ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label rojgar. Show all posts
Showing posts with label rojgar. Show all posts

Wednesday, 21 May 2014

एप्पललाई पछार्दै गुगल बन्यो बिश्वकै मूल्यवान ब्राण्ड (फोटो फिचर )

अमेरिकी सर्च इन्जिन गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बनेको छ । तीन बर्षदेखि यो ताज कब्जा गर्दै आएको आइफोन निर्माता एप्पललाई पछार्दै गुगल पहिलोपटक शीर्षस्थानमा पुगेको हो ।ग्लोवल मार्केट रिर्सच एजेन्सी मेलवर्ड ब्राउनका अनुसार गुगलको ब्राण्ड मूल्य एकै बर्षमा ४० प्रतिशतले बढेको छ ।
२०१४ को टप १०० ब्राण्ड रिपोर्टका अनुसार गुगलको ब्राण्ड मूल्य १५८.८४ अर्ब अमेरिकी डलर छ । गुगलको मूल्य बढनुमा ‘गुगल ग्लास’को महत्वपूर्ण भूमिका छ । इन्टरनेट लिंक भएको गुगल ग्लासले रेबनसहितका ब्राण्डलाई पछि पारेको छ ।

पछिल्लो तीन वर्ष सूचीको शीर्ष स्थानमा रहेको एप्पल भने दोस्रोमा झरेको छ । उसको ब्राण्ड मूल्य १४७.८८ अर्ब डलर रहेको छ । एप्पलको ब्राण्ड मूल्यमा २० प्रतिशतले गिराबट आएको अनुसन्धानमा देखिएको छ ।
टप ब्राण्ड मूल्यको शीर्ष १० मा अमेरिकी कम्पनीको दबदबा छ । आईबीएम १०७.५४ अर्बसहित तेस्रो स्थानमा छ भने २९ प्रतिशत बृद्धिसँगै माइक्रोसफ्ट चौथो स्थानमा छ ।

उसको ब्राण्ड मूल्य ९९.१९ अर्ब डलर छ ।
म्यान डोनल ८५.७१ अर्ब, कोका कोला ८०.६८ अर्बसहित क्रमश पाँचौ र छैटौं स्थानमा छन् ।
सूचीमा एमाजोन दशौं नम्बरमा छ भने फेसबुक आफ्नो मूल्याङ्कनलाई ६८ प्रतिशत बृद्धि गर्दै ३५ अर्ब डलर मूल्याङ्कनसहित २१ औं नम्बरमा छ । उत्कृष्ट एक सयको सूचीमा ट्वीटर र लिङ्डइन पहिलोपटक प्रवेश गरेका छन् । ट्वीटर १४ अर्ब डलर मूल्याङ्कनसहित ७१ औं स्थानमा र १२ अर्ब डलरसहित लिङ्डइन ७८ औं नम्बरमा छन् ।

यो साल प्रबिधि बिधाका कम्पनीहरुको मूल्य निकै बढेको र यो क्रम आगामी बर्षहरुमा अझ बढ्ने देखिएको रिपोर्टमा उल्लेख छ । तल हेर्नुस ..
थप समाचार

''
Download

Friday, 5 July 2013

घरमै रोजगारी

महँगी बढ्दो छ। सामान्य आयले घर खर्च धान्न कठिन छ। घर खर्च चलाएर मात्र पनि पुग्दैन। छोराछोरीको शिक्षादेखि आफ्नो पोजिसन मेन्टेनका लागि समेत आय आर्जनको बलियो स्रोत आवश्यक छ तर हाम्रो समाजमा अहिले प्रायः परिवार एकजनाको कमाइमा निर्भर हुनुपरेको अवस्था पनि छ। यसबाट आर्थिक संकट आउने एवं पारिवारिक संरचना नै खलबलिन सक्ने सम्भावना पनि उत्तिकै छ। आर्थिक आधार राम्रो नभए कुनै पनि परिवार सुखी र खुसी हुन सक्दैन। यस्तो अवस्थामा परिवारका अधिकांश सदस्य आयमूलक काममा लाग्नु राम्रो हुन्छ।

हामीकहाँ श्रीमान् कमाइका लागि जाने र श्रीमती घरमै बस्ने चलन छ। यसले श्रीमतीलाई परनिर्भर  बनाउनुका साथै घरको आर्थिक स्रोत पनि खुम्चन पुग्छ। बरू दुवैजना आयआर्जनको बाटोमा लाग्ने हो भने परिवारमा आर्थिक समृद्धि ल्याउन सकिन्छ। यद्यपि दम्पती नै रोजगारीमा लागेपछि परिवारको हेरचाहमा समस्या आउन सक्छ। बालबालिकाको रेखदेख पनि त गर्नुपर्‍यो। अझ यस्तो अवस्थामा अर्काको अधीनमा रहेर १० देखि ४ बजेसम्मको समयसीमामा काम गर्न सम्भव हुँदैन। त्यस्तो अवस्थामा के गर्ने त ? जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं आफूमा काम गर्ने तत्परता र दृढता छ भने आयआर्जनको काममा लाग्न सकिन्छ, त्यो पनि घरभित्रै। जसबाट परिवारको रेखदेख गरेर करियर पनि अघि बढाउन सकिन्छ।

