गुमाउनेछन् । ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेईमारको अनुपस्थितीले ब्राजिललाई विश्वकपमा कमजोर बनाउनेछ भने जर्मनीका डिफेन्डरहरुलाई केही राहत हुनेछ ।
विश्वकप फुटबलको दोस्रो सेमीफाईनल खेल विहिवार विहान पौने २ वजे नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुनेछ । दक्षिण अमेरिकी र युरोपियन टोलीहरुबीचको यो भिडन्तलाई पनि निकै महत्व दिईएको छ ।
अघिल्लो विश्वकपको उपविजेता नेदरल्याण्ड्स यसपटक विश्वकपको पहिलो उपाधि जित्ने सुरमा छ । त्यसो गर्न सके नेदरल्याण्ड्स लेटिन अमेरीकी भूमिमा विश्वकप उचाल्ने पहिलो युरोपियन राष्ट्र बन्नेछ । तर उसको बाटोमा अर्जेन्टिनाको तगारो छ । १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको अर्जेन्टिना यसपटक निकै बलियो छ ।
त्यतिबेला म्याराडोनाले उपाधि दिलाएको अर्जेन्टिनाको लागि यतिबेला लियोनल मेस्सी उती नैं चर्चामा छन् । मेस्सीकै बलमा अर्जेन्टिना सेमीफाईनलसम्म पुगेको छ ।
 समूह चरणमा नाईजेरीया, ईरान र बोस्नियालाई हराएको अर्जेन्टिनाले राउण्ड अफ सिक्सटिनमा स्विट्जरल्याण्डलाई तथा क्वाटरफाईनलमा बेल्जियमलाई हराएको हो ।
उता नेदरल्याण्ड्सले समुह चरणमा स्पेन, चिली र अष्ट्रेलियालाई हराएको थियो भने राउण्ड अफ सिक्सटिनमा मेक्सिको तथा क्वाटरफाईनलमा कोष्टारिकालाई हराएको थियो ।
 नेदरल्याण्ड्स र अर्जेन्टिना तथा ब्राजिल र जर्मनीबीचको सेमीफाईनल भिडन्तलाई विश्व फुटबलमा युरोप र लेटिन अमेरीकाबीचको सदावहार भिडन्तको रुपमा हेरिएको छ ।

''
Download

Saturday, 28 June 2014

फेसबुक कमेन्टमा लाइक गर्ने पत्रकारलाई प्रहरीको सास्ती

रहमानकै कमेन्टमा लाइक गरेको भन्दै सप्तरीका दुई जना पत्रकारलाई सप्तरीका प्रहरी प्रमुख दिनेश अमात्यले दुःख दिएको पत्रकारहरुले बताएका छन् ।
रहमानले लेखेको कमेन्टलाई लाइक गरेका कारण क्रियाशिल पत्रकार महिलाका सचिव पुनम पोखरेल तथा पत्रकार महासंघका पार्षद मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालयमा हाजिर गराई तनाब दिइएको छ ।
पुनम पोखरेलसँग जिल्ला प्रहरी कार्यालय सप्तरीले बयान लिएको र पार्षद मनोहरकुमारलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन दबाब दिएपछि नेपाल पत्रकार महासंघ सप्तरीको टोलीले यसबारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
फेसबुकमा कमेन्ट लेख्ने युवालाई काठमाडौं पुर्‍याइयो
प्रजिअको पनि गुनासो
प्रहरीले फेसबुकमा सामान्य कमेन्ट गरेका अब्दुल रहमानलाई थुन्ने र उक्त कमेन्टमा लाइक गर्नेहरुलाई बोलाएर बयान लिई अनावश्यक दुख दिने गरेको बारे प्रमुख जिल्ला अधिकारी नरहरी बराललालई पत्रकारहरुले ध्यानाकर्षण गराएपछि बरालले त्यसबारे ‘बुझ्ने’ जवाफ दिएका छन् ।
प्रजिअ बरालका अनुसार अब्दुल रहमानलाई पनि हिरासतमा नराख्न र मुद्दा नचलाउन उनले प्रहरीलाई भनेका थिए । “त्यस बेला मैले एसपीलाई सामान्य कुरा हो, कागज गराएर छाडिदिनुस भनेका थिएँ,” प्रजिअ बरालले भने, ‘‘त्यसपछि एसपीले कसरी मुद्दा चलाएको हो, त्यसबारे आफूलाई जानकारी भएन् ।’’
पत्रकारको टोलीले प्रहरीले समाचारको बिषयलाई लिएर पत्रकारको निगरानी गर्ने, प्रशंसाका समाचार लेखाउने प्रयत्न गर्ने र असहमत हुनेसँग बदनियत राख्ने जस्ता काम गरिरहेको भन्दै प्रजिअको ध्यानाकर्षण गराएको थियो 

''
Download

Friday, 27 June 2014

यौन व्यवसायमा संलग्न १३ जना प्रक्राउ

र्खेत, असार १३ – यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्रनगरका विभिन्न होटलबाट १३ जनालाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीन जना होटेल सञ्चालकसहित ८ जना महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीय बासिन्दाको गुनासोको आधारमा गीता, शिव र बागलुड होटलमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका प्रहरी प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
होटलको कोठाबाट आपत्तिजनक अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने एसपी अधिकारीले बताउनुभयो ।
भिडियो समाचार हेर्न यहाँ जानुहोस

''
Download

Thursday, 26 June 2014

१४ वर्षीया बालिकामाथि ६० वर्षीया लेखनाथ भण्डारीको यौन आतङक

बालिकामाथि यौनशोषण गरेको आरोपमा रुपन्देही बुटवलका एक होटल ब्यवसायी पक्राउ परेका छन् । आफ्नै होटलमा काम गर्ने १४ वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक ५३ वर्षका लेखनाथ भण्डारी पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवललेजनाएको छ । बुटवलको एक विद्यालयमा कक्षा ६ मा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफु गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो । भण्डारीले पनि यौनशोषणको आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ । छोरीको रुपमा पालनपोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले ७ वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
भिडियो हेर्न तल थिच्नुहोस

''
Download

Wednesday, 25 June 2014

बलात्कार गर्नेको प्रतिकार

सिरहा– भवानीपुर–६ मा एक महिलाले आफूलाई बलात्कार गर्ने युवकको प्रतिकार गर्दै उनलाई गम्भीर घाइते बनाइदिएकी छिन्। बलात्कारको प्रतिकार गर्दै मुखिया थरकी ती महिलाले सोही ठाउँका २३ वर्षीय बिल्टु मुखियाको लिंग ब्लेडले काटिदिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुँयालले जनाए।
नास्ताको पसल चलाउँदै आएकी चार छोराछोरीकी आमा ती महिलालाई राति सुतिरहेको बेला दुई जना घरभित्र प्रवेश गरी एकले बलात्कार गरेको फुँयालले बताए।
गम्भीर घाइते बिल्टुको प्रहरी निगरानीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। महिलालाई स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

''
Download

Monday, 23 June 2014

तेरियाले डीआईडी लिटिल मास्टर्सको उपाधि कति भोटले जितेकि थिइन् , कुन देशबाट कति भोट आयो त ? (भोट विवरण सहित)

काठमाडौं, तामांग उद्धव । बुटवल नेपालकी १२ बर्षिया बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जितेकी छन् । शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन् । यस्तै दोस्रोमा अनुस्का क्षेत्री भइन् । अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्। 
मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि समेत हात पारिन। डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्। प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छन्। 

बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्। भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्। 

 फाइनलमा भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन्। सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।

DID Little Master 3 Winner Teriya Magar Vote Details Below
नेपालबाट६० लाख+
भारतबाट४० लाख +
मलेसियाबाट २५ लाख+
कतारबाट२० लाख+
दुबईबाट २० लाख+
साउदी अरेबियाबाट २० लाख+
कोरियाबाट १५ लाख+
अमेरिकाबाट १५ लाख+
युकेबाट १५ लाख+
हंगकंगबाट १० लाख+
अष्ट्रेलियाबाट १० लाख+
जापानबाट १० लाख+
सिंगापुरबाट ८ लाख+
कुवेतबाट ८ लाख+
इजरायलबाट ८ लाख+
अन्य देशहरु बाट १५ लाख +
जम्मा टोटल भोट         ३ करोड १२ लाख २१ हजार ५ सय १४ 
DID Little Master 3 Winner Teriya MagarWin Last Week Vote DetailsThank you all viewers
थप भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोस

''
Download

Sunday, 15 June 2014

विश्वकपमा आज बेलुकी तीन खेल हुने, दुई खेल निकै रोमाञ्चक

काठमाडौं, आषाढ १ ।   विश्वकप फुटबलअन्तर्गत आज बेलुकी पौने १० वजे हुने खेलमा स्वीट्जरल्याण्ड र ईक्वेडर भिड्नेछन् । समुह ‘इ’ का यी दुई राष्ट्रमध्ये स्वीट्जरल्याण्ड युरोपेली समूहबाट तथा ईक्वेडर दक्षिण अमेरीकी समूहबाट विश्वकपमा छानिएका हुन् ।
छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको ईक्वेडर विश्वकपमापनि त्यही लय दोहोर्‍याउने सुरुमा छ । स्वीट्जरल्याण्ड पनि यसपटक उत्कृष्ट फर्ममा रहेको बताईन्छ । यसै समूहको अर्को खेलमा राती पौने १ वजे फ्रान्स र होन्डुरस भिड्नेछन् ।
गत विश्वकपमा कमजोर प्रदर्शन गरेको फ्रान्स यसपटक फेरी १९९८ को सफलता दोहोर्‍याउने लक्ष्यका साथ ब्राजिल पुगेको छ । त्यतिबेला आप्mनै भूमिमा पहिलो पटक विश्वकपको उपाधि जितेको फ्रान्सले त्यसयताका दुई विश्वकपमा भने खराब प्रदर्शन गरेको छ । यसपटक भने युवाको बाहुल्य रहेको फ्रेन्च टोलीबाट धेरै आशा गरिएको छ ।
उता मध्य अमेरीकी समूहबाट विश्वकपमा छानिएको होन्डुरस पनि यसपटक निकै बलियो रहेको बताइन्छ । युरोपमा व्यवसायीक फुटबल खेलिरहेका विल्सन पालासियोस, एमिलियो ईजाक्वेरलगायतका खेलाडी होन्डुरसका मूख्य हतियार हुन् ।
विश्वकपअन्तर्गत समुह एफ को एउटा खेल भोलि विहान हुनेछ । नेपाली समय अनुसार पौने ४ वजे हुने खेलमा अर्जेन्टिना र बोस्नीया हर्सगोभिना भिड्नेछन् । लियोनल मेसी, एन्जल डि मारीया, सर्जीयो अगुएरो जस्ता खेलाडीले भरिएको अर्जेन्टिनालाई यसपटक उपाधि दावेदारको रुपमा हेरिएको छ ।
आप्mनै महादेशमा आयोजना भएको यो विश्वकपमार्फत् अर्जेन्टिना विश्व फुटबलमा अझ बलियोसँग स्थापित हुने प्रयासमा छ । दुई पटक विश्वकप जितेको अर्जेन्टिना सन् १९८६ यता पहिलो पटक विश्वकप जित्ने दाउमा छ । 
उता बोस्निया पनि स्वतन्त्र मुलुकको हैसियतमा सहभागि भएको पहिलो विश्वकपमै गाढा छाप छोड्न चाहन्छ । म्यान्चेस्टर सिटीका एडीन जेको र भेदाद ईबिसेभिच बोस्नियाका चर्चित र स्तरीय खेलाडी हुन् । जारी विश्वकपमा पहिलो पटक सहभागिता जनाउने एकमात्र राष्ट्र बोस्निया हो ।
उता विश्वकप फुटबलअन्तर्गतका पछिल्ला खेलहरुमा ईटाली, कोष्टारिका, कोलम्बिया र आईभोरी कोष्ट विजयी भए । समूह सी का खेलमा कोलम्बियाले ग्रिसलाई ३-० ले तथा आईभोरी कोष्टले जापानलाई २-१ ले पराजित गर्‍यो । यसैगरी समूह डी का खेलमा ईटालीले इंग्लण्डलाई २-१ ले हरायो भने कोष्टारिकाले उरुग्वेलाई ३-१ ले पराजित गर्‍यो ।
वोर्ल्ड कप लाइभ हेर्नुहोस

''
Download

Tuesday, 10 June 2014

१५ वर्षेसँग सम्बन्ध राख्दा प्रहरी को जागिर नै चट !!!!!!!!

काठमांडू २७ - नेपाल प्रहरीका एक हवल्दार १६ वर्ष नपुगेकी 'प्रेमिका' सँग यौनसम्बन्ध राखेका कारण हिरासतमा परेका छन् । यूएन मिसन सुडान जान लागेका ३२ वर्षे हवल्दार टीकाराम श्रेष्ठ काभ्रेकी किशोरीलाई 'जबर्जस्ती करणी गरेको' अभियोगमा शनिबार पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।

उनले मिसन जाने मौका मात्र गुमाएनन्, फौजदारी अभियोगमा पक्राउ परेकाले १४ वर्षदेखिको जागिर पनि गएको छ । जबर्जस्ती करणीमा अदालतले फैसला गरे उनले जेलसमेत जानुपर्ने छ । कानुनअनुसार १६ वर्ष नपुगेकी किशोरीसँग राजीखुसीमा यौनसम्पर्क राखे पनि जबर्जस्ती करणी मानिन्छ । उक्त दिन किशोरी १५ वर्ष १७ दिन मात्र पुगेकी थिइन् । मुलुकी ऐन जबर्जस्ती करणीको महलअनुसार ६ देखि १० वर्षसम्म कैद हुन सक्छ ।

प्रहरी मुख्यालय स्रोतका अनुसार श्रेष्ठको तीन महिनाअघि ती किशोरीसँग चिनजान भएको थियो । काभ्रेबाट काठमाडौं आएकी किशोरी आफन्तको घर जाने बाटो थाहा नपाएर रत्नपार्कमा अलमलिएका बेला मद्दत मागेकी थिइन् । श्रेष्ठले उनलाई रातोपुलस्थित मामाको घरमा छाडिदिएका थिए । त्यहीबेला दुई जनाबीच सम्पर्क नम्बर आदानप्रदान भएको थियो ।

'त्यसपछि नियमित फोन सम्पर्क भएको देखिन्छ,' एक प्रहरी अधिकृतले भने, 'श्रेष्ठ किशोरीलाई भेट्न पटक-पटक काभ्रे जान्थे ।' श्रेष्ठ यूएन मिसनमा सुडान जान लागेका थिए । मुख्यालयमा दरबन्दी भएका श्रेष्ठले मिसन जाने पक्का भएपछि किशोरीलाई केही साताअघि भेटेका थिए । उनी जेठ २२ गते सुडान जाने तयारीमा थिए । तर यूएनको जहाज ढिलो आउने भएपछि किशोरीलाई भेट्ने योजना बनाए ।