शिक्षण ः शिक्षिकाका रूपमा काम गर्न कुनै विद्यालयमा आबद्ध हुनैपर्छ भन्ने छैन। घरैमा विद्यार्थी भेला गरेर ट्युसन पढाउन सकिन्छ। त्यति मात्र होइन, अहिलेको जमानामा अनलाइनमार्फत दूरदराजका विद्यार्थीलाई पनि पढाउन सकिन्छ। जमाना सूचना प्रविधिको छ। यसमा नजोडिने विद्यार्थी सायदै छन्। त्यसैले अनलाइनको माध्यम अपनाएर पनि पठनपाठन गर्न सकिन्छ। यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।

काउन्सिलिङ ः घरमै बसेर पैसा कमाउने उत्तम विकल्प हो-काउन्सिलिङ। अहिलेको जमानामा धेरैजसो विद्यार्थी आफ्नो पढाइ एवं करियरका सम्बन्धमा परामर्श लिन चाहन्छन्। उनीहरू आफ्नो बौद्धिक एवं आर्थिक क्षमता तथा रुचिअनुसारको विषय तथा शैक्षिक संस्था छनोट गर्न सकिरहेका हुँदैनन्। यतिबेला उनीहरूलाई  सही परामर्शको आवश्यकता हुन्छ। यस्ता विद्यार्थीलाई आवश्यक परामर्श उपलब्ध गराएर पनि आयआर्जन गर्न सकिन्छ। अनलाइनमार्फत पनि यो काम गर्न सकिन्छ। पढाइ मात्र होइन त्यसपछि उनीहरूले रोज्ने करियरसम्बन्धी परामर्श दिन सकिन्छ। यसैगरी कुनै समस्या झेलिरहेका, डिप्रेसनका सिकार भएकाहरूलाई अनलाइनमै परामर्श दिन सकिन्छ।

ट्रान्सलेटर ः यदि एकभन्दा बढी भाषाको ज्ञान छ, सम्बन्धित विषयमा बलियो पकड छ भने ट्रान्सलेटर अर्थात् अनुवादकका रूपमा काम गर्न सकिन्छ। कतिपय कम्पनीले घरमै बसेर काम गर्न पनि यस्तो जिम्मेवारी दिइरहेका हुन्छन्। यसमा देशको मात्र होइन विदेशको समेत काम गर्न सकिन्छ।

वेव डिजाइनर ः सूचना प्रविधिको बढ्दो प्रयोगले यो क्षेत्रमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ। अतः यसैसँग सम्बन्धित वेव डिजाइनरका रूपमा काम गरेर पर्याप्त आम्दानी गर्न सकिन्छ। यसका लागि कुनै कम्पनीमा आबद्ध भैरहनु पर्दैन। स्वतन्त्र रूपमा घरमै बसेर सबै काम गर्न सकिन्छ। वेव डिजाइन गरेर देशमा मात्र होइन विदेशमा समेत बिक्री गर्न सकिन्छ। अहिले विश्वभरि यस किसिमको जनशक्तिको उच्च माग छ।

मेडिकल ट्रान्स्िक्रप्टनिस्ट ः डाक्टरको मेडिकल भ्वाइस रेकर्ड सुनेर त्यसलाई लिखित रूपमा प्रस्तुत गर्नु यो प्रोफेसनको मुख्य जिम्मेवारी हो। यसमा बिरामीको मेडिकल रिपोर्टको हिस्ट्रीदेखि डिस्चार्ज समरी का साथै अन्य डकुमेन्ट पनि सामेल हुन्छन्। ठूला-ठूला डाक्टर, फिजिसियन मेडिकल ट्रान्स्िक्रप्टनिस्टमै निर्भर हुन्छन्। यो पेसामा आउन मेडिकल टर्मिनोलोजी, टि्रटमेन्ट असेसमेन्ट, डाइग्नास्टिक प्रोसिजर, अनाटोमी तथा फिजियोलोजीका सम्बन्धमा राम्रो ज्ञान हुनुपर्छ।

कल सेन्टर रिप्रेजेनटेटिभ ः कल सेन्टर भन्नासाथ ठूला-ठूला अफिस र त्यसमा थुपै्र व्यक्ति कानमा हेडफोन लगाएर कस्टमरसँग गफ गरिरहेको सम्झना आउँछ। यद्यपि सधै यस्तै हुनुपर्छ भन्ने छैन। ठूला कम्पनीहरूले घरमै बसेर पनि यी काम सम्पन्न गर्न आफ्नो रिप्रेजेनटेटिभ बनाउन सक्छन्। यो प्रोफेसनका लागि कम्पनीको सबै जानकारी र इलेक्ट्रोनिक ग्याजेट्स प्रयोगसम्बन्धी ज्ञान हुनुपर्छ। यो काम घरमै बसेर गर्न सकिन्छ।

टेक सपोर्ट स्पेसलिस्ट ः प्राविधिक समस्याको समाधान निकाल्ने क्षमता भएकाहरूले यो क्षेत्रमा भाग्य चम्काउन सक्छन्। यो कामका लागि घरमै बसेर फोन तथा अनलाइनको माध्यम अपनाउन सकिन्छ। यसमा मानिसहरूलाई आफ्नो क्षमतासम्बन्धी सानोतिनो जानकारी दिन विज्ञापन पनि गर्न सकिन्छ।

ट्राभल एजेन्ट ः आफ्नो सानो कोठाबाट पनि यो विजनेस सुरु गर्न सकिन्छ। यसमा धेरै पढाइ-लेखाइ पनि जरुरी छैन। घरको पूरै काम सकेर पनि यो काम गर्न सकिन्छ। इन्टरनेटको जमानामा ट्राभल एजेन्सी चलाउन थप सजिलो छ। यो कामका लागि कम्प्युटर, ल्यापटप तथा इन्टरनेट प्रयोग गर्नुपर्छ।