'किशोरी काभ्रेबाट काठमाडौं आएपछि श्रेष्ठको साथीको घरमा दुवै रातभर बसेको पाइयो,' प्रहरीको भनाइ छ, 'भोलिपल्ट श्रेष्ठले ती किशोरीलाई काभ्रेस्थित उनको घरनजिकै छाडेर आए ।'

श्रेष्ठ फर्किएपछि किशोरीकी आमाले राति कहाँ गएको भन्दै सोधपुछ गरिन् । किशोरीले सबै कुरा बताइन् । उनले हवल्दार श्रेष्ठसँग प्रेमसम्बन्ध भएको र ऊ मिसनमा जान लागेकाले भेट्न गएको बताएपछि किशोरीकी आमाले युनिसेफमा काम गर्ने भाइलाई यसबारे जानकारी गराइन् । आफ्नी भान्जीलाई प्रहरीले ललाईफकाई यौनसम्पर्क राखेको भन्दै किशोरीका मामाले प्रहरी मुख्यालयमा उजुरी दिए । पक्राउपछि श्रेष्ठले बिहे गर्ने मनसायले प्रेमसम्बन्ध राखेको बयान दिएका छन् ।
थप भिडियो

''
Download

Sunday, 8 June 2014

ब्रिफकेस ल्याउनेको टाउको फुटाइदिन्छु: मन्त्री पण्डित

 विराटनगर : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाबढुवाका लागि कोही ब्रिफकेस बोकेर मन्त्रलाय आए त्यसैले हानेर टाउको फुटाइदिने बताएका छन्। विराटनगरमा आइतबार आयोजित निजामती सेवाका समस्या, चुनौती र समाधानका उपायविषयक अन्तरसंवादमा मन्त्री पण्डितले भने, 'कोही यसरी मेरासामु आए त्यही ब्रिफकेसले हानेर टाउको फुटाइदिन्छु। त्यतिखेर मलाई मानवअधिकारको कुरा नसम्झाउनुहोला।'

मन्त्री पण्डितले आफ्नो सेवासुविधाका विषयमा सचेत रहेका कर्मचारी जनतालाई सेवा दिने विषयमा भने उदासीन रहेको बताए। उनले भने, 'निजामती कर्मचारीमा नौतिकता र इमानदारीको अभाव छ। जनताले कर्मचारीलाई विश्वास नै गर्दैनन्। उनीहरूप्रति उत्तरदायी हुनुको सट्टा निरपेक्ष र उदासीन हुने कर्मचारीकै कारण समग्र प्रशासनले दुर्नाम कमाएको हो।' सेवा र सुविधाकै मात्र कुरा गर्ने, सरुवाबढुवामा बढी चासो दिने तर पहिलो प्राथमिकताको काम जनताप्रति उत्तरदायी नहुँदा समस्या थपिएको उनले बताए।

'जनताको सामान्य समस्या समाधान गरिदिए मात्र पनि जनता खुसी हुने थिए', पण्डितले भने। उनले निजामती सेवा एेनको चौथो संशोधनबाट विद्यमान समस्या समाधान हुने जिकिर गर्दै पीआर, ग्रिनकार्ड र डीभी लिएका कर्मचारीलाई सरकारको सुविधा लिने कुनै अधिकार नरहेको बताए।

मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्यायले सरकारले नि:शुल्क उपलब्ध गराउने वस्तुसमेत शुल्क तिरेर जनताले लिनुपर्ने बाध्यताका कारण जनताबाट निजामती कर्मचारीप्रतिको विश्वास घट्दै गएको बताए। उनले भने, 'कर्मचारीमा हाकिम हुने र बढुवाको चिन्ता छ तर जनसेवाको भावना भने पटक्कै छैन।' मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले संघीय गणतन्त्र नेपालको प्रशासनको ढाँचा के हुने भन्ने विषयमा पनि छलफल हुन आवश्यक रहेको बताए। उनले भने, 'कर्मचारीले पाउने सेवा र सुविधा अन्यत्रको भन्दा थोरै भएकाले पनि धेरै विकृति बढेको हो।'

कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख गणेशकुमार कार्कीले सक्षम प्रशासकले नेतृत्व गरे पनि नेपाली प्रशासन अक्षम रहेको बताए। उनले भने, 'कर्मचारी काठमाडौंमै घरजग्गा जोड्ने गरी उतै थुप्रिएका छन्। आन्तरिक बसाइँसराइलाई यसले बढाएको छ।' क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक डगीन्द्र पराजुलीले निजामती सेवा ऐनका कतिपय कमजोरीका कारण समस्या उत्पन्न भएको बताए। कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव सुरेश अधिकारीले निजामती प्रशासनका समस्या तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
भिडियो हेर्नुहोस

''
Download

Saturday, 7 June 2014

आमाभन्दा जेठी श्रीमति विहे गर्ने पक्राउ


गुल्मी, जेठ २४ – आमाको उमेर करिव ६० वर्षको तर ३३ वर्षिय छोराले ६५ वर्ष उमेरकी श्रीमति विवाह गर्छ भने कुन चाँही आमाले सहलान् र ?
त्यो त व्यक्तिको स्वतन्त्रता भयो तर सम्झाउँन खोज्दा मार्ने गरी आमालाई कुट्छ भने कसले सहने ? त्यस विरुद्ध आमाले उजुरी हाले पछि ति छोरा प्रहरीद्धारा पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बडागाउँ ३ निवासी ३३ वर्षिय रामबहादुर राहडीले त्यस्ता उट्पट्याङ काम गदै आमाको ज्यान मार्ने उद्योग गरेको अभियोगमा जेल २ महिना जाने भएका हुुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार निजलाई पक्राउ गरी उक्त मुद्धा दायर गर्ने तयारी भएको छ ।
निजले आमा भन्दा जेठी उमेरकी श्रीमति विवाह गरे पछि आमासंग कलह मच्चीदै आएको र मरणसन्य कुटपिट गरेका थिए । आमा गङ्गीको उमेर ६० वर्ष करिव र उनले विवाह गरी ल्याएकी महिलाको उमेर ६५ वर्ष रहेको स्थानियवासीलाई उदृत गर्दै प्रहरीले बताएको छ ।
३३ वर्षिय राहडीसंग विवाह गरी आउने ६५ वर्षिया बृद्धाका पनि घरमा श्रीमान, छोरा छोरी र नाति नातीना समेत रहेको बताईएको छ । राहडी आफु उनको घरमा जोत्न गएको बेला लसपस चलेपछि विवाह गरेर ल्याएको बताउ छन् । ‘पहिलो श्रीमति पोईला गई , त्यस पछि छिमेकी उनको घरमा जोत्न जाँदा जाँदै माया वस्यो र विहे गरी ल्याएको हुँ’–राहडीले भने –‘ आमाले उसलाई देख्नै नसहे पछि कुटेको हुँ । ’
निजले गत फागनु १ गते दिउँसो आफ्नी आमा गङ्गी राहडीलाई मरणसन्य हुने गरी कुटपिट गरेका थिए । त्यस विरुद्ध आमाको उजुरी परे पछि निजलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त अभियोगमा निज राहडीले जिल्ला प्रशासन कार्यालयमा ४ हजार धरौटी बुझाउन नसके पछि एक महिने जिल्ला कारागारको थुनामा पठाईएको थियो ।
चैत्र १६ गते कारागारबाट थुना मुक्त भई घर गएका उनले त्यस रात आमाको ज्यान मार्ने उद्योग गरेको थिए । आमाले गुहार मागे पछि स्थानियवासीले बताएका थिए । उनि भागेर भारत गई हालै फर्केर आएको वेला वामी प्रहरी चौकीले जेठ २२ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
उनी विरुद्ध मुलुकी ऐन ज्यान सम्वन्धी महलको दफा १५ अनुसार मुद्धा चलाईने भएको प्रहरीले जनाएको छ । उक्त मुद्धा अदालतले ठहर गरे उनि १२ वर्ष सम्मको सजाएँ भोग्न जेल जान सक्ने छन् । उनै बृद्धालाई विहे गरेका उनलाई जिल्ला अदालत गुल्मीमा जारी मुद्धा परे पछि गत मंसिर २६ गते अदालतले एक महिना कैद सजाएँ र एक हजार जरीवाना फैसाला गरेको थियो ।

थप भिडियो हेर्नुहोस

''
Download

Friday, 6 June 2014

सात महिने बालकलाई परिवार नियोजनको सुई लगाइदिने नक्कली डाक्टर पक्राउ

भीमकुमार बाँसकोटा/उज्यालो । पाँचथर, जेठ २३ – स्वास्थ्य सेवा विभागले उपलब्ध गराउँदै आएको परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा सुईको प्रयोग ७ महिनाको बच्चादेखि ६ वर्ष मुनिका बालबालिकामा प्रयोग भएको पाइएको छ ।

पाँचथरको फिदिम ४ सारन्ताका बालबालिकामा विहीबार सुईको प्रयोग भएको हो । सात महिने बालक अरुण श्रेष्ठ, दुई वर्षीय आसिका श्रेष्ठ, पाँच वर्षीय होमकुमार श्रेष्ठ र छ वर्षका निर्मल श्रेष्ठलाई यो सुई लगाइएको हो 
बालबालिकाका अभिभावकका अनुसार एक व्यक्तिले आफू डाक्टर भएको र नेपाल सरकारले रुघा खोकीका लागि नि:शुल्क औषधि उपलब्ध गराई आफूलाई यो क्षेत्रमा खटाएको भन्दै खोप केन्द्रमा बालबालिका भेला गराई सुई लगाएका हुन् ।

आफूलाई डाक्टर भनेर चिनाउने कृष्ण बर्देवाले चारजना बालबालिकालाई एउटै सुईको प्रयोग गरेको स्थानीय लीला श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यकर्मीले प्रयोग गर्ने भ्याक्सिन केरियर बक्ससहित बालबच्चालाई खोप केन्द्रमै भेला गराएपछि अभिभावकलाई डाक्टर नै होला भन्ने विश्वास भएको तर खोप लगाइसकेपछि जाँड रक्सी माग्न थालेपछि स्थानीय वासिन्दाले प्रहरीमा खबर गरेका थिए । सूचना पाउने बित्तिकै प्रहरीले ती व्यत्तिलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले बताउनुभयो ।

ति व्यक्तिले प्रहरीको बयानमा आफू तेल्लोक ७ ताप्लेजुङका कृष्ण बर्देवा भएको बताएका छन् । उनको साथबाट प्रहरीले भ्याक्सिन केरियर  बक्ससहित बिसिजी सुई चार थान, डिपिटी तीन थान, पोलियोको सुई तीन थान, दादुराको सुई चार थान र टिटी सुई दुई थानसहित औषधि फेला पारेको छ । बयानको क्रममा पाँचथर अस्पताल बाहिर सामान भेटाएको बर्देवाले बताएका छन् ।

उनको साथमा फेला परेका सामान जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा उपलब्ध गराउने व्यवस्था रहेको छ । केही दिनअघि मात्र स्वास्थ्य कार्यालयले उक्त सामानहरु जिल्लामा सञ्चालित स्वास्थ्य संस्थालाई वितरण गरेको थियो ।

भ्याक्सिन केरियर बक्समा औषधिसहित उपस्वास्थ्य चौकी चोकमागुका इन्चार्ज डम्बरलाल यादवले आगन्तुक तथा सुपरिवेक्षकहरुको फर्ममा हस्ताक्षर गरेको कागज भेटिएकाले उपस्वास्थ्य चौकी चोकमागुलाई पठाइएको औषधि दुरुपयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।

जनस्वास्थ्य प्रमुख शम्भुकुमार शाहका अनुसार चोकमागु उपस्वास्थ्य चौकीका भ्याक्सिनेटर खिमनाथ तिम्सिनाले गत जेठ १६ गते उपस्वास्थ्य चौकीको भ्याक्सिन केरियर बक्स बुझेका थिए । जनस्वास्थ्य कार्यालयबाट प्राप्त भएको औषधि कुनै पनि स्वास्थ्य संस्थाले  दुरुपयोग गरेको भेटिए विभागीय कारबाही हुने शाहको भनाइ छ । नक्कली डाक्टर बन्ने बर्देवालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ताको तयारी भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
थप भिडियो हेर्नुहोस 

''
Download

Thursday, 5 June 2014

रमेश खरेलको निरन्तर खेदो खने, अब भने कठघरामा उभिने भए वामदेव

आइजीपी उपेन्द्रकान्त अर्यालले पनि उन्मुक्ति पाउँदैनन्

वामदेव तेस्रोपटक गृहमन्त्री भएर सिंहदरबार पस्दा उनले यसपटक आफ्नो कार्यकाल फरक हुने वाचा गरेका थिए। मन्त्रालयमा पदभार ग्रहण गरेका दिन गृह प्रशासन र प्रहरीका उच्च अधिकृतहरुलाई सम्बोधन गर्दै उनले भनेका थिए, 'म तेस्रोपटक गृह मन्त्रालयको नेतृत्व गर्दैछु। मैले यसपालि इमेज बनाउनेगरी काम गर्नु पर्नेछ। मलाई यसअघि लगाइएका अनुचित किसिमका आरोपबाट मुक्ति पाउनु छ।' 

यसअघि उनी वि.सं. २०५३ र २०६५ सालमा गृहमन्त्री भएका थिए। गौतमले आफैँ सकारेझैँ गृहमन्त्रीका रुपमा उनको छवि भने विवादास्पद थियो। २०५४ सालमा उनकै नेतृत्वमा पार्टी फुटेपछि उनलाई सबैभन्दा ठूलो भ्रष्टाचारी भनेर एमालेले टुँडिखेलबाटै घोषणा गर्‍यो। सामान्य आर्थिक हैसियतबाट राजनीतिमा छिरेका गौतमको यसपालि मन्त्रीका रुपमा सम्पत्ति सार्वजनिक गर्दा उनी र उनको परिवारका सदस्यको नाममा जति नगद र जिन्सी देखियो, त्यसले पनि गौतमले इमेज सुधार्न धेरै मेहनत गर्नुपर्ने देखायो। 

पदभार ग्रहण गरेका दिनको वाचासँगै वामदेव यसपालि फरक हुन्छन् कि भन्ने धेरैले आशा गरे।

उमेरसँगै जीवनका सत्यहरु उद्घाटित हुँदै जान्छन्। वामदेव जुन उमेरमा छन्, जुन राजनीतिक यात्रा उनले तय गरेका छन् त्यहाँबाट फरक छवि निर्माण गर्न खोज्नु स्वभाविक मानवीय आकांक्षा हो। पार्टीभित्रको समीकरण बदलिँदै जाँदा उनी एमालेमा बलियोसँग पुनर्स्थापित भएका छन्। त्यसले पनि उनमा थप माथि पुग्ने आकांक्षा जागेको पाइन्छ। एकपटक पार्टीको नेतृत्व गर्ने, अवसर मिले सरकारकै नेतृत्व गर्ने सपना बोकेका उनका आँखा कसैबाट लुकेका छैनन्।

मानिसका सपनासँग उसको बाटो बदल्ने तागत हुन्छ। विगतका कमजोरी सच्याउने क्षमता हुन्छ। दुर्भाग्यवश वामदेवका कमजोरी उनको सपनामाथि फेरि हाबी भएका छन्। उनी चुकेका छन्। उनको सार्वजिनक छवि विगतको कार्यकालमा जस्तै धुमिल भएको छ।

सात एआइजीको सिफारिसमा राज्य र राजनीति फेरि एकपटक नांगिएको छ। १३ डिआइजीमध्ये ७ लाई एआइजीमा सिफारिस गर्दा सबभन्दा सक्षम र स्वच्छ छवि भएकालाई सिफारिस गर्नु राज्यको धर्म हुन्थ्यो। र, राजनीतिज्ञको कर्तव्य।

अहिलेसम्मको कार्यक्षमता र प्रहरी संगठनको आन्तरिक मूल्याङ्कनमा टप सातमा परेकामध्ये राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह र विज्ञान शर्मा मात्र यसपालिको सिफारिसमा परे।

वरियताक्रम, कार्यक्षमता र आर्थिक स्वच्छ्तामा धेरै तल रहेका अरु चार जना माथि तानिए। यसको सिधा अर्थ राज्य र राजनीतिले चार उच्च प्रहरी अधिकृतमाथि जानाजान अन्याय गर्‍यो। राजनीतिक र व्यक्तिगत निकटताका आधारमा र सम्भवतः अरु चलखेलका आधारमा सक्षमहरु फालिए, असक्षमहरु तानिए।

अहिलेको राजनीतिक मुहान २०६३/६३को दोस्रो जनआन्दोलन हो। विगठनको डिलमा पुगेको मुलुक र असान्दर्भिक हुन लागेका नेताहरुलाई पुनर्स्थापित गरेको त्यही जनआन्दोलन-२ ले हो। राजाको शासनलाई उल्ट्याउँदा, लोकतान्त्रिक राजनीति र राजनीतिज्ञहरु पुनर्स्थापित गराउँदा जनआन्दोलन-२ का केही आशा र अपेक्षा थिए- अब राजनीति र राज्य सञ्चालनमा सक्षम र स्वच्छले मौका पाउनेछन्। राजनीतिक र व्यक्तिगत निकटताका आधारमा कोहीलाई काखा र कोहीलाई पाखा पारिने छैन। सकेसम्म राज्यलाई समावेशी बनाइनेछ। राज्य सञ्चालनमा कम सहभागी भएका समुदायलाई प्राथमिकता  दिइनेछ।

जनआन्दोलन-२ मार्फत मुखरित नागरिकका यी आकांक्षामाथि पछिल्लो एक महिनाभित्रै दुईपटक विश्वासघात भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको सिफारिसमा चुकेको राजनीतिले त्यही गल्ती पुनः दोहोर्‍याएको छ। एआइजी सिफारिसमा न्यायाधीश सिफारिसजस्तै सक्षमता र समावेशी दुवै सिकार भएका छन्। यसपालि राज्यले कतिसम्म अन्याय गरेको छ भन्ने बुझ्न डिआइजी गणेश राईलाई हेरे पुग्छ। १३ जना एआइजीमा राईबाहेक कोही पनि जनजाति, मधेसी, दलित वा पिछडिएका समुदायको प्रतिनिधित्व छैन। समावेशी दर्शनको मर्म के हो भने दुई जनाबीच १९-२० को प्रतिष्पर्धा छ भने  उन्नाइसै सही पछाडि परेको जातिलाई छान्नुपर्छ। 

तर यहाँ उन्नाइसमा रहेका राईलाई छाडेर पन्ध्र-सोह्रतिर रहेका बाहुन र नेवार उम्मेद्वार छानिए। न्यायाधीश सिफारिसमा जस्तै समावेशी सिद्धान्तको फेरि पनि धज्जी उडाइयो।

प्रगतिशील लोकतन्त्रले नै समावेशीलाई अघि बढाउने हो। हाम्रो राष्ट्रको अनुहार राज्यमा पनि प्रतिविम्बित होस् भनेर प्रयत्न गर्ने हो। हाम्रोजस्तो असमावेशी राज्यलाई समावेशी बनाउन सकिएन भने जातीयताले स्वभाविक रुपमा प्रश्रय पाउँछ।

राजनीतिक नेतृत्वको हिसाबले न्यायाधीश सिफारिसमा कानुनमन्त्री नरहरि आचार्य चुकेका थिए। एआइजी सिफारिसमा गृहमन्त्री वामदेव गौतम चुकेका छन्।

एमाले केन्द्रीय समिति बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसको कारण आफू एआइजी सिफारिसमा निष्पक्ष हुन नसकेको जिकिर गृहमन्त्री गौतमले गरेको खबर बाहिर आएका छन्। कांग्रेसले आफ्नो सिफारिस गृहमन्त्रीकहाँ पठाएको साँचो हो। तर, वामदेवले आफ्नै रोजाइका मानिसलाई एआइजी बनाउन सक्षमलाई अन्याय गरेको पनि उत्तिकै सत्य हो।

उनी गृह मन्त्रालयको नेतृत्वको हिसाबले एआइजी सिफारिसमा टक्टकिन पाउदैनन्। जिम्मेवारी र जवाफदेहीताबाट पन्छिने रोगले हाम्रो राजनीतिक नेतृत्व ग्रसित छ। एआइजी सिफारिस प्रकरणमा गृहमन्त्री गौतमले व्यक्तिगत जवाफदेहीताबाट मुक्ति पाउने छैनन्।

जवाफदेहीताबाट उन्मुक्ति त आइजीपी उपेन्द्रकान्त अर्यालले पनि पाउने छैनन्। वरियताक्रममा एक नम्बरमा भएकै कारण उनी आइजिपी नियुक्त भएका हुन्। त्यही वरियताक्रममा रहेका सिनियर र सक्षमहरुलाई एआइजीमा सिफारिस गर्न अडान लिनु उनको स्वभाविक जिम्मेवारी हुन्थ्यो। प्रहरी संगठनका पक्षमा र थिति बसाल्न उनले आफ्नो अडान नछोडेका भए कमजोर छवि भएका नेताहरुले पेल्नसक्ने थिएनन्। आफ्नै ब्याचका साथीहरुलाई न्याय दिलाउन नसकेर उनीहरुसँग आँखा जुधाउन नसक्ने गरी चुकेका छन् अर्याल। 

फेरि पनि प्रमुख जिम्मेवारी राजनीतिक नेतृत्वकै हो। एआइजी सिफारिसमा अन्याय पनि उनीहरुकै कारण भएको हो। यो त्रूटिपूर्ण सिफारिसविरुद्ध डिआइजीहरु अपिल गएका छन्। अब वामदेव पुनरावलोकन समितिको कठघरामा छन्। लोकसेवा अध्यक्ष कयोदेवी यमीको नेतृत्वमा रहेको पुनरावलोकन समितिमा मुख्यसचिव लीलामणि पौडेल र कानुनसचिव भेषराज शर्मा सदस्य छन्।

सरकारी सेवामा हुने भर्ना र सरुवाबढुवामा थिति बसाल्न लोकसेवा आयोगको लामो र महत्वपूर्ण योगदान छ। नागरिकहरुले विश्वासको आँखाले हेर्ने थोरै राज्यका अंगमध्ये पर्छ, लोकसेवा आयोग। मुख्यसचिव पौडेल सार्वजनिक पदमा बसेर निष्ठा र इमान कायम राखेका औँलामा गन्न सकिने राष्ट्र सेवकमध्ये पर्छन्।

नेपालमा 'ब्युरोकेसी'मा सुधार गर्ने प्रयत्न नभएका होइनन्। प्रहरीको बढुवा सम्बन्धी अहिलेको नयाँ नियमावली नै त्यसको उदाहरण हो। यो नियमावलीले प्रहरी बढुवामा हुने वेथितिलाई सकेसम्म नियन्त्रण गरेको छ।

जति सीमित अधिकार बढुवा समितिलाई दिएको छ, त्यसैमा टेकेर राजनीतिज्ञले बेइमानी गरेका छन्। सायद यही बेइमानीको आशंकाले होला, नियमावलीले पुनरावलोकनको व्यवस्था पनि गरेको छ।

थोरैमात्र मुलुकमा सुरक्षा अंगका माथिल्ला अधिकृतहरुको बढुवामा अपिल जाने व्यवस्था गरिएको हुन्छ। हाम्रो देशमा यसको कति आवश्यकता थियो भन्ने अहिलेको सिफारिस प्रकरणले पुष्टि गरेको छ।

नियमावलीले पुनरावलोकन समितिलाई सिफारिसको औचित्य हेर्ने र त्यसलाई सच्याएर पठाउनेसम्मको अधिकार दिएको छ। सिफारिसको पुनरावलोकन नेपाल प्रहरीमा कहिलै नबसेको थिति बसाल्ने अहम् कुरासँग जोडिएको छ।

यसको मनोवैज्ञानिक प्रभाव भने प्रहरी संगठनमा मात्र सीमित रहने छैन। अरु ठाउँमा पनि सञ्चार हुने छ। यसको सबैभन्दा ठूलो प्रभाव राजनीति र राजनितिज्ञमा पर्नेछ। अब हामी मनोगत भएर चल्न सम्भव छैन भन्ने सन्देश उनीहरुले पाउनेछन्।

सामान्यतयाः संसारभरि राजनीतिले ब्युरोक्रेसीको सुधार गर्छ। राजनीति कहिल्यै नसुध्रने देखिएपछि सायद नियतिले राजनीतिक सुधारको प्रस्थानबिन्दु हुनसक्ने एउटा घटनामा प्रशासकहरुलाई न्यायाधीश बनाएको छ। आयोगका सदस्यहरुको ब्रम्हले पनि सिफारिसमा त्रुटि भेट्टायो भने त्यसलाई सच्याउन पछि पर्ने छैन भन्ने आशा धेरैले जस्तै हामीले पनि गरेका छौँ।
थप भिडियो हेर्न यहाँ 

''
Download